त्रिनपा १६ मा पञ्चबर्षिय योजनाको लागि दुईदिने कार्यशाला सम्पन्न
पूर्णपुष्टि, गाईघाट/असार १६ ।
त्रियुगा नगरपालिका वडा नं १६ ले वडाको पञ्चबर्षिय योजनाको लागि दुई दिने कार्यशाला सम्पन्न गरेको छ । वडा कार्यलयले गत आवदेखि वडाको पञ्चवर्षीय आवधिक योजना निर्माणको तयारी सँगै दुई दिवसीय कार्यशाला सम्पन्न गरेको हो ।
स्थानीय राजनीतिक दल, संघ संस्था, गैरसरकारी संघसंस्था, टोल विकास संस्था, विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक वन उपभोक्ता समिति, अन्य सामुदायिक सङ्घसंस्था, महिला स्वयंसेविका, बाल क्लब लगायत सम्बन्धित निकायहरुको सहभागितामा कार्यशाला सम्पन्न भएको छ । उक्त सहभागिताले योजना सफल बनाउन र योजना कार्यन्वयनका लागि सहज र सहयोग पुराउने वडाअध्यक्ष मान वहादुर राईले जानकारी दिनुभयो ।
वडाले आर्थिक वर्ष २०८३/०८४–२०८८/०८९ सम्मको पञ्चवर्षीय आवधिक योजना निर्माणको खाका तयार गरेको पनि अध्यक्ष राईले बताउनुभयो। कार्यशालामा विभिन्न विषयगत समूहहरूको निर्माण गरी वड...









