Wednesday, August 5News That Matters

Month: ६ वर्ष अगाडि

सुदूरपश्चिम प्रदेशमा २ हप्तामा २०४५ जना कोरोना संक्रमित थपियो

सुदूरपश्चिम प्रदेशमा २ हप्तामा २०४५ जना कोरोना संक्रमित थपियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ सुदूरपश्चिम प्रदेशमा १४ दिनमा २ हजार ४५ जना कोरोना संक्रमित थपिएका छन् । गत जेठ ३२ गतेसम्म सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या २ सय ६४ रहेको थियो । तर असारको १४ दिनमा थप २ हजार ४५ जना थपिएको पुगेको हो । योसँगै संक्रमितको संख्या बढेर २ हजार २ सय ९ पुगेको  छ । असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते २ सय ३८ जना, ५ गते १ सय ६६ जना, ६ गते १ सय ६३ जना, ७ गते ७६ जना र ८ गते १ सय ३७ जना, ९ गते १ सय १६ जना, १० गते २ सय ७२ जना, ११ गते १ सय १८ जना, १२ गते २ सय १९ जना, १३ गते २ सय २८ जना र १४ गते १ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म कैलालीका ६ सय १ जना, डोटीमा ४ सय १० जना, बाजुराका ३ सय १६ जना, कञ्चनपुरमा ३ँ सय जना, डडेल्धुरामा २ सय २६ जना, बैतडीमा २ सय १४ जना, अछामका १ सय ३९ जना, बझाङमा ७९ ...
पहिरोले घोराही–होलेरी सडक अवरुद्ध

पहिरोले घोराही–होलेरी सडक अवरुद्ध

समाचार
पूर्णपुष्टि, असार १५ वर्षासँगै पहिरो खसेपछि दाङको घोराहीबाट रोल्पाको होलेरी जोड्ने सडक खण्ड  अवरुद्ध भएको छ । यस सडक खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा गाडी चल्न नसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सडक अवरुद्ध हुँदा गाडी बीच सडकमै रोकिएको प्रहरीले जनाएको छ । रोल्पा, रुकुम, सल्यान र प्युठान जिल्ला चल्ने गाडीसमेत यसै सडक भएर आवतजावत गर्ने भएकाले आवागमनमा समस्या भएको प्रहरीले जनाएको छ । वर्षायाम सुरु भएसँगै ठाँउ–ठाउँमा पहिरो खस्दा घोराही–होलेरी सडक खण्डमा यात्रा गर्न जोखिम हुने गरेको छ ।...
कृषि उत्पादन वृद्धिले कोरोनाको असर कम हुन्छ : प्रधानमन्त्री ओली

कृषि उत्पादन वृद्धिले कोरोनाको असर कम हुन्छ : प्रधानमन्त्री ओली

समाचार
पूर्णपुष्टि, असार १५ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको जीविका र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधार कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि हुदा मात्रै कोरोनाले अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताउनुभएको छ । सदुपयोगको सिद्धान्तअनुसार जमीन खेर नफाल्ने, बाँझो नराख्ने तथा अत्यधिक उत्पादन र प्रतिफल दिने गरी खेती गर्ने, माटो र बालीको बीचमा तादात्म्यता मिलाएर उत्पादन वृद्धिमा केन्द्रित हुन जरुरी भएको १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा प्रधानमन्त्रीले आज यस्तो सन्देश दिनु भएको छ । यसका निम्ति सबै ठाउँमा धान बाली नै लगाउनुपर्छ भन्ने छैन, धान लगाएर बढी प्रतिफल लिन सकिने ठाउँमा धान लगाउने र अरु प्रकारका जमीनमा अन्य जुनसुकै बाली लगाए पनि हुन्छ, तर त्यस बालीले अधिक उत्पादन भने दिनै पर्ने सन्देशमा उल्लेख छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरत...
थप १ जना कोरोना संक्रमितको मृत्यु

थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको हो । स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको जनाईएको छ । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल ल्याएको अस्पतालले जनाएको छ । ती युवाको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।...
कतार र मलेसियाबाट २९० नेपाली काठमाण्डौँ आइपुग्यो

कतार र मलेसियाबाट २९० नेपाली काठमाण्डौँ आइपुग्यो

समाचार
पूर्णपुष्टि, असार १५ कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २ सय ९० जना नेपाली काठमाण्डौँ आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत कतारको दोहाबाट १ सय ५१ जना र मलेसियाको क्लालाम्पुरबाट १ सय ३९ जना नेपाल आईपुगेका हुन् । उक्त उडानमा दोहाबाट एउटा शव पनि ल्याइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।...
कोरोनाले बन्द रहेको शेयर बजार आजदेखि खुल्ने

कोरोनाले बन्द रहेको शेयर बजार आजदेखि खुल्ने

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १५ कोरोना भाईरसको कारण बन्द रहेको धितोपत्र बजारको नियमित कारोबार आजदेखि सुरु हुने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक बोर्डको बैठकले आजदेखि धितोपत्रको दोस्रो बजार कारोबार सुरु गर्न लागेको हो । दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी उपयुक्त व्यवस्था गरी नेप्सेले बजार सञ्चालन गर्ने व्यवस्था मिलाउने गरी आवश्यक निर्देशन दिइएको बोर्डले जनाएको छ । लगानीकर्ताको शेयर खाताको शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न प्रोत्साहित गरिएको बोर्डले जनाएको छ । बजारमा संलग्न हुने लगानीकर्ता, ब्रोकर, नेप्से, सिडिएसी, मर्चेन्ट बैंकरले यसअघि जारी गरिएको कोरोना सुरक्षाका उपाय पालना गरी कारोबार गर्नु पर्नेछ । धितोपत्र बजार सम्बद्ध संस्थाले उपयुक्त स्वास्थ्य सुरक्षाका विधि नअपनाइ कार्यालय ...
आगलागीमा परेर १ बालिकाको मृत्यु

आगलागीमा परेर १ बालिकाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार १५ भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी ३ वर्षीया नातिनी विष्णुमायाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । हिजो भएको आगलागीमा गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा बालिकाको राति बालिकाको मृत्यु भएको  प्रहरीको जनाएको छ । घरमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । घर पूर्ण रुपले जलेर नष्ट हुदा करिब १७ लाख रुपैयाँ बराबदारको क्षति भएको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।...
सलह कीरा पश्चिम सर्ने अनुमान

सलह कीरा पश्चिम सर्ने अनुमान

समाचार
पूर्णपुष्टि, असार १५ भारतबाट नेपालमा प्रवेश गरेको सलह किरा पश्चिम तिर सर्ने विज्ञहरुले अनुमान गरेका छन् । सलह कीरा हावा जता बहन्छ, त्यही दिशातिर उड्ने भएकाले आज हावा पश्चिमतिर सर्ने भएकाले सलह पनि पश्चिमतिर सर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज र भोलि पूर्वबाट हावाको बहाब पश्चिमतिर बढी हुनेछ । आजको दिन जमिनको सतहभन्दा १० मिटरमाथि हावाको गति अधिकतम ३५ देखि ४५ किलोमिटर प्रतिघण्टा हुने भएकाले सलह कीरा पनि त्यही अनुसार पश्चिमतिर बढी हुने सम्भावना रहेको जनाईएको छ । यो किरा हावाको दिशा पछ्याएर १ सय देखि १ सय ३० किलोमिटरसम्म समूह बनाएर हिँड्ने गर्छ । भोलि पनि पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने अनुमान गरिएको छ । नेपालमा मनसुन शुरु भई निरन्तर वर्षा भइरहेकाले सलह कीराको प्रभाव कम हुने अनुमान गरिएको महाशाखाले जनाएको छ ।  पानीले भिजेपछि सलह कीराको जिउ गह्रु...
वडाको बजेट भौतिक पूर्वधारदेखि सुत्केरी महिला पोषण कार्यक्रमसम्म

वडाको बजेट भौतिक पूर्वधारदेखि सुत्केरी महिला पोषण कार्यक्रमसम्म

आर्थिक, समाचार
मिलन परियार लिम्चुङ्बुङ, असार १५  लिम्चुङ्बुङ गाउँपालिका– ५ जाँतेले आगामी आर्थीक वर्ष २०७७/०७८ को लागी नीति, कार्यक्रम तथा बजेटेमा पहिलो प्राथमिकता भौतिक पूर्वधारलाई दिएको छ । पालिकाबाट प्राप्त भएको ४० लाख बजेट मध्ये भौतिक पूर्वधारमा २८ लाख, सुत्केरी महिलासंग वडाध्यक्ष पोषण  कार्यक्रममा २ लाख, लक्षित वर्ग २ लाख २५ हजार,  शिक्षा तर्फ ३ लाख, युबा तथा खेलकुद ६० हजार, पत्रपत्रिका ४० हजार, पर्यटन तथा सस्कृती  प्रवद्र्धनमा २ लाख ८५ हजार,  चर्च तथा मन्दिर ब्याबस्थापन ९० हजार, खानेपानी ५० हजार, बिपत न्यूनीकरणमा ४० हजार  बजेट बिनियोजन गरिएको लिम्चुङ्बुङ गाउँपालिका–५ का वडाध्यक्ष केशरकुमार खड्काले बताए । चालुआव २०७६/०७७ को पुजिगत बजेट ५० लाख र प्रदेश सरकारबाट प्राप्त १० लाख बजेट सडक निर्माण तथा मर्मत ५१ लाख ६५ हजार, समाबेसी तर्फ २ लाख ५ हजार, शिक्षा तर्फ २ लाख, स्वास्थ्य तर्फ १ लाख, सन्चार...
सीमामा सशस्त्रको बाक्लो उपस्थिति

सीमामा सशस्त्रको बाक्लो उपस्थिति

समाचार
पूर्णपुष्टि, असार १५ उच्च प्राथमिकता दिएर सीमा क्षेत्रमा सरकारले सशस्त्र प्रहरीको उपस्थिति बढाउँदै लगेको छ । पछिल्ला केही महिनाको अवधिमा मात्रै दर्जन बढी स्थानमा सीमा निगरानी चौकी (बीओपी) स्थापना भइसकेका छ । गत मङ्सिरदेखि अहिलेसम्म २५ चौकी स्थापना भइसकेका गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म देशभर कूल १ सय ३२ स्थानमा चौकी स्थापना भइसकेका मन्त्रालयले जनाएको छ । अहिले चीनतर्फका नाका हुम्लाको हिल्सा, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको लोमान्थाङ्मा बिओपी स्थापना भइसकेको छ । दार्चुलाको छाङरुमा समेत बिओपी स्थापना गरिसकेको छ । २०७५ मा ८६ स्थानमा सीमा सुरक्षा चौकी थियो । त्यसपछि अहिलेसम्म ४६ स्थानमा चौकी स्थापना भइसकेका छन् । सरकारले गत वर्षको मङ्सिर २३ गते थप १ सय १४ चौकी स्थापना गर्ने निर्णय गरेपछि दक्षिणतर्फ २१ र उत्तरतर्फको सीमा क्षेत्रमा ४ गरी २५ वटा बिओपी थपिसकिएको गृह मन्त्रा...