Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

मदन भण्डारीको जन्मजयन्तिमा बृक्षारोपण

मदन भण्डारीको जन्मजयन्तिमा बृक्षारोपण

समाचार
पूर्णपुष्टि, असार १४ आज तत्कालिन नेकपा एमालेका महासचिब जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्तीको अवसरमा उदयपुरको सदरमुकाम गाईघाटस्थित मदन भण्डारी आँखा अस्पताल परिषरमा विरुवा रोपिएको छ । नेपाल नेत्रज्योति संघ उदयपुरको मातहतमा सञ्चालनको तयारीमा रहेको आँखा अस्पताल परिषरमा स्व. भण्डारीको नाममा १ न. प्रदेशका योजना आयोगका सदस्य मिना भण्डारीले वर्वुल जातको विरुवा रोपेर उद्घाटन गरिन् । सोही अवसरमा भण्डारीले मदन भण्डारीका रचना तथा उनलाई जोडेर लेखिएका कितावहरु त्रियुगा जनता वहुमुखी क्याम्पस मोतिगडा र संगम पुस्तकालयलाई हस्तान्तरण गरिन् । भण्डारीसँगै जिल्लाका राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज, पत्रकार रस्थानीयले सिताअशोक, वर्वुल र नागेश्वरी जातका बिरुवा रोपेका छन् । सोअवसरमा सदस्य भण्डारीले अस्पतालको वातावरण र पर्यावरणलाई जोगाउन विरुवाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताईन् । उनले ...
उदयपुरको कटारीमा सलह किराको प्रवेश

उदयपुरको कटारीमा सलह किराको प्रवेश

समाचार
पूर्णपुष्टि, असार १४ भारतबाट शनिबार नेपाल प्रवेश गरेको सलह किरा उदयपुरको कटारीमा प्रवेश गरेको छ । किरा शनिबार साँझ पख देखा परेको कटारी नगरपालिकाको कृषी विकास शाखाले जनाएको छ । हिजो साँझ कबिर ५ बजे १५ देखि ५० वटासम्मको समूहमा किरा देखा परेको कटारी नगरपालिका कृषी विकास शाखाका प्रमुख सोनु मिश्रले बताए । पहिलो पटक देखा परेको किराले तत्काल बाली नाली नष्ट नगरेको जनाईएको छ । सलह किरा देखा परेपछि  कृषकहरु चिन्तित भएका छन् । अहिले प्रवेश गरेको किराको पहिचान गर्नका लागी बालि संरक्षण प्रयोगशाला विराटनगरमा पठाएको प्रमुख मिश्रले बताए । यसको प्रकोपबाट बच्नका लागी तत्काल एफएम रेडियोमा सुचना प्रशारण गर्न थालेको जनाएको छ । सलह कीरा देखा परेपछि यसको जोखिमबाट बच्ने उपायसहित संभव हुने व्यावस्थापनका विधिहरु अवलम्बन गर्न कृषी शाखाले आग्रह गरेको छ । सलह हटाउन ठुलठूला आवाज आउने वस्तु बजाउने, आगो बाल्न...
कर्णाली प्रदेशमा थप २१४ जना कोरोना संक्रमित उपचारपछि निको भए

कर्णाली प्रदेशमा थप २१४ जना कोरोना संक्रमित उपचारपछि निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४  कर्णाली प्रदेशमा थप २ सय १४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । निको भएर घर फर्कनेमा २ सय १ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकाको आइसोलेसन सेन्टरबाट ३ महिला र १ सय २९ पुरुषगरी १ सय ३२ जना संक्रमित निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट ७ महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट २ महिला ७ पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट १ महिला, ७ पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट १÷१ जना संक्रमित निको भएर घर फर्केको महाशाखाले जनाएको छ । शनिबार २ सय १४ जना निको भएसँगै कर्णाली प्रदेशमा निको हुनेको सख्ंया ९ सय ३४ पुगेको छ ।...
सलह किरा किन्ने कृषिबिज्ञ मदन राईको घोषणा

सलह किरा किन्ने कृषिबिज्ञ मदन राईको घोषणा

समाचार
 पूणर्पुष्टि, असार १४ कृषि विज्ञ मदन राईले सलह किरा किन्ने जानकारी दिएका छन् । नेपालमा पनि सलह भित्रि सकेको हुदा बिभिन्न जिल्लामा पुगेर यसले क्षती पुराउन थालेको छ । खोटाङमा पनि यो देखि सकिएको छ । राईले सलह किरा नियन्त्रणको नाममा घुष खाने र वातावरण विषालु नबनाउन अनुरोध गर्दै प्रति केजी सय रुपयाँको दरले सलह किरा किन्ने राइले सामाजिक संञ्जाल मार्फत जानकारी गराएका छन् । सलह नियन्त्रणका लागि कृषि सहकारी मन्त्रालय प्रदेश नम्बर ५ ले प्रति केजी सलह संकलन बापत २० रुपयाँ दिने घोषणा गरे पनि यता राईले भने प्रति केजी सलह संकलनको सय रुपयाँको दरले दिने घोषणा गरेका छन् । बिभिन्न परिकारमा बिद्यार्थीहरुलाई माछामासुको सट्टामा सलह भुटेर खुवाउने र पशुपंक्षिहरुलाई दानाको रुपमा प्रयोग गर्ने सिद्राको सट्टामा सलह प्रयोग गर्ने राईले बताएका छन् । राईले कसैले सलह समाएर ल्याएमा एक लाख बराबरको हजार किलो सम्म सलह ...
तराईमा देखा परेको सलह पहाड चढ्यो

तराईमा देखा परेको सलह पहाड चढ्यो

समाचार
पूर्णपुष्टि, असार १४ भारतबाट तराईका केहि जिल्लामा देखा परेको सलह किरा पहाडी क्षेत्र तिर लागेको छ । हिजो रुपन्देही, बारा, पर्सामा ठूलो सङ्ख्यामा सलह देखा परेको थियो । नेपालमा सलह प्रवेश गरपछि कृषकहरु चिन्तित भएका छन् । आकाशमा उडिरहेको सलह निकै आत्तिएको जस्तो देखिएको बताउँदै बालीमा कुनै पनि क्षति नगरी पहाडी भेगतिर लागेको प्रदेश ५ कृषि निर्देशनालयले जनाएको छ । अहिले गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी, कपिलवस्तुलगायत जिल्लामा सलह फैलिएको जानकारी आएको छ । त्यस्तै २ न. प्रदेशमा देखा परेको सलह अहिले काभ्रे, सिन्धुलीमा पुगेको जनाईएको छ । शानिबार साँझ आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बैठक बसी सलह नियन्त्रणका लागि आवश्यक रणनीति तय गरेको छ । सलह किसान आफैँले जम्मा गरेर आफ्नो वडा कार्यालयमा लगे प्रतिकिलो २० रुपियाँका दरले खरिद गर्ने निर्ण...
सवारी दुर्घटनामा पत्रकारको मृत्यु

सवारी दुर्घटनामा पत्रकारको मृत्यु

समाचार
पूर्णपुष्टि, असार १४ रुपन्देहीमा गतराति भएको कार दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । न्युज २४ टेलिभिजनका रुपन्देही संवाददाता ३० वर्षीय कृष्णबाबु पाण्डेको बा ७ च ६९५९ नम्बरको कार दुर्घटना हुँदा मृत्यु भएको हो । बुटवलबाट आफ्नो घर ड्राइभर टोल जाने क्रममा बुटवल भैरहवा सडकखण्डको ड्राइभर टोलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । कार सडक छेउमा रहेको फलामे बारमा ठोक्किएको थियो । पत्रकार पाण्डेको स्थायी घर स्याङ्जाको बिर्घा हो ।...
पहिरोले घर पुर्दा १ जनाको मृत्यु

पहिरोले घर पुर्दा १ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार १४ अविरल वर्षासँगै आएको पहिरोले स्याङ्जामा घर पुरिदा एक जनाको मृत्यु भएको छ । घर माथीबाट आएको पहिरोले घर पुरीदा गल्याङ नगरपालिका–९ साङ्लियका ४९ वर्षीय यमबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ । राति करिब ३ बजे पहिरोले घर पुरिदा मृतक विकको उहाँकी श्रीमती घाइते भएको प्रहरीले जनाएको छ । अहिले उनको उपचारका लागि पाल्पा लगिएको छ । ३ जनाको परिवार रहेको विकको परिवारमा एक जना भने सकुशल रहेका प्रहरीले जनाएको छ ।...
सरकारद्धारा सलह नियन्त्रणको प्रयास

सरकारद्धारा सलह नियन्त्रणको प्रयास

समाचार
पूर्णपुष्टि, असार १४ भारतबाट नेपालमा सलह किरा प्रवेश गरेपछि कीरा नियन्त्रणको प्रयास भइरहेको सरकारले जनाएको छ । सलहको अध्ययनसँगै नियन्त्रणको लागि सङ्घ, प्रदेश र पालिकाबीच समन्वय भइरहेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो । सलहको अवस्था, फैलावट बुझ्न र क्षति आँकलन गर्न प्रदेशमा रहेका प्राविधिकलाई खटाइएको छ । सङ्घमा रहेको प्राविधिक कार्यदल र सम्बन्धित निकाय पनि सक्रिय भएको मन्त्रालयले जनाएको छ । प्राविधिकको सम्पर्क र समन्वयमा यस कीराको व्यवस्थापनमा सक्रिय रहन तीनै तहका सरकारका सम्बन्धित निकायलाई मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आफ्नो ठाउँमा सलह देखिएकामा नजिकको कृषि प्राविधिकलाई खबर गर्न आग्रह गरेको छ । धानको बीउलाई जालीले छोपेर जोगाउन सकिन्छ । प्रदेश नं २ का विभिन्न जिल्लामा सलह कीरा देखिएपछि प्रदेशका कृषि वैज्ञानिकहरूले पनि अध्ययन सुरु गरेका छन् । प्रदेश २...
एफए कपमा म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

एफए कपमा म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १४ एफए कप फुटबलको सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड प्रवेश गरेको छ । हिजो भएको खेलमा नर्विच सिटीलाई २–१ गोलले पछि पार्दै युनाइटेड फाईनलमा प्रवेश गरेको हो । नर्विचको खेल मैदानमा निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २–१ गोलको जित दिलाए । खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।...
विश्वमा कोरोना संक्रमितको संख्या १ करोड भन्दा बढी

विश्वमा कोरोना संक्रमितको संख्या १ करोड भन्दा बढी

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ विश्वभर कोरोना भाइरसका संक्रमितको संख्या १ करोड नाघेको छ । विश्वको विभिन्न देशमा अहिलेसम्म १ करोड ७३ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटरले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट ५ लाख ६ सय भन्दा बढीको मृत्यु भएको छ भने ५४ लाख ५१ हजारभन्दा बढी उपचारपछि निको भएका छन् । अमेरिकामा २५ लाख ९५ हजारभन्दा बढी सङ्क्रमितमध्ये १ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने  १ लाख ७७ हजारभन्दा बढी निको भएका छन् । ब्राजिलमा १३ लाख १५ हजारभन्दा बढी सङ्क्रमितमध्ये ५७ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यसतै ६ लाख २७ हजारभन्दा बढी सङ्क्रमित मध्ये ८ हजारभन्दा मृत्यु भएको छ । भारतमा ५ लाख २९ हजारभन्दा बढी सङ्क्रमित मध्ये १६ हजारभन्दा बढीको मृत्यु भएको छ भने ३ लाख १० हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।...