Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

१ न. प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

१ न. प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ १ न. प्रदेशमा थप ११ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । आज मोरङ, सुनसरी र झापा गरी ३ जिल्लाको ११ जनामा संक्रमित पुष्टि भएको हो । मोरङका रतुवामाई नगरपालिकाका ८ जना, झापाको गौरीगञ्जमा १ जना र सुनसरीको कोशी गाउँपालिकाको २ जना महिलामा संक्रमण पुष्टि भएको हो । यससँगै मोरङमा कोरोना संक्रमितको संख्या १ सय १६ पुगेको छ । १ न. प्रदेशमा ४ सय ३० पुगेको छ भने २ सय ३४ जना डिस्चार्ज भएका छन् । यो पनि पढ्नस् : आज गुल्मीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण थप १४ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । वडा न. ६ का २१ वर्षकी महिला, ७ न. वडाका ३९ वर्षका पुरुष, ८ न. वडाका २१ वर्षका पुरुष, १० न. वडाका १९, २८, १८ वर्षका पुरुष र १८ वर्षकी म...
गुल्मीमा थपिए १४ जना कोरोना संक्रमित

गुल्मीमा थपिए १४ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ आज गुल्मीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा संक्रमण थप १४ जनामा संक्रमण पुष्टि भएको हो । सबै संक्रमित रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । वडा न. ६ का २१ वर्षकी महिला, ७ न. वडाका ३९ वर्षका पुरुष, ८ न. वडाका २१ वर्षका पुरुष, १० न. वडाका १९, २८, १८ वर्षका पुरुष र १८ वर्षकी महिला रहेका छन् । त्यस्तै १३ न. वडाका २१, ३०, ३६ वर्षका पुरुष, १४ न. वडाका १८ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएकोे जनाईएको छ । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा रहेको जनाईएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ६७ जना पुगेका छ । उक्त संक्रमित मध्ये ६ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । यो पनि पढ्नस् : आज नेपालमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि ...
त्रिनपा १३ बहेडुवामा राहत वितरण

त्रिनपा १३ बहेडुवामा राहत वितरण

समाचार
पूणर्पुष्टि, असार, ६  त्रियुगा नगरपालिका वडा नं १३ बहेडुवामा राहत वितरण गरिएको छ । लकडाउनको केही समय राहत वितरणको कार्यक्रम चापाचाप रहेको भएपनि अहिले भने सुनसान छ । अहिले पनि तत्काल काममा पर्किन नसक्ने अवस्था र पूणर् रुपमा सबै प्रकारको कामहरु खुली नसकेको अवस्थामा अति विपन्न परिवारहरुमा खाद्यन्नको समस्या उस्तै छ । टेवा नेपालको सहयोग, समाजसेवी समूहको समन्वय र त्रियुगा कृषक महिला समूह १३ नं को आयोजनामा राहत वितरण गरिएको छ । लकडाउनको केहि समय सम्म राहत बाँड्न स्थानीय सरकार, संघ संस्था, व्यक्ति लगाएतका समूहहरुको होटाबाजी रहेपनि बिचमा रोकिएको छ । अहिले पनि बिभिन्न क्षेत्रमा मजदुर गर्दै आएका कामदार तथा विपन्नहरुको समस्या खाद्यन्ननै हो । सामान्य कृषि कर्महरु संञ्चालन भएपनि काम गर्ने वित्तिकै खान र बेच्न नमिल्ने हुँदा केहि समय सम्म सहजीकरणका लागि खाद्यन्न वितरण गरिएको हो । लकडाउन खकुलो भएप...
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ आज नेपालमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५  पुगेको छ । त्यस्तै आज उपचारपछि १ सय ७८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ हजार ५ सय ८८ जना पुगेको छ भने  २२ जनाको मृत्यु भईसकेको छ ।  
एसइईको साटो कक्षा १२ लाई कायम गर्ने तयारी

एसइईको साटो कक्षा १२ लाई कायम गर्ने तयारी

शिक्षा, समाचार
पूर्णपुष्टि, असार ६ माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को साटो कक्षा १२ लाई राष्ट्रिय स्तरको परिक्ष कायम गर्ने तयारी भएको छ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकार (मन्त्रिपरिषद्) बाट गत गते जेठ २८ गते  माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रुपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ । उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ । मुलुकमा सङ्घीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा रा...
होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको रिपोर्ट पोजिटिभ

होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको रिपोर्ट पोजिटिभ

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका एक पुरुषको कोरोना परिक्षण गर्दा रिपार्ट पोजेटिभ आएको छ । छत्रकोट गाउँपालिका–५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो । प्रयोगशालामा परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । मृतक प्यारालाइसेसको बिरामी थियो । जेठ २५ गते भारतबाट आएर उनी होम क्वारेन्टिनमा बसेका थियो । क्वारेन्टिनमा बस्न नसक्ने भएपछि छोरी ज्वाइँले हेरचाह गर्ने गरी होम क्वारेन्टिनमा राखिएको थियो । मृतकको शवलाई शुक्रबार नेपाली सेनाले व्यवस्थापन गरेको जनाईएको छ ।...
१० महिनामा २८ करोडको बेसार आयात

१० महिनामा २८ करोडको बेसार आयात

आर्थिक, समाचार
पूर्णपुष्टि, असार ६ चालु आर्थिक वर्षको १० महिनामा २७ करोड ९५ लाख ११ हजार रुपैयाँ बराबरको बेसार तथा यसका कच्चा पदार्थ नेपालमा आयात भएको छ । गत साउनदेखि वैशाखसम्म ९८ लाख १० हजार बराबरको २ लाख २५ किलो ताजा बेसार, यस्तै तीन करोड ७१ लाख ९८ हजार रुपैयाँ बराबरको २ लाख २५ हजार ७ यस ४१ किलो धूलो बेसार र २३ करोड २५ लाख ३ हजार रुपैयाँ बराबरको १ अर्ब ८४ करोड ९० लाख ८७ हजार किलो बेसार तथा बेसारजन्य पदार्थ आयात भएको भन्सार विभागले जनाएको छ । पछिल्लो आर्थिक वर्षसम्म नेपालमा ६ करोड ४७ लाख रुपैयाँ भन्दा धेरैको काचो बेसार नेपाल भित्रिएको थियो । नेपाली बजारमा बेसारको औषत प्रतिकिलो मूल्य ३ सय रुपैयाँ छ । थोकमा बेसारको मूल्य गुणस्तर हेरेर दुई ५० देखि २ सय ७५ रुपैयाँसम्म पर्न जाने नेपाल खुद्रा व्यावसायी महासंघले जनाएको छ । नेपाली कृषकले नै फलाएको बेसारको बजार हिस्सा धेरै भएको भएपनि भारत तथा म्यान...
बारामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

बारामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ बारा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ ।
कोरियाबाट २२८ नेपाली नेपाल आइपुग्यो

कोरियाबाट २२८ नेपाली नेपाल आइपुग्यो

समाचार
पूर्णपुष्टि, असार ६ गते ।  कोरियाबाट २ सय २८ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा कोरियामा रोकिएका र समस्यामा परेका नेपालीहरु कोरियन एअरमार्फत स्वदेश फर्किएका हुन । प्रवेशाज्ञा अवधि सकिएका तथा नेपाल फर्कनु पर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको जनाईएको छ । तीमध्ये अवैधानिक बसोबास गरेका अभियोगमा दक्षिण कोरियामा बन्दी जीवन बिताइरहेका मध्येबाट १५, बिरामी तथा गर्भवती ३६ जनासहित कोरियामा रोजगारी वा अन्य सिलसिलामा रहेर प्रवेशाज्ञा अवधि सकिएर नेपाल फर्कन नसकेकाहरू रहेका छन् । यात्रुले टिकट बापत करिब ८५ हजार रुपैयाँ तिरेका छन् । आजै यस जहाजबाट १ सय ६१ जना नेपाली कोरिया जाने भएका छन् । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिय...
विश्वमा आध संक्रमित उपचारपछि निको भए

विश्वमा आध संक्रमित उपचारपछि निको भए

समाचार, संसार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६  विश्वमा कोरोना संक्रमित मध्ये आधा भन्दा बढी उपचारपछि निको भएका छन् । करिब ८७ लाख ५८ हजार संक्रमित मध्ये ४६ लाख २५ हजार भन्दा बढी उपचारपछि निको भएका हुन् । संक्रमित मध्ये ४ लाख ६२ हजार ५ सयको मृत्यु भएको छ । सबैभन्दा धेरै अमेरिकामा करिब २३ लाख संक्रमित भएका छन् भने ९ लाख ५६ हजार उपचारपछि निको भएका छन् भने १ लाख २१ हजार भन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा १० लाख ३८ हजार भन्दा बढी संक्रमित मध्ये ५ लाख २० हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने ४९ हजार भन्दा बढीको मृत्यु भएको छ । त्यस्तै भारतमा करिब ३ लाख ९६ हजार भन्दा बढी संक्रमित मध्ये २ लाख १४ हजार भन्दा बढी उपचारपछि निको भएका छन् भने १२ हजार ९ सय ७० भन्दा बढीको मृत्यु भएको वल्र्डओमिटरले जनाएको छ । यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ ।...