Sunday, September 27News That Matters

Month: १ हप्ता अगाडि

त्रियुगा नगरपालिकाले डेंगी नियन्त्रणका लागि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालन गर्ने

त्रियुगा नगरपालिकाले डेंगी नियन्त्रणका लागि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालन गर्ने

Breaking News 2, समाचार, स्वास्थ्य
पूर्णपुष्टि सम्बाददाता/२ असाेज, २०८३ । उदयपुर उदयपुरकाे त्रियुगा नगरपालिकाले डेंगी तथा किटजन्य रोग नियन्त्रणका लागि ‘हरेक शुक्रबार, सफा शुक्रबार’ अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकामा डेङ्गु लगायत कीटजन्य रोगको नियन्त्रण तथा रोकथामसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजनास‌गै डेंगीको जोखिम न्यूनीकरण, लामखुट्टेको प्रजननस्थल खोजी तथा नष्ट गर्ने र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न पाँचवटा निर्णय गरेको हो । निर्णयअनुसार अश्विन महिनासम्म प्रत्येक शुक्रबार नगरपालिकाभित्रका सार्वजनिक निकाय, कार्यालय, विद्यालय तथा सामुदायिक संस्थाहरूमा लामखुट्टेको प्रजननस्थल तथा वासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिनेछ। यसका लागि संघीय तथा प्रादेशिक कार्यालयहरूमा जिल्ला प्रशासन कार्यालयमार्फत तथा विद्यालय, स्वास्थ्य संस्था र विभिन्न संघसंस्थालाई त्रियुगा नगरपालिकाले पत्रा...
रसुवा बाढिपिडितहरुलाई त्रियुगा १० का २७ टोल विकास संस्थाहरुको १ लाख ४२ हजार आर्थिक सहयोग

रसुवा बाढिपिडितहरुलाई त्रियुगा १० का २७ टोल विकास संस्थाहरुको १ लाख ४२ हजार आर्थिक सहयोग

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट÷ असोज १ गते । त्रियुगा नगरपालिका वडा नं १० को २७ ओटा टोल विकास संस्थाहरुले रसुवा बाढीपिडितहरुलाई आर्थिक सहयोग गरेको छ । बिहिबार त्रियुगा नगरपालिका वडा नं १० को वडा कार्यालय भवनमा राहतकोस सहयोग कार्यक्रम आयोजना गरिएको थियो । टोल विकास समन्वय समिति १० नं वडाको सहयोग तथा आयोजनामा आर्थिक संकलन भएको थियो । समन्वयका अध्यक्ष पर्शराज राईका अनुसार त्रियुगा १० मा जम्मा ३१ ओटा टोल विकास संस्थाहरु रहेकोमा २७ ओटा राहत सहयोगमा सहभागी रहेको छ । बाँकी ४ ओटा भने बिभिन्न समस्याका कारण सहभागी हुन सकेन । २७ ओटा टोल विकास संस्थाबाट १ लाख ४२ हजार ५५ रुपयाँ आर्थिक सहयोग जुटेको अध्यक्ष राईले जनाए । समन्वय समितिका सचिव बासुदेव पोखरेलका अनुसार हरीयाली टोल विकास संस्थाले ६ हजार, सगरमाथा टोल विकास संस्था ५ हजार ३ सय, बेलचोक टोल विकास संस्था ५० हजार २० रुपयाँ, रौतेनी डाँडाँ टोल विकास...
किरात पत्रकार संघ उदयपुरको अध्यक्षमा बिजय राई

किरात पत्रकार संघ उदयपुरको अध्यक्षमा बिजय राई

Breaking News 1, Breaking News 2, समाचार
पूर्णपुष्टि, असोज १ गते । किरात पत्रकार संघ जिल्ला कार्य समिति उदयपुरको अध्यक्षमा बिजय राई चयन भएको छ । बुधबार गाईघाट स्थित त्रियुगा नेशनल एजुकेशनको सभाहलमा आयोजित छैँटो अधिवेशनले बिजय राईको नेतृतवमा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा चेवान राई, महिला उपाध्यक्ष्मा भावना राई, सचिवमा नयनराज राई सहसचिवमा सरोज अर्पण राई, कोषाध्यक्षमा संगिता राई र सदस्यहरुमा अनिल राई, आषिश चाम्लीङ राई र बेदना राई रहेको छ । यस्तै केन्द्रीय प्रतिनिधिका लागि बिक्रम राई, राजेन्द्र दुष्ट र संगिता राई रहेको छ । किरात पत्रकार संघ केन्द्रीय सचिव बुद्धि चाम्लीङ राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार महेश्वर चाम्लीङ, हरि कुमार राई, भोटराज राई, गंगा राई, ऋषी राई, दिनेश राई र देभराज राई लगायत उपस्थिति रहेको थियो ।...
कटारीमा १३० किलो गाँजा बरामद, तस्कर सामान छाडेर फरार

कटारीमा १३० किलो गाँजा बरामद, तस्कर सामान छाडेर फरार

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता/उदयपुर, भदौ ३१ उदयपुरको कटारी नगरपालिका–६ साँघुरीबाट सशस्त्र प्रहरीले १ सय ३० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण हेडक्वार्टर त्रियुगा, उदयपुरको मातहतमा रहेको सुरक्षा बेस कटारीले विशेष सूचनाका आधारमा ठूलो मात्राको गाँजा बरामद गरेको हो । बुधबार राति करिब २ः४० बजे साँघुरीबाट करिब ५ किलोमिटर दक्षिण चुरे जंगलको पैदल बाटो हुँदै अवैध रूपमा गाँजा बोकेर ल्याउँदै गरेको समूहले सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि गाँजाका बोरा छाडेर फरार भएको हो । सशस्त्र प्रहरी गस्ती टोलीले ५ वटा बोरा फेला पारेको थियो । ती बोरामा रहेको गाँजा तौल गर्दा १ सय ३० किलो रहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद गाँजा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कटारीमा बुझाइएको छ । गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू फरार भएकाले खोजी भइरहेको प्रहरीले जना...
त्रियुगा नगरपालिकाको मेयरमा बुद्धि चाम्लिङ राईको स्वतन्त्र उम्मेदवारी घोषणा

त्रियुगा नगरपालिकाको मेयरमा बुद्धि चाम्लिङ राईको स्वतन्त्र उम्मेदवारी घोषणा

Breaking News 2, राजनीति, समाचार
पूर्णपुष्टि सम्बाददाता गाईघाट, भदौ ३० । उदयपुरको त्रियुगा नगरपालिकाको मेयर पदका लागि सामाजिक अभियन्ता एवम् सञ्चारकर्मी बुद्धि चाम्लिङ राईले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । गाईघाटस्थित पिपलचोकमा मंगलबार आयोजित कार्यक्रममा राईले आफू त्रियुगा नगरपालिकाको मेयरका लागि उपयुक्त पात्र भएको दाबी गर्दै समग्र त्रियुगाको विकासको लागि उम्मेदवारी दिएको घोषणा गरे । उनले आफुसंग त्रियुगाको विकासका लागि स्पष्ट खाका आफूसँग रहेको दावी गरेका छन् । उनले विकास, सुशासन र सशक्त स्थानीय शासनलाई प्राथमिकतामा राखेर समृद्ध त्रियुगा निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताए । नगरको समग्र विकासका लागि दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको भन्दै राईले जनताको सहभागितामा स्थानीय शासनलाई थप बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे । राईले त्रियुगाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख...
समुदायमा आधारित रोग निगरानी : हामी सबैको साझा जिम्मेवारी

समुदायमा आधारित रोग निगरानी : हामी सबैको साझा जिम्मेवारी

Breaking News 2, बिचार, स्वास्थ्य
एउटा सानो सूचना, ठूलो प्रकोप रोक्ने आधार बन्न सक्छ कुनै पनि रोगको महामारी एकै चोटी ठूलो रूपमा देखा पर्दैन । सुरुमा-सुरुमा समुदायमा साना–साना संकेतहरू देखिन सक्छन् । जस्तै : एकै ठाउँमा धेरै मानिस बिरामी पर्नु, असामान्य रूपमा ज्वरोका बिरामी बढ्नु, कुनै भोजभतेरमा सहभागी भएका धेरै व्यक्ति एकैपटक बिरामी पर्नु वा एउटै परिवार तथा टोलमा धेरै मानिसमा मिल्दोजुल्दो लक्षण देखिनु । यस्ता संकेतलाई समयमै पहिचान गरी सम्बन्धित निकायसम्म पुर्‍याउन सकियो भने सम्भावित प्रकोपलाई सुरुमै नियन्त्रण गर्न सकिन्छ । रोग निगरानी भनेको के हो ? रोग निगरानी भनेको जनस्वास्थ्यमा असर पार्न सक्ने अनपेक्षित घटना, रोगका लक्षण समूह (Syndrome) तथा रोगको निरन्तर पहिचान, सूचना सङ्कलन, प्रमाणीकरण, विश्लेषण, सञ्चार र आवश्यक प्रतिकार्य गर्ने प्रक्रिया हो । यसले रोगको प्रवृत्तिबारे जानकारी दिने, सम्भावित प्रकोपको पूर्वानुमान ...
अतिविपन्न तीन छोरीका लागि बनाइएको नयाँ घर हस्तान्तरण हुँदै

अतिविपन्न तीन छोरीका लागि बनाइएको नयाँ घर हस्तान्तरण हुँदै

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता/उदयपुर, भदौ २८ । आर्थिक अवस्था कमजोर रहेका त्रियुगा नगरपालिका–११ का तीन दनुवार छोरीका परिवारका लागि निर्माण गरिएको नयाँ घर आज हस्तान्तरण गरिने भएको छ । ३२ वर्षीया आमा आशा सदा दनुवार, ३३ वर्षीय बुबा किसान दनुवारका तीन छोरीहरु १३ वर्षीया सपना दनुवार, १२ वर्षीया कल्पना दनुवार र ७ वर्षीया अर्चना दनुवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिने भएको हो । सामाजिक अभियन्ता तथा सञ्चारकर्मी बुद्धिकुमार राईको पहलमा घर निर्माण अभियान सञ्चालन गरिएको थियो । अभियानमा स्थानीय व्यक्ति, व्यवसायी तथा विभिन्न क्षेत्रका सहयोगीहरूले आर्थिक तथा निर्माण सामग्री सहयोग गरे भने विभिन्न व्यक्तिहरुको श्रमदान रह्यो । अभियानबाट प्राप्त नगद २६ हजार ४ सय रुपैयाँ तथा सामग्री सहयोगलाई घर निर्माण, शौचालय निर्माण, ढुवानी तथा आवश्यक अन्य सामग्री खरिदमा प्रयोग गरिएको अभियन्ता राईले बताएका छन् । नयाँ घ...
उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

Breaking News 1
२८ भदौ, २०८३ । उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईमा करेन्ट लागेर आइतवार एक जनाको मृत्यु भएको छ । बिहान हातमुख धुने क्रममा हातेकलमा जडान गरिएको विद्युतीय मोटरवाट करेन्ट लागेर स्थानीय सुकदेव चौधरीको मृत्यु भएको हो । करेन्ट लागेका चौधरीको घटनास्थलमै मृत्यु भएको हुनसक्ने स्थानीय शिक्षक भाष्कर चौधरीले बताए । घटनाबारे इलाका प्रहरी कार्यालय सिवाईले थप अनुसन्धान गरिरहेको छ । विद्युतीय मोटर जडान भएको हातेकल चलाउदा  सावधानी नअपनाउन चौधरीको ज्यान गएको छ । यकिन कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको...
उदयपुरमा चट्याङले एकको मृत्यु

उदयपुरमा चट्याङले एकको मृत्यु

Breaking News 2, समाचार
२७ भदौ, २०६३ । उदयपुर उदयपुरको कटारी नगरपालिका–८ मा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय रुद्रबहादुर तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दिउँसो करिब २ः३० बजे अविरल वर्षासँगै चट्याङ पर्दा तामाङ आफ्नै घरको झ्यालमा चट्याङको झट्का लागेर गम्भीर घाइते भएका थिए । तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
उदयपुरमा पहिरोले एक घर बगायो, तीनघर जोखिममा

उदयपुरमा पहिरोले एक घर बगायो, तीनघर जोखिममा

Breaking News 2, समाचार
२७ भदौ, २०८३ । उदयपुर उदयपुरको बेलका नगरपालिका–८ आहालेमा बर्षापछि गएरातीको पहिरोले एक घर बगाउनुका साथै तीन घर जोखिममा परेको छ । मेयर अशोक कार्कीका अनुसार स्थानीय मेहरमान राईको घर बगाएको हो । उनको घर पूर्णरुपमा क्षती भएको छ । राती ९  बजे घरसंगै बगेर बेपत्ता भएका मेहरमान भने विहान गाउँको सम्पर्कमा आएका थिए । मेयर कार्कीका अनुसार पहिरोमा भागेर बच्न सफल उनी रातभर जङ्गलमा बसेर विहान गाउँलेको सम्पर्कमा आएका थिए । अन्य तीनघर जोखिममा परेका छन् । स्थानीय अरुणकुमार राई, बमप्रसाद राई र बिरसिंह राईको घर जोखिममा परेका हुन् । तीनवटै घरमा बस्न सक्ने अवस्था छैन । उनीहरुको परिवार सबै विस्थापित छन् । उनीहरुले घर छाडेर सुरक्षित ठाउँमा आश्रय लिएका छन् । मानवीय क्षेती भने भएको छैन । बगेर क्षती भएको मेहरमानसहितको चारैघर परिवारका ३२ जना हाल विस्थापित भएको अवस्था छ । उनीहरुलाई सुरक्षित स्थानको छिमेकीको घरमा र...