पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-09
डोटी जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकाको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर । उनीहरुबाट ६१ हजार २० रुपैँया बिगो दावी माग गर्दै मुद्दा दायर गरिएको हो ।
-*-
डोटीको एक गाउँपालिकाले कोरोना संक्रमितलाई आर्थीक सहयोग गर्ने । बडीकेदार गाउँपालिकाले आफ्नो पालिकाका नागरिक कोरोना संमित भए जनही १ हजार ५ सय र कोरोनाकै कारण मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेका हो ।
-*-
उदयपुरको गाईघाटकी एक महिलामा आज कोरोना संक्रमण देखिएपछि घर आसपासमा सिल । उपचारको लागि काठमाडौं पुगेकी ५४ वर्षिया महिलामा पिसिआर चेक गर्दा पोजेटिभ देखिए पछि गाइघाट स्थित घर र आसपासको क्षेत्रमा सिल गरिएको हो ।
-*-
सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि । धनगढी प्रयोगशाला...







