उदयपुरगढी गाउँपालिकाको ६४ करोड ७७ लाखभन्दा बढीको बजेट पारित
पूर्णपुष्टि/उदयपुर, असार ११
उदयपुरगढी गाउँपालिकाको २१औँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ।
बुधबार सम्पन्न गाउँसभाले आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा भत्ता बाहेक ६४ करोड ७७ लाख १९ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार आगामी बजेटमा दिगो विकासका लक्ष्य हासिल गर्न शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै समावेशी, दिगो तथा गुणस्तरीय संरचना निर्माणमा जोड दिँदै उत्पादनमुखी कृषिको प्रवर्द्धन गर्ने नीति लिइएको छ।
गाउँपालिकाले विकासका आधारभूत क्षेत्रलाई केन्द्रमा राखी स्थानीयस्तरको आर्थिक तथा सामाजिक रूपान्तरणमा योगदान पुग्ने गरी बजेट विनियोजन गरिएको जनाएको छ।
गाउँपालिकाका प्रवक्ता सहेकबहादुर विश्वकर्मीद्वारा जारी प्रेस विज्ञप्तिमा गाउँसभाबाट बजेट अनुमोदन भई आगामी आर्थिक वर्षका कार्यक्रम कार्यान्वयनको...









