Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

आज १ हजार नेपाली नेपाल फर्कियो

आज १ हजार नेपाली नेपाल फर्कियो

समाचार
पूर्णपुष्टि, असार १२ आज विभिन्न देशबाट एक हजार ३ जना नेपाली नेपाल फर्किएका छन् भने सँगै जहाजले १६ वटा शव पनि ल्याएको छ । मलेसियाको क्लालाम्पुरबाट नेपाल एअरलाइन्सको चार्टर्ड जहाजबाट १४ शवसहित २ सय ४५ जना र अर्को हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत १ सय ४८ नेपाली र १ शव नेपाल ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यस्तै यूएईको सारजहाबाट एअर अरेबियाको चार्टर्ड उडानमार्फत १ सय ६८ जना स्वदेश फर्किएका छन् भने बहराइनबाट नेपाल एअरलाइन्सका २ चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली स्वदेश आइपुगेका छन् । बहराइनबाट एक नेपालीको शव पनि पठाइएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । कुवेतमा आममाफीमा सहभागी १ सय ६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १ सय ६० जना पुरुषलाई कुवेत सरकारले नै जजिर एअरको चार्टर्ड जहाजमार्फत निःशुल्क काठमाण्डौसम्म ल्...
कोरोनाबाट थप १ जनाको मृत्यु

कोरोनाबाट थप १ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालेयले जनाएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।...
नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ नेपालमा आज थप ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय ७ जना महिला र ४ सय ८६ जना पुरुषमा संक्रमण पष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये अहिलेसम्म २ हजार ६ सय ९८ जना उपचारपछि निको भएका छन् भने २७ जनाको मृत्यु भई सकेको मन्त्रालयले जनाएको छ । रसुवाबाहेक ७६ जिल्लामा कोरोना संक्रमण देखि सकेको छ ।...
बक्राहा खोलाले बगाएर १ महिलाको मृत्यु

बक्राहा खोलाले बगाएर १ महिलाको मृत्यु

समाचार
मोरङ, असार १२   मोरङको रतुवामाई नगरपालिका–५ गोबिन्दपुरकी ५५ बर्षीया माया देवी शाहको बक्राहा खोलाले बगाएर मृत्यु भएको छ । बिहिवार दिउँसो साँढे ५ बजे बक्राहा खोला नजिकै चौपाया चराईरहेकी शाहलाई अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएकीमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटेका प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा आज बिहान साँढे १० बजे बगाएको स्थान भन्दा करिव ३ किलोमिटर दक्षिण खोलाको डिलमा मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान ईप्रकाले जनाएको  छ ।...
२ लाख भारुसहित १ महिला पक्राउ

२ लाख भारुसहित १ महिला पक्राउ

समाचार
मोरङ, असार १२ मोरङको बिराटनगर महानगरपालिका–१५ रानीबाट २ लाख भारतिय रुपैयाँ सहित १ महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिहिवार दिउँसो पौने ५ बजे बिराटनगर महानगरपालिका–१७ बस्ने २५ बर्षीया कोरेसा खातुनलाई ५ सयको भारतिय नोट ४ सय थान गरी २ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । भारतिय रुपैयाँ सहित पक्राउ परेकी खातुनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...
डुबेर एक बाकलको मृत्यु

डुबेर एक बाकलको मृत्यु

समाचार
मोरङ, असार १२  मोरङको बिराटनगर महानगरपालिका–१८ आईसीपी भवन अगाडीको खाली खेतको खाल्डोमा जमेको पानीमा डुबेर स्थानीय जयपाल मण्डलको ७ बर्षीय छोरा अंकुश मण्डलको मृत्यु भएको छ । बिहिवार दिउँसो साँढे ४ बजे उक्त स्थानमा रहेको पानी जमेको खाल्डोमा बालक डुबिरहेको अवस्थामा छिमेकीहरुले देखे पछि तत्काल उद्धार गरी उपचारको लागी कोशी अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पु¥याउनासाथ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
दाङमा एकैदिन ७५ जनामा कोरोना पुष्टि

दाङमा एकैदिन ७५ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ दाङमा एकैदिन ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै दाङमा संक्रमितको संख्या ४ सय ५५ पुगेको छ । राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको परीक्षणमा दाङका ७५ र प्युठानका २० जना गरी ९५ जनामा कोरोना पोजिटिभ देखिएको हो । राजपुरका १० जना, शान्तिनगरका ६ जना, तुलसीपुरका ११ जना र घोराहीका ३१ जना रहेका छन् । यस्तै लमहीका ३ जना, बङ्गलाचुलीका १० जनामा संक्रमण पुष्टि भएको छ ।...
नेपालको जनसंख्या ३ करोड भन्दा बढी

नेपालको जनसंख्या ३ करोड भन्दा बढी

समाचार
पूर्णपुष्टि, असार १२ नेपालको जनसंख्या ३ करोड नाघेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । पछिल्लो विवरण अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको जनाएको छ । २०६८ सालको जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख ५४ हजार ५ सय ४ थियो । १२ औँ राष्ट्रिय जनगणना २०७८ असारमा गर्ने सरकारको तयारी छ ।
महिला विश्व कप फुटबल २०२३ दुई देशले आयोजना गर्ने

महिला विश्व कप फुटबल २०२३ दुई देशले आयोजना गर्ने

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १२ अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा सन् २०२३ मा हुने महिला फुटबल विश्व कपको आयोजना गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो । जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्ता आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए र संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो । यो दाबेदारीले यस महिनाको सुरुवातमा फिफाबाट सर्वश्रेष्ठ आँकलन अङ्कलन पाएको थियो । अस्ट्रेलिया र न्युजिल्याण्डको दाबेदारीले सम्भावित ५ मा ४ दशमलव १ अङ्क पाएको थियो भने जापानले ३ दशमलव ९ अङ्क पाएको थियो । कोलम्बियाले २ दशमलव ८ अङ्क पाएको थियो । यो प्रतियोगिता सन् २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने तय भएको छ ।...
भिटामिन ‘ए’ कार्यक्रम असार २२ र २३ गते

भिटामिन ‘ए’ कार्यक्रम असार २२ र २३ गते

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी असार २२ र २३ गते संचालन हुने भएको छ । कोरोनाले गर्दा स्थगित भिटामिन ‘ए’ खुवाउने कार्यक्रम फेरि सञ्चालन हुने स्वास्थ्य सेवा विभागका पोषण शाखाले जनाएको छ । गतको वैशाख ६ र ७ गते तय गरिएको भिटामिन ए खुवाउने कार्यक्रम लकडाउनको कारण स्थगित गरिएको थियो । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै जुकाको औषधि र बालभिटा पनि खुवाउने गरिन्छ । सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५३ सालबाट भिटामिन ‘ए’ खुवाउन थालिएको हो । हरेक वर्ष भिटामिन ‘ए’ खुवाउने कार्यक्रममा २७ लाख तीन हजार पाँच सय २२ बालबालिका सहभागी हुने गरेका छन...