Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

भारतमा एकैदिन थप १७ हजार २ सय ९६ जना संक्रमित थपियो

भारतमा एकैदिन थप १७ हजार २ सय ९६ जना संक्रमित थपियो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ पछिल्लो २४ घण्टामा भारतमा १७ हजार २ सय ९६ जनामा संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४ लाख ९० हजार ४ सय १ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त संक्रमति मध्ये २ लाख ८५ हजार ६ सय ३७ जना उपचारपछि निको भएरका छन् भने १५ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।
गाँजासहित १ वडाध्यक्ष पक्राउ

गाँजासहित १ वडाध्यक्ष पक्राउ

समाचार
पूर्णपुष्टि, असार १२ बागलुङको एक वडाका वडाध्यक्ष गाँजासहित पक्राउ परेका छन् । निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेको हो । घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खेटका प्रहरी टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी गाँजा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका वडाध्यक्ष घार्तीलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र गाँजाको धुलोलाई ल्याब परीक्षण गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
कुलेखानीमा एकतर्फी सडक खुल्यो

कुलेखानीमा एकतर्फी सडक खुल्यो

समाचार
पूर्णपुष्टि, असार १२ पहिरोले अवरुद्ध भएको काठमाण्डौ–हेटौँडा सडक एक तर्फी खुलेको छ । पहिरो हटाएपछि काठमाण्डौँबाट कुलेखानी हुँदै हेटौंडा जोड्ने सडकमा एकतर्फी रुपमा गाडी चलेको हो । कुलेखानी नजिकै पहिरो खसेका कारण सडक एकतर्फी रुपमा सञ्चालन भएको ट्राफिक प्रहरीले जनाएको छ । बेलाबेला सडक माथिबाट ढुङ्गा खस्ने भएकाले जोखिम कायमै रहेको प्रहरीले जनाएको छ । यस्तै निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ । लोकपथका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको र पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।...
१ न. प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

१ न. प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ आज १ न. प्रदेशमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै १ न. प्रदेशमा संक्रमितको संख्या ५ सय ३ जना पुगेको छ । मोरङमा १, सुनसरीमा २ र झापामा ४ जनामा संक्रमण पुष्ति भएको जनाईएको छ । अहिलेसम्म १ न. प्रदेशमा उपचारपछि निको हुनेको संख्या ३ सय ५५ पुगेको छ ।
१ न. प्रदेशमा थप ७० जना कोरोना मुक्त

१ न. प्रदेशमा थप ७० जना कोरोना मुक्त

समाचार
पूर्णपुष्टि, असार १२ आज १ न. प्रदेशमा थप ७० जना उपचारपछि निको भएका छन् । यो सँगै १ न. प्रदेशमा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ । । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् । अहिलेसम्म १ न. प्रदेशमा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।...
आज उदयपुरका थप ४ जना कोरोना मुक्त

आज उदयपुरका थप ४ जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२ आज उदयपुरको थप ४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सँगै १ न. प्रदेशमा निको हुनेको संख्या ३ सय ५५ पुगेको छ । । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् । मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् । आज १ न. प्रदेशमा थप मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना गरी जम्मा ७ जना संक्रमित थपिएका छन् । योसँगै १ न. प्रदेशमा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।...
हतियारधारी समूहसँग स्थानीय बासिन्दा विच झडप

हतियारधारी समूहसँग स्थानीय बासिन्दा विच झडप

समाचार
पूर्णपुष्टि, असार १२ काभ्रेमा हतियारधारी समूहसँग स्थानीय विच झडप हुदा ५ जना घाईते भएका छन् । रोशी गाउँपालिकामा बोधिचित्त लुटपाट गर्न गएका समूहसँग झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले जनाएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । गतराति हतियारधारी समूह बोधिचित्त लुटपाट गर्न गएको सूचना आएपछि प्रहरी गाउँमा पुग्दा हतियारधारी समूह भागिसकेको प्रहरीले जनाएको छ । हतियारधारी समूहले बाटोमा बम जस्तो वस्तु राखेको र त्यो अहिले हटाइसकिएको पनि प्रहरीले जनाएको छ ।  मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको र उनीहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।...
बहराइनबाट २७३ नेपाली आइपुगे

बहराइनबाट २७३ नेपाली आइपुगे

समाचार
पूर्णपुष्टि, असार १२ बहराइनबाट नेपाल एअरलाइन्सको दुई वटा चार्टर्ड उडानमार्फत २ सय ७३ जना नेपाली काठमाण्डौ आईपुगेका छन् । पहिलो उडानमार्फत १ सय ४२ जना र दोस्रो उडानमार्फत १ सय ३१ जना काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । दुई जहाज २५ मिनेटको  अन्तरमा काठमाण्डौमा अवतरण गरेका हुन् ।...
विषालु च्याउ खाँदा ५ जना बिरामी

विषालु च्याउ खाँदा ५ जना बिरामी

समाचार
पूर्णपुष्टि, असार १२  जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी खाँदा दाङमा ५ जना विरामी परेका छन् । तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निवासी ३५ वर्षकी बिमला बिक, १७ वर्षकी पवित्रा बिक, ११ वर्षका जेनिस बिक, १० वर्षका सुजन बिक र पाहुना लाग्न गएकी सल्यानको छत्रेश्वरी गाउँपालिका–३ पेदीखोला निवासी १७ वर्षकी मनिसा बिक बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले जनाएको छ । गत बेलुकी च्याउ पकाएर खाएलगत्तै बान्ता आउने, वाकवाकी लाग्न थालेपछि  उनीहरुलाई राती नै राप्ती प्रादेशिक अस्पतल लगिएको थियो । उनीहरुको उपचार भैरहेको अस्पतालले जनाएको  छ ।...
पहिलो पटक बालबालिकालाई झाडापखाला विरुद्ध खोप

पहिलो पटक बालबालिकालाई झाडापखाला विरुद्ध खोप

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२  नेपालमा पहिलो पटक सरकारले बालबालिकालाई झाडापखाला विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि ५ वर्षमुनिका बालबालिकालाई झाडापखाला रोक्ने खोप ‘रोटारिक्स’ दिने भएको हो । बालबालिकालाई खोप पहिलोपटक ६ हप्तामा र दोस्रो पटक १० हप्तामा खोप खुवाइने गरिन्छ । ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि ७ वटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको महाशाखाले जनाएको छ । यो खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई दिनेछन् । झाडापखालाबाट वर्षेनि बालबालिकाको ज्यान जाने गरेकाले त्यसलाई रोक्न खोप दिन थालिएको जनाईएको छ । बर्षेनि ३ लाख ५० हजारदेखि ४ लाख बालबालिकालाई झाडापखाला लाग्ने र ती मध्ये ९ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ । बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले खोप...