Friday, August 7News That Matters

Month: ६ वर्ष अगाडि

प्रिमियर लिगमा लिभरपुलको जित

प्रिमियर लिगमा लिभरपुलको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, असार ११ इंग्लिस प्रिमियर लिगमा लिभरपुल क्रिस्टल प्यालेसमाथि ४ –० को गोलले पछि पार्दै जित हात पारेको छ । गतराति घरेलु मैदान एनफिल्डमा भएको खेलको सुरुवातदेखि लिभरपुलले प्यालेसमाथि दबाब बनाएको थियो । खेलको २३ औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै लिभरपुललाई अग्रता दिलाएको थियो । पहिलो हाफको १५ औँ मिनटा मोहमद सलाहले गोल गरे । दोस्रो हाफको ५५ औं मिनेटमा फाबिन्होले गोल गरे । ६९ औं मिनेटमा मानेले वन भर्सेस वनले गोल गर्दै टिमलाई जित दिलाएको थियो । जितपछि लिभरपुल उपाधिको निकै नजिक पुगेको छ । लिभरपुलले अर्को खेल म्यानचेस्टर सिटीसँग खेल्नेछ । त्यसअघि सिटीले चेल्सीको सामना गर्नेछ । सिटीले त्यो खेल हारेमा लिभरपुल च्याम्पियन बन्नेछ । अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ ।...
गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ११ गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दीका ६ जना, बाग्लुङका २ जना, नवलपरासी सुस्ता पूर्वका २ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिलेसम्म उक्त संक्रमित मध्ये ९१ जना उपचारपछि निको भएका छन्  १ जनाको मृत्यु भएको छ ।...
उदयपुरका दुइ पालिकाले असार १० मा गाउँ/नगरसभा गर्न सकेन, त्रियुगामा १ अरबमाथि बजेट प्रस्तुत

उदयपुरका दुइ पालिकाले असार १० मा गाउँ/नगरसभा गर्न सकेन, त्रियुगामा १ अरबमाथि बजेट प्रस्तुत

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० आठ वटा पालिका रहेको उदयपुरमा आज असार १० गते सबै पालिकाले गाउँ/नगरसभा आयोजना गर्न सकेन । चार गाउँपालिका र चार नगरपालिका रहेको जिल्लामा एक गाउँपालिका र एक नगरपालिकाले सभा गर्न नसकेको हो । नीति कार्यक्रम तथा वजेट घोषणाका लागि हुने गाउँ÷नगरसभा आन्तरिक तयारी नपुगेको भन्दै कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकाले आयोजना गर्न नसकेको हो । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले पालिकाको आन्तरिक तयारी पुरा नभएकाले आज नगरसभा आयोजना नभएको जानकारी दिनुभयो । आगामी १६ गते मिति तय गरिएको उहाँले बताउनुभयो । त्यस्तै उदयपुरगढीको सबै वडासभा भइनसकेकाले गाउँसभा आज हुन नसकेको एक कर्मचारीले जानकारी दिए । एकमात्र गाउँपालिका रौतामाई गाउँपालिकाले भने गाउँसभा आजै सम्पन्न गरेको जनाएको छ । पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार आगामी वर्षका लागि ४७ करोड ४० लाख ६५ हजार अनुमानित ...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-10

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-10

समाचार
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी । कोरोना महामारीका कारण लकडाउन भएपछि स्थगित गत वर्षको  परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । -*- काठमाण्डौ उपत्यकामा गाउँबाट भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने । घर भाडामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । -*- सर्लाहीको एक नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ । हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपै...
‘गरिबलाई च्यादर, सुत्केरीलाई कोसेलीसम्म’ कार्यक्रम घोषणासहित रौतामाईको गाउँसभा सम्पन्न

‘गरिबलाई च्यादर, सुत्केरीलाई कोसेलीसम्म’ कार्यक्रम घोषणासहित रौतामाईको गाउँसभा सम्पन्न

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० उदयपुरको रौतामाई गाउँपालिकाले गरिबलाई च्यादर, सुत्केरीलाई कोसेली जस्ता लोकप्रीय कार्यक्रम घोषणासहित गाउँसभा आज सम्पन्न गरेको छ । पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार ४७ करोड ४० लाख ६५ हजार अनुमानित बजेट पास गर्दै गाउँसभा सम्पन्न भएको हो । बजेट तथा योजनामा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ । पूर्वाधार विकासतर्फ ७ करोड ७८ लाख बजेट विनियोजन भएको छ भने दोस्रो प्राथमिकतामा अािर्थक विकासलाई राखिएको छ । आर्थिक विकासतर्फ १ करोड ८२ लाख विनियोजन भएको छ । सामाजिक विकासतर्फ १ करोड ६८ हजार ९० लाख रहेको छ । त्यस्तै वातावरण तथा विपद्तर्फ  १ करोड ३० लाख, समपुरक कोषको लागि १ करोड २० लाख, कोभिड १९ नियन्त्रणका लागि १ करोड ११ लाख बजेट बिनियोजन भएको छ । त्यसैगरी विदेशबाट फर्किआएकाहरुका लागि युवा स्वरोजगारका लागि ५० लाख, गरिबीका रेखामुनीकाको घरको छानो विस्तार गरी ४ बण्...
बेलका नगरपालिकाले  ७३ करोड ६० लाख बजेट ल्यायो

बेलका नगरपालिकाले ७३ करोड ६० लाख बजेट ल्यायो

समाचार
बेलका, असार १० जयराम पूर्वछाने मगर बेलका नगरपालिकाको छैटौँ नगरसभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी नीति, कार्यक्रम तथा बजेट पेस गरेको छ । नगरमा उपमेयर राजकुमारी चौधरीले आगामी आवको लागी ७३ करोड ६० लाख ९७ हजार ९१ रुपैयाँ नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिईन् । आय तर्फ संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान १३ करोड २५ लाख, सशर्त अनुदान २३ करोड, १९ लाख, राजस्व बाडफाड ११ करोड २ लाख ७४ हजार १ सय, स्थानीय पूर्वाधार विकास कार्यक्रम १ करोड २५ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ७४ लाख ३९ हजार, सवारी साधन करवाट ६० लाख ४० हजार,  सशर्त अनुदान १ करोड, समपुरक अनुदान (चिस्यान केन्द्र कार्यक्रम) ३ करोड, विशेष अनुदान १ करोड, प्रदेश निर्वाचन क्षेत्र विकास समेत १ करोड २५ लाख अनुमानीत नीति कार्यक्रम तथा बजेट प्रस्त भएको छ । कृषिमा आधुनिकिकरण, प्राबिधिक शिक्षा, स्...
वडावासीहरुको मागलाई प्राथामिकता दिएर काम गरेका छौ : अध्यक्ष चौधरी

वडावासीहरुको मागलाई प्राथामिकता दिएर काम गरेका छौ : अध्यक्ष चौधरी

समाचार
  पूणर्पुष्टि, असार, १० त्रियुगा नगरपालिका वडा नं १३ की वडा अध्यक्ष पशुपति चौधरीले वडावासीहरुको माग र आवश्यकतालाई पहिलो प्राथामिकता दिएर काम गरेको बताउनु भएको छ । वडामा विकासमुखि कामहरु थुप्रै भएको र त्यो सबै वडावासीहरुको माग अनुरुप कै काम भएको चौधरीले बताउनुभयो । अध्यक्ष चौधरीले विकासकै लागि जनप्रतिनिधिहरु जनताका लागि नजिक भएर काम गर्न आएको कारण १३ नं वडामा जनतामुखि काम भएको बताउनुभयो । उहाँले अन्य वडाहरुले भन्दा समयमै कार्यसम्पादन गर्नुका साथै धेरै कार्यहरु गरेको समेत बताउनुभयो । १३ नं वडामा जनताहरुको प्रत्यक्ष आधारभुत आवश्यकता अनुरुप विकासे योजना तथा कार्यहरु भएको  चौधरीले बताउनुभयो । वडाले विकास, कृषि, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, महिला बालबालिका तथा जेष्ठ नागरिक  लगाएतका कामलाई उच्च प्रथामिकता दिएर काम गर्नुका साथै सामाजिक अपराधहरु महिला तथा घरेलु हिंसा, लागु...
चौदण्डिगढी नगरपालिकाले साढे ६३ करोड बजेट ल्यायो

चौदण्डिगढी नगरपालिकाले साढे ६३ करोड बजेट ल्यायो

समाचार
पूर्णपुष्टि, असार १० चौदण्डिगढी नगरपालिकाको चौथो नगरसभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी साढे ६३ करोड नीति, कार्यक्रम तथा बजेट पेस गरेको छ । नगरसभामा उपमेयर रिताकुमारी चौधरीले आगमी आवको लागी ६३ करोड ५५ लाख ४३ हजार २ सय रुपैयाँको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी हुन् । संघिय सरकारबाट वित्तिय समानीकरणमा १४ करोड ३६ लाख, सशर्त अनुदान तर्फ २९ करोड ४६ लाख, राजस्व बाडफाड ११ करोड ३७ लाख ६१ हजार २ सय, विशेष अनुदान ५८ लाख, समपुरक अनुदान १ करोड ६१ लाख रहेको छ । त्यस्तै प्रदेश सरकारबाट सर्शत अनुदान १ लाख, वित्तिय सामान्यिकरण ७५ लाख ९५ हजार, समपुरक अनुदान १ करोड, राजश्व बाडफाड १ करोड ९१ लाख, रहेको छ । स्थानीय राजश्व बाँडफाड, घर जग्गा रजिष्टेशन शुल्क बाडफाड र नगरपालिकाको आन्तरिक आय ३ करोड ३९ लाख अनुमानित बजेट प्रस्तुत गरेको छ ।...
आयो ‘त्रियुगा नगरगीत’, पढ्नुहोस् -यस्तो छ

आयो ‘त्रियुगा नगरगीत’, पढ्नुहोस् -यस्तो छ

समाचार, साहित्य
पूर्णपुष्टि, असार १० उदयपुरको त्रियुगा नगरपालिकाले आजबाट नगरगीत पाएको छ । उदयपुरको आठ वटा स्थानीय तह मध्ये त्रियुगा नगर सरकारले पहिलोपटक नगरगीत सार्बजनिक गरेको हो । नगरक्षेत्रको भुगोल, जनजीवन, जातजाती, धर्म–संस्कार, संस्कृतिलाई चित्रण गर्दै नगरगीत लेखिएको छ । कृषि, उद्यम, प्रकृति र सभ्यातालाई आकलन गरी लेखिएको छ । नगरगीतले नगरको अवस्थालाई जिबन्त बनाएको छ । नगरगीतको रचनाकार त्रियुगा नगरकै बासिन्दा खिलानाथ घिमिरे हुनुहुन्छ । प्रस्तुत छ त्रियुगा नगरगीत : ===================== पहाडी पाखा चुरे र वन मैदान बगर विविध जाति मिलेर बस्ने त्रियुगा नगर कालिज, कोइली, मयुरले प्रकृति सुन्दर साकेला, ल्योछार, बालन, हुर्रा, जितिया अपार ज्ल र जंगल जमिनभरी अन्नपात उब्जाउँला सिल्पीका हातले खिपेर कला उद्योग बडाउँला स्वदेशमै हामी परिश्रम गर्छौं हटाइ विकृती निर्माण गर्छौं त्रियुगा नगर सभ्या संस्कृत...
आज कुन जिल्लामा कति कोरोना संक्रमित थपियो

आज कुन जिल्लामा कति कोरोना संक्रमित थपियो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० आज नेपालमा ६ सय २९ जना कोरोना संक्रमित थपिएपछि संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा भएका परीक्षणमा कैलालीका एक सय ५१ र कञ्चनपुरका ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै डोटीका ४८, रौतहटका ४४, दाङका ७६, धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका २१, अछामका २३, पाल्पाका १५ र सुर्खेतका १४ जनामा कोरोना देखिएको छ । झापाका ११, प्युठानका १०, बाँकेका नौ, कास्की र बाग्लुङका नौरनौ, बाजुराका आठ, स्याङ्जाका सात, नवलपरासी पूर्व र गुल्मीका पाँचरपाँच, तथा लमजुङ र दैलेखका ४/४ जनामा कोरोना पुष्टि भएको छ । यस्तै  सप्तरीका ६, बैतडीका चार, पर्वत र गोरखाका तीनरतीन तथा धादिङका दुई जनामा सङ्क्रमण देखिएको छ । मोरङ, सुनसरी, काठमाण्डौ, चितवन, तनहुँ, भक्तपुर, कपिलवस्तु, रुपन्देही, बर्दिया, जाजरकोट र कालीकोटका १/१ जनामा पनि कोरोना देखि...