Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० गुल्मीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको मदाने गाउँपालिका र गुल्मीदरवार गाउँपालिकामा गरि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मदाने गाउँपालिकामा २२, २२, २६, र २६ वर्षका पुरुष रहेका छन् । त्यस्तै गुल्मीदरवार गाउँपालिकामा २३ वर्षका पुरुष रहेको जनाएको छ । योसँगै जिल्लामा संंक्रमित संख्या  २ सय ४५ जना पुगेको छ । उनीहरु सवै भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरु रहेको जनाएको छ । उक्त संक्रमितमध्ये २० जना उपचारपछि निको भए डिस्चार्ज भएको छ  भने ३ जनाको मृत्यु भईसकेको छ ।...
पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

समाचार
पूर्णपुष्टि, असार १० वर्षासँगै पहिरो खसेपछि कर्णाली राजमार्ग गतरातिदेखि अवरुद्ध भएको छ । कालिकोटको शुभकालिका गगनेखोलामा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । यो राजमार्ग हुँदै सुर्खेत र नेपालगञ्जबाट मुगु, जुम्ला, कालिकोट, बाजुरामा गाडी ओहोरदोहोर गर्छन् । सडक अवरुद्ध भएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न बोकेर गुडेका गाडी बीचमै रोकिएका छन् । पहिरो खुलाउने प्रयास भैरहेको कालिकोट प्रहरीले जनाएको छ ।  ...
घर भाडामा बस्नेसँग कोरोना प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही

घर भाडामा बस्नेसँग कोरोना प्रमाणपत्र माग्ने घरधनीलाई कारबाही

समाचार
पूर्णपुष्टि, असार १० काठमाण्डौ उपत्यकामा गाउँबाट भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ । घर भाडामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । घरबेटीले डेरा भित्रै छिर्न नदिने गुनासोपछि गृह मन्त्रालयले त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कारबाही गर्ने तयारी गरेको छ । डेरावालासँग कोरोनाको प्रमाणपत्र नमागी क्वरेण्टीनमा बस्नेगरी घरबेटीले कोठा उपलब्ध गराइदिनुपर्ने गृह मन्त्रालयले जनाएको छ । कोठा उपलब्ध नगराउने घरबेटीलाई कारबाही गर्ने गरी गृह मन्त्रालयले काठमाण्डौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा निर्देशन पठाइसकेको जनाईसकेको छ । बाहिरबाट काठमाण्डौ उपत्यका फर्कनेहरुले कुनै लक्षण नभई पीसीआर परीक्षण गराउन नपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयक...
आज नेकपा स्थायी कमिटी बैठक

आज नेकपा स्थायी कमिटी बैठक

समाचार
पूर्णपुष्टि,  असार १० आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ । बैठकमा पार्टीको काम, सरकारको समीक्षा र एमसीसी लगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ । तर अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा दुई अध्यक्षबीच मत नमिलेपछि राजनीतिक प्रतिवेदन नै तयार हुन सकेको छैन । बैठकमा छलफलको लागि राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा भए पनि दुई अध्यक्षबीच एमसीसी सम्झौताबारे फरकफरक मत भएपछि प्रतिवेदन तयार हुन नसकेको हो । एमसीसीको विषयमा पार्टीभित्र विवाद छ । एमसीसीलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठकको मिति तोकिएपछि अध्यक्षद्वय ओली र दाहालबीच लगायतर छलफल भए पनि सहमति भएको छैन । एमसीसीको विवाद सुल्झाउन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा स्थायी कमिटी सदस्य भीम रावल र परराष्टमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन ...
गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार १० गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा  सङ्क्रमितको संख्या ७ सय २९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी सुस्तापूर्वमा ३ जना, लमजुङका ५ जना, पर्वका १ जना, कास्कीका ५ जना, बाग्लुङका १ जना र तनहुँका १ जना थपिएका निर्देशनालयले जनाएको छ । उक्त संक्रमित मध्ये ७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
आज पालिकाहरुले नीति, कार्यक्रम र बजेट ल्याउँदै

आज पालिकाहरुले नीति, कार्यक्रम र बजेट ल्याउँदै

समाचार
पूर्णपुष्टि, असार १० आज स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट आ–आफ्ना गाउँ र नगर सभामा पेस गर्दैछन् । संघ र प्रदेश सरकारले जस्तै पालिकाले पनि असार १० भित्र आ–आफ्ना सभामा नीति, कार्यक्रम तथा बजेट पेस गर्नुपर्ने व्यवस्था छ । केही पालिकाले नीति, कार्यक्रम तथा बजेट सभामा प्रस्तुत समेत गरिसकेका छन् भने धेरैले आज बजेट पेस गर्ने तयारी गरेका छन् । आउँदो वर्ष खर्च गर्न सक्ने मात्र बजेट ल्याउने पालिकाको तयारी छ । पालिकाले आगामी आर्थिक वर्षको बजेटमा कोरोना संक्रमण जोखिमपछिको अवस्था, स्वास्थ्य, कृषि र रोजगारीलाई जोड दिएका छन् । संघ सरकारले बजेट सार्वजनिक गरेको २७ दिन र प्रदेश सरकारले बजेट ल्याएको १० दिनपछि पालिकाले बजेट प्रस्तुत गर्न लागेका हुन् । पालिकाले पेस गरेको बजेट सभाबाट स्वीकृत भएपछि मात्रै खर्च गर्न सक्छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघि...
आज विदेशबाट नेपाली ल्याउन ११ चार्टर्ड

आज विदेशबाट नेपाली ल्याउन ११ चार्टर्ड

समाचार
पूर्णपुष्टि, असार १० विदेशमा समस्यामा परेका नेपाली स्वदेश ल्याउन आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । विभिन्न ५ ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज काठमाण्डौ आउने छ भने ५ ठाउँमा नेपालीलाई लिन जहाज जाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । साउदीको दमामबाट १ सय ५४ जना यात्रु लिएर नेपाल एअरलाइन्सको चार्टर्ड जहाज आउँदैछ । हिमालय एअरलाइन्सले यूएईमा समस्यामा परेका १ सय ५४ जना लिएर आउने तालिका रहेको विमानस्थलले जनाएको छ । आजै नेपाल एअरलाइन्सले साउदीकै जेद्दाबाट पनि त्यहाँ समस्यामा रहेका नेपाली लिएर आउँदैछ । विमानस्थलले फर्कनेको तथ्याँक भने खुलाएको छैन । आज कुवेतबाट पनि झण्डै १६० जना फर्कन सक्ने जनाइएको छ । कुवेतले जजिरा एअरको चार्टर्ड जहाजमार्फत आफ्नै खर्चमा त्यहाँ समस्यामा परेका नेपाली काठमाण्डौसम्म ल्याइदिइरहेको छ । यस्तै इस्तानबुलबाट आज टर्किस् एअरलाइन्सक...
एसईई परिक्षाको नतिजा प्रकाशन कार्यविधि जारी

एसईई परिक्षाको नतिजा प्रकाशन कार्यविधि जारी

शिक्षा, समाचार
पूर्णपुष्टि, असार १० राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण लकडाउन भएपछि स्थगित गत वर्षको  परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो । विद्यार्थीको अन्तिम मूल्याङ्कनका लागि सम्बन्धित प्रधानाध्यापकको संयोजकत्वमा समिति गठन गर्ने र परीक्षाफल प्रकाशन नगरेसम्म गोप्य राख्नुपर्ने कार्यविधिमा उल्लेख छ । यसरी मूल्याङ्कन गर्दा २०७६ को कूल पूर्णाङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय ग...
इंग्लिस प्रिमियर लिगमा टोटनहमको जित

इंग्लिस प्रिमियर लिगमा टोटनहमको जित

खेलकुद, समाचार
पूर्णपुष्टि, असार १०  इंग्लिस प्रिमियर लिगमा टोटनहमले वेष्ट ह्यामलाई २–०  गोलले पछि पार्दै जित हात पारेको छ । खेलको ६४ औं मिनेटमा वेष्ट ह्यामका सेल्सोले प्रहार गरेको कर्नर बल गोल भएपछि घरेलु टिम टोटनहमले अग्रता बनाएको थियो । त्यसपछि ८२ औं मिनेटमा टोटनहमका ह्यारी केनले दोस्रो गोल गर्दै टिमलाई जित दिलाएको थिाये । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । यो जितपछि टोटनहमको ३१ खेलमा ४५ अंक छ । वेष्टह्यामको २७ अंक रहेको छ । त्यस्तै गएराति भएको खेलमा लेष्टर सिटी र ब्राइटन बराबरी खेलेका छन् । बराबरीसँगै तेस्रो स्थानको लेष्टरले ३१ खेलमा ५५ अंक जोडेको छ । ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।...
गाईघाट बजार भित्र एक जना महिलामा कोरोना देखिएपछि त्रास बढ्यो, संक्रमण फैलिएको आसपासमा सिल्ड गरिएको तस्विरहरु

गाईघाट बजार भित्र एक जना महिलामा कोरोना देखिएपछि त्रास बढ्यो, संक्रमण फैलिएको आसपासमा सिल्ड गरिएको तस्विरहरु

बिचार
गाईघाटमा आज थप एक जनामा कोरोना संक्रमण फैलिएको छ । पुरानो पेट्रोल पम्प आसपास रहेको एक महिलामा कोरोना संक्रमण फैलिएपछि त्यस आसपासमा पु सिल्ड गरिएको छ ।