Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

ईन्स्पेक्टर र वन अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

ईन्स्पेक्टर र वन अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

समाचार
पूर्णपुष्टि, असार ९ डोटी जिल्लामा कार्यरत प्रहरी निरीक्षक नृपबहादुर बोहरा र बडिकेदार गाउँपालिकाको केदार सामुदायिक वनका अध्यक्ष चक्रबहादुर साउद विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुबाट ६१ हजार २० रुपैँया बिगो दावी माग गर्दै मुद्दा दायर गरिएको हो । गत वर्ष पहिले इलाका प्रहरी कार्यालय बिपीनगरमा कार्यरत रहेको बेलामा प्रहरी निरीक्षक बोहरा र सामुदायिक वनका अध्यक्ष साउदले अवैध काठ तस्करी गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो । अबैध काठ सहित भ्रष्टाचार गरेको दावी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम कार्यालयले दुबैजना विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको हो । अध्यक्ष साउद र प्रहरी निरीक्षक बोहरालाई भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गर्न माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्ध...
पहिरोले हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध

पहिरोले हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध

समाचार
पूर्णपुष्टि, असार ९ अविरल वर्षासँगै पहिरो आएपछि हेटौँडा–काठमाण्डौँ सडक अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका देउरालीमा पहिरो खसेपछि हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध भएको हो । हिजो पहिरो हटाउने प्रयास भए पनि ठूलो पानी परेकाले पहिरो हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीकोे जित

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीकोे जित

खेलकुद, समाचार
पूर्णपुष्टि, असार ९ इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई हराउदै जित हात पारेको छ । बिहान सकिएको खेलमा म्यानचेस्टर सिटीले ब्रुन्लीलाई ५–० गोलले पछि पार्दै जित हात पारेको हो । सिटीको मैदानमा भएको खेलमा पहिलो हाफमा सिटीले ३ र दोस्रो हाफमा २ गोल ग¥यो । सिटीको जितमा डिएगो फोडिन र रियाद महरेजले दुई–दुई गोल गरे । डेभिड सिल्भाले एक गोल गरे । जितसँगै सिटीको ६३ अंक र ब्रुन्लीको ३९ अंक छ । सिटी तालिकाको दोस्रो स्थानमा छ । शिर्ष स्थानको लिभरपुलको भने ८३ अंक छ ।...
१३ नं वडाका महिलाहरुकाे गरियाे क्षमता अभिबृद्धि

१३ नं वडाका महिलाहरुकाे गरियाे क्षमता अभिबृद्धि

समाचार
पूर्णपुष्टि, असार ८  ।  त्रियुगा नगरपालिका वडा नं १३ का महिलाहरुलाइ २ दिने महिला क्षमता बिद्धि तालिम सोमबार देखि सुरु गरिएको छ । वडाले बिषेश गरी महिलाहरुलाई सक्षम बनाउने उदेश्यले वडा भित्रका लिडरसिप महिलाहरुलई क्षमता बिद्धि तालिम गराइएको १३ नं वडाकी अध्यक्ष पशुपति चौधरीले बताउनुभयो । वडाले महिला क्षमता बिद्धि वडाको कार्यक्रम अन्तर्गत महिलाहरुलाई तालिम गराइएको अध्यक्ष चौधरीले बताउनुभयो । वडाले बिगतका दिनहरु देखिनै महिलाहरु सम्बन्धि थुप्र्रै कार्यक्रमहरु गर्दै आएको चौधरीले बताउनुभयो । महिला तथा बालबालिका बिषेश कार्यक्रमहरुलाई पहिले देखिनै महत्वका दिदै मध्यनजरका साथ कार्यक्रमहरु गर्दै आएका छन् । कोरोना भाइरसको महामारीमा पनि महिला क्षमता बृद्धि अन्तर्गतका बजेटलाई भने सुरक्षित गरी तालिमलाई प्राथामिकता दिइएको चौधरीले बताउनुभयो । वडाले कोरोना भाइरसको आपतकालिन माहामारीमा पनि अन्य खर्चहरु ...
पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-08

पूर्णपुष्टि / हेडलाईन्स् | 2077-03-08

समाचार
ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि । लिखु गाउँपपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । -*- गण्डकी प्रदेशमा  थप २० जनामा कोरोना संक्रमण पुष्टि ।  यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४० पुगेको हो । -*- आज सप्तरीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै संक्रमितको संख्या १ सय ७३ पुगेको हो । -*- कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ८२ पुगेको हो । -*- दाङको घोराहीमा एक जना वडाध्यक्षसहित १३ जनामा कोरोना संक्रमण पुष्टि । घोराही उपमहानगरपालिकाको एक वडाको वडाध्यक्षमा सोमबार संक्रमण पुष्टि भएको हो । -*- नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि । यो सँगै नेपालमा  संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेको हो। -*- अर्घाखाँचीका थप ३० जना उपचारपछि निको भएर डिस्चार्...
बेलकामा सिभिल इन्जिनियरिङ् पढाई हुने

बेलकामा सिभिल इन्जिनियरिङ् पढाई हुने

शिक्षा, समाचार
पूर्णपुष्टि, असार ८ जयराम पुर्वछाने मगर बेलका नगरपालिका–४स्थित जनता माबि गुरुडचौरीमा यसै शैक्षिक शत्र २०७७/७८ बाट प्राबिधिक शिक्षा सिभिल ईन्जिनियरिडको पठनपाठन सुरु हुने भएको छ. । आज एक कार्यक्रम विच बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्ती)ले बिद्यार्थीको भित्री क्षमता बाहिर उतार्ने कला नै असल शिक्षकको पहिचान भएको बताउनुभयो । नगरले खाजाको व्यवस्था गरेको, जेहेन्दार, विपन्नलाई छात्रवृति तथा  शैक्षिक स्तर सुधारकै लागि आमा समुहहरु गठन गरेको मेयर थापाले बताउनुभयो । अङ्ग्रेजी भाषा माध्यम सामुदायिक विद्यालयमै उपलब्ध गराउने नेकपाका जिल्ला कमिटी सदस्य रमण भट्टराईले बताउनुभयो ।  विश्वको ईतिहास हेर्ने हो भने दक्ष युवा शक्ति सामुदायिक विद्यालयबाट नै उत्पादन भएको छ । शिक्षा अध्यारोमा प्रकाशको रुप भएकाले शिक्षक आफै अपडेट हुनु पर्ने, यसै शैक्षिक सत्रबाट गुरुङ्खचौरीले अङ्ग्रेजी भाषा माध्...
मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

मोटरसाईकलको ठक्करबाट १ जनाको मृत्यु

समाचार
मोरङ, असार ०८ गते । मोरङमा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे–१० बस्ने ६० बर्षीय चक्रबहादुर खड्काको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो । पथरी शनिश्चरे स्थित भित्री सडक खण्डमा बा ६९ प ७४५ नम्बरको मोटरसाईकलले आज बिहान साढे ९ बजे साईकलयात्री खड्कालाई ठक्कर दिदा उनि गम्भिर घाईते भएको थियो । टाउकोमा समेत चोट लागेको र गम्भिर घाईते भएका खड्काको नोवेल अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोटरसाईकल चालक पथरी शनिश्चरेकै हेमचन्द्र बास्तोलालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।...
अकामा नबनाएका वा नवीकरण नगरेका नेपालीलाई सम्पर्क गर्न आग्रह

अकामा नबनाएका वा नवीकरण नगरेका नेपालीलाई सम्पर्क गर्न आग्रह

समाचार
पूर्णपुष्टि, असार ८ साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नवीकरण नगरेका नेपालीहरुलाई सम्पर्क गर्न साउदी अरबमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । अकामा नबनाएको वा नवीकरण नगरेको कारण स्वदेश फर्कन चाहने नेपाली श्रमिकलाई स्वदेश फर्काउने तयारी भएकाले यस्तो समस्या भएकाहरुलाई सम्पर्कमा आउन दूतावासले आग्रह गरेको हो । दूतावासका अनुसार स्वदेश फर्काउन आवश्यक एक्जिट भिसा सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई अनुरोध गरेकोमा साउदी सरकारले यस्तो भिसा प्रदान गर्ने प्रक्रियाको थालनी गरेको छ । भिसाका लागि दूतावासले विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर कोरोना सङ्क्रमणका कारण केही महिना अवरूद्ध यो पक्रिया अहिले पुनः सुरु भएको दूतावासले जनाएको छ । साउदी सरकारले ७४ जना नेपालीहरुलाई एक्जिट भिसा...
एक फगत जिन्दगी

एक फगत जिन्दगी

साहित्य
उदयपुरे ब्रो सुमन उकाली ओराली आरोह अवरोह कहिले रोदन कहिले अनगिन्ती खुसिहरु यो तेरो यो मेरो लोभ लालच तँछाडमछाड यो सब आखिर बाँचुन्जेली तक्दिरमा जो लेखिएको छ बस्नु पर्छ झेली तिमी आफ्नो भन्दै घमण्ड गर्छौ नि ? तिमी आफैमा छ समयको पाउबन्दी के नै छ र मरेपछि बस एक फगत जिन्दगी म धनी तं गरिब तँ सानो जात म ठूलो जात सन्सार छोड्दा तिम्रो अनि सबैको एउटै जात हुन्छ लास हो यहि जातले पुकारिने छौ तिमी दुनियाँ चलाउने अर्कै छ यहाँ जहाँ हामी छौ बन्दकी के नै घमन्ड गर्छौ र खै बस एक फगत जिन्दगी आएका हौ खाली हात जाने पनि खाली नै हो यस्तो भन्दै मा संघर्ष गर्न पनि छोड्नु पनि भन्दिन म आकाश छुन खोज्ने तिम्रो मस्तिष्कले धरातल बिर्सनु भएन कोही आफू भन्दा अघि बढे उस्लाइ जित्ने प्रयत्न गर्नै पर्छ ...
वडाध्यक्षसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

वडाध्यक्षसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ दाङको घोराहीमा एक जना वडाध्यक्षसहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिकाको एक वडाको वडाध्यक्षमा सोमबार संक्रमण पुष्टि भएको हो । गत जेठ २४ गते स्वाब सङ्कलन गरिएको र १६ दिनपछि रिपोर्ट आउँदा अध्यक्षमा पनि संक्रमण देखिएको जनाएको छ । यसैगरी २ न. वडाको २ जना, ३ न. वडाका २ जना, ५ न. वडाका १ जना र ६ न.वडाका ७ जनामा पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ । संक्रमितमध्ये ४४ जना उपचारपछि निको भएर डिस्चार्ज भईसकेको जनाएको छ ।...