Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १४ उदयपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ६० पुगेको छ । त्रियुगा नगरपालिका–३ मोतिगडाको क्वारेन्टाईनमा बसेका त्रिनपा–४ की ३८ वर्षीय महिलामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरले जनाएको छ । उनी कुवेतबाट आएर क्वारेन्टाईनमा बसेको जनाईएको छ । हिजो नै थप ७ जनामा संक्रमण पुष्टि भएको थियो । तर उनीसँग हिजो नै ८ जना पुगेको हो । उनीहरुको गत असार १० गते नमुना स्वाव संकलन गरी परिक्षणका लागी विराटनगरको कोशी अस्पताल पठाईएको थियो । हिजो अवेर आएको रिपार्टमा उनको रिपोर्ट पोजेटिभको आएको जनाएको छ । अहिलेसम्म त्रियुगा नगरपालिकामा ४९ जना, बेलका नगरपालिकामा ५ जना, कटारी नगरपालिकामा २ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा १ जना र ताप्ली गाउँपालिकामा १ रहेको जनाएको छ ।...
संक्रमितहरुलाई सातधारे आईसोलेसनमा लैजाने तयारी

संक्रमितहरुलाई सातधारे आईसोलेसनमा लैजाने तयारी

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ उदयपुरमा आज पुष्टि भएका कोरोना संक्रमितहरुलाई बेल्टारको आईसोलेसनमा लैजाने तयारी भईरहेको छ । त्रियुगा नगरपालिका–३  मोतिगडा क्वारेन्टाईनमा बसेका ७ जनामा संक्रमण पुष्टि भएपछि बेल्टार सातधारेको आईसोलेसनमा लैजाने तयारी भईरहेको हो । उनीहरुको गत असार १० गते नमुना स्वाव संकलन गरी विराटनगरको कोशी अस्पतालमा परिक्षणको लागी पठाईएको थियो । परिक्षणमा आज ३ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनीहरु भारत, कतार लगायतका देशबाट आएर क्वारेन्टाईनमा बसिरहेको बुझिएको छ । सातधारे आईसोलेसनमा यस अघि नै ५ जना संक्रमित राखिएको छ । अव थप ७ जनासँगै आईसोलेसनमा १२ जना हुनेछ ।...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-13

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-13

समाचार
भारतबाट नेपालमा सलह किरा प्रवेश । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । -*- यस वर्ष राम्रो सँग वर्षा भएकाले असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ । उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भैसकेको हो । -*- गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका १÷१ जनामा संक्रमण देखिएको हो । -*- आज उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि । त्रियुगा नगरपालिका–३ को मोतिगडा क्वारेन्टाईनमा रहेका ३ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । -*- नेपालमा आज थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ । -*- स्याङ्जाका थप ...
जाल्पाद्धारा ४०७ जना बिद्यार्थीलाई पाठ्यपुसतक वितरण

जाल्पाद्धारा ४०७ जना बिद्यार्थीलाई पाठ्यपुसतक वितरण

शिक्षा, समाचार
मिलन परियार लिम्चुङबुङ, असार १३  जाल्पा एकिकृत विकास समाज नेपालले उदयपुरको ९ वटा विद्यालयका ४ सय ७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । वल्र्ड जिभन ईन्टर्नेसनल नेपालको सहयोगमा जाल्पाले कोभर परियोजना कार्यक्रम  अन्तरगत लकडाउनले पठनपाठनबाट प्रभावित भएका कक्षा १–३ सम्म का विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको हो । प्रत्यके बालबालिका ४ सय ७५ रुपैयाँका दरले करिब १ लाख ९३ हजार ३ सय २५ रुपैयाँ बराबरको शैक्षिक सामाग्री वितरण गरेको जाल्पा एकीकृत बिकास समाज उदयपुर का  सूचना  तथा अनुगमन मुल्यांकन अधिकारी रुद्र प्रसाद पोखरेलले बताए । शैक्षिक सामाग्री १ थान किताब (चित्रकला, ब्याबहारीक सिकाई, मनोरञ्जनात्मक ज्ञान भएको ) २ कलर पेन्सिल १ प्याकेट, पेन्सिल ५ थान, ३ पेन्सिल कटर र इरेजर ५÷५ थान  स्वअध्ययन शैक्षिक सिकाई सामाग्री बितरण गरिएको  बताए । कक्षा १–३ सम्मका १ हजार ४६  जना बाल...
लागूऔषधका फरार प्रतिवादी पक्राउ

लागूऔषधका फरार प्रतिवादी पक्राउ

समाचार
पूर्णपुष्टि, असार १३ लागुऔष मुद्दामा फरार प्रतिबादी पक्राउ परेको छ । लागूऔषधमा फरार प्रतिवादी त्रियुगा नगरपालिका–७  निबासी हाल त्रिनपा–३ बस्ने २७ वर्षिय राजकुमार चौधरीलाई पक्राउ परेको हो । चौधरी २०७० साउन ४ गते घरको कोठामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रजान ट्याबलेट १ हजार ७ सय, कोरेक्स ५ बोतल र गाँजा ३ सय ग्राम बरामद भएपनि वारदात स्थलबाटै फरार रहेको थियो  । फरार प्रतिवादीलाई निजकै घरबाट पक्राउ गरी लागू औषध मुद्दामा अनुसनधान भई रहेको प्रहरीले जनाएको छ ।...
उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ आज उदयपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रियुगा नगरपालिका–३ को मोतिगडा क्वारेन्टाईनमा रहेका ३ महिला र ४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु भारत, दुवाई, कतार लगायतका विभिन्न देशबाट आएर क्वारेन्टाईनमा बसेका बुझिएको छ । उनीहरुको गत १० गते नमुना स्वाव संकलन गरी परिक्षणको लागी कोशी अस्पताल पठाएको थियो । नमुना स्वाव कोशी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै उदयपुरमा संक्रमितको संख्या ५९ पुगेको छ ।...
नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, सार १३ नेपालमा आज थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ । उक्त संक्रमित मध्ये उपचारपछि आज थप १ सय ३६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या २ हजार ८ सय ३४ जना पुगेको छ भने २८ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीया पुरुष रहेको छ । उनी फोक्सोको क्यान्सरका बिरामी रहेको मन्त्रालयले जनाइएको छ ।...
नेपालमा आयो सलह किरा

नेपालमा आयो सलह किरा

समाचार
पूर्णपुष्टि, असार १३ भारतबाट नेपालमा सलह किरा प्रवेश गरेको छ । शनिबार बिहान भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हो । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्लामा सहल देखिएको जानकारीमा आए पनि ठाउँ र सलह किराको प्रजातिबारे यकिन भइनसकेको कृषि मन्त्रालयले जनाएको छ । नेपाल छिरेका सलह किरा बारा, पर्सा र सर्लाहीमा रुख तथा जमिनमा बसेको जानकारीमा आएको मन्त्रालयले जनाएको छ । सहल किरा देखिएका जिल्लाका किसानसहित अरु किसानलाई पनि सचेत रहन मन्त्रालयले आग्रह गरेको छ । किसान एक्लैले सलह किरालाई रोक्न नसक्ने भएकोले ठूलो क्षति हुनबाट रोक्न पालिका र प्रदेश सरकारले आवश्यक समन्वय गर्नु जरुरी छ । सामान्य फट्याङ्ग्रा किराले ठूलो क्षति नगर्ने तर लस्कट प्रजातिको फट्याङ्ग्रा भए बाली तथा बोटबिरुवामा ठूलो नोक्सानी गर्ने जनाईएको छ । लस्कट प्रजातिको फट्याङ्ग्रा ठूलो र खैरो खालको हुन्छ । सर्लाहीक...
स्याङ्जाका थप ३४ जना कोरोना मुक्त

स्याङ्जाका थप ३४ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ स्याङ्जाका थप ३४ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । कालिका सामुदायिक अस्पताल हेलुमा रहेका ३४ जना संक्रमितको दोस्रो परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई आज डिस्चार्ज गरेको अस्पतालले जनाएको छ । अस्पतालमा रहेका ४१ जना सङ्क्रमितको दोस्रो परीक्षणका लागि स्वाब संकलन गरी पठाईएकोमा ७ जनाको भने दोस्रो परीक्षण पनि पोजेटिभ नै आएको छ । गल्याङ नगरपालिकाका १६ जना, वालिङका १० जना, आँधीखोला गाउँपालिकाका ४ जना, अर्जुनचौपारी गाउँपालिकाका ३ जना र भीरकोट नगरपालिकाका १ जना रहेका छन् । योसँगै जिल्लामा कोरोना सङ्क्रमण मुक्त हुनेको संख्या ५६ पुगेको छ । जिल्लाका १ सय ५९ सङ्क्रमितमध्ये २ जनाको मृत्यु भईसकेको छ ।...
अमेरिकामा एकै दिन ४० हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

अमेरिकामा एकै दिन ४० हजार भन्दा बढी कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ अमेरिकामा एकै दिन ४० हजारभन्दा  बढीमा  कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अमेरीका ४० हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको संचारमाध्यमहरुले जनाएको छ । फ्लोरिडा राज्यमा मात्रै झन्डै ९ हजार  नयाँ सङ्क्रमित थपिएका छन् । जुन अघिल्लो दिनको तुलनामा ६२ प्रतिशतले बढी हो । कोरोना संक्रमित व्यक्तिहरूको सँख्या बढेसँगै फ्लोरिडा र टेक्सस दुवै राज्यले फेरि लकडाउन लगायतका प्रतिबन्ध लगाउन थालेका छन् । अमेरिकामा हालसम्म २५ लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १ लाख २७ हजारभन्दा धेरैले मृत्यु भएको छ ।...