Monday, April 20News That Matters

Month: ६ वर्ष अगाडि

मानव अधिकार सम्बन्धि ५ दिने तालिम सम्पन्न

मानव अधिकार सम्बन्धि ५ दिने तालिम सम्पन्न

समाचार
पूर्णपुष्टि, असार १६  बेलका नगरपालिकामा मानव अधिकार सम्बन्धि पाँच दिने आधारभूत तालिम मंगलबार सम्पन्न भएको छ । नगरको सहयोग तथा इन्सेकको सहकार्यमा मानव अधिकार निगारानी समुह बेलकाले मानव अधिकारको क्षेत्रमा काम गर्दै आएकालाई लक्षित गरि तालिमको आयोजना गरेको हो । निगरानी समुहका बीस जना सदस्यको सहभागिता रहेको तालिममा मानव अधिकारको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सवाल, नीतिगत व्यवस्था, भईरहेका प्रयासका बारेमा मानव अधिकार आयोगका पुर्व पुर्वाञ्चल संयोजक कोषराज न्यौपाने, विकासमा मानव अधिकारका बिषयमा बेलका नपाका मेयर दुर्गाकुमार थापाले सहजिकरण गरेका थिए । त्यसैगरी मानव अधिकारको परिचय र जिल्लाको मानव अधिकारको अवश्थाको बारेमा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष तथा इन्सेक जिल्ला प्रतिनिधि भरत खड्का, निगरानी समुहका काम, कर्तव्य र अधिकारका सवालमा इन्सेकका कार्यक्रम अधिकृत वागमता कटेल, सुशासनमा मा...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-16

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-16

समाचार
विश्वव्यापी महामारी बनेर फैलिन सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् । -*- गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । -*- पछिल्लो २४ घण्टामा थप १ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । -*- राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही, दाङमा कोरोना परीक्षणका लागि अटोमेटिक (स्वचालित) मेशिन थपिएसँगै परीक्षणको दायरा बढेको छ । -*- कोरोना भाईरस महामारी अझै खराब अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । -*- बरुवा खोलामा डुबेर एक जनाको मृत्यु । त्रियुगा नगरपालिका–१३ का ३८ वर्षीय सन्तोष भुजेलको खोलामा डुबेर मृत्यु भएको हो । -*- आज बसेको नेकपाको स्...
प्रचण्डले प्रम ओलीको राजीनामा मागे

प्रचण्डले प्रम ओलीको राजीनामा मागे

समाचार
पूर्णपुष्टि, असार १६ आज बसेको नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति पुष्टि गर्न माग गरेका छन् । केहि दिन अघि प्रधानमन्त्री ओलीले आफूलाई दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताउनुभएको थियो । उहाँले भनेको कुरा निकै गम्भीर रहेको भन्दै बैठकमा सदस्यहरुले त्यसको सत्य तथ्य बताउन माग गरेका हुन् । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताउनुभयो । उहाँले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभुति गर्न नपाएको र पार्टीमा पनि ओली दम्भ देखिएकाले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको जनाएको छ । यस्तै नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रुपमै दिल्लीले आफू...
नेपालमा संक्रमितको संख्या साढे १३ हजार नाघ्यो

नेपालमा संक्रमितको संख्या साढे १३ हजार नाघ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ पछिल्लो २४ घण्टामा थप १ सय १६ जना नयाँ कोरोना संक्रमित थपिएपछि नेपालमा संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । अहिलेसम्म १ हजार ६ सय ५७ जना महिला र ११ हजार ९ सय ७ जना पुरुष गरी १३ हजार ५ सय ६४ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये आज थप ६० जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ३ हजार १ सय ९८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।...
खोलामा डुबिरहेको अवस्थामा चापागाई मृत फेला

खोलामा डुबिरहेको अवस्थामा चापागाई मृत फेला

समाचार
पूर्णपुष्टि, असार १६ ईलामको देउमाई नगरपालिका–५ का २५ बर्षीय हरि प्रसाद चापागाई देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेको छ । हिजो दिउँसो देखी हराईरहेका चापागाई आज बिहान साँढे ८ बजे खोलामा डुबेर मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मंगलवारेले जनाएको छ  । घटनाको जानकारी पाउसाथ तत्काल प्रहरी टोली खटि गई घटनाको थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
बरुवा खोलामा डुबेर एक जनाको मृत्यु

बरुवा खोलामा डुबेर एक जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार १६ बरुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–१३ का ३८ वर्षीय सन्तोष भुजेलको खोलामा डुबेर मृत्यु भएको हो । खोलामा पौडी खेलिरहेको अवस्थामा अचानक डुबेर आज दिउँसो करिब सवा २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ ।...
शेयर बजारमा बढ्यो

शेयर बजारमा बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १६ आज शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेको छ । हिजो नकारात्मक सर्किट ब्रेक लागेर  केही समय  बन्द भएको नेप्से आज भने तीन पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको हो । आज कारोबार सुरु भएको एक घन्टा नपुग्दै चार प्रतिशतले बढेपछि २० मिनेट सर्किट ब्रेक लागेको थियो । दोस्रो पटक पाँच प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द भएको हो । होटल र म्युचल फण्डबाहेक सबै जसो समूहको शेयर उकालो लागेपछि ६ प्रतिशतले बढेको नेप्से १२ सय ६०.७५ बिन्दुमा पुगेको छ । आज जीवन बीमा समूहको शेयर ६ सय ३४ अङ्कले,  निर्जीवन बीमा समूहको शेयर दुई सय ९६ अङ्कले  र उत्पादन एक सय २२ अङ्कले उकालो लागेको  छ । आज २२ करोड ७२ लाख रुपैयाँ बराबरका चार लाख ८९ हजार पाँच सय कित्ता शेयर किनबेच भए । आज नागरिक लगानी कोष, एसियन, सूर्य, नेपाल, नेशनल लाइफ इन...
साफ च्याम्पियनसिप आगामी वर्ष हुने

साफ च्याम्पियनसिप आगामी वर्ष हुने

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १६ यस वर्ष बङ्गलादेशमा हुने भनिएको १३ औँ संस्करणको दक्षिण एसियाली फुटबल महासङ्घ च्याम्पियनसिप (साफ) प्रतियोगिता अर्को वर्ष हुने भएको छ । कोरोना भाइरसका कारण साफ च्याम्पियनसिप एक वर्ष सारिएको हो । साफको सोमबार बसेको बैठकले साफ च्याम्पियनसिप सन् २०२१ मा गर्ने निर्णय गरेको हो । यसअघि साफ च्याम्पियनसिप यही वर्ष सेप्टेम्बरमा गर्ने तय भएको थियो । बङ्गलादेशले लगातार दोस्रो पटक साफ आयोजना गर्ने जिम्मेवारी पाएको हो । बाह्रौँ साफ सन् २०१८ मा बङ्गलादेशको ढाकामा आयोजना गरिएको थियो । बाह्रौँ साफको उपाधि माल्दिभ्सले जितेको थियो । सो प्रतियोगितामा नेपाल सेमिफाइनलसम्म पुगेको थियो । यसैगरी महिला र पुरुषतर्फ साफ यु–१५ च्याम्पियनसिप र साफ यु–१८ वुमन्स च्याम्पियनसिपबारे साफको अर्को बैठकले टुङ्गो लगाउने जनाईएकोे छ ।...
करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
झापा, असार १६  झापाको भद्रपुर नगरपालिका–१० का २६ बर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ  करिब ७ बजे घर नजिकै रहेको सेति खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको ईप्रकाले जनाएको छ ।...
ट्रक दुर्घटनामा चालकको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

समाचार
धनकुटा, असार १६  धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमवार राती करिब साँढे ९ बजे बिराटनगरबाट धनकुटा तर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पुर्याेई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुदा चालक मोरङको सुन्दरहरैचा नगरपालिका–९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उक्त दुर्घटनामा कल्पना सुब्बाको १२ बर्षीया छोरी जुनु सुब्बा सामान्य घाईते भई स्थानीय मेडिकलमा उपचारार्थ पठाईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...