Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

वास्तविक मधेशी जनताको लागी हो नागरिकता विधेयक : बिडारी

वास्तविक मधेशी जनताको लागी हो नागरिकता विधेयक : बिडारी

समाचार
पूर्णपुष्टि, असार ९ धेरै सरिताहरुलाई तत्काल अङ्गीकृत नागरिकता दिएर मन्त्री बनाउने मेलोमा सरकार नभएको राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले बताउनुभएको छ । नेपाली नागरिकसँग विवाह गर्न कुनै रोकतोक नभए पनि धेरै सरिताहरुलाई तत्काल अङ्गीकृत नागरिकता दिएर मन्त्री र सांसद बनाउने मेलोमा सरकार नभएको राष्ट्रिय सभाको विशेष समयमा बोल्दै बिडारीले यस्तो बताउनुभयो । विदेशीसँग विवाह गर्न पाइन्छ । केको भारतसँग मात्रै क्यानडा गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अमेरिका गएर गर्नु त्यो पनि नेपालले दिन्छ । अब हामी धेरै सरिताहरु चाँडै अङ्गीकृत बनाएर देशमा मन्त्री बनाउने सांसद बनाउने मेलोमा छैनौँ । यति कुरा ढुक्कसँग जान्नु है, कांग्रेस सांसद जितेन्द्रनारायण देवलाई सङ्केत गर्दै उहाँले भन्नुभयो, ‘दक्षिण एसियामा कुनै पनि देश छैन निःशर्त ड्याम्म ब्या ग¥यो, ठ्याप्प नागरिक भयो, ठयाक्क सांसद भयो, ट्याक्क मन्त्र...
नेपाल सधैँ भारतको चङ्गुलमा बस्नुपर्छ भन्न खोजिएको हो ? कांग्रेसलाई सांसद भुसालको जवाफ

नेपाल सधैँ भारतको चङ्गुलमा बस्नुपर्छ भन्न खोजिएको हो ? कांग्रेसलाई सांसद भुसालको जवाफ

समाचार
पूर्णपुष्टि, असार ९  स्वतन्त्र भएर नेपालले कानुन बनाउँदा मुठभेड गर्नुपर्ने कारण के छ भन्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वेदुराम भुसालले प्रश्न गर्नुभएको छ । राष्ट्रिय सभाको विशेष समयमा बोल्दै भुसालले नेपाल आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुठभेड गर्ने कारण के छ भन्दै कांग्रेसलाई प्रश्न गर्नुभयो । सोमबारको बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले दिएको अभिव्यक्तिको खण्डन गर्दै उहाँले भन्नुभयो, ‘राजनीतिक दुर्घटना निम्त्याउने भनिएको छ, के का लागि दुर्घटना निम्त्याउने ? के भारतसँग जोडिएन नेपाल भनेर ? के भारतको छोटे भाइ भएन नेपाल भनेर ? हामीले हाम्रो आफ्नो स्वतन्त्र कानुन बनाउँदा मुठभेड गर्ने कारण के छ ? नेपालले आफ्नो खुट्टामा आफै उभिनुपर्छ भन्दा मुठभेड गर्ने ?’ राज्य व्यवस्था तथा सुशासन समितिले सात वर्षपछि मात्रै अङ्गीकृत नागरिकता दिने प्रावधान राखेपछि ...
कुवेतबाट १६० जना नेपाली आईपुग्यो

कुवेतबाट १६० जना नेपाली आईपुग्यो

समाचार
पूर्णपुष्टि, असार ९ कुवेतबाट १ सय ६० जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो । आममाफीमा सहभागी भएका करिब ३ हजार जनालाई कुवेत सरकारले दिनहुँ १ उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ । आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ ।  ...
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ९ कोरोना भाईरसबाट भारतमा मृत्यु हुनेको संख्या १४ हजार नाघेको छ । अहिलेसम्म भारतमा ४ लाख ४० हजार भन्दा बढीमा कोरोना संक्रमित भईसकेका छन् भने १४ हजार १५ जनाको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख ९२ हजार नाघेको छ । अहिलेसम्म कोरोनाबाट ४ लाख ७४ हजार भन्दा बढीको मृत्यु भएईसकेको जनाईएको छ । सबैभन्दा धेरै प्रभावित अमेरिकामा २३ लाख ८८ हजार भन्दा धेरै सङ्क्रमित छन् भने १ लाख २२ हजारभन्दा धेरैको मृत्यु भईसकेको छ । ब्राजिलमा ११ लाख ११ हजारभन्दा धेरै सङ्क्रमितमध्ये ५१ हजार ४ सयको मृत्यु भएको छ ।...
आज सुनको भाउ घट्यो

आज सुनको भाउ घट्यो

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ९ आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ । हिजो अहिलेसम्मै महंगो भएको सुनको भाउ मंगलबार घटेको हो । सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुनको भाउ तोलामा ९१ हजार रुपैयाँ पुगेको थियो । आज चाँदी तोलाको १० रुपैयाँ घटेर ९ सय ४० रुपैयाँ कायम भएको छ । चाँदी हिजो तोलाको ९ सय ५० रुपयाँ थियो ।...
कतारबाट १४५ नेपाली नेपाल आईपुग्यो

कतारबाट १४५ नेपाली नेपाल आईपुग्यो

समाचार
पूर्णपुष्टि, असार ९ आज कतारको दोहाबाट १ सय ४५ जना नेपालीहरु काठमाण्डौँ आईपुगेका छन् । कतारमा कोरोना र विभिन्न समस्यामा परेका मध्ये दूतावासले प्राथमिकताको आधारमा १ सय ४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।...
पहिरोले सडक अवरुद्ध हुदा, तातोपानीबाट आउने मालवाहक गाडी अलपत्र

पहिरोले सडक अवरुद्ध हुदा, तातोपानीबाट आउने मालवाहक गाडी अलपत्र

समाचार
पूर्णपुष्टि, असार ९ वर्षासँगै पहिरो खसेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेको छ । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक गाडी बीच बाटैमा अलपत्र परेको हो । तातोपानीको लिपीङ् बजारदेखि करिब २ सय मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएको प्रहरीले जनाएको छ । चीनबाट फर्किएका कन्टेनरहरुमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि त्यही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । भोटेकोशी आयोजना र मध्यभोटेकोशी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोशी गाउँपालिकाले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेदेखि बन्द भएको तातोपानी नाका गत चैत २६ गते...
सुदूरपश्चिम प्रदेशमा ४० हजार हेक्टरमा रोपाइँ

सुदूरपश्चिम प्रदेशमा ४० हजार हेक्टरमा रोपाइँ

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ९ सुदूरपश्चिम प्रदेशको ४० हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा धान रोपाइँ भईसकेको छ । समयमै मनसुन भित्रिएकाले असारको पहिलो हप्तासम्म ४० हजार २ सय ४४ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको हो । सुदूरपश्चिमको ९ जिल्लामा १ लाख ८१ हजार ६ सय चार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । उक्त क्षेत्रफलको ४० हजार २ सय ४४ हेक्टर अर्थात २२ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको कृषि निर्देशनालय दिपायलले जनाएको छ । गत वर्ष असार १५ गतेसम्म २२ प्रतिशत मात्रै रोपाइँ भएको थियो । यसपाली समयमै पानी परेकाले कृषकहरुलाई राहत हिलेको छ । आकासे पानीको भरमा रोपाई हुने ठाउँहरुमा पनि रोपाइँ भएको जनाईएको छ । यस वर्ष चाँडो पानी परेकाले रोपाइँ सुरु गर्न सहज भएको छ । सिँचाई सुविधा पनि विस्तार भएकोले किसानलाई आकाशे पानीको भर पर्नु पर्ने खेत पनि कम हुँदै गएको जनाईएको छ ।...
बडीकेदार गाउँपालिकाले कोरोना सङक्रमितलाई राहत दिने

बडीकेदार गाउँपालिकाले कोरोना सङक्रमितलाई राहत दिने

समाचार
पूर्णपुष्टि, असार ९ डोटीको एक गाउँपालिकाले कोरोना संक्रमितलाई आर्थीक सहयोग गर्ने भएको छ । बडीकेदार गाउँपालिकाले आफ्नो पालिकाका नागरिक कोरोना संमित भए जनही १ हजार ५ सय र कोरोनाकै कारण मृत्यु भएमा मृतकका परिवारलाई  ५० हजार रुपैयाँ दिने निर्णय गरेका हो । भारतबाट रोजगारी गुमाएर घर फर्किएका नागरिकमा कोरोना संक्रमण भए समस्या हुने देखिएकाले जिल्लामै पहिलो पटक राहत स्वरुप रकम दिने निर्णय गरेको पालिकाले जनाएको छ । जसले गर्दा संक्रमितलाई केही सहयोग पुग्ने विश्वास लिएको छ । अहिलेसम्म बडीकेदार गाउँपालिकामा ७ सय ६१ जना भारत लगायतका विदेशबाट रोजगारी गरी घर आएका छन् । जसमध्ये अहिलेसम्म ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।...
नदीले बगाएर ३ जना बेपत्ता

नदीले बगाएर ३ जना बेपत्ता

समाचार
बिराटनगर, असार ९ तमोर नदिले बगाउँदा दुई जिल्लाका तीन जना बेपत्ता भएका छन् । सोमवार दिउँसो २ बजेको समयमा घरबाट टिपटाला तर्फ जाँदै गरेका ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–६ का ५७ बर्षीय कालुमान तक्मादेन लिम्बुलाई स्थानीय सिजनेमा खोलाले बगाएर  नजिकै रहेको तमोर नदीमा पु¥याई बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका लिम्बुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । त्यस्तै सोमवार दिउँसो ३ बजे साथीहरुसंगै तमोर नदीमा पौडी खेल्न गएका तेह्रथुम आठराई गाउँपालिका–५ होडाका १५ बर्षीय सन्तोष तामाङ र १८ बर्षीय रन्जित शेर्पालाई तमोर नदिले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ । पौडी खेल्न गएका उनीहरुलाई अचानक नदीले बगाएको भनी अन्य साथीहरुले हल्ला गरेपछि स्थानीयवासीहरुले खोजतलास गर्दा फेला नपरेको भनी ईलाका प्रहरी आठराईमा जानकारी गराएसगै प्रहरी टोली समेत खटि गई खोजतलास भ...