ललितपुरको कुसुन्तीमा जेष्ठ नागरिकको हातबाट वनवे ड्राइभिङ स्कुल उद्घाटन
पूर्णपुष्टि संवाददाता
१ जेठ, २०८३ । ललितपुर
ललितपुरको वडा नम्बर १३ कुसुन्तीमा आज जेष्ठ नागरिक ८८ वर्षीय हिराबहादुर मालीको हातबाट वन-वे ड्राइभिङ स्कुलको उद्घाटन भएको छ । वन-वे ड्राइभिङ स्कुल ललितपुर प्राइभेट लिमिटेडले सञ्चालन गरेको ड्राइभिङ स्कुलको जेष्ठ नागरिकको हातबाट रिबन काटेर औपचारिक उद्घाटन भएको हो ।
https://youtu.be/rrKoLJFVc98
मूल्यमा होइन सेवामा प्रतिस्पर्धा गर्छौं भन्ने नारासहित उक्त ड्राइभिङ स्कुल समाजसेवी एवं सञ्चारकर्मी उत्तम राईसमेतको तीनजनाको साझेदारीमा सञ्चालनमा आएको हो । यो व्यवसायलाई सेवाको रूपमासमेत सञ्चालनमा ल्याइएको सञ्चालक सदस्य राईले बताए ।
अर्का सञ्चालक प्रकाश मालिका अनुसार व्यवसायलाई पूर्ण विश्वसनीय र सेवाग्राहीलाई सन्तुष्ट मिल्ने गरी काम गरिनेछ । बजारका अस्वस्थ प्रतिस्पर्धाकाबीच आफूहरू सेवाको भावले यो व्यवसाय सुरु गरेको अर्का सञ्चालक सदस्य दिनेश श्रेष्ठले...







