Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

खेत जोत्दा चेपिएर १ जनाको मृत्यु

खेत जोत्दा चेपिएर १ जनाको मृत्यु

समाचार
मोरङ, असार १६  मोरङमा खेत जोत्दा ट्याक्टरमा च्यापिएर एक जनाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका–५ मा खेत जोत्ने क्रममा ट्याक्टरमा चेपिएर हिजो दिउँसो ३ बजे मो.सजाद मियाको मृत्यु भएको हो । धनपालथान गाउँपालिका–६ निबासी लखन रायको  खेतमा जोत्दै गरेको को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिदा खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियालाई किच्दा मियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रङगेलीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भईरहेको छ भने चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको ईप्रकाले जनाएको छ ।...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १६ आज सुनको भाउ घटेको छ । केहि दिनदेखि निरन्तर बढिराखेको सुनको आज तोलामा १ सय रुपैयाँले घटेको हो । अहिले तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी भने हिजोकै भाउ तोलाको ९सय ४५ रुपैयाँमा कारोबार भैरहेको जनाएको छ ।
नयाँ फ्लू भाइरस फेला पर्यो, विश्वव्यापी महामारी फैलन सक्ने

नयाँ फ्लू भाइरस फेला पर्यो, विश्वव्यापी महामारी फैलन सक्ने

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ विश्वव्यापी महामारी बनेर फैलिन सक्ने क्षमता भएको एउटा नयाँ फ्लू भाइरस चीनमा फेला परेको वैज्ञानिकहरूले बताएका छन् । बैज्ञानीकहरुको अनुसार मानिसहरूलाई सङ्क्रमण गर्न सक्ने उक्त भाइरस भर्खरै विकसित भएको र सुँगुरमा भेटिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ । भाइरसको संरचनामा परिवर्तन हुनसक्ने भएकाले मानिसबाट मानिसमा सर्ने र विश्वभरि फैलिने सम्भावनाले अनुसन्धानकर्ताहरू चिन्तित छन् । तत्कालका लागि समस्या नभए पनि उक्त भाइरसमा मानिसलाई सङ्क्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनु पर्ने जनाईएको छ । उक्त भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता छ । प्रोसीडिङ्स अफ द न्याश्नल अक्याडमी अफ साईअन्सेज नामक जर्नलमा वैज्ञानिकहरूले सुँगुरमा उक्त भाइरस नियन्त्रण गर्न तथा सुँगुरपालन उद्योगमा काम गर्ने मानिसहरूलाई निगरानी गर्न आवश्यक उपाय...
गौरबका नौं आयोजनासहित लिम्चुङबुङको गाउँसभा सम्पन्न

गौरबका नौं आयोजनासहित लिम्चुङबुङको गाउँसभा सम्पन्न

समाचार
पूर्णपुष्टि, असार १६ उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ३५ करोड ५९ लाख ५६ हजारको बजेट सीमा निर्धारण गर्दै सातौं गाउँसभा अधिवेशन हिजो सम्पन्न गरेको छ । “सवल भौतिक पूर्वाधारहरुको निर्माण गर्दै शिक्षा तथा स्वास्थ्यमा दिगो लगानीको प्रतिबद्धता–व्यावसायिक कृषि, पर्यटन तथा लघु उद्यममार्फत दिगो विकासको सुनिश्चितता” भन्ने नाराका साथ सोमबार गाउँसभा सम्पन्न गरेको हो । सभाले गौरबका नौं आयोजना छनौट गरेको छ । दुईवर्षभित्रमा गाउँपालिका प्रशासकीय भवन तथा वडा कार्यालयहरुको भवन निर्माण गरी सुलभ सेवा प्रवाह गर्ने लक्ष लिएको छ । त्यस्तै वडा नं. १ र २ मा स्वास्थ्यचौकी भवन निर्माण गर्ने, महेन्द्र मावि बराहा र क्याप्टेन पर्शुराम पद्मा राई उच्च मावि बलम्तामा सदरमुकाम स्तरको शैक्षिक गुणस्तर प्रवा गर्ने, अध्यक्ष कृषि परियोजनामार्फत गाउँपालिकामा व्यवसायिक तथा आधुनिक कृषिको विकास गर्दै आर्थिक समृद्धिको आधार निर्म...
कोरोना महामारी अझै खराब हुन सक्ने : डब्ल्यूएचओ

कोरोना महामारी अझै खराब हुन सक्ने : डब्ल्यूएचओ

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ कोरोना भाईरस महामारी अझै खराब अवस्था आउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । विश्व विभिन्न देशका सरकारहरुले नियन्त्रणका लागि सही नीति अवलम्बन गर्न नसकेमा  भाइरसबाट अझै धेरै मानिस सङ्क्रमित हुन सक्ने डब्लुएचओका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसले बताउनुभएको हो । अझै पनि परीक्षण, ट्रेसिङ्ग, आइसोलेशन र क्वरेण्टीन नै महामारी नियन्त्रणमा लिने प्रमुख उपाय भएको उनले बताउनुभएको छ । महामारीको छिट्टै नै अन्त्य होस् भन्ने चाहे पनि छिट्टै अन्त्य हुने अवस्थामा नरहेको उहाँले बताउनुभयो ।  केही देशले महामारी नियन्त्रणका लागि प्रगति गरे पनि विश्वब्यापी महामारीले भने गति बढाइरहेको बेला विश्वभरका देशलाई जर्मनी, दक्षिण कोरिया र जापानको उदाहरण हेर्न आग्रहसमेत गर्नुभएको छ । ६ महिनाको अवधिमा  विश्वभर सङ्क्रमितको संख्या १ करोड २ लाख ६८ हजारभन्दा ...
डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

समाचार
पूर्णपुष्टि, असार १६ डोटीमा घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा एक शिशु फेला परेको छ । दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको प्रहरीले जनाएको छ  । सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । ‘घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा छोरी मान्छेको शव भेटिएको प्रहरीले जनाएको छ ।  कसले र किन हत्या गरे अनुसन्धान भइरहेको जनाईएको छ । शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् । बेवारिसे अवस्थामा भेटिएको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।...
मेशिन थपिएपछि कोरोना परीक्षणको दायरा बढ्यो

मेशिन थपिएपछि कोरोना परीक्षणको दायरा बढ्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही, दाङमा कोरोना परीक्षणका लागि अटोमेटिक (स्वचालित) मेशिन थपिएसँगै परीक्षणको दायरा बढेको छ । सोमबार एकै दिन १ हजार १ एक सय ६२ जनाको जाँच गरिएको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म नमूना संकलन गरिएका मध्ये अब १ सय २६ वटाको मात्रै बाँकी रहेको प्रतिष्ठानले जनाएको छ । अहिलेसम्म प्रतिष्ठानमा दाङसहित विभिन्न जिल्लाका १४ हजार ४ सय ५७ जनाको स्वाब संकलन गरिएकोमा सोमबारसम्म १४ हजार ३ सय १३ जनाको जाँच गरिएको छ ।...
ट्याक्सी व्यवसायीको प्रदर्शन

ट्याक्सी व्यवसायीको प्रदर्शन

समाचार
पूर्णपुष्टि, असार १६ लकडाउनले ट्याक्सी चलाउन नपाएपछि काठमाण्डौका ट्याक्सी चालक तथा  व्यवसायीहरुले प्रदर्शन गरेका छन् । नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले यातायात ब्यवस्था विभागको कार्यालयमा १० बजेपछि मागपत्र बुझाउने तयारी समेत गरेका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार, कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेउ’, लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।...
६५ लाख रुपैयाँसहित २ जना पक्राउ

६५ लाख रुपैयाँसहित २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १६ गते । काठमाण्डौँबाट स्रोत नखुलेको  ६५ लाख ८ हजार रुपैयाँ सहित २ जना पक्राउ परेका छन् । भारतीय नागरिक शङ्कर सिंह र बारा जितपुरका रमेश सिंहलाई काठमाण्डौ महानगरपालिका–१४ कुलेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ । पक्राउ परेका शङ्करसँग ६३ लाख र रमेशसँग २ लाख ८ हजार बरामद भएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । अवैध नगद कारोवार गरेको सूचनाका आधारमा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।...
आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

समाचार
पूर्णपुष्टि, असार १६ देशका केही ठाउँमा आज मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै भएकाले १, २ न. प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र ५ न.प्रदेशका केही ठाउँमा मेघगर्जन सहित ठूलो पानी पर्ने सम्भावना भएको महाशाखाले जनाएको छ । ठूलो पानी पर्दा बाढी, पहिरो जाने, कतिपय ठाउँमा डुबान समेत हुन सक्ने भएकाले सावधानी अपनाउन पनि आग्रह गरेको छ ।  देशका अरु ठाउँमा भने आज दिउँसोपछि सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । भोलि र पर्सि पनि देशका केही ठाउँमा ठूलो र अरु ठाउँमा सामान्यदेखि मध्यमखालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।...