Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

लागुऔषध सहित १ जना पक्राउ

लागुऔषध सहित १ जना पक्राउ

समाचार
मोरङ, असार १०   मोरङको बिराटनगर महानगरपालिका–१६ दरैयाबाट लागुऔषध कोरेक्स सहित १ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मंगलवार राती १२ बजे स्थानीय १९ बर्षीय सुधिर पासवानलाई २२ बोतल लागुऔषध कोरेक्स सहित पक्राउ गरेको हो । पक्राउ परेका पासवानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईप्रकाले जनाएको छ ।...
बसमा बम विष्फोट गराएको आरोपमा २ जना पक्राउ

बसमा बम विष्फोट गराएको आरोपमा २ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार १० रौतहटबाट १० वर्ष पहिला यात्रु बोकेको बसमा बम विस्फोट गराएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले इशनाथ नगरपालिका रामपुरखापका शेख गुलाम सरवर र दिलीपकुमार साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । दुवै जना विरुद्ध ज्यान मार्ने उद्योग तथा विष्फोटक पदार्थ सम्बन्धी मुद्दा छ । २०६७ साल चैत्र ११ गते गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना २ ख ५७२१ नम्बरको यात्रुबाहक बसमा विष्फोट हुँदा १३ जना घाइते भएका थिए । विष्फोटको जिम्मा तत्कालीन भूमिगत समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाले लिएको थियो ।...
आज प्रमुख दलका शिर्ष नेताहरुसँग राष्ट्रपतिले छलफल गर्र्ने

आज प्रमुख दलका शिर्ष नेताहरुसँग राष्ट्रपतिले छलफल गर्र्ने

समाचार
पूर्णपुष्टि, असार १०  आज राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका  प्रमुख नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई बेलुकी ५ बजे शितल निवास बोलाइएको हो । राष्ट्रपतिले कोरोना महामारीको अवस्था, नागरिकता विधेयकलगायत समसामयिक विषयमा दलका नेताहरूसँग कुराकानी गर्न लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।...
आज सुनको भाउ बढ्यो

आज सुनको भाउ बढ्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार १० आज सुनको भाउ बढेको छ । सुनको तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो । हिजो सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालमा सिल

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालमा सिल

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ । फरक–फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले अस्पताल सिल गरिएको कर्णाली प्रतिष्ठानका अस्पतालले जनाएको छ । हिजो राति आएको नतिजा उक्त स्वास्थ्यकर्मी र कर्मचारीमा पोजेटिभ देखिएपछि पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावल सहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो । ती कर्मचारीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । यस्तै एकजना बुटवल...
मलेसियाबाट ७ हजार ३ सय १४ जना फर्कने

मलेसियाबाट ७ हजार ३ सय १४ जना फर्कने

समाचार
पूर्णपुष्टि, असार १० मलेसियाबाट ७ हजार ३ सय ४१ जनाले घर फर्कन आफ्नो विवरण टिपाएको त्यहा रहेको नेपाली दुताबासले जनाएको छ । भिसाको अवधि सकिएका, कामबिहीन भएका, कोरोनाबाट प्रभावित, गर्भवती, बिरामी लगायत सरकारले तोकेको प्राथमिकतामा पर्ने ७ हजार ३४१ जनाको सूची दूतावासले सार्वजनिक गरेको हो । मलेसियाबाट २ उडानमार्फत त्यहाँ समस्यामा परेका केही नेपाली फर्किएका छन् । मलेसियामा पहिले दूतावासमा आफ्नो विवरण टिपाउनेलाई पनि दूतावासले फेरि विवरण भर्न लगाएको थियो । दूतावासले सार्वजनिक गरेको तथ्याँक अनुसार अधिकांश श्रम र भिसा सकिएर स्वदेश फर्कन खोज्नेहरु रहेका छन् । मलेसियाबाट फर्कनेलाई मलेसियाको अध्यागमन कार्यालयले चेकआउट मेमो वा बिदाको पत्र मध्ये एक खोज्ने गरेको दूतावासले जनाएको छ । रोजगारी भिसामा मलेसिया गएका तथा भिसाको अवधि सकिएकाहरुलाई स्वदेश फर्किन चेक आउट मेमो आवश्यक पर्दछ । चेक आउट ...
नयाँ एसपी दाहालको उद्घोष : अप*राधमा ‘सुन्य सहनशिलता’

नयाँ एसपी दाहालको उद्घोष : अप*राधमा ‘सुन्य सहनशिलता’

समाचार
पूर्णपुष्टि, असार १० । उदयपुरमा प्रहरीको नेतृत्व सम्हाल्न आउनुभएका एसपी भिमबहादुर दाहालले अप*राध, काला*बजारी, लागू*औषध, चोरी*निकासी, हिं*सा जस्ता कुरामा सुन्य सहनसिलता अपनाउने उद्घोष गर्नुभएको छ । लागू औषध जिल्लाको प्रमुख समस्याको रुपमा देखिएकाले नियन्त्रणमा विशेष पहल गर्ने पनि बताउनुभएको छ । को*रोनाको उच्च जोखिमलाई मध्येनजर गर्दै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्ने बताउनुभएको छ । एसपीकाे उद्घाेष (भिडियाेका लागि यहाँ क्लिक गर्नुहाेस् ) जिल्लाको नयाँ एसपी दाहालले आज पत्रकारहरुसंगको भेटघाटमा प्रहरीलाई आर्थिक प्रलोभनमा पर्न र कसैलाई पार्नसम्म नदिने बचन पनि दिनुभयो । विगतको दुई कार्यकालका उदयपुर प्रहरी नेतृत्व आर्थिक प्रलोभन आरोपमुक्त रहेको प्रशंगमा उहाँले त्यसलाई निरन्तरता दिने बचन दिनुभएको थियो । पछिल्लो दुई प्रहरी नेतृत्वहरुमा एपपी चन्द्रदेव राई र त्यसपछि बिरबहादुर बुढामगर हुन् ...
गाईघाट बजारमा आँपको सस्तो बजार, आँपले बजार नपाएपछि सस्तोमा बिक्रि गर्दै  (फाेटाेफिचर)

गाईघाट बजारमा आँपको सस्तो बजार, आँपले बजार नपाएपछि सस्तोमा बिक्रि गर्दै (फाेटाेफिचर)

मनोरञ्जन
पूणर्पुष्टि, असार १०, यो बर्ष आँप धेरै फलेपछि बजार भाउ सस्तो भएको छ । आँपले बजार नपाउँदा बजारमा आँप सस्तोमा बिक्रि गर्नु परेको व्यापारीहरु बताउँछन् । प्रतिकेजी ४०/५० रूपैयामा विक्री छ । विक्री नहुदा अझ सस्ताे हुने अवस्था पनि छ ।    
विश्वमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

विश्वमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० विश्वमा कोरोना संक्रमित मध्ये ५० लाखभन्दा बढी उपचारपछि निको भएका छन् । ५० लाख ४१ हजार ७ सय भन्दा बढी उपचारपछि निको भएको वर्लडओमिटरले जनाएको छ । अहिले विश्वमा कोरोना संक्रमितको संख्या ९३ लाख ५० हजार ७ सयमा सङ्क्रमण पुष्टि भएको हो । उक्र संक्रमित मध्ये ४ लाख ७९ हजारको मृत्यु भएको छ । कोरोनाबाट अमेरिकामा २४ लाख २४ हजार संक्रमित भएका छन् भने १० लाख २० हजार उपचारपछि निको भएका छन् । उक्त संक्रमित मध्ये १ लाख २३ हजार भन्दा बढी मृत्यु भएको छ । भारतमा कोरोनाबाट ४ लाख ५६ हजार सङ्क्रमित भैसकेका छन् । त्यहाँ २ लाख ५८ हजार बढी निको भएका छन् । १४ हजार ४ सय ८३ जनाको मृत्यु भएकोे छ ।...
लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ

लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ

समाचार
पूर्णपुष्टि, असार १०  सर्लाहीको एक नगरपालिकाका लेखा अधिकृत र लेखापाल घुससहित पक्राउ परेका छन् । हरिपुर नगर कार्यपालिकाको कार्यालयका लेखा अधिकृत भुपेन्द्र कुमार सिंह र लेखापाल रन्जित कुमार राय यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चार हजार रुपैयाँसहित पक्राउ गरेको हो । विज्ञान प्रकाशन बापतको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवम् उजुरीका आधारमा बर्दिवासबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । घुस लिइसकेको अवस्थामा उनीहरुलाई कार्यालय भवन भित्रैबाट पक्राउ गरिएको र थप अनुसन्धान भईरहेकोे जनाईएको छ ।...