Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १६ गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिनेमा कास्कीका ८ जना, तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका १ जना रहेका छन् । थपिनेमा ६ जना महिला छन् । गण्डकी प्रदेशका कोरोना सङक्रमित ९ सय ६६ मध्ये २ सय १४ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भईसकेको छ ।...
इंग्लिस प्रिमियर लिगमा बर्नलीको जित

इंग्लिस प्रिमियर लिगमा बर्नलीको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १६ इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले जित हात पारेको छ । गतराति भएको खेलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि १–० गोलले पछि पार्दै जीत पारेको हो । क्रिस्टलको मैदानमा बर्नलीलाई जित दिलाउन बेन मीले ६२ औं मिनेटमा मीले गोल गरेका थिए । जितसँगै बर्नले तालिकाको आठौं स्थानमा छ भने पराजित भएको प्यालेस ११ औं स्थानमा छ । प्रिमियर लिगको उपाधि भने यसअघि नै लिभरपुलले जितिसिकेको छ ।...
लकडाउन साउन ७ गतेसम्म थपियो

लकडाउन साउन ७ गतेसम्म थपियो

समाचार
पूर्णपुष्टि, असार १६ सरकारले लकडाउन साउन ७ गतेसम्म थप्ने निर्णय गरेको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषदको बैठकले साउन ७ गतेसम्म थप्ने निर्णय गरेको हो । प्रदेश, जिल्ला र पालिकाले भने केन्द्रसँगको समन्वयमा ठाउँ अनुसार लकडाउन कडा र खुकुलो बनाउन सक्नेछन् ।  सरकारको यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक गाडी चल्ने छैनन् भने  निजी गाडी अहिलेजस्तै जोर बिजोर प्रणालीमा चल्नेछन् । शिक्षण संस्था पनि बन्द हुनेछन् । अनुमतिप्राप्त बाहेक अरु जहाज चल्ने छैनन् । यस्तै काठमाण्डौ उपत्यका भित्रन सिफारिस अनिवार्य चाहिने भएको छ । अनिवार्य होम क्वरेन्टीइनमा बस्ने प्रतिवद्धतासहित पालिकाबाट सिफारिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने सरकारको निर्णय छ । असार १ गतेदेखि लकडाउन खुकुलो भएको थियो । त्यसैअनुसार अहिले  स्वास्थ्य, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, बैंक तथा वित्तीय संस्था, कृषिसम्...
निजामति विधेयक ६० वर्ष उमेरसँगै खस आर्य आरक्षण

निजामति विधेयक ६० वर्ष उमेरसँगै खस आर्य आरक्षण

समाचार
पूर्णपुष्टि, असार १६ प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले निजामती सेवामा ६० वर्षे उमेर हद र खस आर्यलाई पनि आरक्षणको व्यावस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । निजामती सेवासम्बन्धी विभिन्न नयाँ प्रावधान समेटिएकोे उक्त विधेयक समितिबाट पारित भएको घोषणा हो । विधेयकमा २०७९ सालसम्म अवकाश प्राप्त हुने कर्मचारीको उमेर हद ५९ वर्ष र त्यसपछि अवकाश हुनेको उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ । निजामती सेवाको प्रवेश परीक्षामा हाल कायम रहेको ५५ प्रतिशत खुला र ४५ प्रतिशत आरक्षणको व्यवस्थालाई परिवर्तन गरी खुलातर्फ ५१ र समावेशीतर्फ ४९ प्रतिशत कायम गरिएको छ । विधेयकमा खस÷आर्य, मुश्लिम र थारुलाई पनि आफै समूहमा राखेर आरक्षणको व्यवस्था गरिएको छ । पारित विधेयकमा प्रदेश प्रमुख सचिव सङ्घीय निजामती सेवाबाट पठाउने प्रस्ताव गरिए...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-15

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-15

समाचार
सुदूरपश्चिम प्रदेशमा १४ दिनमा २ हजार ४५ जना कोरोना संक्रमित थपिएका छन् । -*- दाङमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना संक्रमण पष्टि भएको हो । -*- आज नेपालमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ । -*- आज थप एक जना कोरोना संक्रमितको मृत्यु । ललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको हो । -*- विश्वको विभिन्न देशमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ । -*- भारतबाट नेपालमा प्रवेश गरेको सलह किरा पश्चिम तिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् । -*- शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा बर्दिया पुग्यो । बर्दियाको गेरुवा गाउँपालिका– १ बगैपुरको धान खेतमा सलह देखिएको हो । -*- प्रधानमन्त्री ...
उदयपुर जिल्लाका निजि बिधालय पर्ख र हेर को स्थितिमा

उदयपुर जिल्लाका निजि बिधालय पर्ख र हेर को स्थितिमा

बिचार
बुद्धि चामलिङ राई असार १५ लकडाउनको महामारी नभयको भय  अहिले उदयपुर जिल्लाका निजि तथा सामुदायिक बिधालय का बिद्यार्थी हरु नया शैक्षिक शत्र को पहिलो त्रैमासिक परिक्षा को तयारी मा हुनेथियो । ४ महिना अघि २०७६ चैत ११ गते देखि भयको लकडाउनले गर्दा अहिले देशैभरका शैक्षिक सस्था बन्द छ । कति बिधालय लकडाउन सुरु हुने समयमा शैक्षिक शत्रको अन्तिम बार्षिक परिक्षा सन्चालन गरिरहेका थियो । उक्त परिक्षाको नतिजा पनि बिद्यार्थीहरुले भने बमोजिम पाउन सकेन भने कतिले परिक्षा नै पुरै दिन पायनन् । बिधालय तह को अन्तिम बर्षको परिक्षा  माध्यमिक शिक्षा परिक्षा (एसइइ) पनि यस बर्ष बिश्वभर फैलियको महामारिको कारण बिद्यार्थी हरुलाइ  परिक्षा नलिइ नै आन्तरिक मुल्यांकनको आधारमा माथिल्लो तहमा पढ्न पाउने ब्यबस्था सरकारले गर्न लागेको छ । देश को कुल बिधार्थिको ३५ प्रतिशत बिधार्थी निजि तथा आबाशिय बिधालयमा पढ्ने गरेका छ्न । उदयय...
उदयपुरमा धान दिवस सँगै चक्लाबन्दि खेतिको उद्घाटन, फोटोफिचर सहित

उदयपुरमा धान दिवस सँगै चक्लाबन्दि खेतिको उद्घाटन, फोटोफिचर सहित

समाचार
 पूणर्पुष्टि, असार १५ १७ औँ राष्ट्रिय धान दिवस मुलुकभरी नै मनाइएको छ । उदयपुरमा भने यो बर्षको धान दिवस त्रियुगा नगरपालिका १३ नं वडामा भव्यताका साथ सम्पन्न भयो । सँधै झै यो बर्ष पनि उदयुरमा असार १५ को अवसर पारेर धान दिवस मानाइएको हो । धान दिवस सँगै १६० बिघा जमिनमा गर्न लागिएको चक्लाबन्दि खेतिको पनि उद्घाटन भएको छ । त्रियुगा नगरपालिका वडा नं १३ बहेडुवामा करिब १६० बिघामा गर्न लागिएको चक्लाबन्दि खेतीको उद्घाटन संघिय कृषि तथा पशुपन्छी मन्त्रि घनश्याम भुसालले गर्नुभयो । धान दिवस तथा चक्लाबन्दि खेतीको समुद्घाटन गर्दै मन्त्रि भुसालले कृषि पेशाले जनताहरुलाई कहिले निरास नबनाउने बताउनुभएको छ । अन्य पेशा भन्दा यो सहज र निरन्तर गर्न सकिने पेशाको रुपमा रहेको उहाँले बताउनुभयो । चक्लाबन्दि खेतीको सुरुवातले कृषकहरुलाई थप सहज र आम्दानीमुखि बनाउनाले यो निकै कृषिको लागि उपयुक्त रहेको बताउनुभयो । कृषि यो...
दाङमा थप ५८ जनामा कोरोना संक्रमित पुष्टि

दाङमा थप ५८ जनामा कोरोना संक्रमित पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ दाङमा आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परीक्षणमा थप ५८ जना संक्रमण पष्टि भएको हो । योसँगै दाङमा संक्रमितको संख्या ५ सय ६८ पुगेको छ । गढवाका २२ जना, बबईका १० जना, तुलसीपुरका ८ जना, घोराहीका ७ जना, राप्तीका ५ जना, शान्तिनगर र दङ्गीशरणका २/२ जना गरी ४ जना र नेपाली सेनामा कार्यरत २ जना रहेको जनाईएको छ ।  २२ जना महिला र ३६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाईएको छ ।...
नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ आज नेपालमा ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १२ महिला र ३ सय ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप १ सय २१ ज्ना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३ महिला र पुरूष १ सय ८ जना पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । त्यस्तै आज थप १ जनाको मृत्यु भएको छ । ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा रौतहटका ३० वर्षका एक पुरूषको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ  ।...
सलह बर्दिया पुग्यो

सलह बर्दिया पुग्यो

समाचार
पूर्णपुष्टि, असार १५ शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा बर्दिया पुगेको छ । बर्दियाको गेरुवा गाउँपालिका– १ बगैपुरको धान खेतमा सलह देखिएको हो । २ न. प्रदेशका सर्लाही, बारा र पर्सा, ५ न. प्रदेशका रूपन्देही, कपिलवस्तु र पाल्पा, पश्चिम नवलपरासी, अर्घाखाँची र दाङ, गण्डकीका स्याङ्जा, कास्की, पूर्वी नवलपरासी, गोरखा तथा वाग्मती प्रदेशका मकवानपुर, चितवन, सिन्धुली, काभ्रे र ललितपुरमा सलह देखिसकेको छ । सलह आज हावासँगै पश्चिमतिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् ।...