Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णालीमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ८२ पुगेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । सुर्खेत, दैलेख, सल्यान र हुम्लाका २६ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १८, सल्यानका ४, दैलेखका ३ र हुम्लाका १ जनामा संक्रमण देखिएको जनाइएको छ । त्यस्तै, आज उपचारपछि निको भएर २० जना डिस्चार्ज भएका छन् । चौरजहारी अस्पताल रुकमपश्चिममा उपचार गराइरहेका ९ जना, सालकोट आइसोलेसन सेन्टर सुर्खेतबाट ६ जना, मेहेलकुना अस्पताल सुर्खेतबाट ५ जनालाई डिस्चार्ज गरिएको महाशाखाले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या...
अर्घाखाँचीमा थप ३० जना कोरोना मुक्त

अर्घाखाँचीमा थप ३० जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ अर्घाखाँचीका थप ३० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । सन्धिखर्क नगरपालिका–१ हटारिनेटाको आइसोलेशनमा रहेका ३० जना कोरोना मुक्त भएका हुन् । सन्धिखर्क नगरपालिका–६ नरपानीका १३, ७ न. वडा खाँचीकोटका १५, पाणिनि गाउँपालिका–७ का  १ जना र शीतगङ्गा नगरपालिका–१० का १ जना गरी ३० जना उपचारपछि निको भएको अर्घाखाँची अस्पतालले जनाएको छ । उनीहरुमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेशनमा राखिएको थियो । अहिले निको भएपछि उनीहरुलाई सेल्फ क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको हो । २ जना महिला र २८ जना पुरुष डिस्चार्ज भएको जनाईएको छ । उनीहरु सबै भारतबाट फर्किएर पालिकाले बनाएका क्वरेण्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।...
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८  नेपालमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा  संक्रमित संख्या ९ हजार ५ सय ६१ पुगेको छ । उक्त संक्रमित मध्ये थप ३ सय ७० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या २ हजार १ सय ४२ पुगेको छ भने २३ जनाको मृत्यु भईसकेको छ ।
घरमा कुकुर पाल्न अनुमति लिनु पर्ने

घरमा कुकुर पाल्न अनुमति लिनु पर्ने

समाचार
पूर्णपुष्टि, असार ८ काठमाण्डाँैमा कुकुर पाल्न अनुमति लिनु पर्ने भएको छ । काठमाडौँ महनगरपालिकाले अब कुकुर पाल्ने सम्बन्धमा नयाँ नियम लगाउन आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रममा नयाँ व्यवस्था गरेको हो । घरधनीले मनपरी कुकुर पाल्ने तर बूढो या कुकुर रोगी भएपछि सडकमा छोडि दिने प्रवृत्ति दिनुदिन बढ्दै गएको र सडकमा दुर्घटनादेखि जथाभावी रूपमा फोहोर हुने भएकाले महनगरपालिकाले यस्तो नयाँ व्यावस्था गरेको जनाएको छ । स्थानीय तहमा दर्ता नगरी कुकुर पाल्न नपाउने भएको छ । महानगरपालिकामा कुकुर पाल्ने सोख भएका मानिसले पहिला आफू रहेको वडा कार्यालयमा कुकुरको विवरण दर्ता गरेर मात्र घरमा कुकुरलाई स्वागत गर्नुपर्ने व्यवस्था गरिएको छ । कुकुर पालिरहेकाले पनि वडा कार्यालयमा दर्ता गर्नु पर्ने भएको छ । महानगरपालिकालाई नमुना र सभ्य सहर बनाउने अभियान अन्तर्गत आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रममा यस्त...
विषालु च्याउ खाँदा ५ जना बिरामी

विषालु च्याउ खाँदा ५ जना बिरामी

समाचार
पूर्णपुष्टि, असार ८ दाङमा जंगलबाट टिपेर ल्याएको खाँदा पाँच जना विरामी परेका छन् । तुलसीपुर उपमहानगरपालिका–८ गहत खोलाका ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती पुन, तुलसीपुर –५ निवासी छोरी भोला पुन, नातिहरु ११ वर्षीया विशाल पुन र १५ वर्षीय लित पुन विषालु च्याउ खाएर विरामी भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । मैती पुनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । आईतबार साँझ उनीहरुले जंगलबाट ल्याएको च्याउ पकाएर खाएका थिए ।...
सप्तरीमा थप १३ जना कोरोना संक्रमित

सप्तरीमा थप १३ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ आज सप्तरीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ सय ७३ पुगेको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशाला र राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । हनुमाननगर कङ्कालिनी नगरपालिका–४ का २९ र २४ वर्षीय पुरुष रहेका छन् भने बलानबिहुल गाउँपालिका–४ का १६, ३ न. वडाका ४२, ३८ र ३८ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको जनाईएको छ । त्यस्तै, राजगढ गाउँपालिका–२ का २४ र ३५, ६ न. वडाका २३, २७ र ३१ र राजविराज नगरपालिका–१० का ३८ वर्षीय २ जना पुरुषमा संक्रमण देखा परेको जनाईएको छ । सवै संक्रमितहरु भारतको हरियाणा, दिल्ली, पञ्जाबलगायत विभिन्न स्थानबाट आएको जनाईएको छ । उनीहरु स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेको छ ।...
लागुऔषधसहित २ जना पक्राउ

लागुऔषधसहित २ जना पक्राउ

समाचार
सुनसरी, असार ८ सुनसरीको बराहक्षेत्र–८ शेरे चौकबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेका हुन् । पक्राउ पर्नेमा बराहक्षेत्र–७ पिपलगाछीका २१ बर्षीय अनिल धामी र धरान–१७ का २२ बर्षीय विशाल भुजेल रहेको प्रहरीले जनाएको छ । मोटरसाईकलमा आएका उनीहरुलाई चेकजाँच गर्दा डाईजोल्याव ११, एम्पुल, एभिल ११ एम्पुल र लुपिजेसिक ११ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ । लागुऔषमा प्रयोग भएको मोटरसाईकल पनि नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पक्राउपरेकाहरु माथी थप थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
खैरोहिरोईनसहित ३ जना पक्राउ

खैरोहिरोईनसहित ३ जना पक्राउ

समाचार
झापा, असार ८ झापाको कमलबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । कमल गाउँपपालिका–५ स्थित पाडाजुंगी गौरीगंज सडकखण्डबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित ३ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झापा खयरवारीका २१ बर्षीय सेरा अली, २३ बर्षिय अन्नतप्रसाद गणेश र कमल गाउँपपालिका–५ का २० बर्षिय दिपेश थापा रहेको प्रहरीले जनाएको छ । हिजो बेलुका करिब ५ बजे मोटरसाईकलमा सवार गरी आएका तिनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट प्लाष्टिकको पोकामा लुकाई छिपाई राखिएको २८ ग्राम ९७ मिलिग्राम खैरोहिरोईन ब्राउनसुगर, नगद ६ हजार, २ थान मोवाईल र उनीहरुले प्रयोग गरेको २ वटा पल्सर मोटरसाईकल बरामद गरि पक्राउ गरेको प्रहरीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
विश्वमा कोरोना संक्रमितको संख्या साढे ९० लाख नाघ्यो

विश्वमा कोरोना संक्रमितको संख्या साढे ९० लाख नाघ्यो

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ । विश्वको विभिन्न देशमा कोरोना भाईरसको संक्रमणबाट ९० लाख, ४५ हजार ६ सय ४ जना भन्दा बढी संक्रमित भईसकेको वर्लडओमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार संक्रमित थपिएका छन् । सबैभन्दा बढी अमेरिकामा २३ लाख ५६ हजार ६ सय जना संक्रसमत भएका छन् भने १ लाख २२ हजारको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा १० लाख ८७ हजार संक्रमित मध्ये ५० हजार भन्दा बढीको मृत्यु गएको छ । त्यस्तै रुसमा ५ लाख ८४ हजार संक्रमित मध्ये ८ हजार १ सयको मृत्यु भएको छ । छिमेकी देश भारतमा ४ लाख २७ हजारमा संक्रमित मध्ये १३ हजार ७ सय जनाको मृत्यु भईसकेको वर्लडओमिटरले जनाएको छ । विश्वभर कोरोना संक्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार उपचारपछि निको भएका छन् भने ४ लाख ७० हजार पुगेको छ ।...
१ हजार ट्याक्सी कारबाहीमा

१ हजार ट्याक्सी कारबाहीमा

समाचार
पूर्णपुष्टि, असार ८ गत जेठ ३२ गतेदेखि सरकारले लकडाउन खुकुलो पारे पनि सार्वजनिक गाडी सहित भाडाका ट्याक्सी चलाउन र मोटरसाइकलमा दुई जना चढ्न अनुमति दिएको छैन । असार १ गतेपछि हिजोसम्म करिब १ हजार भाडाका ट्याक्सी कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । भाडाका गाडी चलाउन नदिने सरकारको निर्णय कायमै रहेकाले चलाएको भेटिए जहाँ भेटिन्छ, त्यहीँ कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आपतकालीन अवस्था बाहेक अरुलाई कारबाही भैरहेको प्रहरीले जनाएको छ । हिजो मात्रै ३ सय ९२ वटा ट्याक्सीलाई होल्ड गरी छाडेको प्रहरीले जनाएको छ । चारपाङ्ग्रे र दुईपाङ्ग्रे गरी हिजो एकैदिन नियम उल्लंघन गर्ने १८ सय ६२ वटा गाडी कारबाहीमा परेको जनाईएको छ । त्यसमा करिब १३ सय मोटरसाइकल रहेको प्रहरीले जनाएको छ । यो सहित जोर–बिजोर नियम लागू भएपछि १६ हजार ४ सय भन्दा बढी गाडी कारबाहीमा परेका छन् । सरका...