Monday, July 6News That Matters

Month: १ महिना अगाडि

अपांगता भएका ब्यक्तिहरुले उदयपुर अस्पतालमा निःशुल्क उपचार नपाएको गुनासो

अपांगता भएका ब्यक्तिहरुले उदयपुर अस्पतालमा निःशुल्क उपचार नपाएको गुनासो

Breaking News 2, समाचार, स्वास्थ्य
२० जेठ, २०८३ । उदयपुर जिल्ला अस्पताल उदयपुरमा अपाङ्गता भएका ब्यक्तिहरुले निःशुल्क उपचार नपाएको गुनासो गरेका छन् । उनीहरुले आज अस्पताल प्रशासन र ब्यवस्थापन समितिसंग भेटेर राज्यले दिएको निःशुल्कको सेवासुविधा अस्पतालबाट नपाउने र दुब्र्यवहारसमेत हुने गुनासो गरेका छन् । गतवर्ष पनि उपचारमा जाँदा कष्ट र दुब्र्यवहार भोग्नु परेकोप्रति ध्यानाकर्षण गराएको तर, सुनुवाई नभएको अपांग विकास संघ उदयपुरकी अध्यक्ष सिता पौडेलले बताइन् । संघका पदाधिकारीहरुले अस्पताल ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्मासंग अपांगतामैत्री ब्यवहार र निःशुल्क उपचार सेवाको माग गरेको छ । संघले राखेको मागहरु र अपांगता भएका ब्यक्तिहरुले उपचारको क्रममा भोग्नु परेको पिडा, झन्जट र दुब्र्यवहारबारे गम्भिररुपमा छलफल गरी सुधार र समाधानतर्फ लाग्ने ब्यवस्थापन प्रमुख विश्वकर्माले प्रतिबद्धता ब...
विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश

विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता १९ जेठ, २०८३ । उदयपुर विभिन्न राजनीतिक दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका नयाँ सदस्यहरूलाई पार्टीका बरिष्ठ नेता सुदन किराँतीले आज सदस्यता वितरण गर्नुभएको छ। त्रियुगा नगर कमिटीद्वारा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरि श्रम संस्कृती पार्टीमा प्रवेश गरेकाहरुलाई सदस्यता वितरण गर्नुभएको हो । पार्टीले दिएको जानकारी अनुसार उदयपुरको गाईघाटमा आयोजित एक कार्यक्रममा एकसय जनाको हाराहारीमा सदस्यता वितरण भएको हो । पार्टीको श्रम अभियान, सांस्कृतिक तथा सामाजिक न्यायसम्बन्धी नीति र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले नयाँ सदस्यहरूलाई पार्टीमा आबद्ध गराइएको बताइएको छ । त्रियुगा नगर कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ नेता किराँतीले प्रवेशी सदस्यहरूलाई सदस्यता प्रदान गर्दै श्रम अभियानमा सक्रिय रूपमा जोडिन आग्रह गर्नुभयो...
सुदन किराँतीको राजनीतिक यात्रा र उदयपुर आगमन

सुदन किराँतीको राजनीतिक यात्रा र उदयपुर आगमन

Breaking News 2, राजनीति, समाचार
१९ जेठ, २०८३ । उदयपुर सुदन किराँती अहिलेको नेपाली राजनीतिमा श्रम संस्कृती पार्टीका बरिष्ठ नेता हुन् । उनी नेपालको राजनीतिमा सक्रिय रूपमा संलग्न एक चर्चित नेता हुन् । उनी विशेषगरी पूर्वी नेपालको जनआन्दोलन, सामाजिक न्याय, समावेशीता तथा वामपन्थी राजनीतिक विचारधाराका पक्षधरका रूपमा परिचित छन्। उनी विभिन्न राजनीतिक आन्दोलन तथा संगठनात्मक गतिविधिमार्फत राष्ट्रिय राजनीतिमा स्थापित भएका हुन्। राजनीतिक जीवन सुदन किराँती लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता हुदै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट हाल हर्कराज साम्पाङ नेतृत्वको श्रम स‌स्कृती पार्टीमा छन् । पार्टीभित्र संगठन निर्माण, जनसम्पर्क विस्तार तथा वैचारिक बहसमा उनको सक्रिय भूमिका रहेको छ। उनले विभिन्न निर्वाचनहरूमा भाग लिँदै जनप्रतिनिधिका रूपमा समेत काम गरेका ...
मध्यराति मोटरसाइकल दुर्घटना : उदयपुरका २४ वर्षीय युवकको ज्यान गुम्यो 

मध्यराति मोटरसाइकल दुर्घटना : उदयपुरका २४ वर्षीय युवकको ज्यान गुम्यो 

Breaking News 2, समाचार
पूर्णपुष्टि संवाददाता १९ जेठ, २०८३  । उदयपुर उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकस्थित भित्री सडकखण्डमा गएको मध्यराति मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । राति करिब १२ः०५ बजे जनप्रेमी स्कुलबाट बुद्धचोकतर्फ जाँदै गरेको स ९ प ८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई इट्टाको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–१२ निवासी २४ वर्षीय हेमन्त सदा गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइएको भए पनि उपचारकै क्रममा राति १२ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। मोटरसाइकलमा पछाडि सवार त्रियुगा नगरपालिका–१२ सोनापुरका १८ वर्षीय राकेश सदा पनि दुर्घटनामा गम्भीर घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उप...
सडक सुरक्षा अभियानले दुर्घटना न्यूनिकरण हुदै

सडक सुरक्षा अभियानले दुर्घटना न्यूनिकरण हुदै

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता १८ जेठ, २०८३ । उदयपुर मदनभण्डारी राजमार्गको उदयपुरखण्डमा एक महिनाअघिदेखि सञ्चालन गरिएको सडक सुरक्षा अभियानले दुर्घटना न्यूनिकरणमा आएको छ । अत्याधिक दुर्घटना भई धनजनको ठूलो क्षती भएपछि जिल्ला ट्राफिक कार्यालय उदयपुरसंगको समन्वयमा नागरिकतहबाट थालिएको अभियानले दुर्घटना न्यूनिकरणमा आएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका इन्चार्ज प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले बताए । “सडक सुरक्षा अभियान चलाइसकेपछि दुर्घटनामा धेरै नै न्यूनिकरण भएको छ । सवारी साधन दुर्घटना न्युनिकरणमा चालिनुपर्ने यो एउटा राम्रो कदम हो । सराहनीय छ” उहाँले भन्नुभयो “दुर्घटनाको प्रमुख कारण तिब्रगति हो । यो अभियानले तिब्रगति कम गराएर दुर्घटना न्यूनिकरण गराएको छ ।” गत वैशाख २२ देखि सुरु अभियान पश्चात दुर्घटनाको संख्या ट्राफिक ग्राफमा घट्दो छ । अभियानपश्चातको एक महिनामा चारपाङग्रे सवारीसाधन पाँचवटा र म...