Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

कुबेतबाट फर्केका ७ जनामा कोरोना संक्रमण पुष्टि

कुबेतबाट फर्केका ७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ गते ।  कुबेतबाट फर्किएर क्वारेन्टाईनमा बसेका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटी स्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा भक्तपुरको ७ जनामा संक्रमण भनेको भएपछि उनीहरु स्थायी नभई क्वारेन्टिनमा बसेका महिला रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । संक्रमित पुष्टि भएका मोरङका ४२ र ४१ वर्षीया, कास्कीका २३ वर्षीया, नवलपरासीका २९ वर्षीया, झापाका २८ वर्षीया, बाराका २८ वर्षीया, सुर्खेतका २८ वर्षीया महिला रहेको जनाईएको छ । शरीरको तापक्रम बढी देखिएपछि कुवेतबाट नेपाल फर्किएकामध्ये प्रदेश नं १ र २ का १०९ जनालाई भक्तपुरस्थित होल्डिङ सेन्टरमा नराखी खरिपाटीस्थित क्वारेन्टिनमा राखिएको थियो ।...
बाढीले बन्दरगाह निर्माणाधीनको ३ वटा गाडी बगायो

बाढीले बन्दरगाह निर्माणाधीनको ३ वटा गाडी बगायो

समाचार
पूर्णपुष्टि, असार ७ गते । रसुवागढी नाका नजिकै निर्माण भइरहेको सुख्खा बन्दरगाहको ३ वटा गाडी बाढीले बगाएको छ । कामदार बस्ने अस्थायी भवनमा समेत क्षति पु¥याएको प्रहरीले जनाएको छ । आज बिहान ३ बजे तिर आएको बाढीले क्षति पु¥याउन थालेपछि कामदारको तत्काल उद्धार गरिएको राजस्व भन्सार गस्ती सुरक्षा बलका सशस्त्र प्रहरीले जनाएको छ । बन्दरगाह निर्माणका लागि प्रयोग गरिएको टिप्पर, जेसिबी र लोडर बगाएको प्रहरीले जनाएको छ ।...
यूएई १५१ जना बोकेर हिमालय एयरलाइन्स नेपाल उड्यो

यूएई १५१ जना बोकेर हिमालय एयरलाइन्स नेपाल उड्यो

समाचार
पूर्णपुष्टि, असार ७ गते ।  यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली लिएर हिमालय एअरलाइन्सको जहाज नेपालका लागि उडेको छ । एच –९ ५६७२ नम्बरको उडानमार्फत यूएईको समय अनुसार आइतबार बिहान ४ बजेर २० मा जहाज काठमाण्डौका लागि उडेको हो । नेपाल फर्कनेमा २ जना नाबालक सहित २६ जना महिला र १ सय २३ जना पुरुष छन् । नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिरहेको छ । यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको छ । आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्...
आज खण्डग्रास सूर्यग्रहण लाग्दै

आज खण्डग्रास सूर्यग्रहण लाग्दै

समाचार
पूर्णपुष्टि, असार ७ गते ।  आज आषाढ कृष्ण औँसीका दिन खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । विहान १०ः५० बजेदेखि स्पर्श गर्नेछ भने दिउँसो १२ः३८ बजे मध्य र दिउँसो २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिले जनाएको छ । ३ घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने जनाईएको छ । वैज्ञानिक मूल्य मान्यता अनुसार सुरक्षित तरीकाले सबैले ग्रहण हेर्न सकिने पनि नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजको सूर्यग्रहण विश्वका केही भागबाट पुरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिने छ । नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाईएको छ ।...
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुिष्ट, असार ७ गते । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बाग्लुङमा ९, म्याग्दीमा ४,पर्वतमा २ र तनहुँमा १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ५ सय ४ पुगेको हो । उक्त संक्रमित मध्ये ४९ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।...
काेराेना अपडेट/नेपाल : ७५ जिल्लामा फैलियो, संक्रमितको संख्या ८,६०५ पुग्यो

काेराेना अपडेट/नेपाल : ७५ जिल्लामा फैलियो, संक्रमितको संख्या ८,६०५ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ७ । नेपालको ७७ मध्ये ७४ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङअनुसार ७४ जिल्लमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हिजोको पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाउनुभएको थियो । जस मध्ये ४९ जना महिला र २ सय ८२ जना पुरुष रहेका छन् । कुल संक्रमितको संख्या ८ हजार ६ सय ५ मध्ये ७ सय ५६ जना महिला र ७ हजार ८ सय ४९ जना पुरुष रहेका छन् । पुरुष र महिला संक्रमितको अवस्था करिब हाराहारीमा देखिएको छ । पिसिआर परिक्षण नेपालमा हालसम्म कुल १ लाख ६९ हजार १ सय ६५ जनाको पीसीआर प्रविधिबाट परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १६ पीसीआर परिक्षण भएको छ । यस्तै आरडिटी विधिबाट आजसम्म कुल २ लाख ५२ हजार ३ सय परीक्षण भएक...
उदयपुरमा थपियो पाँचजना, अव कोरोना संक्रमितको संख्या ५२ पुग्यो

उदयपुरमा थपियो पाँचजना, अव कोरोना संक्रमितको संख्या ५२ पुग्यो

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ । उदयपुरमा आज ५ जना कोरोना संक्रमित थपिएको छ । जिल्ला स्वास्थ्य प्रमुख मोहन सुवेदीका अनुसार  जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक, ताप्ली गाउँपालिकाका १, कटारी नगरपालिकाका १ र त्रियुगा नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । उदयपुरबाट स्वाव नमुना संकलन गरी विराटनगरस्थित कोशी अस्पतालमा परिक्षण भएकोमा पाँचजनामा पुष्टि भएको हो । यो संगै उदयपुरमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । ताप्लिमा पहिलोपटक कोरोना संक्रमित भेटिएको हो । यो संगै आठ वटा स्थानीय तह रहेको उदयपुरमा ५ वटा पालिकामा कोरोना देखिसकेको छ । अव लिम्चुङबुङ र रौतामाई गाउँपालिकामा मात्र हालसम्म देखिएको छैन । उदयपुरगढी र कटारीमा यसअघि नै एक÷एक जना भेटिएका थिए । सबैभन्दा पहिले त्रियुगा नगरपालिकाको भुल्केमा देखिएको थियो बेलका नगरपालिकामा ५ जना देखिसकेका छन् । जसमध्ये १ जना निको भएर फर्किसकेका छन् । चौदण्डीग...
त्रिनपा ११ नं. वडाको सार्बजनिक सुनुवाई तथा वडागत याेजनाबारे छलफल

त्रिनपा ११ नं. वडाको सार्बजनिक सुनुवाई तथा वडागत याेजनाबारे छलफल

समाचार
पूर्णपुष्टि, असार ६ । त्रियुगा नगरपालिका ११ वडाले आज सार्बजनिक सुनुवाई कार्यक्रम तथा वडागत छलफल  गरेको छ । वडाले विगत तीनवर्ष यता भए, गरेका विकास निर्माणका काम र बजेटको बारेमा जानकारी दिदै सार्बजनिक सुनुवाई गरेको हो । वडाध्यक्ष विश्वजित भट्टराईले आर्थिकवर्ष २०७४/०७५, २०७५/०७६ र २०७६/०७७ मा भएका विकास निर्माणका कामहरुबारे जानकारी दिनुभयो । उहाँका अनुसार आव ०७४/०७५ मा वडामा ३२ वटा महत्वपूर्ण विकास निर्माणका काम भएका थिए । ०७५/०७६ मा ४७ वटा योजना सम्भन्न भए भने चालु ०६७/०७७ मा वडास्तरीय बजेटबाट १६ वटा र नगरस्तरबाट १० वटा रहेका थिए । एक्कासी कोरोना भाइरस विरुद्ध लड्नु परेकाले कतिपय योजनाहरु प्रभावित भई सम्पन्न हुन नसकिरहेको जनाइएको छ । लकडाउनकाबीच वडामा १७ लाख ४१ हजारको राहत वितरण गरेको अध्यक्ष भट्टराईले बताउनुभयो । वडाभरका २२ वटा टोल विकास संस्थाको माध्यमबाट राहत वितरण गरिएको उहाँल...
पूर्णपुष्टि हेडलाईन्स् हाईलाईट | 2077-03-06

पूर्णपुष्टि हेडलाईन्स् हाईलाईट | 2077-03-06

समाचार
— # — कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणमा आज ४६ जनामा कोरोना पुष्टि भएको हो । — # — १ न. प्रदेशमा थप ११ जनामा कोरोनो संक्रमण पुष्टि । आज मोरङ, सुनसरी र झापा गरी ३ जिल्लाको ११ जनामा संक्रमित पुष्टि भएको हो । — # — आज गुल्मीमा १४ जना कोरोना संक्रमित थपिए । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण थप १४ जनामा संक्रमण पुष्टि भएको हो । — # — गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमित पुष्टि । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । — # — बारा थप तीन जनामा कोरोना संक्रमण पुष्टि । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पु...
कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६  कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणमा आज ४६ जनामा कोरोना पुष्टि भएको हो । दैलेखका १९, सल्यानका २६ जना र जाजरकोटका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । यससँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १ हाजर २ सय ४५ पुगेको छ । यो पनि पढ्नस् : १ न. प्रदेशमा थप ११ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । आज मोरङ, सुनसरी र झापा गरी ३ जिल्लाको ११ जनामा संक्रमित पुष्टि भएको हो । मोरङका रतुवामाई नगरपालिकाका ८ जना, झापाको गौरीगञ्जमा १ जना र सुनसरीको कोशी गाउँपालिकाको २ जना महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै मोरङमा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ । १ न. प्रदेशमा ४ सय...