Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

जबरजस्ती करणीमा फरार अभियुक्त पक्राउ

जबरजस्ती करणीमा फरार अभियुक्त पक्राउ

समाचार
पूर्णपुष्टि, असार ११ जबरजस्ती करणी गरेर फरार प्रतिवादीलाई प्रहरीले विहिबार विहान घरबाटै पक्राउ गरेको छ । २०७४ कार्तिक २८ गतेदेखि फरार प्रतिवादी त्रियुगा नगरपालिका–३ बस्ने २० वर्षिय संजय सदालाई ३ वर्षपछि पक्राउ परेको हो । जिल्ला अदालत उदयपुरले जबरजस्ती करणी मुद्दामा ७ बर्ष ६ महिना २४ दिन कैद र रू १०,००० जरिवना सजाय तोकेको छ । उनलाई विहिबारै जिल्ला अदालत उदयपुरमा फैसला कार्यन्वयन गर्नको लागि पठाएर कारागर चलान गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।...
नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ आज नेपालमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । अजा थप ३ सय १२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । थपमा १९ महिला र २ सय ९३  पुरुष डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै उपचारपछि निको हुनेको सख्ंया २ हजार ६ सय ५० पुगेको छ ।...
१०४ दिनपछि आइफेल टावर खुल्यो

१०४ दिनपछि आइफेल टावर खुल्यो

समाचार, संसार
पूर्णपुष्टि, असार ११ कोरोना महामारीको कारण गत मार्चदेखि बन्द रहेको आइफेल टावर १ सय चार दिनपछि पहिलो पटक बिहीबारदेखि खुलेको छ । विश्वभरका पर्यटकको लागि आश्चर्य र प्रमुख आकर्षणको रुपमा रहेको आइफेल टावर अझै केही समय पर्यटकका लागि खुला नगरिने जनाइएको छ । पत्रकार र फ्रान्सेली अधिकारीहरुले टावरको टावरको दोस्रो तलासम्म चढ्ने कार्यक्रम छ । सामाजिक दुरीको नियम पालना गर्नु पर्ने भएका कारण टावरको लिफ्ट भने बन्द गरिने छ ।...
कोरोना महामारीमा उर्जाको काम रोकिएन : मन्त्री पुन

कोरोना महामारीमा उर्जाको काम रोकिएन : मन्त्री पुन

समाचार
पूर्णपुष्टि, असार ११ कोरोना महामारीको बेला पनि विकास तथा ऊर्जा क्षेत्रका कामलाई निरन्तरता दिइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले बताउनुभएको छ । विश्व बैंकले गरेको ‘भर्चुअल हाइड्रोपावर सम्मेलन’ लाई सम्बोधन गर्दै मन्त्री पुनले कोरोनाको कारण ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीलगायत निर्माणाधीन आयोजनाको विद्युत् उत्पादनमा केही ढिलाइ भए पनि काम पूर्णरुपमा नरोकिएको बताउनुभयो । आगामी आर्थिक वर्षमा १ हजार ५ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने उहाँले बताउनुभयो । सरकारले सन् २०२८ सम्ममा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको उल्लेख गर्दै मन्त्री पुनले महामारीकै बीचमा मुख्य आर्थिक गतिविधि र जलविद्युत् आयोजनाका काम जारी राखेको जानकारी दिनुभयो । मन्त्री पुनले जलविद्युतमा लगानीको लागि निजी क्षेत्रमैत्री कानुनी व्यवस्था गरिएको दाबी गर्दै १० वर्षसम्म आयकर...
शव व्यवस्थापन गर्न स्थानीयको विरोध

शव व्यवस्थापन गर्न स्थानीयको विरोध

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यावस्थापन गर्न पोखरामा स्थानीयले विरोध प्रदर्शन गरेको छ । शव व्यवस्थापनमा स्थानीयले रोक्ने प्रयास गरेपछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । कोरोना सङ्क्रमणबाट मृत्यु भएका एक पुरुषको शव पोखरा महानगरपालिका ३२ को सेती नदी किनारमा गाड्ने निर्णय भएको थाहा पाएपछि स्थानीयले विरोध गरेका थिए । आफ्नो क्षेत्रमा शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै टायर बालेर प्रदर्शन गर्दै अवरोध जनाएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । झडपमा केही स्थानीय घाइते भएका छन् । विरोध प्रदर्शन गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । विरोधकै बीच नेपाली सेनाको शव व्यवस्थापन टोलीले सेती नदी किनारमा शव व्यावस्थापन गरेको छ ।...
विश्वमा १ हप्तामा १० लाख कोरोना संक्रमित थपिदै

विश्वमा १ हप्तामा १० लाख कोरोना संक्रमित थपिदै

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड पुग्न लागेको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बुधबार बताएको थियो । यही कारण विश्वमा अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन दिने मेसिन) को अभावसँग जुधिरहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । कैयौँ देश अक्सिनज कन्स्नट्रेटर (मेसिन) को अभावसँग जुधिरहेका छन् । यो समय यो मेसिनको माग धेरै नै भएको जनाएको छ । अहिलेसम्म विश्वमा ९५ लाख ३५ हजार भन्दा बढी संक्रमित भइसकेको जनाएको छ । ४ लाख ८० हजारभन्दा बढीको मृत्यु भईसकेको छ । हरेक हप्ता १० लाखभन्दा बढी संक्रमित हुने गरेको जनाईएको छ । त्यसैले प्रत्येक दिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता देखिएको जनाएको छ । कोरोना संक्रमणको दर एक्कासी बृद्धि हुनको कारण अक्सिजन कन्स्नट्रेटरको कमी भएको जनाएको छ । कोरोनासँग जुधिरहेका बिरामीका लाग...
सप्तरीमा चट्याङ लागेर ४ जना ठहरै

सप्तरीमा चट्याङ लागेर ४ जना ठहरै

समाचार
पूर्णपुष्टि, असार ११  आज विहान सप्तरीमा चट्याङ लागेर चार जनाको मृत्यु भएको छ । महादेवा गाउँपालिकामा २ जना, राजगढ गाउँपालिकामा १ जना र डाक्नेश्वरी नगरपालिकामा १ जनाको चट्याङ लागेर मृत्यु भएको हो । महादेवा गाउँपालिका–२ का ६० वर्षीय छेदी ठाकुर र २६ वर्षीय वेचन यादव, डाक्नेश्वरी नगरपालिका–९ का ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिकाका ४६ वर्षीय केसी साहको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । चट्याङ लागेर १८ वर्षीया आसा मण्डल घाइते भएकी छिन् । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको जिप्रका सप्तरीले जनाएको छ ।...
जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको योजना

जोखिम कम भएका देशमा श्रमिक पठाउने सरकारको योजना

समाचार
पूर्णपुष्टि, असार ११ कोरोना भाईरस संक्रमणको महामारीले बन्द भएको वैदेशिक रोजगारी फेरि खुलाउने सरकारको योजना छ । बिदामा आएकालाई पुनः श्रम स्वीकृतिसँगै नयाँलाई पनि रोजगारीमा जान दिने सरकारलेनिर्णय गरेको हो । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस अनिवार्य चाहिन्छ । सरकारको निर्णयपछि श्रम मन्त्रालयले काम अघि बढाएको जनाएको छ । समन्वय गरिरहेको र तत्कालै श्रम स्वीकृति खुलाउनको लागि कार्यविधि र प्रक्रियाहरु निर्धारण गर्ने जनाएको छ । स्वास्थ्यको मापदण्ड पालना गरेर जाने भनिएको छ । तर यो विषय तीन चारवटा कुरासँग जोडिएको जनाईएको छ । विदामा घर आएको तर कोरोना महामारीले फेरी  विदेश जान पाएका छैनन् ।  उनीहरुलाई पुनः श्रम स्वीकृति दिएर पठाउन सम्बन्धित देशको दूतावाससँग र सम्बन्धित देशहरुसँग पनि समन्वय गर्नुपर्ने भएकाले यी सबै कुरा समन्वय हुने गरी प्रक्रियाहरु निर्धारण गर...
लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
सुनसरी, असार ११ सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीका २३ बर्षीय मिथुन यादव लागुऔषध सहित पक्राउ परेको छ । हिजो दिउसो २ बजे भाण्टाबारीमा हिडिरहेका यादवलाई शंका लागेर नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट फेनारगन ४१ एम्पोल, डाईजेल्याव ३९ एम्पोल, लुपिजेसिक ४० एम्पोल, नाईट्रोशन १ सय ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १ सय ४४ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिप्रका सुनसरीले जनाएको छ ।...
पाल्पामा १२१ जनामा कोरोना संक्रमण पुष्टि

पाल्पामा १२१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ पाल्पामा थप १ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै पाल्पाका कोरोना संक्रमितको संख्या ३ सय ६९ पुगेको छ । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा निस्दी गाउँपालिकाका ९३ जना र प्रदेश प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा २८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । भैरहवामा गरिएको परीक्षणमा पहिलो पटक तानसेन नगरपालिकाका ३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । तानसेन बतासेडाँडाको क्वरेण्टीनमा रहेका २ जना ३२ वर्षका र १ जना ४१ वर्षका पुरुषमा सङ्क्रमणको पुष्टि भएको हो । पाल्पाका १० वटै पालिकामा कोरोना सङ्क्रमित भेटिएका छन् ।...