Sunday, September 27News That Matters

Month: ९ घण्टा अगाडि

एमाले उदयपुरको जिल्ला स्तरीय कार्यशाला असोज १५ गते

एमाले उदयपुरको जिल्ला स्तरीय कार्यशाला असोज १५ गते

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि / असोज ११, गाईघाट नेकपा एमाले उदयपुर जिल्ला कमिटीले कोशी प्रदेश कमिटीको निर्देशनअनुसार आगामी असोज १५ गते जिल्ला स्तरीय कार्यशाला आयोजना गर्ने भएको छ । जिल्ला कमिटीका अध्यक्ष भागवत राउतका अनुसार असोज १५ गते बिहान ८ बजे गाईघाटस्थित पार्टी कार्यालयमा कार्यशाला सञ्चालन हुनेछ । राउतले फागुन २१ पछि पार्टी इतिहासकै कठिन र रक्षात्मक अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै त्यस अवधिमा एमाले मात्र नभई समग्र कम्युनिस्ट आन्दोलनको भविष्यबारे समेत विभिन्न प्रश्न र टीकाटिप्पणी उठेको बताए । उनका अनुसार हालै सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले पार्टीभित्र देखिएका समस्या, चुनौती र आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय गरेको छ । ती निर्णयलाई तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्दै संगठनमा नयाँ ऊर्जा र गतिशीलता ल्याउने उद्देश्यले कार्यशाला आयोजना गर्न लागिएको हो । कार्यशालामा पालिका कमि...
एलेभेन स्टार च्यालेन्जको उपाधि गाईघाट युनाइटेड एफसीलाई

एलेभेन स्टार च्यालेन्जको उपाधि गाईघाट युनाइटेड एफसीलाई

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि / उदयपुर, ११ असोज । उदयपुरमा जारी एलेभेन स्टार च्यालेन्ज कप–२०८३ को उपाधि गाईघाट युनाइटेड एफसीले जितेको छ। त्रियुगा नगरपालिका–१० बोक्सेमा शनिबार सम्पन्न फाइनल खेलमा गाईघाट युनाइटेड एफसीले सलिना स्पोर्ट्सलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतिस्पर्धात्मक फाइनलमा गाईघाट युनाइटेडका लागि दिलीप राई, चुडा मगर र सुनील खड्काले एक–एक गोल गरे। यस्तै, सलिना स्पोर्ट्सका पृथ्वी मगर र निश्चल आलेले एक–एक गोल गरे। प्रतियोगितामा उदयपुरका विभिन्न क्षेत्रबाट ८ टोलीको सहभागिता रहेको थियो। फाइनलमा दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरे पनि गाईघाट युनाइटेडले तीन गोल गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। प्रतियोगितामा दिलीप राई सर्वाधिक गोलकर्ता, रोशन मगर उत्कृष्ट गोलकिपर, रिक्की थापा मगर उत्कृष्ट मिडफिल्डर र चुडा मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए। यस्तै, विशाल राई उत्कृष्ट प...
उदयपुरमा दशैं–तिहार लक्षित बजार अनुगमन, कटारी बजारमा एक हाेटल २० हजार जरिवानामा

उदयपुरमा दशैं–तिहार लक्षित बजार अनुगमन, कटारी बजारमा एक हाेटल २० हजार जरिवानामा

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता/८ असोज २०८३ । उदयपुर नेपालीहरूको प्रमुख चाड दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ। चाडपर्वका बेला बजारमा हुन सक्ने मूल्यवृद्धि, कालोबजारी, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरणलगायतका गतिविधि नियन्त्रण गर्न प्रशासनले बजार अनुगमन थालेको हो । यसैक्रममा प्रशासन उदयपुरको टोलीले कटारी नगरपालिका अन्तर्गतको कटारी बजारमा अनुगमन गरेको छ। उदयपुरको प्रमुख व्यापारिक केन्द्रमध्ये एक रहेको कटारी बजारमा खाद्यान्न, किराना तथा दैनिक उपभोग्य वस्तुको कारोबार हुने भएकाले चाडपर्वको समयमा यहाँको बजार अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी मेखराज मग्रातीका अनुसार अनुगमनका क्रममा बजारमा १५ वटा पसलमा छड्के अनुगमन गरिएको थियो । त्यसमध्ये ६ वटालाई सचेत गराईएको र एकवटालाई कारवाही गराइएको छ । अनुगमनका क्रममा गल्ती भे...
उदयपुरको दुई मुख्य सडकमा रात्रीकालिन सवारी आवागमन बन्द

उदयपुरको दुई मुख्य सडकमा रात्रीकालिन सवारी आवागमन बन्द

Breaking News 2, समाचार
८ असोज, २०८३ । उदयपुर उदयपुरमा जिल्ला प्रशासन कार्यालयले दुई राजमार्ग अन्तर्गतका सडकहरुमा रात्रिकालिन सवारी आवागमन रोक लगाएको छ । आजबाट सुरु भएको भारी वर्षा र आगामी ११ गतेसम्म निरन्तर हुने मौसम विज्ञान विभागको अनुमानलाई मध्येनजर गर्दै प्रशासनले जिल्लाका दुई मुख्य सडकहरु रात्रिकालिन सवारी आवागमनमा रोक लगाएको हो । प्रशासनले सुचना जारी गर्दै सिद्धिचरण लोकमार्ग अन्तर्गत ४० किलोमिटर कटारी–घुर्मीसडकखण्ड र सगरमाथा लोकमार्ग अन्तर्गत ५७ कि.मि. साउने–रसुवा सडकखण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको हो । कटारी–घुर्मी सडक जिल्लाको उत्तर, पश्चिम क्षेत्र जोड्ने एक मुख्य सडक हो भने गाईघाट–रसुवा सडकले पूर्वी, उत्तर क्षेत्रको भाग जोड्ने अर्को मुख्य सडक हो ।  जिल्लाको विभिन्न शाखा र उपशाखाहरु जेडिएका ती सडकहरुमा रात्रिकालिन यात्रा जोखिमयुक्त हुने सुरक्षा निकायको ठहर छ । प्रत्येक दिन साँझ ५ः००...
लामो सयम देखी भोगचलन गर्दै आएको त्रियुगा ६ र ७ को जग्गा नापी गर्न माग

लामो सयम देखी भोगचलन गर्दै आएको त्रियुगा ६ र ७ को जग्गा नापी गर्न माग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/असोज ६ गते । साविक भुमरसुवा गाविस ९ र देउरी गाविस १, हालको त्रियुगा नगरपालिका वडा नं ६ र ७ अवस्थि रहेको लामो समयदेखी भोगचलन गर्दै आएको ऐलानी जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउन माग गर्दै स्थाीयहरुले जिल्ला प्रशासन कार्यलय उदयपुर समक्ष ज्ञापन पत्र बुझाएको छ । लामो समयदेखीनै स्थानीय सरकार र सम्बवन्धित निकायहरु सुकुम्वासि आयोग लगायतलाई जग्गा नापी गरी लालपुर्जा उपलब्ध गराउन माग गर्दा ति निकायहरुले कुनै पनि अवस्थामा ध्यान नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय उदयपुरलाई स्थानीयहरुले गुहार मागेको छ । करिब ३ सय बढी स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित मन्त्रालयहरुलाई समेत पत्र बुझाउँदै जग्गा नापी गरेर जग्गा धनी लालपुर्जा वितरण गर्न माग सहित पत्र बुझाएको छ । जग्गा नापीका लागि तत्काललै आवश्यक प्रक्रियाहरु अपनाएर आफुहरुले लामो समयदेखी भोगचलन गर्दै आएको जग्गा धनि...
प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगितामा उदयपुर च्याम्पियन

प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगितामा उदयपुर च्याम्पियन

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि संवाददाता /असोज ६ । उदयपुर विराटनगरमा 'विराटनगर किङ्स'को आयोजनामा सम्पन्न प्रदेशस्तरीय ‘ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगितामा उदयपुर विजेता बनेको छ। प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र उदयपुर लगायतका जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो। उदयपुरले प्रतियोगिताका चारवटै खेलमा लगातार जित हात पार्दै उपाधि आफ्नो नाममा गरेको हो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उदयपुरले चार खेलमा चारै जित निकालेर विजेता बन्न सफल भएको आयोजकले जनाएको छ।...
पाँच महिनादेखि विद्युत् तार चुडिँदा खानेपानी आयोजना बन्द

पाँच महिनादेखि विद्युत् तार चुडिँदा खानेपानी आयोजना बन्द

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता /उदयपुर, असोज ६ । उदयपुरगढी गाउँपालिका–७ तिल्किनीमा विद्युतको तार चुडिएपछि पाँच महिनादेखि खानेपानी आयोजना बन्द भएको छ। विद्युत्बाट सञ्चालन हुँदै आएको आयोजना बन्द हुँदा त्यसबाट खानेपानी उपभोग गर्दै आएका २३ घरपरिवार प्रभावित भएका छन्। खानेपानी आयोजना बन्द भएपछि स्थानीय बासिन्दा दैनिक घन्टौँ हिँडेर खोला तथा अन्य पानीका स्रोतबाट पानी ल्याउन बाध्य छन्। लामो समयदेखि खानेपानीको समस्या झेल्दै आए पनि सम्बन्धित निकायले चासो नदिएको स्थानीयको गुनासो छ। समस्या समाधानका लागि विद्युत् कार्यालय उदयपुर तथा खानेपानीसम्बन्धी कार्यालयमा पटक–पटक निवेदन दिइसक्दा पनि पाँच महिनासम्म समस्या समाधान हुन सकेको छैन। स्थानीयका अनुसार विद्युत् तार मर्मत गर्ने विषयमा सम्बन्धित कार्यालयहरूले एकले अर्कोलाई जिम्मेवार देखाउँदै पन्छिने गरेका छन्। जसका कारण सामान्य मर्मतबाट सञ्चालनमा आउन सक्ने खाने...
धारिलो हतियार प्रहारबाट चौदण्डीगढीमा श्रीमतीको ह*त्या

धारिलो हतियार प्रहारबाट चौदण्डीगढीमा श्रीमतीको ह*त्या

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता/उदयपुर, असोज ४ । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया बिमला राई रहेकी छन् । प्रहरीका अनुसार शनिबार राति करिब १२ः३० बजे घरायसी विवादका क्रममा उनका श्रीमान् करिब ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी सिकल (हँसिया) ले बिमलाको गर्दनमा प्रहार गरेका थिए। घटनापछि गन्दु राम आफैँ अस्थायी प्रहरी पोष्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए । प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखेको छ । यता, अस्थायी प्रहरी बिट माडिबासबाट खटिएको प्रहरी टोलीले घाइते बिमलालाई उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्‍याएको थियो । तर, उपचारकै क्रममा राति १ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भई...
एलेभेन स्टार च्यालेन्ज कपमा डिडिवाइसी बेल्टारको शानदार सुरुवात

एलेभेन स्टार च्यालेन्ज कपमा डिडिवाइसी बेल्टारको शानदार सुरुवात

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि/असोज ३, २०८३ । उदयपुर गाईघाट । त्रियुगा नगरपालिका–१० मा एलेभेन स्टार फुटबल क्लबको आयोजनामा स्वर्गीय खेलाडीहरूको स्मृतिमा दोस्रो एक्सट्रिम एलेभेन स्टार च्यालेन्ज कप–२०८३ शनिबारदेखि सुरु भएको छ। नाइन–ए–साइड नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन खेलमा डिडिवाइसी बेल्टारले सिसवारी युथ क्लब सप्तरीलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ। डिडिवाइसीका जर्सी नम्बर १० कासचिन खड्काले ह्याट्रिक गरे भने अनिस बस्नेतले एक गोल थपे। सिसवारी युथ क्लबका लागि अर्जुन राणा मगरले एक गोल फर्काए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका डिडिवाइसी बेल्टारका कासचिन खड्का म्यान अफ द म्याच घोषित भए। उनले पुरस्कारस्वरूप नगद १ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताअन्तर्गत भोलि गाईघाट युनाइटेड र रौतामाई स्पोर्ट्स क्लब, मुरकोचेबीच दोस्रो क्वाटरफाइनल खेल दिउँसो ३ बजे हुने आयोजकल...
गाईघाटमा वेवेरा वाटर सञ्चालनमा, तीन पानी उद्योग पुगे

गाईघाटमा वेवेरा वाटर सञ्चालनमा, तीन पानी उद्योग पुगे

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्बाददाता/२ असाेज २०८३ । गाईघाट उदयपुरकाे त्रियुगा नगरपालिका–९, गैरुनमा वेवेरा ब्राण्डको प्रशोधित खानेपानी बजारमा आएको छ । ओसिन इन्डट्रिजले सञ्चालनमा ल्याएको उद्योगको विश्वकर्मा पूजाको अवसर पारेर असोज १ गते ग्रान्ड ओपनिङ गरिएको हो । उद्योगले २० लिटरको जार तथा १ लिटर र ५ सय मिलिलिटरका बोतलमा प्रशोधित खानेपानी उत्पादन तथा वितरण गर्ने सञ्चालक प्रवीण बस्नेतले जानकारी दिए । उद्योग शुभारम्भ कार्यक्रममा स्थानीयवासी, व्यवसायी, उपभोक्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो। तीन जना युवाहरू रबिन ढकाल, विमल कार्की र प्रवीण बस्नेतको संयुक्त लगानीमा उद्योग सञ्चालनमा ल्याइएको हो। सञ्चालकहरूका अनुसार उद्योगमा करिब २ करोड रुपैयाँ लगानी भएको छ। “एगचभ ध्बतभच ायच ब ज्भबतिजथ त्यmयचचयध” भन्ने नारासहित सञ्चालनमा आएको वेवेरा वाटरले गाईघाट तथा आसपासका क्षेत्रमा प्रशोधित खानेपानीको सहज उप...