Sunday, September 27News That Matters

Month: २ हप्ता अगाडि

१७ दिनपछि कुशको प्रतीकात्मक शव बनाएर देवेन्द्रको अन्त्येष्टि

१७ दिनपछि कुशको प्रतीकात्मक शव बनाएर देवेन्द्रको अन्त्येष्टि

Breaking News 2, समाचार
 २७ भदौ २०८३ रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहाका देवेन्द्र घिमिरेको १७ दिनसम्म पनि पार्थिव शरीर फेला नपरेपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिएको छ। त्रियुगा–४ स्थित अर्ना खोला र त्रियुगा नदीको दोभानमा कुशलाई मानिसको स्वरूपमा ढालेर तयार पारिएको प्रतीकात्मक शवलाई मृतक देवेन्द्रकै शरीर मानेर हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो। मृतकका छोरा उज्ज्वल घिमिरेले दागबत्ती दिएर अन्त्येष्टि गरेका छन्। उनले कपाल मुण्डन गरी १३ दिने किरियापुत्री बसेका छन्। देवेन्द्र त्रिशूली हाइड्रो प्रोजेक्टमा कार्यरत थिए। बाढी आउनुभन्दा करिब आधा घण्टाअघि मात्र परिवारसँग फोनमा कुराकानी गरेका उनी त्यसपछि सम्पर्कविहीन भएका थिए। घटनास्थलसम्म पुगेर खोजी गर्दा पनि कुनै अत्तोपत्तो नलागेपछि धार्मिक संस्कार पूरा गर्न अन्त्येष्टि गर...
सोलुखुम्बुको हुँगा खोला पहिरोले थुनिएर बनेको ड्यामको पानी सामान्यढंगले बहन थालेपछि जोखिम घट्दो

सोलुखुम्बुको हुँगा खोला पहिरोले थुनिएर बनेको ड्यामको पानी सामान्यढंगले बहन थालेपछि जोखिम घट्दो

Breaking News 2, समाचार
२६ भदौ, २०८३ । उदयपुर आज विहान पहिरोले थुनिएर ड्याम बनेको सोलुखुम्बुको महाकुलुङ गाउँपालिका – २ र ४ को बीचमा पर्ने हुंगा खोलाबाट पानी क्रमशः बहन थालेसंगै जोखिम कम हुदै गएको छ । ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलका अनुसार त्यहाँ बनेको तालको माथिल्लो भागबाट पानी क्रमिकरुपले बहदै जाँदा जोखिम कम हुदै गएको देखिएको हो । विहान ७ ः ०० बजे ठूलो पहिरो गई थुनिएर करिब एकसय मिटर लामो ड्याम बनेको थियो । थुनिएको तीनघण्टापछि देखि पानी बग्न थालेको थियो । ताल एकैचोटी विष्फोट भएमा त्यसबाट उत्पन्न बाढीले ठूलो क्षती पुर्याउला भन्ने चिन्ता थियो । ड्याम भन्दा तल्लो भेगका खोला तथा तटीय क्षेत्रको बस्ति र संरचनाहरु खतरामा परेको थियो । तत्कालै जोखिममा पर्ने तीन जिल्लाहरु सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुरले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सुचित गरेको थियो । ड्याम विष्फोट भएको खण्डमा ओखलढुंगाको जयराम...
सोलुखुम्बुको हुङ्गा खोलामा पहिरोले ड्याम, उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

सोलुखुम्बुको हुङ्गा खोलामा पहिरोले ड्याम, उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता उदयपुर, भदौ २६ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को KOबीचमा पर्ने हुङ्गा खोलामा ठूलो पहिरो खसेर नदी थुनिएपछि बनेको ड्याम जुनसुकै बेला फुट्न सक्ने भन्दै उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। शुक्रबार बिहान करिब ७ बजे हुङ्गा खोलामा ठूलो पहिरो खसेर नदी थुनिँदा करिब १०० मिटर लामो र १५ मिटर गहिरो ताल (ड्याम) बनेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। ड्याम फुटेमा त्यसबाट निस्कने बाढी सोलुखुम्बुको सोताङ तथा थुलुङ दुधकोशी गाउँपालिका हुँदै दुधकोशी नदीमा मिसिने र सोही नदीमार्फत उदयपुर प्रवेश गर्ने जोखिम रहेको प्रहरीले जनाएको छ। सम्भावित बाढीका कारण उदयपुरका कटारी नगरपालिका, ताप्ली गाउँपालिका, लिम्चुङबुङ गाउँपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिका अन्तर्गत दुधकोशी तथा...
रक्तसञ्चार केन्द्र स्थापनापछि उदयपुरमा रगत अभाव हट्याे

रक्तसञ्चार केन्द्र स्थापनापछि उदयपुरमा रगत अभाव हट्याे

Breaking News 2, समाचार, स्वास्थ्य
२५ भदौ, २०८३ । उदयपुर गाईघाटमा रक्तसञ्चार केन्द्र सञ्चालन भएपछि विरामीलाई रगत अभावको समस्या हटेको छ । केन्द्रले जिल्ला अस्पताल उदयपुर, प्रादेशिक अस्पताल कटारी र विभिन्न नीजि अस्पतालहरुमा विरामीलाई रगत उपलब्ध गराउदै आएको छ । रेडक्रस सोसाइटी उदयपुरद्वारा सञ्चालित केन्द्रमा सामाजिक संस्थाहरुले रक्तदान कार्यक्रम मार्फत रगत संकलन गर्ने गरिएको छ । अपुग भएमा वा रगत समुह अनुरुप अभाव भएमा स्वयम्सेवक रक्तदाताबाट उपलब्ध हुने गरेको केन्द्रका प्रयोगशाला प्रमुख अमलाल दासले बताए ।स्वयम्सेवक रक्तदाताहरुको संख्या एकहजार भन्दा बढि रहेका छन् । रातको समयमासमेत स्वयम्सेवक रक्तदाताहरुले आएर रक्तदान गर्ने गरेको केन्द्रले जनाएको छ । प्रमुख दासका अनुसार हालसम्म छ हजार बढि विरामीलाई रगत उपलब्ध गराइसकेको केन्द्रमा मासिक ५०–६० पोण्ड रगत खपत हुने गरेको र त्यतिकै हाराहारीमा उब्रने रगत अन्य जिल्ला पठाउने गरिएको छ । ...
प्रेस सेन्टर नेपालद्वारा गृहमन्त्रीको अभिव्यक्तिको निन्दा, पत्रकार पुनर्बहालीदेखि बाढीपीडितलाई राहतसम्मको माग

प्रेस सेन्टर नेपालद्वारा गृहमन्त्रीको अभिव्यक्तिको निन्दा, पत्रकार पुनर्बहालीदेखि बाढीपीडितलाई राहतसम्मको माग

Breaking News 1, समाचार
पूर्णपुष्टि सम्वाददाता उदयपुर, भदौ २४ । प्रेस सेन्टर नेपालले संघीय सरकारका गृहमन्त्री सुधन गुरुङले पत्रकार तथा पत्रकारिता क्षेत्रप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिको निन्दा गर्दै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ । सेन्टरका महासचिव मनोज घर्तीमगरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा पत्रकारले गलत सूचना सम्प्रेषण गरेको भए तथ्यका आधारमा खण्डन गर्नुपर्ने भन्दै सत्ताको शक्ति देखाएर पत्रकारलाई चेतावनी दिने कार्य स्वीकार्य नहुने उल्लेख गरिएको छ । प्रेस सेन्टरले सरकारी सञ्चार प्रतिष्ठानबाट श्रमजीवी पत्रकार तथा सञ्चारकर्मीलाई गैरकानुनी र अन्यायपूर्ण ढंगले निष्कासन गरिएको भन्दै तत्काल ससम्मान र निशर्त पुनर्बहाली गर्न माग गरेको छ। गोरखापत्र संस्थान, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन र रेडियो नेपालबाट भइरहेको निष्कासन तथा मनोवैज्ञानिक दबाब रोक्न पनि उसले सरकारको ध्यानाकर्षण ग...
कसमस सिमेन्ट उद्योगविरुद्ध स्थानीयको आन्दोलन : माग सम्बोधन नभएपछि उत्खनन् र ढुवानी रोक्ने निर्णय

कसमस सिमेन्ट उद्योगविरुद्ध स्थानीयको आन्दोलन : माग सम्बोधन नभएपछि उत्खनन् र ढुवानी रोक्ने निर्णय

Breaking News 2, समाचार, स्वास्थ्य
२४ भदौ, २०८३ । उदयपुर उदयपुरको उदयपुरगढी गाउँपालिका–८ स्थित बैझनाथ टोल विकास संस्थाले कसमस सिमेन्ट उद्योगसँग राखेका माग तत्काल सम्बोधन गर्न माग गरेको छ । उद्योगले वडा नम्बर ४ र ८ मा रहेका चुनढुंगा खानीमा उत्खनन् तथा ढुवानी गर्दा प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई विभिन्न असर परेको तर उद्योग त्यसप्रति गम्भीर नभएको भन्दै संस्थाले उद्योगको काम रोक्ने निर्णय गरेको जनाएको छ । स्थानीयले उद्योग सञ्चालनका क्रममा वातावरणीय, सामाजिक तथा स्वास्थ्य सुरक्षाका विषयमा गम्भीर लापरबाही भएको आरोप लगाएका छन्। प्रभावित क्षेत्रका नागरिकले उठाएका समस्या समाधान गर्न उद्योगसँगै सरकार पनि जिम्मेवार र गम्भीर हुनुपर्ने माग गरेका छन् । टोल विकास संस्थाले राखेका प्रमुख मागमध्ये पहिलो नम्बरमा खानी उत्खनन्, ढुवानी तथा उद्योग सञ्चालनबाट हुने मानवीय जोखिमलाई ध्यानमा राख्दै मिति २०७९ साल फागुन ७ गते स्थानीय बासिन्दा...
उदयपुरमा एम्बुलेन्सको भाडादर समायोजन, तोकिएभन्दा बढी लिए कारवाही

उदयपुरमा एम्बुलेन्सको भाडादर समायोजन, तोकिएभन्दा बढी लिए कारवाही

Breaking News 2, समाचार, स्वास्थ्य
२४ भदौ, २०८३ । उदयपुर उदयपुरमा एम्बुलेन्सहरुले मनमोली भाडा उठाउने जनगुनासो बढेपछि जिल्ला एम्बुलेन्स ब्यवस्थापन समितिले नयाँ दर लागू गरेको छ । एम्बुलेन्सले भाडा लिँदा बिल र रसिद काट्नुपर्नेछ अनिवार्य गरिएको छ । सडकको अवस्था, महँगी तथा नागरिकबाट प्राप्त गुनासोलाई आधार बनाएर उदयपुरबाट सञ्चालन हुने एम्बुलेन्सको भाडादर निर्धारण गरिएको स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जिवि निरौलाले बताए । प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहेको समितिको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न गन्तब्यका लागि नयाँ भाडादर सार्बजनिक गरेको छ । जिल्लाको बोक्सेस्थित उदयपुर अस्पताल र कटारी स्थित प्रादेशिक अस्पताललाई केन्द्र बनाएर नजिक तथा टाढा दुरीको छुट्टाछुट्टै भाडादर तोकिएको छ । स्वास्थ्य कार्यालय उदयपुरले सार्वजनिक गरेको विवरणअनुसार गाईघाटबाट धरान र इटहरी ६ हजार, विराटनगर ६ हजार, राजविरा...
गतवर्ष जेनजी आन्दोलनमा आजैदिन गाईघाटमा भत्काइएको विपी शालिक आजै पुनस्थापना

गतवर्ष जेनजी आन्दोलनमा आजैदिन गाईघाटमा भत्काइएको विपी शालिक आजै पुनस्थापना

Breaking News 2, राजनीति, समाचार
२४ भदौ, २०८३ । उदयपुर गतवर्ष जेन्जी आन्दोलनमा आजकै दिन तोडफोड भएको उदयपुरको सदरमुकाम गाईघाट, विपीचौकस्थित स्वर्गीय बिपी कोइरालाको प्रतिभा पुनःस्थापना गरिएको छ । आज एक समारोहकाबीच स्व. विपी कोइरालाको अर्धकदको सालिक पुनःस्थापना गरिएको हो । त्रियुगा नगरपालिकका मेयर बसन्त बस्नेत लगायत नेपाली काङ्ग्रेसका नेताहरुले पुनःस्थापित सालिकमा माल्यार्पण गरे । जेनजी आन्दोलन भड्किएसंगै गतवर्षको भदौ २४ गते साँझ त्यहाँको सालिक तोडफोड गरी हटाइएको थियो । उनको सालिक हटाएर पृथ्वीनारायण साहको तस्बिर राखिएको थियो । त्यसको भोलीपल्ट पृथ्वीनारायण साहको तस्बिर पछि हटाइपछि विपीचौक सालिकविहिन अवस्थामा थियो । उक्त ठाउँमा २०८१ कार्तिक २४ गते नेपाली काङ्ग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले विपीको शालिक अनावरण गरेपछि चौकको नामाकरण विपीचौक भएको थियो ।...
पत्रकार महासंघ उदयपुरका संस्थापक सचिव बद्रीप्रसाद काफ्लेको निधन

पत्रकार महासंघ उदयपुरका संस्थापक सचिव बद्रीप्रसाद काफ्लेको निधन

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता उदयपुर, भदौ २४ । नेपाल पत्रकार महासंघ उदयपुर शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको निधन भएको छ । काफ्लेको बुधबार बिहान त्रियुगा नगरपालिका–१०, गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा निधन भएको हो । काफ्लेले २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर शाखा गठनका क्रममा सचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले तत्कालीन समयमा ‘त्रियुगा अर्ध साप्ताहिक’ नामक पत्रिका प्रकाशनसमेत गर्नुभएको थियो । स्वर्गीय काफ्ले लामो समयदेखि गम्भीर बिरामी भई करिब एक वर्षदेखि अचेत अवस्थामा रहनुभएको थियो । उहाँका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन् ।...
बाढीपीडितका लागि वाईसीएलको होल्डिङ सेन्टरलाई द. कोरिया लगायत विभिन्न देशका नेपाली युवाहरूबाट ४ लाख ८३ हजारको राहत सामग्री सहयोग

बाढीपीडितका लागि वाईसीएलको होल्डिङ सेन्टरलाई द. कोरिया लगायत विभिन्न देशका नेपाली युवाहरूबाट ४ लाख ८३ हजारको राहत सामग्री सहयोग

Breaking News 2, समाचार
पूर्णपुष्टि सम्वाददाता उदयपुर, भदौ २२ । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नागरिकका लागि वाईसीएल नेपालले सञ्चालन गरेको होल्डिङ सेन्टर तथा सामूहिक मेसलाई ४ लाख ८३ हजार ३ सय ७२ रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ । बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको अवस्थामा देश–विदेशमा रहेका नेपाली तथा डिजिटल प्लेटफर्म टिकटकमार्फत जोडिएका सहयोगीहरूले स्वतःस्फूर्त रूपमा रकम संकलन गरी वाईसीएलसँग समन्वय गरेर राहत सामग्री उपलब्ध गराएको किराती राष्ट्रिय मुक्तिमोर्चा का केन्द्रीय सदस्य सुरज किरातीले जानकारी दिनुभयो । सहयोगमा दाल, चामल, नुन, तेल, ग्यास, लत्ताकपडा लगायत होल्डिङ सेन्टरमा आवश्यक सामग्री रहेको राईले बताउनुभयो । आर्थिक चन्दा लगायत सरकारको एकद्वार प्रणालीद्वारा सहयोग पठाइएको भएपनि पीडितसम्म तत्काल पुर्‍याउनका लाग जिन्सी सहयोग गरिएको बताइएक...