Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश

एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश

खेलकुद, समाचार, संसार
पूर्णपुष्टि, असार १५ एफए कप फुटबलको सेमिफाइनलमा चेल्सी प्रवेश गरेको छ । क्वाटरफाइनलमा लेष्टर सिटीलाई १ –० गोलले पछि पार्दै चेल्सी फाईनलमा प्रवेश गरेको हो । लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले खेलको ६३ औं मिनेटमा निर्णायक गोल गरेका थिए । यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।...
कुलोमा डुबेर नाबालकको मृत्यु

कुलोमा डुबेर नाबालकको मृत्यु

समाचार
ताप्लेजुङ,असार १५ ताप्लेजुङमा एक बालक कुलोमा डुबेर मृत्यु भएको छ ।  श्रीजघां–१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको हो । हिजो बिहान करिब ११ बजे घरबाट निस्किएका रबिन अबेरसम्म घर नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । घटनाको जनाकारी पाउने साथ तत्काल प्रहरी चौकी सिनाम ताप्लेजुङबाट खटेका प्रहरी टोलीले कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
झापा, असार १५ झापाको गौरादह–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी लागुऔषध सहित पक्राउ परेको छ । कमल गाउँपालिका–५ लवडाँडा स्थित राजमार्गमा हिजो साझँ करिब साढे ६ बजे मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिशेष सुचनाको आधारमा लागुऔषध ब्युरो काकँडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले भण्डारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका भण्डारीलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख बढी

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड २ लाख बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १५ विश्वको विभिन्न देशमा कोरोना भाइरस संक्रमितको संख्या १ करोड २ लाख नाघेको छ । उक्त संक्रमित मध्ये अहिलेसम्म ५ लाख ४ हजारभन्दा बढीको मृत्यु भएको वल्डोमिटरले जनाएको छ । यस्तै सङ्क्रमितमध्ये ५५ लाख ४७ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । अमेरिकामा २६ लाख ३७ हजारभन्दा बढी सङ्क्रमितमध्ये १ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने १ लाख ९३ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । भारतमा ५ लाख ४९ हजारभन्दा बढी सङ्क्रमित मध्ये १६ हजार ४ सय ८७ जनाको मृत्यु भएको छ भने ३ लाख २१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-14

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-14

समाचार
उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै उदयपुरमा संक्रमितको संख्या ६० पुगेको छ । -*- कर्णाली प्रदेशमा थप २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको । निको भएर घर फर्कनेमा २ सय १ पुरुष र १३ महिला रहेका छन् । -*- आज उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि  । भारतको दिल्लीबाट आएर कटारी नगरपालिका–१ बेलस्रोतको क्वारेन्टाईनमा बसेका ३ महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । -*- आज नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि । देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६३ जनामा सङ्क्रमण पष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । -*- विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघे । विश्वको विभिन्न देशमा अहिलेसम्म १ करोड ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । -*- विदेशमा कोराना संक्रम...
विदेशमा कोरोना संक्रमणबाट निको हुने नेपालीको संख्या बढ्दो

विदेशमा कोरोना संक्रमणबाट निको हुने नेपालीको संख्या बढ्दो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ विदेशमा कोराना संक्रमणबाट निको हुने नेपालीको संख्या बढेको छ । विभिन्न देशमा २६ हजारभन्दा धेरै नेपाली संक्रमित भएकोमा १८ हजार ७ सय भन्दा धेरै निको भएको गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया, मलेसिया लगायतका १९ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ । त्यस्तै अघिल्लो हप्तासम्ममा विभिन्न १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले मृत्यु भएकोे छ । अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोनाको कारण मृत्यु भएको हो । तर गतको हप्ता भने नेपाली...
उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ आज उदयपुरमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्लीबाट आएर कटारी नगरपालिका–१ बेलस्रोतको क्वारेन्टाईनमा बसेका ३ महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । कटारी नगरपालिका–५ का २१ र ४६ वर्षीय पुरुष र १०, १२ र १६ वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । उनीहरु सवै भारतको दिल्लीबाट आएर क्वारेन्टाईनमा बसेका हुन् । गत असार ११ गते उनीहरुसँगै २० जनाको स्वाव संकलन गरी परिक्षणका लागी विराटनगरको कोशी अस्पतालका प्रयोगशालामा पठाईएको थियो । परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।...
नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ आज नेपालमा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न २२ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय ६३ जनामा सङ्क्रमण पष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये ३ हजार १३ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएको जनाएको छ । अहिलेसम्म नेपलामा संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।...
२४ घण्टामा भारतमा १९ हजार भन्दा बढी संक्रमित थपियो

२४ घण्टामा भारतमा १९ हजार भन्दा बढी संक्रमित थपियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ पछिल्लो २४ घण्टामा भारतमा १९ हजार ९ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म ५ लाख २८ हजार ८ सय ५९ जनामा सङ्क्रमण देखिएको छ । उक्त संक्रमित मध्ये ३ लाख ९ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने १६ हजार ९५ जनाको मृत्यु भएको छ ।...
अल शबाबका कमाण्डर मारिए

अल शबाबका कमाण्डर मारिए

समाचार, संसार
पूर्णपुष्टि, असार १४ मुस्लिम अतिवादी समूह ‘अब शबाब’ का कमाण्डरलाई सोमालियाको सुरक्षा समूहले मारेको सोमालियाको सरकारी संचारमाध्येमहरुले जनाएको छ । नेपालबाट गएका अशरफ अजमी अबु हमदान इस्लामिक समूहका वरिष्ठ प्रशिक्षक भएको जनाईएको छ । दक्षिणी सोमालियाको मध्य जुबा क्षेत्रमा कारबाहीको क्रममा हमदान मारिएको सोमालियाको राष्ट्रिय संचारमाध्येमहरुले जनाएको छ । त्यो कारबाहीमा अन्य तीन लडाकु पनि मारिएको जनाईएको छ । अब शबाब सन् २००८ देखि सोमालियामा इस्लामको शरिया कानुनमा व्याख्या भए अनुसारको शासन व्यवस्था स्थापित गर्न लड्दै आइरहेको छ ।...