Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

एम्बुलेन्स दुर्घटनामा चालकको मृत्यु

समाचार
पूर्णपुष्टि, असार ११ ओखलढुङगामा एम्बुलेन्स दुर्घटना हुदा चालकको मृत्यु भएको छ । लिखु गाउँपालिकामा एम्बुलेन्स दुर्घटना हुँदा चालक सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको हो । लिखु गापाको ९ न.वडाको पोकलीतर्फ विरामी लान जाँदै गरेको गाउँपालिकाको ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स  बिहान करिब साढे ९ बजे कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका–४, यसमका २३ वर्षीय खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । साँघुरो र ग्रेड नमिलेको भीरको बाटो भएकाले दुर्घटना भएको स्थानीयको भनाइ छ ।...
हातहतियाुरसहित एक जना पक्राउ

हातहतियाुरसहित एक जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ११ दाङमा हातहतियारसहित एक जना पक्राउ परेको छ । घोराही उपमहानगरपालिका–१३, लापेबाट माछे नेपाली भनिने २६ वर्षीय साजन नेपालीलाई भरुवा बन्दुक र पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले एक थान भरूवा बन्दुक, एक थान पेस्तोल र भरूवा बन्दुकमा लाग्ने २ सय १० वटा फलामको छर्रा सहित मंगलबार राति करिब १० बजे पक्राउ गरेको जिप्रका दाङले जनाएको छ । घरमा लुकाएर राखेको गोप्य सूचनाको आधारमा  नेपालीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका नेपालीलाई मुलुकी संहिता २०७४ अनुसार मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिप्रका दाङले जनाएको छ ।...
आबुधाबी र कुवेतबाट ३ सय नेपाली काठमाण्डौ आइपुगे

आबुधाबी र कुवेतबाट ३ सय नेपाली काठमाण्डौ आइपुगे

समाचार
पूर्णपुष्टि, असार ११ आबुधावी र कुवेतबाट तीन सय एक जना नेपाली काठमाण्डौँ आइपुगेका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १ सय ५२ जना नेपाली काठमाण्डौ आइपुगेका हुन् । यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १ सय ४९ जना लिएर काठमाण्डौ आइपुगेको छ । आज कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १ सय ५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५४ जना स्वदेश फर्कनेछन् । कतार एअरवेज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउने तालिका रहेको विमानस्थलले जनाएको छ ।...
कोरोना परीक्षणमा धनगढी प्रयोगशाला उत्कृष्ठ प्रमाणित

कोरोना परीक्षणमा धनगढी प्रयोगशाला उत्कृष्ठ प्रमाणित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ कोरोना परिक्षणमा धनगढीमा रहेको  कोरोना परीक्षण प्रयोगशाला शत प्रतिशत सही र विश्वसनीय रहेको प्रमाणित भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको छड्के जाँच अर्थात् क्रश भेरिफिकेशनमा धनगढीमा रहेको सेती प्रादेशिक प्रयोगशाला शत प्रतिशत सही र विश्वास योग्य रहेको पुष्टि भएको हो । प्रयोगशालाबाट कोरोना परीक्षणपछि आएका पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्टको नमुना क्रस भेरिफिकेशनका लागि काठमाण्डौ पठाइएको थियो । काठमाण्डौमा रहेको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि धनगढी प्रयोगशालामा देखाएअनुसारकै रिपोर्ट देखाएको छ । धनगढीमा पोजेटिभ देखाएका पाँच जनाको काठमाडौमा पनि पोजेटिभ र धनगढीमा नेगेटिभ रिपोर्ट आएकाको काठमाडौमा पनि नेगेटिभ रिपोर्ट आएको प्रयोगशालाले जनाएको छ । संघीय सरकारले आरडीटी–पीसीआर मेसिन पठाएपछि चैत २९ गतेदेखि धनगढीमा कोरोना परीक्षण ...
अनुमान भन्दा अर्थव्यवस्थामा ठूलो असर

अनुमान भन्दा अर्थव्यवस्थामा ठूलो असर

आर्थिक, समाचार, संसार
पूर्णपुष्टि, असार ११ कोरोना संक्रमणको कारणले अर्थव्यवस्थाको सुरुवाती अवस्थामा अनुमान गरेका ेभन्दा ठूलो असर देखिएको अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले जनाएको छ । महामारी बढ्दै गएकालो विश्वको अर्थतन्त्रमा सुरुमा अनुमान गरिएको भन्दा पनि ठूलो असर आइपर्ने आईएमएफको अनुमान छ । आईएमएफको अनुमान अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउनेछ । गतको अप्रिलमा आईएमएफले अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने जनाएको थियो । कोरोना संक्रमणबाट जोगिन विभिन्न देशहरुले लकडाउन गरेपछि विश्वको अर्थतन्त्रमा असर थपिंदै गएको आईएमएफको भनाई छ । दूरी कायम गर्नुपर्ने अवस्थाका कारण मानिस घरबाहिर निस्केका छैनन् भने खर्चमा कमी गर्नुपर्ने बाध्यता छ । यसले गर्दा माग पनि कम भएपछि अर्थव्यवस्थामा असर परिरहेको छ ।...
थप एक जना कोरोना संक्रमितको मृत्यु

थप एक जना कोरोना संक्रमितको मृत्यु

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ नेपालमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित स्याङजाको आँधीखोला गाउँपालिका सिरुवारीका पुरुषको मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ८ गते भर्ना भएका ५५ वर्षका पुरुषको गतराति मृत्यु भएको प्रतिष्ठानले विज्ञप्ती निकालेर जानकारी दिएको छ । ती पुरुषमा कोरोना संक्रमणसँगै सिभियर निमोनिया, मधुमेह रोगको समेत समस्या रहेको प्रतिष्ठानले जनाएको छ । योसँगै स्याङजामा कोरोनाबाट मृत्यु हुनेको सख्ंया दुई पुगेको छ । यसअघि वालिङ ३ का ५८ वर्षका कोरोना सङ्क्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । गतराति मृत्यु भएका पुरुषको मृत्यु बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छैन ।...
चिठ्ठा परेको भन्दै ठगी गर्ने ७ जना पक्राउ

चिठ्ठा परेको भन्दै ठगी गर्ने ७ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ११  सामाजिक सञ्जालबाट चिठ्ठा परेको भन्दै करोडौँ रकम ठगी गर्ने सात जना पक्राउ परेका छन् । झापा, भद्रपुर नगरपालिका घर भई काठमाण्डौ बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साह पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ । पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि आज महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ । यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुलाई ठगी गरेका थिए । अहिलेसम्म उनीहरुबाट एक करोडभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।  उनीहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेको समेत ...
काम गर्न गएका चौधरी चट्याङ लागेर ठहरै

काम गर्न गएका चौधरी चट्याङ लागेर ठहरै

समाचार
पूर्णपुष्टि, असार ११ आज विहान पानीसँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।   त्रियुगा नगरपालिका–१३ असारी निबासी ४५ वर्षीय कानन चौधरी खेतमा काम गर्न गएको बेला अचानक चट्याङ लागेर घाईते भएको थियो । उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।   त्रिनपा–१३ भातीखर्क निबासी ३१ वर्षीया अनिता खड्कालाई खेतमा काम गर्ने क्रममा अचानक चट्याङ लागेर घाईते भएकी छिन् । उनको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।   त्रिनपा–१३ जोगिपोखरीको मिन्द्रबहादुर मगरको बंगुर फर्ममा चट्याङ पर्दा ६ वटा सुँगुर मरेको प्रहरीले जनाएको छ । यस फार्ममा करिब ७० हजार बराबरको क्षती भएको जिप्रकाले जनाएको छ  ।   फर्ममा परेको चट्या लागेर मगरको आमा ६१ तिर्थमाया मगर सामान्य घाईते भएको र उनको स्थानी...
आज ६ देशबाट नेपाली फर्कंदै

आज ६ देशबाट नेपाली फर्कंदै

समाचार
पूर्णपुष्टि, असार ११ आज विभिन्न ६ देशबाट नेपालीहरु स्वदेश फर्कदै छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १ सय ५२ जना र कतारको दोहाबाट हिमालय एअरलाइन्समार्फत नै १ सय ५२ जना फर्कने तालिका रहेको छ । यस्तै, कुवेतबाट नेपाल एअरलाइन्सले १ सय ४९ जना फर्कने छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ५४ जना स्वदेश फर्कनेछन् । त्यस्तै कतार एअरवेजको जहाज कतारको दोहा र एअर अरेबिया यूएईको सारजहाबाट नेपाल आउनेछन् तालिका रहेको विमानस्थलले जनाएको छ । यस्तै आज नेपाली लिन जहाजहरु विभिन्न ठाउँमा जाने तालिका रहेको छ । नेपाल एअरलाइन्सका २ जहाज बहराइनमा समस्यामा रहेका नेपाली लिन त्यसतर्फ जानेछन् । हिमालय एअरलाइन्सको चार्टर्ड जहाज मलेसियाको क्लालाम्पुर जाने तालिका रहेको छ । नेपाली लिएर आएका जहाजहरु पनि आजै फर्कने छन् । तर ती जहाजमा यात्रु फर्कन्छन् या फर्कंदैनन् भन्ने ट...
चट्याङ लागेर २ जनाको मृत्यु

चट्याङ लागेर २ जनाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार ११ मकवानपुरको बकैयामा चट्याङ लागेर दुई जनाको मृत्यु भएकोे छ भने एक जना घाईते भएका छन् गतराति चट्याङ लागेर बकैया–२ कालापानीका १७ वर्षया सम्झना घिसिङ र २५ वर्षया बिना घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सम्झनाको घरमै र बिनाको दोभान स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । राति पानीसँगै परेको चट्याङ लागेर १४ वर्षका किरण जिम्वा घाइते भएको प्रहरीले जनाएको छ । जिम्वाको दोभान स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।...