त्रियुगा-३ मोतिगडा बालमैत्री वडा घोषणा, सामाजिक योगदानकर्तासहित स्वास्थ्य स्वयंसेविका सम्मानित
पूर्णपुष्टि सम्बाददाता/उदयपुर, असार-१
उदयपुरकाे त्रियुगा नगरपालिका–३ मोतिगडालाई बालश्रममुक्त, हिंसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय सुशासनयुक्त वडा घोषणा गरिएको छ । मंगलबार आयोजित विशेष कार्यक्रममा वडालाई औपचारिक रूपमा बालमैत्री वडा घोषणा गरिएको हो ।
नेपाल सरकारले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले निर्धारण गरेका ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेपछि मोतिगडालाई बालमैत्री वडा घोषणा गरिएको हो । निर्देशिकाअनुसार कुल सूचकको ८० प्रतिशतभन्दा बढी अंक प्राप्त गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने व्यवस्था रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बालमैत्री वडा घोषणा केवल उपलब्धि नभई कार्यान्वयनको नयाँ चरण भएको बताउनुभयो । उहाँले नगरपालिकाले अन्य वडाहरूलाईसमेत बालमैत्री वडा घोषणा गर्ने लक्ष्यसहित आवश्यक...









