Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ८ गण्डकी प्रदेशमा  थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यो सँगै गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४० पुगेको छ । नयाँ थपिनेमा स्याङ्जाका १२ जना र  नवलपरासी पूूर्वका ८ जना रहेका छन् । स्याङ्जाको अर्जुनचौपारीकाका ७ वर्षका ३ बालक सहित १६, ३०, ३१, ३० र ३८ वर्षका पुरुष र ६ वर्षकी बालिका सहित ५० वर्षकी एक महिला रहेकी छन् । कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका पुरुष रहेका छन्  ।  यस्तै नवलपरासी पूर्वका बौदीकाली गाउँपालिकाका ८ जना पुरुष रहेका छन् । उनीहरु सबै भारतबाट आई क्वरेण्टीनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कुल संक्रमित मध्ये उपचारपछि ५५ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।...
आज केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना

आज केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना

समाचार
पूर्णपुष्टि, असार ८  आज देशको केहि ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ । १ न.प्रदेश, २ न. प्रदेश, वाग्मती प्रदेश र ५ न. प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य ठाउँमा सामान्यदेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । ठूलो वर्षाका कारण नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । मनसुनी वायुको प्रभाव रहेकाले आज दिनभर नै पानी पर्ने महाशाखाले जनाएको छ । यस्तै आज राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा ५ न. प्रदेशमा समान्य बदली हुनेछ भने बाँकी प्रदेशमा पूर्ण बदली हने जनाईएको छ ।...
ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 पूर्णपुष्टि, असार ८ गते ।  ओखलढुंगामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाउँपपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै १ न. प्रदेशको १४ वटै जिल्लामा कोरोना संक्रमण फेला परिसकेको छ । भारततको गोरखपुरबाट आएर क्वारेन्टाईनमा बसेका २८ वर्षीय युवामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालले जनाएको छ । आइतबार पीसीआर रिपोर्ट आएका ६ मध्ये उनको रिपार्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिएका युवा  क्वारेन्टाइनमा बसेकै ब्यक्ति हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको  जनाईएको छ ।...
पूर्णपुष्टि/हेडलाइन हाइलाइट्स | 2077-03-07

पूर्णपुष्टि/हेडलाइन हाइलाइट्स | 2077-03-07

समाचार
— # — विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर आएको ७ वर्षपछि मात्रै अङ्गीकृत नागरिकता पाउने प्रस्ताव पारित । ७ वर्ष देशभित्र बसेको प्रमाणित भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि मात्र सम्बन्धित महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था छ । — # — कुबेतबाट फर्किएर क्वारेन्टाईनमा बसेका ७ जनामा कोरोना संक्रमण पुष्टि । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । — # — कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ । — # — गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि । बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा...
वैवाह गरेको ७ वर्षपछि अङ्गीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित

वैवाह गरेको ७ वर्षपछि अङ्गीकृत नागरिकता दिने प्रस्ताव बहुमतले पारित

समाचार
पूर्णपुष्टि, असार ७  विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेर आएको ७ वर्षपछि मात्रै अङ्गीकृत नागरिकता पाउने प्रस्ताव प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको छ । ७ वर्ष देशभित्र बसेको प्रमाणित भएपछि आफ्नो विदेशमा रहेको नागरिकता वा त्यस्तै अन्य प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गरेपछि मात्र सम्बन्धित महिलाले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सक्ने व्यवस्था छ । तर त्यस अवधिमा सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकार विवाह गरेको दिनदेखि प्राप्त गर्न सक्ने गरी आवासीय परिचयपत्र पाउन सक्ने व्यवस्था पनि गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले फरक मत राखेपछि समितिले बहुमतले प्रस्ताव पारित गरेको हो । कांग्रेसको तर्फबाट दिलेन्द्रप्रसाद बडु र जनता समाजवादी पार्टीको तर्फबाट राजेन्द्र महतोले वैवाहि...
लागुऔषध अफिमसहित ३ जना पक्राउ

लागुऔषध अफिमसहित ३ जना पक्राउ

समाचार
पूर्णपुष्टि, असार ७  महोत्तरीबाट लागुऔषध अफिम सहित तीन जना पक्राउ परेका छन् । बर्दिवास नगरपालिका–१ मा अफिम बिक्री गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–१ का वीरबहादुर तमाङ, दुर्गाबहादुर तमाङ र सिरहा जिल्लाको सिरहा नगरपालिका–५ का धनपत यादव पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुले प्रयोग गरेको ना ४० प ६१५७ नम्बरको मोटरसाइकलसहित १ केजी ९ सय ५० ग्राम अफिम नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो वीरगञ्जबाट सुराकीको आधारमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ ।...
प्रदेश सांसद कार्कीद्वारा त्रियुगा नमुना उमाविमा प्रविधि उद्घाटन्

प्रदेश सांसद कार्कीद्वारा त्रियुगा नमुना उमाविमा प्रविधि उद्घाटन्

शिक्षा, समाचार
पूर्णपुष्टि, असार ७  नमुना सामुदायिक विद्यालय, त्रियुगा नमुना उच्च माध्यमकि विद्यालय, गाईघाट प्रविधिमा पनि अब्बल दर्जाको बन्दै गएको छ । समयानुकुल प्रविधिमैत्री सो विद्यालयले पठनपाठन पनि प्रविधियुक्त बनाउदै लगेको प्रधानाध्यापक सुवास विष्टले बताउनुभयो । १ नं. प्रदेश सरकारको सहयोगमा सो विद्यालयमा इन्टरेक्टिभ बोर्ड जडान भएको छ । उक्त बोर्डमार्फत इन्टरनेटको प्रयोगसमेत गरेर पठन पाठन गर्न सकिन्छ । दुईवटा स्मार्ट टिभि पनि जडान भएका छन् । प्रदेश सांसद विमल कार्कीको पहलमा प्राप्त ती प्रविधिहरु एक कार्यक्रमका साथ सांसद कार्कीले उद्घाटन गरेपछि सञ्चालनमा आएका छन् । सांसद कार्कीले आफु पढेको विद्यालयको नाताले प्राविधिका लागि पहल गर्नुभएको थियो । उहाँले २०४६ सालमा सोही विद्यालयबाट एसएलसी उतिर्ण गर्नुभएको थियो । सो विद्यालयले हाल साना कक्षाहरु १ देखि ५ सम्म र ठूला कक्षाहरु ९ र १० लाई प्रविधियुक्त ...
लकडाउनपछि ५७ हजार नेपाली स्वदेश भित्रिए

लकडाउनपछि ५७ हजार नेपाली स्वदेश भित्रिए

समाचार
पूर्णपुष्टि, असार ७ सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन शुरु गरेरपछि अहिलेसम्म नेपालगञ्जको जमुनाह नाका हुँदै साढे ५७ हजार नेपालीहरू स्वदेश फर्किएका छन् । गत चैत ११ गतेदेखि सरकारले लकडालउन गरेको थियो । लकडाउनपछि अहिलेसम्म नेपालगञ्जस्थित जमुनाहा नाकाबाट ५७ हजार ४ सय ५९ जना नेपालीहरू भित्रिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । उक्त समयमा नेपालबाट भारत फर्किने भारतीयहरूको संख्या २५ हजार ८ सय ७६ जना रहेको नेपाल–भारत सिमानामा रहेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । स्वदेश फर्किनेहरूमा भारतका विभिन्न सहरहरूमा रोजगारीका लागि गएका कर्णाली प्रदेश र ५ न. प्रदेशका अधिकांश बासिन्दा रहेको प्रहरीले जनाएको छ । सबैभन्दा धेरै जेठ महिनामा ४३ हजार ८ सय ३८ जना नेपालीहरू यो नाका भएर स्वदेश भित्रिएका छन् । त्यो भन्दा अघि चैत महिनाको १९ दिनमा भित्रिनेको संख्या ११ हजार ९ स...
कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ कर्णाली प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा आइतबार सल्यानका ६ जना, सुर्खेत र दैलेखका २÷२ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा रुकुमपश्चिमका १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । उक्त संक्रमित मध्ये उपचारपछि  १४ जना डिस्चार्ज भएका छन् । योसँगै निको भएर डिस्चार्ज हुनेको संख्या ५ सय ३१ पुगेको छ । प्रदेश अस्पताल, सुर्खेतबाट ३ जना, सल्यान बहुमुखी क्याम्पस आइसोलेसन सेन्टरबाट ३ जना, नौमुले आइसोलेसन सेन्टरबाट ७ जना, जाजरकोट अस्पतालबाट १ जनालाई डिस्चार्ज गरिएको जनाईएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत...
नेपालमा थप ४२१  ज्नामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ४२१ ज्नामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ आज नेपालमा थप ४ सय २१  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उक्त संक्रमित मध्ये थप  १ सय ९४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ । गुल्मीका १ पुरूषको संक्रमणका कारण मृत्यु भएको छ । उनको असार ५ गते घरमै मृत्यु भएको थियो ।  उहाँको स्वाब परीक्षणमा कोरोना पाइएको हो । योसँगै मृत्यु हुनेको संख्या २३ जनाको मृत्यु भएको छ ।...