Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

कैलालीका थप १ जना कोरोना संक्रमितको मृत्यु

कैलालीका थप १ जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३  कैलालीका थप १ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी क्यान्सरको बिरामी थियो । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो । शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आइसोलेशन वार्डबाट आइसीयूमा सारिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी छ । योसँगै कैलालीमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।...
शव व्यवस्थापनमा खटेका २ सैनिकमा कोरोना संक्रमण पुष्टि

शव व्यवस्थापनमा खटेका २ सैनिकमा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ पाल्पामा कोरोना संक्रमणबाट मृत्यु भएका एक व्यक्तिको शव व्यावस्थापनमा खटेका दुई जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ । हिजो प्रदेश प्रयोगशाला भैरहवामा संक्रमण पुष्टि भएका ७७ जना मध्ये शव व्यवस्थापनमा खटिएका दुई जना सैनिक पनि रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भारतबाट घर फर्किएका पूर्वखोला गाउँपालिका, सिलुवाका ३६ वर्षीय एक जना पुरुषको गत जेठ २० गते उपचारका क्रममा तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा मृत्यु भएको थियो । मृत्यु भएका ती पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि २२ गते पाल्पा बुटवल सडक खण्डको डुम्रेखोलामा शव व्यवस्थापन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गरेको थियो । सडकदेखि शव व्यवस्थापन स्थलमा पुर्याउने क्रममा ठूलो पानी परेको, मृतकको र्याल चुहिएको जस...
कोरोना परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन हुने

कोरोना परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन हुने

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ पिसीआर विधिबाट परिक्षणका लागी थप १० ठाउँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशाला स्थापना गर्ने भएको छ । कोरोना परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयले जनाएको छ । मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाण्डौ, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरि अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाण्डौमा प्रयोगशाला स्थापना गरिनेछ । अहिले देशभर २३ स्थानमा पीसीआर विधिबाट कोरोना परीक्षण हुने गर्दछ । सम्भावित सङ्क्रमितको अवस्था हेरेर उक्त ठाउँमा मन्त्रालयले प्रयोगशाला स्थापना गर्न थालेको हो । यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोरोना पीसीआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोरोना परीक्षण गरे दैन...
४ सय ६८ नेपाली नेपाल आईपुग्यो

४ सय ६८ नेपाली नेपाल आईपुग्यो

समाचार
पूर्णपुष्टि, असार १३ विश्वको विभिन्न देशबाट आज बिहानै ४ सय ६८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कतारको दोहाबाट २ सय ४१ जना, हङ्कङबाट १ बच्चासहित ८१ जना र यूएई १ सय ४६ जना विभिन्न चार्टर्ड उडानमार्फत बिहान काठमाण्डौ आइपुगेका हुन् । आजै साउदीको दमामबाट १ सय ५४ जना नेपाली फर्कंदै छन् भने साउदीको रियादबाट पनि नेपालीहरु फर्कने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।...
बालिका करणी गरेको आरोपमा २ जना पक्राउ

बालिका करणी गरेको आरोपमा २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १३ रोल्पामा बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा २ जना पक्राउ परेको छ । १३ वर्षीया नाबालिकालाई बजरजस्ति करणी गरेको आरोपमा रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङका ३१ वर्षीय टिकाराम श्रीष र ३० वर्षीय कमल रेग्मीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । श्रीषले असार ७ गते र रेग्मीले असार ९ गते डरत्रास देखाएर बालिकालाई जबरजस्ति करणी गरेको भन्दै  पीडितपक्षले इलाका प्रहरी कार्यालय काँक्रीमा उजुरी दिएपछि तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । पक्राउ परेकालाई १० दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका १÷१ जनामा संक्रमण देखिएको हो । त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।...
२० प्रतिशत रोपाइँ सकियो

२० प्रतिशत रोपाइँ सकियो

समाचार
पूर्णपुष्टि, असार १३ यस वर्ष राम्रो सँग वर्षा भएकाले असार १५ अघि नै २० प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । उच्च पहाडमा २६, मध्यपहाड र तराईमा २० प्रतिशत जमिनमा रोपाइँ भैसकेको कृषि मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष १५ असारअघि झण्डै १२ प्रतिशतमा जमिनमा मात्रै रोपाइँ भएको थियो । सरकारले यस वर्ष पनि विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाउन लागेको छ । यसवर्ष “धान उत्पादनमा वृद्धि–आत्मनिर्भरता र समृद्धि” नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ललितपुरको खुमलटारमा आयोजना हुनेभएको छ । नेपालमा कूल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ । जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । नेपालमा कूल खेतीयोग्य जमिन झण्डै ३१ लाख हेक्टर छ । नेपालमा पुगनपुग १५ लाख हेक्टर जमिनमा धान रोपाइँ गर्न सकिन्छ । तर, अझै पनि ६३ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुग्न...
नेभाककोे प्रशिक्षकलाई कोरोना संक्रमण पुष्टि

नेभाककोे प्रशिक्षकलाई कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १३ सर्वियन खेलाडी नोभाक जोकोभिचका प्रशिक्षक गोरान इभानीसेभिकलाई कोरोना संक्रमण पुष्टि भएको छ । विश्व नम्वर एक टेनिस खेलाडीका व्यक्तिग प्रशिक्षक तथा पूर्व विम्बल्डन च्याम्पियन गोरानलाई शुक्रबार कोरोनाको पुष्टि भएको हो । अघिल्लो हप्ता एड्रिया टुर अन्तर्गत जोकोभिचसँग क्रोयसिया पुगेका गोरानको परीक्षण हुँदा कोरोना पोजेटिभ देखिएको थियो । सामाजिक सञ्जालमा आफूलाई कोरोना देखिएको र सेल्फ आइसोलेसनमा रहेको उनले बताएका छन् ।...
वाह नेता ज्यु वाह

वाह नेता ज्यु वाह

साहित्य
उदयपुरे ब्रो सुमन  खाडी बाट कयौ छोराहरुको लास बाकस मा आउँदा एक थोपा आँसु नझर्ने त्यो तपाईंको आँखा अनि ढुङ्गा जस्तो मनमा आज बिदेशी बुहारीको चिन्ता कति धेरै भाको हो दलालको पन्जामा परि हजारौ देश भक्त छोराहरु आज यो बिसमपरिस्थितिमा खाडीमा आफ्नो अस्तित्व हराएको कुहिरोको काग भैरहदाँ तपाईलाई आफ्नो छोराको भन्दा बुहिरीको पहिचानको चिन्ता छ तपाईहरु जस्तो नेता कहाँ पाइयला अन्त कतै ? वाह नेता जि वाह छिमेकीले देशको सिमा चिमोटेर नेपाल आमा रोइरहेको बेला तपाईहरुलार्इ भने मातृभुमिको अस्तित्वको चिन्ता नभई भोलि कुर्सीको चिन्ता भोटको चिन्ता बिदेशी बुहारिले ल्याउने दाइजो रुपि नोटको चिन्ता वाह नेताज्यु वाह दुनियाँ भरी कोरोना कहरले गरिब जनता रोग अनि भोकले पिल्सिएको बेला तँपाइहरुलार्इ भने स्वास्थ...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-12

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-12

समाचार
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । -*- दाङमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै दाङमा संक्रमितको संख्या ४ सय ५५ पुगेको छ । -*- आज १ न। प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि । यो सँगै १ न। प्रदेशमा संक्रमितको संख्या ५ सय ३ जना पुगेको छ । -*- नेपालमा आज थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । -*- आज उदयपुरको थप ४ जना उपचारपछि निको भएर डिस्चार्ज । यो सँगै १ न. प्रदेशमा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ । -*- आज १ न। प्रदेशमा थप ७० जना उपचारपछि निको । यो सँगै १ न. ...