Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

करेन्ट लागेर १ जनाको मृत्यु

करेन्ट लागेर १ जनाको मृत्यु

समाचार
मोरङ, असार ७  मोरङ बुढीगंगा–५ दिपुटोल बस्ने २५ बर्षीय सन्तोष महतोको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो साढे १ बजे बिराटनगर–६ स्थितमा रहेको स्टन कोल्ड स्टोरमा ओल्डिङ गर्ने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागर बेहोस भएका महतो बिराट नर्सिङहोम लगिएकोमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतक महतो सोही स्टोरमा ओल्डिङको  काम गर्दै आएको जनाईएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।...
पालिकाको क्वारेन्टिनमा सांसद किराती

पालिकाको क्वारेन्टिनमा सांसद किराती

समाचार
पूर्णपुष्टि, असार ७ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईन भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराती बस्नु भएको छ । राजधानी काठमाण्डौँबाट भोजपुर आएका किराती गाउँपालिकाले निर्माण गरेको क्वारेन्टिनमा बस्नु भएको हो । कोरोना भाइरस (कोभिड १९)को संक्रमणका जोखिमबाट बच्नको लागी अन्य ठाउँबाट पालिका प्रवेश गर्नेहरु अनिवार्य क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान अनुसार सांसद किराती शनिवारदेखि क्वारेन्टाईनमा बस्नुभएको हो । क्वारेन्टाईनमा १४ दिन विताउनु पर्ने छ । सांसद किराती जनसरोकारको विषयमा जानकारी लिन तथा प्रत्यक्ष अनुगमण गर्न भोजपुर आईपुग्नु भएको हो । अहिले क्वारेन्टाईनमा बसिरहनु भएको गाउँपालिका सांसद किराँतीको आफ्नै जन्मथलो पनि हो । सरकारले तय गरेको नीतिको पालना नगर्ने परिपाटी स्थानीय तहमा बढ्दै गएको छ । क्वारेन्टिनको गुणस्तर, उचित व्यवस्थापन र मापदण्ड सहित बसेका छौ...
भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

भारतमा एकैदिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ भारतमा एकै दिन १५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ४ सय १३ जनामा संक्रमण पुष्टि भएको भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४ लाख १० हजार ४ सय ६१ पुगको छ । उक्त संक्रमित मध्ये उपचारपछि निको हुनेको संख्या २ लाख २७ हजार पुगेको छ भने १३ हजार २ सय ५४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।...
सामुदायीक पुस्तकालयमा लगानी गर्न स्थानीय सरकारलाई आग्रह

सामुदायीक पुस्तकालयमा लगानी गर्न स्थानीय सरकारलाई आग्रह

शिक्षा, समाचार
पूणर्पुष्टि, असार, ७ नागरिकहरुको सेवा सहयोग र नागरिकहरुकै पक्षमा बोल्ने पुस्तकालयहरुमा लगानी गर्न सामुदायीक पुस्तकालयहरुले स्थानीय सरकारलाई अनुरोध गरेका छन् । आगामि आर्थिक बर्षका लागि संघ र प्रदेशले बजेट ल्याइसेकोको भएपनि पुस्तकालयहरु सम्बन्धि कुनै शिर्षकमा बजेट नुछुट्याइएको संगम सामुदायी पुस्तकालयका संयोजक भरत खड्काले बताउनुभयो । पुस्तकालय आम नागरिकहरुको सचेतनाको संगम स्थल रहेको भएपनि  यसलाई सरकारले कुनै चासो नदिएको भन्दै स्थानीय सरकारलाई पुस्तकालयहरुमा लगानी गर्नु पर्ने कुरा सुझाएको छ । संयोजक खड्काले पुस्तकालय खुल्ला शिक्षा दिने ठाउँ र सबै प्रकारका नागरिकहरुलाई सचेत गराउने एक महत्वपूणर् स्थल रहेको बताउनुभयो । उहाँले पुस्तकालयले जेष्ठ नागरिक, बालबालिका, महिला, धनि, गरिब, असाहय एवम प्रकारका समाजमा रहेका नागरिकहरुलाई सचेत गराउने काम गर्ने बताउनुभयो । खड्काले नेपाल सरकारले तयार गरे...
धारामा करेन्ट लागेर १ महिलाको मृत्यु

धारामा करेन्ट लागेर १ महिलाको मृत्यु

समाचार
पूर्णपुष्टि, असार ७ गते । डोटीको आदर्श गाउँपालिका– ७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ खानेपानी लिन धारामा गएकी थापलाई करेन्ट लागेरे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । त्यही ठाउँका सुर्ज किमाडीले पानीको ट्याङ्कीमा बिजुलीको करेन्ट लगाएकाले थापाको करेन्ट लागेर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पानीको ट्याङ्कीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई प्रहरीले पक्राउ गरेको छ । गाउँको सार्वजनिक धारामा भारतमा  रोजगारी गरी नेपाल घर फर्किएका कोरोना सङ्क्रमित भएका व्यक्तिले पनि पानी भर्न आउने गरेका कारण आफूले धारामा करेन्ट प्रवाह गरेको पक्राउ परेका किमाडीले बयान दिएको प्रहरीले जनाएको छ ।...
जोर–बिजोर नियममा १४ हजार सवारी सधान कारबाही

जोर–बिजोर नियममा १४ हजार सवारी सधान कारबाही

समाचार
पूर्णपुष्टि, असार ७ गते ।  सरकराले गत जेठ ३० गतेदेखि जोर र विजोर नम्बरका सवारी चलाउन पाईने नियम लागु गरेको छ । यो नियम लागू भएपछि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट हिजोसम्ममा नियम उलङ्घन गर्ने १४ हजार ५ सय ४३ सवारी साधन कारबाहीमा परेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । जसमध्ये  ११ हजार ४ सय ९२ वटा दुई पाङग्रे र ३ हजार ५१ चार पाङग्रे निजी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  यस्तै ६ सय ९२ वटा भाडाका ट्याक्सी कारवाहीमा परेका छन् । जोर बिजोर प्रणालीसँगै दुई पाङ्ग्रे सवारी साधनमा एक जना मात्रै चढ्न पाउने नियमलाई अझ कडाइका साथ लागू गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।...
यूएई र कतारबाट ३ सय नेपाल आईपुगे

यूएई र कतारबाट ३ सय नेपाल आईपुगे

समाचार
पूर्णपुष्टि, असार ७ गते ।  यूएईको आबुधाबी र कतारको दोहाबाट ३ सय नेपालीहरु काठमाण्डौ आइपुगेका छन् । यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको चार्टर्ड जहाज काठमाण्डौ आईपुगेको हो । यूएईबाट २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष नेपाल आएका छन् । नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिएको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको हो । आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । यस्तै, कतारको दोहाबाट १ सय ४९ जना नेपाली नेपाल आइपुगेका छन्...
पहिरोले पुरेका चालकको मृत्यु

पहिरोले पुरेका चालकको मृत्यु

समाचार
पूर्णपुष्टि, असार ७ गते ।  गुल्मीमा पहिरोले जीप पुरिंदा घाइते भएका चालकको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–३ का जीप चालक प्रदिप पुनको सन्धिखर्क अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा मृत्यु भएको हो । हिजो ग १ ज ३९९७ नम्बरको जीप सडक माथिबाट खसेको पहिरोले पर्दा धुर्कोट गाउँपालिका ३ का तुलसीराम काउछाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।...
विदेशमा कोरोना संक्रमणबाट १३० जना नेपालीको मृत्यु

विदेशमा कोरोना संक्रमणबाट १३० जना नेपालीको मृत्यु

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ गते । विश्वको विभिन्न देशमा रहेका १ सय ३० जना नेपालीको कारोना भाईरसको संक्रमणबाट मृत्यु भएको छ । गत ९ हप्तामा विभिन्न देशमा रहेका १ सय ३० नेपालीको कोरोनाबाट मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ । अहिलेसम्म बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीहरुको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ । यो हप्ता विदेशमा १० हजार भन्दा बढी नेपालीहरु उपचारपछि निको भएका छन् । डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हंङ्गकङ्ग, दक्षिण कोरिया लगायतका १८ देशमा बस्ने नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएको जनाईएको छ । समितिले...