Thursday, August 6News That Matters

Month: ६ वर्ष अगाडि

सिमकार्ड निकाल्न सक्कल परिचयपत्रसहित स्वयम अनिवार्य

सिमकार्ड निकाल्न सक्कल परिचयपत्रसहित स्वयम अनिवार्य

समाचार
पूर्णपुष्टि, असार १२ अब सिमकार्ड लिन सक्कल परिचयपत्रसहित स्वयम आफैं उपस्थित हुनपर्ने भएको  छ । सक्कल परिचयपत्र सहित आफैं उपस्थित भएका ग्राहकलाई मात्र सिमकार्ड दिन दूरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकलाई निर्देशन दिएको छ । आफू उपस्थित हुन नसकेको अवस्थामा कानुनअनुसारको वारेसनामा वा अख्तियारनामा आवश्यक पर्ने भएको छ । यी प्रमाण लिएर नगए टेलिकमले सिम दिने छैन । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी ग्राहकले भरेको फारम जाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउने प्रधिकरणले जनाएको छ । कुनै एक व्यक्तिको परिचयपत्र अर्को व्यक्तिले पाउँदा अनाधिकृत रुपमा अरु व्यक्तिको मोबाइल नम्बरको पहुँच हुँदा बैंङ्किङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिल सेवा तथा डाटामा पहुँच पुग्ने र खतरा हुने भएकोले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।...
अझै ३ दिनसम्म देशभर मनसुन सक्रिय हुने

अझै ३ दिनसम्म देशभर मनसुन सक्रिय हुने

समाचार
पूर्णपुष्टि, असार १२ अझै तीन दिनसम्म देशभर मनसुन सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन विभागले आग्रह छ । आज प्रदेश १, प्रदेश २ र सुदूरपश्चिमका केही ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना छ । अबको केहीदिन कोशी, कन्काई, वाग्मती, कमला नदीमा बहाव बढ्ने महाशाखाले जनाएको छ । ठूला नदी अहिले नै खतरामा पुग्ने स्थिति नभए पनि तराई, चुरे र भारतीय सीमा आसपास भारी वर्षा हुने र साना खोलामा बाढी आउने तथा पश्चिम नेपालको पनि तराईको भागमा समस्या देखिन सक्ने जनाएको छ । कन्काई, कोशी, राप्तीमा सतर्कता तहसम्म पुग्नसक्ने देखिन्छ । नारायणी नदीमा समेत विस्तारै बहाव बढ्ने क्रममा रहेको जनाएको छ । सरकारले यसपाली मनसुनजन्य विपद्को सूचना प्रणालीलाई व्यवस्थित गर्दै ‘असरमा आधारित पूर्वसूचना प्रणाली’ अवलम्बन गरिसकेको छ । सूचना प्रण...
ईन्स्पेक्टर र कानुन व्यवसायी रंगेहात पक्राउ

ईन्स्पेक्टर र कानुन व्यवसायी रंगेहात पक्राउ

समाचार
पूर्णपुष्टि, असार १२ जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी रंगेहात पक्राउ परेका छन् । जिप्रका कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालयविक्रम विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले ५० हजार घुससहित पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्ममा छापा हान्ने क्रममा उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ । जबर्जस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्दा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको जनाईएको छ । कानुन व्यवसायी विष्टले बिचौलीयाको भूमिका खेलेको र घुस रकम बुझ्न प्रहरी निरीक्षक विष्ट पनि कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ गरिएको जनाएको छ ।...
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १२  गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उक्र संक्रमित मध्ये १ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।...
प्रिमियर लिगको उपाधि लिभरपुललाई

प्रिमियर लिगको उपाधि लिभरपुललाई

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १२ इंग्लिस प्रिमियर लिगको  उपाधि लिभरपुलले हात पारेको छ । गतराति दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग २ –१ ले पराजित भएपछि लिभरपुल च्याम्पियन बनेको हो । घरेलु मैदानमा चेल्सीको जितमा क्रिस्टियन पुलिसिच र विलियनले १÷१  गोल गरे । सिटीका केभिन डी ब्रुयनले १ गोल फर्काए । लिभरपुललाई यस सिजन उपाधिका लागि १ जित आवश्यकता रहेको थियो । तर, सिटीले अंक गुमाएपछि योर्गेन क्लोपको टिम ३१ खेलमै च्याम्पियन बनेको हो । चेल्सीसँग पराजित भएपछि सिटी लिभरपुल भन्दा २३ अंकले पछि रहेको छ ।...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-11

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-11

समाचार
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि । म्याग्दीका ६ जना, बाग्लुङका २ जना, नवलपरासी सुस्ता पूर्वका २ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । -*- पाल्पामा थप १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि । योसँगै पाल्पाका कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । -*- आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । -*- नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु । योसँगे मृत्यु हुनेको सख्ंया २६ पुगेको छ । -*- आज नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि ३ सय १२ जना निको भएर डिस्चार्ज । यो सँगै नेपालमा निको हुनेको संख्या दुई हजार ६ सय ५० पुगेको छ । -*- कोरोना परिक्षणमा धनगढीमा रहेको  कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत सही र विश्वसनीय रहेको प्रमाणित । राष्ट्रिय जनस्वास्थ्य प्रय...
आज ३१२ जना संक्रमित निको भए

आज ३१२ जना संक्रमित निको भए

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ आज नेपालमा कोरोना संक्रमित मध्ये उपचारपछि ३ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या दुई हजार ६ सय ५० पुगेको छ । जलेश्वर अस्पताल महोत्तरीबाट २१ पुरुष, दुल्लु अस्पताल दुल्लुबाट दुई महिला र पाँच पुरुष, गौरीशङ्कर कलेज रौतहटबाट तीन महिला र ७७ पुरुष, अल्पाइन नर्सिङ इन्स्टिच्युट सर्लाहीबाट ६९ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै कोभिड–१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट एक पुरुष, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट दुई पुरुष, आइसोलेशन सेन्टर खजुरा बाँकेबाट दुई महिला र चार पुरुष, बर्दियाबाट दुई महिला, आइसोलेशन सेन्टर बनकटुवा बाँकेबाट तीन पुरुष डिस्चार्ज भएका हुन् । आइसोलेशन सेन्टर राप्ती सोनारी बाँकेबाट एक महिला र १० पुरुष, आइसोलेशन सेन्टर पिपरी कोहलपुर बाँकेबाट ६ पुरुष, लायन्स डेन्टल ...
कोरोनाबाट थप २ जनाको मृत्यु

कोरोनाबाट थप २ जनाको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । योसँगे मृत्यु हुनेको सख्ंया २६ पुगेको छ । पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको आँधिखोलाका गाउँपालिकाका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर थियो । उनको उपचारको क्रममा गतराति मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका महालक्ष्मी नगरपालिका–५ का एक पुरुषको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रलायले जनाएको छ ।...
पेस्तोलसहित राई पक्राउ

पेस्तोलसहित राई पक्राउ

समाचार
सुनसरी,असार ११ गते । सुनसरीको धरान–१५ बाट अवैध हतियारसहित १ जना पक्राउ परेको छ । धनकुटा शहिदभुमी गाउँपालिका–६ बस्ने २७ बर्षीय रोशन राईलाई पेस्तोलसहति १ न.प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह (आरटीआई) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । धरान–१५ मा लुकीछिपी बसेको भन्ने बिशेष सुराकीको आधारमा हिजो राती पक्राउ गरिएको थियो । राईलाई पक्राउ गरिएसंगै थप अनुसन्धान गर्ने क्रममा धरान–१५ स्थित रामहंस मार्गमा उनले प्रयोग गरेको  मोटरसाईकल पार्किङ गरी राखेको अवस्थामा आज बिहान बरामद गरिएको थियो । बरामद गरिएको मोटरसाईकल चेकजाचँ गर्ने क्रममा सिटमुनी प्लाष्टिकमा बेरेर लुकाई छिपाई राखेको १ थान पेस्तोल, ३ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका राईको साथबाट २ थान मोबाईल र ६ थान सिम कार्ड समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका रोशन ...
धान रोपिरहेका दासलाई चट्याङ लागर ठहरै

धान रोपिरहेका दासलाई चट्याङ लागर ठहरै

समाचार
मोरङ,असार ११ गते । मोरङ सुनवर्सी–५ रमनपुर टोलका ७० बर्षीय महादेवलाल दासको चट्याङले लागेर मृत्यु भएको छ । आज दिउसो पौने २ बजे आफ्नै खेतमा धान रोपी रहेको अवस्थामा बर्षासंगै परेकोे चट्याङ लागेर दासको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।