Friday, August 7News That Matters

Month: ३ महिना अगाडि

महिला हिंसा र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया सम्पन्न

महिला हिंसा र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, बैशाख २९ । उदयपुरमा महिलामाथि हुने गरेको हिंसाको वर्तमान परिदृष्य र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार नेपाल पत्रकार महासंघको सभाहलमा तरङ्गिनी फाउन्डेशन, ओरेक नेपाल शाखा उदयपुर र रौता समुदाय हित केन्द्रको आयोजना तथा नेपाल पत्रकार महासङ्घ शाखा उदयपुरको समन्वयमा महिलामाथि हुने गरेको हिंसाको वर्तमान परिदृष्य र मिडियाको उत्तरदायित्व विषयक अन्तरक्रिया कार्यक्रम संचालन भएको हो । नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा तिन वटै आयोजक संस्थाले आफ्नो काम बारे र संस्थाबारे प्रतिवेदन सार्वजनिक गरेका थिए । ओरेक र त्रियुगा नगरपालिकाको साझेदारीमा त्रियुगा नगरपालिका १० बाँसबारीमा सञ्चालित महिला सुरक्षा आवासमा जनवरीदेखि मार्च २०२६ सम्म १७ जना हिंसा पीडित महिलाले सेवा लिएका छन् । यस तिन महिनामा सुरक्षा आवास सेवा केन्द्रमा घरेलु हिंसा ९, यौन...
जवरजस्ती करणी कसुरमा १० बर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी कसुरमा १० बर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

Breaking News 1, समाचार
पूर्णपुष्टि, बैशाख २९ । उदयपुर जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुरमा १० बर्ष कैद सजाय फैसला भई फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–७ कैवाई बस्ने ७० बर्षीय दिल बहादुर मिरङचिङ मगर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार अस्थाई प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरी टोलीले आईतबार राती करिब ८ बजेको समयमा कौवाई खोला क्षेत्रमा हिँड्डुल गरिहेको अवस्थामा मगरलाई पक्राउ गरेको हो । पक्राउ परेका मगलाई फैसला कार्यान्वयनका लागि उदयपुर जिल्ला अदालत पठाईएको प्रहरीले जनाएको छ ।...
केन्द्रीय सदस्यमा निर्वाचित रसाईलीलाई गृह जिल्लामा सम्मान

केन्द्रीय सदस्यमा निर्वाचित रसाईलीलाई गृह जिल्लामा सम्मान

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, गाईघाट/ बैशाख २६ गते । नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित उदयपुरका ब्यवसायी रमेश रसाईलीलाई गृह जिल्लामा सम्मान गरिएको छ । २१ र २२ गते काठमाण्डौँमा संञ्चालन भएको ६० औँ बार्षिक साधारण सभा तथा अधिवेशनबाट रसाईली केन्द्रीय सदस्यमा निर्वाचित बनेका थिए । रसाईलीले कोशी प्रदेश भुगोलबाट सबै भन्दा बढी मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित बनेका थिए । रुज्वल ज्वेलर्स संञ्चालक समेत रहेका रसाईली व्यवसाय बाहेक समाज सेवामा पनि उत्तिकै अग्रसर छ । उनले गाईघाट लगायत जिल्लाका बिभिन्न व्यवसायीहरुलाई एक जुट बनाउन ठुलो भुमिका खेलेको छ । बजार व्यवस्थापन, सरसफाई तथा व्यवसायीहरुको हकहितमा उनले अब्बल बुमिका खेलेका थिए । रसाईली त्रियुगा उद्योग बाणिज्य महासंघको पूर्व अध्यक्ष तथा नेपाल सुनचाँदी व्यवसायी संघ कोशी प्रदेशको अध्यक्ष समेत हुन । रसाईलीलाई त्रियुगा उद्योग बाणिज्य महास...
गाईघाटमा सुरक्षित सडक अभियान सुरु

गाईघाटमा सुरक्षित सडक अभियान सुरु

Breaking News 2, समाचार
पूर्णपुष्टि ÷ गाईघाट, बैशाख १९ । उदयपुरको सदरमुकाम गाईघाटमा आज सुरक्षित अभियान सुरु भएको छ । शनिबार नव प्रभात नेपाल उदयपुरको आयोजनामा निलोपुलस्थित युनिभर्सल स्केटिंग पार्कको हलदेखी ‘सुरक्षित गन्तव्य, सुरक्षित जीवन र सुरक्षित यात्रा हाम्रो जिम्मेवारी’ भन्ने मुल नाराका साथ अभियान सुरु गरिएको हो । अभियानका क्रममा मदनभण्डारी राजमार्ग अन्तर्गत गाईघाट बजारका सडकमा संचालन हुने सवारी साधनका चालकलाई सुरक्षित यात्रा गर्न सचेत गराईएको साथै, सवारी साधनमा सचेतना मुलक पमप्लेट टासेँर पठाईएको थियो । उदयपुरमा दिनप्रतिदिन सडक दुर्घटना बढ्दै गईरहेकोले सुरक्षित सडक अभियान सुरु गरिएको आयोजकले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वय, टोल विकास संस्था, समन्वय समिती र महिला बाईक राईडर उदयपुरको सहभागितामा अभियान संचालन भएको हो ।    ...
गाईघाटमा सुरु भयो साकेला उभौली

गाईघाटमा सुरु भयो साकेला उभौली

Breaking News 1, Breaking News 2, Breaking News 3, मनोरञ्जन, समाचार
पूर्णपुष्टि, गाईघाट/१८ गते । गाईघाटमा आजबाट साकेला उभौली सुरु भएको छ । शुक्रबार साकेला थानमा प्रकृतीलाई पुज्दै साकेला उभौली सुरु गरिएको हो । किरात समुदायहरुले मंसिरे पुर्णिमा र बैशाखे पूर्णिमा गरी बर्षमा २ चोटी यो पर्व मनाउने गर्छ । बैशाखे पूर्णिमा मंसिरे पुर्णिमा भन्दा अझै ब्यापव रुपमा मनाईन्छ । गाईघाट स्थित साकेला थानमा पुजा पश्चात शुभकामना आदान प्रदान र प्रसाद ग्रहण गरेर साकेला नाच्दै यो बर्षको उभौलीको उद्घाटन गरिएको छ । आयोजक किरात राई यायोख्खा त्रियुगा नगर समिति ११, १२ र १३ को संयुक्त आयोजनामा उभोली सुरु गरिएको हो । उद्घाटनको दिन त्रियुगा नगरपालिका ३ मोतिगडामा साकेला नाचिने छ । भने जेष्ठको १६ गते गाईघाट साकेला थानमा उभोली सम्पन्न गरिनेछ ।    ...