Monday, April 20News That Matters

Month: ३ हप्ता अगाडि

फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपाली चयन

फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपाली चयन

Breaking News 1, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/ चैत्र १६ । नेपाल फोटो पत्रकार महासंघ उदयपुरको अध्यक्षमा राकेश नेपालीको नेतृत्वमा ९ कार्य समिति चयन भएको छ । सोमवार थारु होम स्टेमा भएको तेस्रो अधिवेशनले नेपालीको अध्यक्षता चयन गरेको कार्य समितिको उपाध्यक्ष गोपाल कृति, सचिवमा बिक्रम राई, सहसचिवमा सौरब मगर कोषाध्यक्षमा आस्था ठकुरी रहेको छ । यस्तै सदस्यहरुमा नयन राई, तिजा सुस्लिङ मगर, भुवन कार्की, प्रशान रौनियार, अभिजित साह, अनु दनुवार, मोहन राउत र शम्भु मगर रहेको छ । यस्तैगरी प्रदेश तथा केन्द्रीय पार्सदहरु अप्सरा समाल, ईश्वर बलम्पाकी, कबिता राई, गंगा राई, देबराज राई, लक्ष्मी पोखरेल बीरसबाबू शाही रहेको छ । संस्थापक अध्यक्ष तथा केन्द्रिय अध्यक्ष गजेन्द्र राईको प्रमुख आथित्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा अग्रज पत्रकार महेश्वर चाम्लीङ लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।...
नवनियुक्त मन्त्रीहरुले लिए सपथ, मन्त्रीपरिषद्मा ५ जना महिला

नवनियुक्त मन्त्रीहरुले लिए सपथ, मन्त्रीपरिषद्मा ५ जना महिला

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १३ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रीहरुले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् । प्रधानमन्त्री बालेनले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् । मन्त्रिपरिषदमा दोस्रो वरीयतामा रहेका स्वर्णिम वाग्लेले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् । तेस्रो वरियतामा रहेका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् । शिशिर खनालले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका छन् । सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । विराजभक्त श्रेष्ठले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएक...
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ

राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १३ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहका बिच शाहलाई प्रधानमन्त्री पदको सपथ ग्रहण गराएका हुन् । यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो । मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि यो पहिलोपटक हो । शपथ ग्रहण कार्यक्रममा बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।  ...
वैशाखयताको विपद्मा परी देशभर ४ सय ७९ जनाको मृत्यु, ३ हजार बढी प्रभावित

वैशाखयताको विपद्मा परी देशभर ४ सय ७९ जनाको मृत्यु, ३ हजार बढी प्रभावित

Breaking News 1, समाचार
पूर्णपुष्टि, चैत्र १२ । गत वैशाख १ गतेदेखि हालसम्म मुलुकभर विभिन्न प्रकारका विपद्का घटनाले ठूलो जनधनको क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार उक्त अवधिमा देशभर ७ हजार २३१ वटा विपद्का घटना दर्ता भएका छन् । यी घटनाहरूमा परी ४ सय ७९ जनाको मृत्यु भइसकेको छ भने १ हजार ८ सय जना घाइते भएका छन् । त्यसैगरी, १३ हजार ९८ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा ३ हजार ४८० वटा आगलागीका घटना भएका छन् । सबैभन्दा बढी आगलागीका घटना रहेका छन् जुन कुल घटनाको झन्डै आधाभन्दा बढी हिस्सा ओगट्छ । यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन् । यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना भएक...
नवनिर्वाचित सांसदहरुको सपथ आज

नवनिर्वाचित सांसदहरुको सपथ आज

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १२ । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित सांसदहरुको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे हुनेछ । संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम स...
लैँगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरीय निर्देशन समितिको तेस्रो बैठक तथा अन्तरक्रिया

लैँगिक हिंसा सम्बोधनका लागि जिल्ला स्तरीय निर्देशन समितिको तेस्रो बैठक तथा अन्तरक्रिया

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, उदयपुर/चैत्र १२ गते । जिल्ला स्तरीय लैँगिक हिंसा सम्वोधन निर्देशन समितिको तेस्रो बैठक गाईघाटको कोहवर होटलमा बुधबार सम्पन्न भएको छ । समितिका सदस्य सचिव समेत रहेको जिल्ला समन्वय समितिको आयोजनामा बैठक सम्पन्न भएको हो । बैठकले बिबिध सहित ६ ओटा निर्णयमा छलफल गरेको छ । समितिको काम र पहिलो बैठकको समिक्षा सहित महत्वपूर्ण निर्णय र त्यस बिषयमा अन्र्तक्रिया गरिएको हो । बैठकले लैँगिक हिंसा रोकथाम तथा प्रतिकार्यको प्रगतीको प्रस्तुती, एकद्धार संकट व्यवस्थापन केन्द्रको कार्ययोजना प्रगतीबारे प्रस्तुती तथा जानकारी, मामला तथा व्यवस्थापनको करार सम्बन्धमा छलफल, एकद्धार संकट व्यवस्थापनको आगामी आ.ब को बजेट बिनियोजन बारे छलफल तथा अन्तरक्रिया गरेको ओसिएमसी नेपालकी बरिष्ठ मनोपरामर्शदाता रन्जना ताजपुरियाले बताउनुभयो । उहाँले यस निर्देशन समितिको नियमित बैठकले महिला हिंसा तथा लैँगिक हिंसालाई न्युनिकरण...
उदयपुरगढीको जरुवामा पालिका स्तरीय भलिवल प्रतियोगिता, आज भव्य उद्घाटन

उदयपुरगढीको जरुवामा पालिका स्तरीय भलिवल प्रतियोगिता, आज भव्य उद्घाटन

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि सम्बाददाता १० चैत, २०८२ । उदयपुरगढी आजबाट सुरु दोस्रो उदयपुरगढी गाउँपालिका स्तरीय भलिवल प्रतियोगितामा पहिलो दिनको पहिलो चरणको खेलहरुबाट चार टिमले जितेर  सेमी फाइनल प्रवेश गरेका छन् भने चार टिम बाहिरिएका छन् । पालिकाका आठ टिमहरु मध्ये वडा नं २ लाई पराजित गरी वडा नं ८ अगाडि बढेको हो ।  वडा नं ४ को विरुद्ध वडा नं. ७ ले जितेको हो ।  वडा ६ लाई पराजित गरी वडा नं ३ ले जितेको हो भने वडा नं ५ को विरुद्ध वडा नं १ ले विजय यात्रा बढाएको हो । आजको खेलहरुमा वडा नं ८ का मिलन खड्का, वडा नं ७ का प्रकाश राना मगर, वडा नं ३ का एकराज कार्की र वडा  नं. १ का विकास मगर म्यान अफ दि म्याच घोषित भए । उनीहरूले जनही एक हजार नगद पुरस्कार प्राप्त गरे । युवा तथा खेलकुद विकास समिति उदयपुरगढीको आयोजनामा वडा नम्बर ३ जरुवामा दोस्रो उदयपुरगढी गाउपालिका स्तरीय पुरुष भलिवल तथा महिला भलिवल प्रतियोगिता सञ्चालन भ...
मदन भण्डारी राजमार्गमा दुर्घटना ।  सडक किनार ‘नालीमा चेप्टियो सवारी साधन

मदन भण्डारी राजमार्गमा दुर्घटना ।  सडक किनार ‘नालीमा चेप्टियो सवारी साधन

Breaking News 2, समाचार
९ चैत्र, २०८२ । उदयपुर बुटवलदेखि इटहरीतर्फ जाँदै गरेको ६०४६ नम्बरको भ्यान मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका - ७ चुवाडे चोक नजिकै देवीघाटमा आज दिउँसो दुर्घटना भएको छ । सडक किनारको नालीमा गाडी पसेर चेप्टिएको अवस्था छ । गाडीमा एकमात्र चालक रुपन्देहीको बुटवल नगरपालिका ११ का  ३६ वर्षीय विष्णु घिमिरे रहेको र उनको अवस्था सामान्य रहेको छ । आफै अनियन्त्रित भई गाडी दुर्घटना भएको चालक घिमिरेको भनाइ छ । गाडीको बढीमा क्षति पुगेको छ।...
त्रियुगा १२ का वडा अध्यक्ष राईले समयमा कार्यालय नआउने कर्मचारीलाई गेटमै रोके

त्रियुगा १२ का वडा अध्यक्ष राईले समयमा कार्यालय नआउने कर्मचारीलाई गेटमै रोके

Breaking News 2, समाचार
पूर्णपुष्टि, चैत्र ८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ का वडा अध्यक्षले समयमा कार्यालय नआउने कर्मचारीलाई गेटमै रोकिदिएका छन् । वडा अध्यक्ष नविन वान्तावा राईले ११ बजिसक्दा पनि कार्यालय नआउने कम्प्युटर अप्रेटर अन्जु समाललाई गेटमै रोकिदिएका हुन् । उनि चौथो तहको करारका कर्मचारी हुन् । सामाजिक परिचालिका बबिता यादव र कार्यालय सहयोगी पर्मिला कार्की पनि कार्यालय नआएकोले उनिहरु समेतलाई गेटमा रोक्ने वडा अध्यक्ष राईले बताए ।उनिहरुले वडामा आउने नआउने बारे केहि पनि जानकारी नदिएकोले आएमा गेटमै रोक्ने र समयमा नआउने सबैलाई हाजिरी समेत गर्न नदिने वडा अध्यक्ष राईले बताए ।कर्मचारीलाई कार्यालय आउन ५ देखी १० मिनेटसम्म ढिलो हुन्छ केही छैन ‘उनले भने’ घण्टै ढिलो गरेर आउने त्यही भएर मैले गेटमा ताला लगाएर कार्यालय प्रवेश निषेध गरेको हो । कर्मचारीबाट कार्यालय ढिलो आउने काम  पटक पटक दोहोरिएको कारणले गेटम...
युद्ध चलिरहेको देश इरानमा उदयपुरका युवा नियन्त्रणमा, उद्धार गरिदिन सरकारलाई परिवारको आग्रह

युद्ध चलिरहेको देश इरानमा उदयपुरका युवा नियन्त्रणमा, उद्धार गरिदिन सरकारलाई परिवारको आग्रह

Breaking News 2, समाचार
पूर्णपुष्टि संवाददाता ६ चैत्र, २०८२ । उदयपुर युद्ध चलिरहेको देश इरानमा उदयपुरको एक युवा त्यहाँको सेनाको नियन्त्रणमा परेका छन् । उदयपुरको त्रियुगा नगरपालिका ११ गाईघाट निवासी अमृत झा नियन्त्रण परेको परिवारले जनाएको छ । गएको छ दिनदेखि उनी नियन्त्रणमा परेको उनका भिनाजु राजेश झाले जानकारी दिनुभयो। पारिवारिक स्रोतकाअनुसार वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षअघि उनी इरान गएका हुन् । इरानमा उनी पानीजहाज चलाउने पाइलट हुन् । पानीजहाज चलाउने कामकै सिलसिलामा उनी नियन्त्रणमा परेको जनाइएको छ । दुबईबाट पानीजहाज लिएर इरान जाने क्रममा इरानको बन्दर अब्बास बन्दरगाहबाट नियन्त्रणमा परेको र कारागारमा राखिएको परिवारले जनाएको छ । नियन्त्रणमा पर्नुको कारण भने प्रष्ट हुन सकेको छैन । तत्काल उद्धार गरिदिन  परिवारले नेपाल सरकारलाई आग्रह गरेको छ ।  उनकी दिदी पूजा झाले परराष्ट्र मन्त्रालयमा उद्धारका लागि निवेदन  द...