Saturday, August 8News That Matters

Month: ६ वर्ष अगाडि

बढी पहिरोजन्य विपद् रोक्न मन्त्रालयको तयारी

बढी पहिरोजन्य विपद् रोक्न मन्त्रालयको तयारी

समाचार
पूर्णपुष्टि, असार ६  गृह मन्त्रालयले बाढी, पहिरोजन्य विपद्बाट जनधनको क्षति रोक्न आवश्यक तयारी थालेको छ । मनसुन सुरु भएकाले त्यसबाट उत्पन्न हुने विपद्को जोखिम पहिचान गर्दै हुनसक्ने क्षति रोक्न आवश्यक योजनाका साथ गृह मन्त्रालयले तयारी गरेको हो । गृहमन्त्री रामबहादुर थापाको सहभागितामा मन्त्रालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक बसेको थियो । मातहतका निकायलाई आवश्यक पूर्वतयारीमा जुट्न र त्यसबाट हुने क्षति रोक्ने उपाय खोजेर तयारीमा लाग्न बैठकमका मन्त्री थापाले निर्देशन दिनुभयो । गैरसरकारी संस्थाहरुलाई पनि विपद् रोक्ने कार्यमा सहकार्य गर्नेसमेत उहाँले बताउनुभयो । बैठकमा प्रस्तुत भएको मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७ पास भएको गृह मन्त्रालयले जनाएको छ । यो वर्ष विपद्को सामना गर्दा दुई वटा विपद्सँग जुध्नुपर्ने अवस्था रहेकाले तालमेल मिलाएर अघि बढ्...
जक मुद्दाका ठोस प्रमाण पीडित

जक मुद्दाका ठोस प्रमाण पीडित

समाचार
पूर्णपुष्टि, असार ६  जबरजस्ति कराणीसम्बन्धि मुद्दामा पीडितको बयानर्लाइ प्रमुख आधार मान्नु पर्ने सवोच्च अदालतले ब्याख्या गरेको छ । पीडितको भनाइलाई सर्वमान्य प्रमाणले खण्डन नगरेसम्म बलात्कार मुद्दामा वारदातको प्रमाण र स्वयं पीडितको बयानलाई प्रमुख आधार मान्नुपर्ने व्याख्या सर्वोच्च अदालतले गरेको हो । बैतडीमा भएको बलात्कार सम्बन्धी मुद्दामा अदालतले प्रतिवादी सागर भट्ट र अमरराज अवस्थीलाई जनही ११ वर्ष ६ महिना कैद हुने गरी सजाय निर्धारण पनि गरेको छ । अदालतले व्याख्यामा भनेको छ, जबर्जस्ती करणीको वारदातको प्रमाणको पहिलो कडी भनेकै स्वयं पीडित हो भने अर्को कडी पीडितको शारीरिक परीक्षणलाई मान्नुपर्छ । बलात्कार जस्तो लुकाएर छिपाएर एक्लै पारेर गरिने अपराधमा, सामान्यतया देख्ने व्यक्ति पीडित बाहेक अरू तेस्रो पक्ष उपस्थित रहँदैनन् । जबर्जस्ती करणीको कार्य लुकीछिपी गरिने आपराधिक कार्य भएकाले त्यस...
लकडउन गर्ने अधिकार प्रदेशलाई

लकडउन गर्ने अधिकार प्रदेशलाई

समाचार
पूर्णपुष्टि, असार ६ लकडाउनको अधिकार प्रदेश सरकारलाई र्दिइएको छ । प्रदेश सरकारले जनसङ्ख्याको अनुपात र कोरोना भाइरस (कोभिड १९) सङ्क्रमणका आधारमा कुनै क्षेत्र वा जिल्लाभर लागू हुनेगरी पूर्ण लकडाउन गर्न सक्नेभएको हो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थान केन्द्रको सिफारिस अनुसार सीसीएमसीको परामर्शमा प्रदेश सरकारले पूर्ण लकडाउन गर्न सक्ने निर्णय गरेको हो । सीसीएमसीद्वारा जारी विज्ञप्तिअनुसार क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापन तथा प्रयोगशालाको क्षमता विस्तारका लागि प्रदेश सरकारमार्फत् विभिन्न पालिकाहरूलाई कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ३५ करोड निकासा दिने निर्णय समेत बैठकले गरेको छ । बैठकले बन्दाबन्दीलाई खुकुलो बनाउँदै जनजीवनलाई सहज बनाइँदै लगिएको अवस्थामा सङ्क्रमण तीव्र रूपमा बढिरहेकाले अत्यावश्...
अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारको आग्रह

समाचार
पूर्णपुष्टि, असार ६ अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आमनागरिकलाई सरकारले पुनः आग्रह गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को हिजो बसेको बैठकले अत्यावश्यक काममा बाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न र भीडभाड नगर्न तथा भौतिक दूरी कायम गर्न आग्रह गरेको हो । महामारी नियन्त्रणमा प्रदेश र स्थानीय सरकारले गरेका कामको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा थप समन्वय गर्दै अघि बढ्ने निर्णय गरेको केन्द्रका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । देशैभरका क्यारेन्टिन स्थललाई थप व्यवस्थित गर्दै लैजाने र त्यसको अनुगमन र सहजीकरणको काम प्रदेश सरकारले गर्ने, क्वारेन्टिनमा रहेकाको तत्काल स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय परीक्षण निर्देशिका अनुसार त्यहाँ बसेको दुई हप्ताभित्र सक्ने निर्णय गरेको छ । सङ्क्रमण बढ्दै गएपछि थप आइसोले...
गड्डाचौकी र गौरीफन्टा नाकाबाट एकैदिन ७७६ जना नेपाली भित्रिए

गड्डाचौकी र गौरीफन्टा नाकाबाट एकैदिन ७७६ जना नेपाली भित्रिए

समाचार
पूर्णपुष्टि, असार ६  सुदूरपश्चिम प्रदेशका मुख्य दुई नाकाबाट एकै दिन ७ सय ७६ जना नेपाली स्वदेश भित्रिएका छन् ।  गड्डाचौकी र गौरीफन्टा नाकाबाट शुक्रबार ७ सय ७६ नेपाली नागरिक नेपाल भित्रिएका हुन् भने १ सय ७८ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गते यता दैनिक नेपाल भित्रिने क्रम जारी रहेको छ । उनीहरू लामो लकडाउनले खानबस्न समस्या भएपछि खुला भएका नाकाबाट नेपाल भित्रिएका हुन् । असार लागेसँगै नेपाली आउने क्रम न्यून हुँदैगएको जनाईएको छ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट ३ सय ४३ नेपाली नागरिक भित्रिएका छन् भने ४२ जना भारतीय नागरिक बाहिरिएको प्रहरीले जनाएको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ४ सय ३३ नेपाली नागरिक भित्रिएका छन् भने १ सय ३६ भारतीय नागरिक बाहिरिएको प्रहरीले जनाएको छ । योसँंगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुल...
एमसीसी बारे छलफलको लागी आज नेकपा सचिवालय बैठक बस्दै

एमसीसी बारे छलफलको लागी आज नेकपा सचिवालय बैठक बस्दै

समाचार
पूर्णपुष्टि, असार ६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टी भित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ । एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समय भन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो । शुक्रबार मात्रै चीन र नेपालको कम्युनिष्ट पार्टीबीचको भर्चुअल कार्याशालालाई सम्बोधन गर्दै प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि सहयोग नलिने बताएक...
गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, ६ गते । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष उमेर समूहका युवाहरु छन् । यस्तै ब्यास नगरपालिकामा २४ र २८ वर्षका दुई जना पुरुष तथा शुक्लागण्डकी नगरपालिकाका ३५ र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । नवलपुर जिल्लाका १६ संक्रमितहरुमध्ये बुलिङटार गाउँपालिकाका मात्रै ११ जना छन् । उनीहरु १७ वर्षदेखि ३७ वर्ष उमेर समूहका पुरुषहरु हुन् । यस्तै मध्यविन्दु नगरपालिकाका २५ र ४५ वर्ष उमेर समूहका दुई जना पुरुषमा पनि कोरो...
कोशी अस्पतालबाट थप १० जना कोरोना मुक्त

कोशी अस्पतालबाट थप १० जना कोरोना मुक्त

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ गते । १. प्रदेशबाट थप १० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ४ महिलासहित १० जना निको भएर डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा खोटाङ र सुनसरीका ३–३ जना तथा उदयपुर र मोरङका २–२ जना छन् । डिस्चार्ज भएकाहरु २१ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरु गत २१ देखि २५ गतेसम्मको अवधीमा अस्पतालमा भर्ना भएको कोशी अस्पताल कोभिड उपचार केन्द्रले जनाएको छ । १० जना डिस्चार्ज भएपछि १ न. प्रदेशबाट डिस्चार्ज हुनेको संख्या २ सय ३४ पुगेको छ । १ न. प्रदेशमा संक्रमितको संख्या ४ सय २२ पुगेको छ ।...
असार ७ गते सूर्य ग्रहण लाग्दै

असार ७ गते सूर्य ग्रहण लाग्दै

समाचार
पूर्णपुष्टि, असार ६ । भोली असाढ ७ गते आईतबार बिहान खण्डग्रास सूर्य ग्रहण लाग्दैछ । १० बजेर ५४ मिनेटमा ३ घण्टा ३० मिनेट समयसम्म सूर्य ग्रहण लाग्नेछ । ग्रहण नेपालसहित एसियाका सबै देशबाट अवलोकन गर्न सकिने बताइएको छ । नेपाल एसट्रोनोटिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार ग्रहणको मध्य १२ बजेर ३८ मिनेटमा र अपरान्ह २ बजेर २३ मिनेटमा ग्रहण समाप्त हुनेछ । सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहने छ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ । आइतबार लाग्ने ग्रहण वास्तबमा वलयाकार सूर्यग्रहण भए पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । मध्य अफ्रिकाको कंगो, सुडान, इथियोपिया, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत लगायतका स्थानबाट वलयाकार सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ । नेप...
नेपालमा यस्तासम्म जडिबुटि : शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन ‘गुर्जाे लहरा’

नेपालमा यस्तासम्म जडिबुटि : शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बढाउन ‘गुर्जाे लहरा’

समाचार, स्वास्थ्य
पूर्णपुष्टि, असार ६ को*रो*ना भाइ*रसले शरीरमा रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता नहुने मानिसलाई बढी प्रभावित पार्ने वा ज्यानैसम्म लैजाने कुरा चिकित्सकहरुले बताइरहदा नेपालमा एक जडिबुटिको नाम निकै प्रचलनमा आएको छ । जडिबुटिको देश भनेर चिनिने नेपालमा सबैखाले रोगको औषधि बन्ने जडिबुटि पाइन्छन् भनिन्छ । बनस्पतिविज्ञ, आयुर्वेदिक चिकित्सकहरुले हाल रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने जडिबुटिको रुपमा गुर्जोको प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी मध्येको एक हो गुर्जो । यो गाउँघरतिर प्रशस्त पाईन्छन् । गुर्जो लहरा भनेर चिनिने यो जडिबुटि औषधीय गुणले भरिपूर्ण रहेको आयुर्वेद चिकित्सकहरुले बताएका छन् । गाउँघरमा ज्वरो, रुघोखोकी र बाथ लगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गर्ने गरिएको छ । एलर्जी, चर्मरोग, पेट रोगमा आदिमा पनि औषधिको रुपमा प्रयोग गरिन्छ। मधुमेह, क्यान्सरस...