Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

प्रताप दासको स्वरमा रहेको ढुङ्गा मुढा’ बजारमा

प्रताप दासको स्वरमा रहेको ढुङ्गा मुढा’ बजारमा

मनोरञ्जन, समाचार
पूणर्पुष्टि, असार १० गायक प्रताप दासको सुमधुर आवाजमा सजिएको ढुङ्गा मुढा’ बोलको गीत सार्वजानिक भएको छ । बहुप्रतिभाशाली कलाकार निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा तयार ढुङ्गा मुढा’ मा चर्चित मोडल दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई, अंकित  मल्लको आकर्षक अभिनयले भिडियो उत्कृष्ट बनेको छ । नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको आकर्षक स्वरले सजिएको ढुङ्गा मुढा’ बोलको गीतको भिडियोमा श्रीमान श्रीमतीमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारीक  विचलनलाई सचित्र उतारेको छ । हालै मात्र रिलिज भएको उक्त गीतको शब्द रचना बिमला हुमागाईले गरेकी  छिन भने मिठासपुर्ण स्वरमा गीतलाई अझै उत्कृष्ट बनाउन संगीत भर्ने तथा एरेन्ज गर्ने काम भने मनोज सेङसन राईले गरेका छन् । कविता  तोलाङीको शृङ्गार, मुकेश हुमागाईको छायाँकन रहेको भिडियो सम्पादन तथा कलरिङ प्रकाश एस के ले गरेका छन् । मर्मस्पर्शी ...
दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० आज दाङमा थप ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । बङ्गलाचुली गाउँपालिका २ का ४२ जना र घोराही उपमहानगरपालिकाका ३४ जना रहेको जनाईएको छ । बङ्गलाचुली गाउँपालिकामा ५ वर्षीय बालक र ७ वर्षीया बालिकामा समेत कोरोना सङ्क्रमण देखिएको छ । त्यसैगरी घोराही उपमहानगरपालिका १ मा  २५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु हर्नोक क्वरेण्टीनका रहेकाहरु हुन् । त्यस्तै घोराही ४ का चार जना, घोराही ५ का चार जना र घोराही १५ का एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । उनीहरु पाँच वर्षदेखि ५७ वर्षसम्म रहेका छन् । यसैगरी प्युठानमा थप १० जनामा कोरोना सङ्क्रमण देखिएको छ । उनीहरु प्युठानको माण्डवी गाउँपालिका १ का दुई जना, २ का तीन जना, ३ का दुई जना, ४ का दुई जना र ७ का एक जना रहेका छन् ...
चीनसँगको भिडन्तपछि भारतीय सेनाध्यक्ष लद्दाख पुगे

चीनसँगको भिडन्तपछि भारतीय सेनाध्यक्ष लद्दाख पुगे

समाचार, संसार
पूर्णपुष्टि, असार १० भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले आज लद्दाखको भ्रमण गरेको छ । सेनाध्यक्षले गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तको सामना गर्ने सैनिकलाई प्रशंसा पत्रले सम्मान गरेको जनाईएको छ । सेनाध्यक्षको भ्रमणलाई लिएर विज्ञप्ति जारी गर्दै भारतीय सेनाले भनेको छ, ‘सेनाध्यक्ष एमएम नरभानेले पूर्वी लद्दाखको फरवार्ड इलाकाको भ्रमण र सीमा क्षेत्रमा भइरहेको तयारीको बारेमा जानकारी लिए । उनले जवानको मनोबल बढाए र उनीहरुको योगदानको प्रशंसा पनि गरे ।’ उक्त क्षेत्रमा गत हप्ता चीनको पिपुल्स लिबरेशन आर्मीसँगको हिंसक झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । सेनाध्यक्षले हिजो गलवान सङ्घर्षमा घाइते भएका सैनिकसँग भेट गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।...
नेकपाको स्थायी कमिटी बैठक सकियो

नेकपाको स्थायी कमिटी बैठक सकियो

समाचार
पूर्णपुष्टि, असार १० सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आज बसेको बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेपछि आजको बैठक सकिएको जनाईएको छ । अर्को बैठक आगामी शुक्रबार १२ गते बस्ने भएको छ । आजको बैठकले पर्सीको लागि अध्यक्षले प्रारम्भमा मन्तव्य दिने, कोरोना रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने, सीमा समस्या र समाधान, एमसीसी, सरकार र  पार्टीको कामको समिक्षा र विविध विषयका एजेण्डा पनि तय गरेको जनाईएको छ ।...
नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० आज नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय १० जना महिला र ५ सय १९  पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ  । उक्त संक्रमित मध्ये उपचारपछि आज थप १ सय १४ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै उपचारपछि निको हुनेको संख्या २ हजार ३ सय ३८ पुगेको छ । अहिलेसम्म नेपालमा संक्रमणबाट २४ जनाको मृत्यु भईसकेको छ ।...
त्रियुगाले पायो नगरगीत, यसरी सम्मानित भए रचनाकार घिमिरे

त्रियुगाले पायो नगरगीत, यसरी सम्मानित भए रचनाकार घिमिरे

समाचार, साहित्य
पूणर्पुष्टि, असार १० । उदयपुरको त्रियुगा नगरपालिकाले पहिलोपटक नगरगीत सार्बजनिक गरेको छ । पाँचौ नगर सभाको अवसरमा आज नगर गीत पनि सार्बजनिक भएको हो । नगरको भाव बोकेको गीत सार्बजनिक भएसंगै उक्त नगरगीतका लेखकलाई पनि सम्मान गरिएको छ । नगरगीतको रचनाकार खिलानाथ घिमिरे हुन् । वहाँलाई ५१ हजार १ सय ११ रुपैया नगद पुरस्कारसहित सम्मान गरिएको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले कदरपत्र प्रदान गर्नुभयो । उपमेयर देवीकुमारी चौधरीले चेक हस्तान्तरण गनुभयो भने प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले दोसल्ला र टोपी ओढाइ सम्मान गर्नुभयो । रचनाकार घिमिरे त्रियुगा नगरपालिकाबासी नै हुनुहुन्छ । ६२ वर्षिय घिमिरे वडा नं. १० बोक्सेका हुनुहुन्छ । नगरगीतलाई सम्मानका साथ नगरसभाको ब्यानर र राष्ट्रिय गीतको ब्यानरसंगै राखिएको थियो । नगरपालिकाले २०७४ सालतिरै नगर गीत लेखनका लागि खुल्ला आव्हान गरेको थियो ...
त्रियुगा नगरपालिकाको ५ औँ नगरसभामा १ अर्व २ करोड बजेट पेस

त्रियुगा नगरपालिकाको ५ औँ नगरसभामा १ अर्व २ करोड बजेट पेस

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० त्रियुगा नगरपालिकाको पाँचौँ नगर सभामा आगामी आर्थीक वर्ष २०७७/७८ को लागी १ अर्व २ करोड ७ लाख ९६ हजार बजेट ल्याएको छ । नगरसभामा मेयर बलदेव चौधरीले आगामी आवको लागी अनुमानित शसर्त अनुदान तर्फ ४७ करोड ७९ लाख गरी १ अर्व २ करोड ७ लाख ९६ हजार ६ सइ ४९ रुपैया ८८ पैसाको बजेट नीति तथा कार्यक्रम ल्याउन लागेको हो । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष ७७ लाख ८५ हजार ६ सय ४९ रुपैयाले बढी बजेट ल्याएको हो । आय तर्फ वित्तीय समानीकरणमा २१ करोड १ लाख, राजश्व वाँडफाँडमा १६ करोड ३ लाख २७ हजार ७१ रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरणमा ८४ लाख ८२ हजार, आन्तरिक श्रोत ९ करोड ३७ लाख ४१ ह्जार, प्रदेश सरकार सवारी साधन करबाट १ करोड ७० लाख २८ हजार रहेको छ । यस्तै साना सिचाई कार्यक्रम अन्तर्गत १ करोड ६८ लाख १८ हजार, ५ सय ७८ रुपैया ८८ पैसा, सडक बोर्ड तर्फ ५० लाख, श्रममूलक कार्यक्रम (श...
उत्कृष्ट नगर गान लेखन घिमिरे नगद र प्रशंसा पत्रबाट सम्मानित

उत्कृष्ट नगर गान लेखन घिमिरे नगद र प्रशंसा पत्रबाट सम्मानित

समाचार
पूणर्पुष्टि, सम्वाददाता त्रियुगा नगरगानका उत्कृष्ट लेखक खिला घिमिरेलाई त्रियुगा नगरपालिकाको ५ औँ नगरसभामा सम्मान गरिएको छ । घिमिरेलाई नगरपालिकाले ५१ हजार १ सय ५१ रुपयाँ नगद सहित कदर पत्रले सम्मान गरेको हो । त्रियुगा नगरपालिकाको लागि नगरगान रचना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै नगरले सम्मान गरेको हो । नगरको सम्पूणर् भुभाग, जाति, भाषा धर्म र संस्कृतिको समान्तरमा नगरगानको उत्कृष्ट रचना रहेको भन्दै नगरपालिकाले लेखक घिमिरेलाई उच्च कदर गर्दै सम्मान गरिएको प्रशंसा पत्रमा उल्लेख गरिएको छ । उत्कृष्ट नगरगान लेखकलाई सम्मान गर्ने नगरकार्यपालिकाको निणर्य अनुसार उत्कृष्ट नगरगान लेखकको रुपमा छानिएका घिमिरेलाई सम्मान गरिएको हो ।...
कोरोनाबाट मृत्यु भए ३ लाख राहत

कोरोनाबाट मृत्यु भए ३ लाख राहत

समाचार
पूर्णपुष्टि, असार १० हेटौँडा उपमहानगरपालिकाको सातौँ नगर सभाले आगामी आर्थिक वर्ष २०७७ ०७८ को लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा केही घटेर आएको हो । लकडाउनको कारण उपमहानगरपालिकाको आन्तरिक आयमा कमी आएको छ । आज प्रस्तुत गरिएको नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने जनाईएको छ । बजेटमा पूर्वाधार विकासतर्फ ९७ करोड ९८ लाख ३९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, वातावरण तथा विपद व्यवस्थापनतर्फ चार करोड ७१ लाख १९ हजार र संस्थागत विकास तथा सेवा प्रवाह र सुशासनतर्फ तीन करोड ५४ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपमहानगरले आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार, राजस्व बाँडफाँडबाट ५५ करोड तीन लाख ४४ हजार, प्रदेश सरकारको अनुदानबाट आठ करोड ३५ लाख ९८ हजार तथा सङ्घीय सरकारको अनुदानबाट ९८ करोड ...
पाँचाै त्रियुगा नगरसभा सञ्चालन हुदै

पाँचाै त्रियुगा नगरसभा सञ्चालन हुदै

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० । उदयपुरकाे जेठाे र ठुलाे नगरपालिका 'त्रियुगा नगरपालिका' काे पाँचाै नगरसभा अधिवेशन अाज सञ्चालन भईरहेकाे छ । सभामा मेयर बलदेव चाैधरीले नगरपालिकाकाे अागामी अार्थिक वर्षकाे निति कार्यक्रम तथा बजेट घाेषणा गर्नेेछ । कार्यक्रममा १६ वडाका अध्यक्ष, सदस्यहरु, नगर कार्यपालिका सदस्यहरुकाे सहभागिता छ । दिउसाे १ बजेदेखि विधिवत सुरु भएकाे ञसभा उपमेयर देविकुमारि चाैधरिकाे अध्यक्षतामा चलिरहेकाेछ । तस्विरहरु...