Monday, April 20News That Matters

Month: १० महिना अगाडि

उदयपुरगढी र कटारीमा पनि मनाईयो धान दिवस

उदयपुरगढी र कटारीमा पनि मनाईयो धान दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ असार । उदयपुरको उदयपुरगढी गाउँपालिका र कटारी नगरपालिकामा पनि २२ औँ राष्ट्रिय धान दिवस मनाईएको छ । आईतबार असार पन्द्र सँगै धान दिवस मनाईएको हो । जिल्लाको उदयपुरगढी गाउँपालिकाको वडा नं ८ नेपालटार आसपासको खेतियोग्य जमिनमा उपस्थित भएर धान दिवस मनाईएको हो । पालिकाको कृषि विकास शाखाको आयोजना, साहस नेपाल र सगरमाथा कृषि समूह को समन्वयमा उक्त दिवस मनाईएको हो । दिवसमा पालिका उपाध्यक्ष जित बहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत भक्त राई, कृषि बिकाश साखा प्रमुख लगायतको उपस्थिति रहेको थियो । यस्तै कटारी नगरपालिकाले पनि धान दिवस मनाएको छ । कृषि विकास शाखाको आयोजनामा धान दिवस मनाएको हो । दिवसमा मेयर राजेश चन्द्र श्रेष्ठ, उपमेयर गिता खड्का, इलाका प्रशासन कार्यालय कटारीकी प्रमुख कोपिला राई लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेका थिए ।...
त्रियुगा नगरपालिकाले मनायो २२ औँ राष्ट्रिय धान दिवस

त्रियुगा नगरपालिकाले मनायो २२ औँ राष्ट्रिय धान दिवस

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १५ असार । उदयपुरको त्रियुगा नगरपालिकाले २२ औँ राष्ट्रिय धान दिवस मनाएको छ । आईतबार असार पन्द्रको अवसरपारी त्रियुगा ४ बगाहामा धान दिवस मनाईएको हो । त्रियुगा नगर प्रमुख वसन्त कुमार वस्नेत र उपमेयर महेश्वरी राईले धान रोपेर धान दिवसको उद्घाटन गरे । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ हरेक बर्ष आजकै दिन राष्ट्रिय धान दिवस मनाईने गरिन्छ । किसानहरुको सहभागीतामा जनप्रतिनिधी कर्मचारीहरु सहितले धान रोपेर दिवस मनाएको हो । नगरप्रमुख बस्नेतले कृषि उत्पादनमा आत्मनिर्भर बन्नु आजको आवश्यकता भएको बताउनुभयो । धान दिवसले कृषकहरूको मनोबल उच्च बनाउने विश्वास सहित आफ्नै उत्पादनले आत्मनिर्भर बन्नु पर्ने बताउनुभयो । उपप्रमुख राईले पनि स्थानीय तहले कृषि प्रवर्द्धनमा विशेष प्राथमिकता दिएको जानकारी दिनुभयो। त्रियुगा नगरपालिकाको आयोजना तथा कृषि बिकाश शाखा लगायत बिभिन...
रौतामाईमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाकार्यक्रमको समिक्षा

रौतामाईमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाकार्यक्रमको समिक्षा

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि १५ असार उदयपुरको रौतमाई गाउँपालिकाले आ.व.२०८१/८२को अपाङ्गता रोकथाम तथा पुनः स्थापना कार्यक्रमकको समिक्षा सम्पन्न गरेको छ। गाउँपालिका उपाध्यक्ष भुपिन्द्रा बहादुर थापाको सभा अध्यक्षतामा संचालन गरिएको सो समिक्षा कार्यक्रमको प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, पालिका शाखाप्रमुखहरु, स्वास्थ्य सस्था, बिद्यालय, वडा सचिव, अपाङ्गता भएका ब्यक्तिहरुको संस्था ओपिडि र मिलिजुलि समुहका सदस्यहरु लगाएत ५० जना भन्दा बडिको सहभागिता रहेको थियो। नितान्त अपाङ्गता भएका ब्यक्तिहरुको अपाङ्गता रोकथाम र पुनः स्थापनाको पाटोमा रहेर बिभिन्न क्रियाकलाप गरिरहेको सो कार्यक्रमले अपाङ्गता भएको ब्यक्तिहरुको हक अधिकार, शिक्षा, स्वास्थ्य, जिबिकोपार्जन, सामाजिकिकरण र शसक्तिकरणमा काम गरिरहेको छ। बिगत डेढ बर्ष यता यस कार्यक्रम रौतामाई प्रभावकारि बनिरहेको सभा...
बेलकामा संञ्चालित सामुदायिक विपद स्वयंमसेवक तालिम सम्पन्न

बेलकामा संञ्चालित सामुदायिक विपद स्वयंमसेवक तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १४ असार । सशस्त्र प्रहरीद्धारा बेलका नगरपालिकामा आयोजित विपद स्वयंमसेवक तालिम सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको पाठ्यक्रम अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ५ गण हेक्वा उदयपुरले गरेको तालिमलाई बेलका नगरपालिकाले समन्वय गरेको थियो । बेलका ८ कोशी माविमा जेष्ठ २३ गतेबाट सुरु भएको उक्त तालिम असार १३ गते समापन भएको हो । यस तालिमले पछिल्लो मनसुन जस्ता विपदको सामना गर्ने अपेक्षा गरिएको छ । तालिमले विपदलाई समधान गर्ने क्षमता अभिबृद्धिमा सहयोग पुराउनुका साथै मनोवल बढाएको सहभागीहरुले जनाएको छ । तालिम सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महा निरिक्षक कुमार न्यौपानेको प्रमुख आथित्य तथा बेलका नगर उपप्रमुख जिरा राईको बिषेश आथित्यतामा साथै जिल्ला प्रमुख अधि...
उदयपुरमा सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा

उदयपुरमा सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोलनमा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १३ । उदयपुरमा सुनचादी ब्याबसायीहरु पसल बन्द गरेर शुक्रबार देखि आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा ब्याबसायीहरु आन्दोलनमा उत्रिएका हुन् । गत जेष्ठ २९ गते पनि सोही कर खारेजीको माग गर्दै स्थानिय ब्याबसायीहरुले एक दिन सुनपसल बन्द गरेर बिरोध जनाएका थिए । नेपाल सुनचाँदी व्यावसायी महासंघको निर्देशन अनुसार सगरमाथा सुनचाँदी ब्याबसायी संघ र उदयपुर सुनचाँदी ब्याबसायी संघको नेतृत्वमा व्यवसायीहरुले अनिश्चितकालको लागी पसल बन्द गरेर आन्दोलित भएको ब्याबसायी रमेश रसाइलीले बताए । सदरमुकाम गाईघाट , कटारी , बेल्टार , रामपुर र मुर्कुची बजारमा रहेका ब्याबसायीहरुले पसल बन्द गरेका छन् । व्यवसायीहरुले सुनमा लगाईएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने, बहुमुल्य हिरा पत्थरमा लगाएको १३ प्रतिशत भ्...

त्रियुगा नगरपालिकाको आफ्नै लोगो

Breaking News 1
पूर्णपुष्टि, १२ असार । त्रियुगा नगरपालिकाको आफ्नै लोगो निर्माण गरेको छ । पालिकाको ऐतिहाँस, भौगौलिक, प्राकृतिक र सामाजिक झल्कीने लोगो निर्माण भएको हो । लोगोले त्रियुगाको मौलिकता र बिशिष्टतालाई समेटेको छ । उक्त लोगोलाई पालिकाको १५ औँ नगरसभाले पारित गरेको छ । लोगोमा नेपालको झण्डा, नगरपालिकाको भुगोल, गाईको प्रतिमा, त्रियुगा र बरुवा नदी र नगरमा वसोवास गर्ने जातजातिको भेषभुषा समेटिएको छ । जस अन्तर्गत नेपालको नक्सामुनी सबै समुदायलाई अटाईएको छ ।...
विद्यालयमा काम गर्दा आँखाको ज्योति गुमाएसँगै नरेन्द्रको खोसियो जागिर

विद्यालयमा काम गर्दा आँखाको ज्योति गुमाएसँगै नरेन्द्रको खोसियो जागिर

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार १२ । उदयपुरको कटारी नगरपालिका–२ स्थित श्री मावि कल्याणपुरमा १९ वर्ष कार्यालय सहयोगी भएर काम गरेका स्थानीय नरेन्द्र धमलाले विद्यालयकै काममा खटिएका बेला आँखाको ज्योति गुमाउन पुगे । २०७८ सालमा आँखाको ज्योति गुमाएका धमलाले ८–९ पटक अप्रेसन गरे । तर, आखाँ ठिक नभएपछि उनको जागिर समेत खोसियो । नरेन्द्र धमलाले विद्यालय निर्माणको काम चलिरहेको बेला छतमा पानि हाल्ने क्रममा अकस्मात आखाँमा नराम्रो चोट लागेको सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् । धमलाको आखाँमा गहिरो चोट लागेपछि आफन्तले लहान आँखा अस्पताल लगेका थिए । श्रीमती मुना धमलाले उपचारको लागी काठमाण्डौँ तिलगंगा आँखा अस्पतालमा समेत लगिएको बताईन् । तर, धेरै खर्च गरेर ८–९ पटक अप्रेसन गर्दापनि श्रीमानको आँखाको ज्योति नफर्केको मुनाले बताईन् । श्रीमान्‌ले आँखाको ज्योति गुमाएपछि मुनाले नै विद्यालयमा कार्यालय सहयोगीको काम सुरु गर...
उदयपुरमा सुनचाँदी व्यवसायीद्धारा आन्दोलन घोषणा

उदयपुरमा सुनचाँदी व्यवसायीद्धारा आन्दोलन घोषणा

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार १२ । उदयपुरमा (भोली) शुक्रबार सुनचाँदी व्यवसायीहरुले पसल बन्द गरेर शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको छ । सरकारले आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी तथा हिराका गरगहनाको ब्याबसायमा लगाएको बिलासीता करको बिरुद्धमा ब्याबसायीहरु आन्दोलनमा उत्रिन लागेका हुन् । सगरमाथा सुनचाँदी व्यवसायी संघ र उदयपुर सुनचाँदी व्यवसायी संघको संयुक्त नेतृत्वमा भोली सदरमुकाम गाईघाट बजार, कटारी बजार, बेल्टार बजार, रामपुर लगायत बजारका सुनचाँदी व्यवसायीहरु पसल बन्द गरेर आन्दोनलमा उत्रन लागेका हुन् । यस अघि गत जेष्ठ २९ गते पनि गाईघाटमा सुनचाँदी व्यवसायीहरुले आन्दोलन गरेका थिए । नेपाल सुनचाँदी व्यावसायी महासंघको निर्देशन अनुसार उदयपुरमा पनि व्यवसायीहरुले पसल बन्द गरेर आन्दोलन गर्ने निर्णय गरिएको उदयपुर सुनचाँदी व्यवसायी संघले जनाएको छ । गाईघाटस्थित पिपल चोकदेखी र्याली सहित नगर परिक्रमा गरी कोण...
राजनितिक प्रतिसोध बिरुद्ध उदयपुर रास्वपाको हस्ताक्षर अभियान

राजनितिक प्रतिसोध बिरुद्ध उदयपुर रास्वपाको हस्ताक्षर अभियान

Breaking News 1, Breaking News 3, राजनीति, समाचार
पूर्णपुष्टि, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरले पनि हस्ताक्षर अभियान संञ्चालन गरेको छ । बिहिबार गाईघाट स्थित पिपलचोकमा पार्टि सभापति चित्र कुमार कार्की सहित नेता कार्यकर्ताहरुले हस्ताक्षर संकलन सुरु गरेको हो । पार्टी सभापति समेत रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनितिक प्रतिसोतका बाबजुत सरकारले जेल हालेको आरोप लगाउँदै हस्ताक्षर अभियान संञ्चालन गरेको हो । उनहिरुले एउटै खाले केसमा अरुलाई छुट रविलाई जेल हालेको आरोप लगाउँदै आएको छ । सहकारी प्रकरणमा जेल सजाय भोगिरहेको रविको बचाउमा रास्वपाका नेता कार्यकर्ताहरु लागिरहेको छ । उनिहरुले गठबन्धन सरकार रवि जेल हाल्नकै लागि अग्रसर रहेको समेत आरोप लगाएका छन् । कोशी प्रदेशका कार्यवाहक प्रवक्ता प्रकाश अधिकारीको प्रमुख आथित्यतामा हस्ताक्षर अभियान सुभारम्भ भएको हो । जिल्ला सभापति कार्कीले यो अभियान जिल्लाको कुना कान्दारामा पु...
प्रभातफेरी र्याली सहित लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस सम्पन्न

प्रभातफेरी र्याली सहित लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, समाचार
पूर्णपुष्टि, १२ असार । उदयपुरमा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवस प्रभातफेरी र्याली सहित सम्पन्न भएको छ । जुन २० देखि २६ अर्थात् असार ६ गतेदेखि १२ गतेसम्म मनाइने यो दिवसको अन्तिम दिन जिल्ला प्रशासन कार्यालय माताहतका कर्मचारी, सुरक्षा निकाय, लागुऔषाध विरुद्धको अभियान्ता, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्थितिमा पभातफेरी र्याली सहित समापन गरिएको हो । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले जिल्लामा लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय सप्ताहव्यापी दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । सप्ताहको पहिलो दिन जिल्ला प्रशासन कार्यालयको सभाहलमा दिवसको शुभारम्भ गरी लागूऔषध नियन्त्रण सम्बन्धमा सरोकारवाला निकायसँग अन्तरक्रिया गरिएको थियो भने असार ७ गते त्रियुगा, बेलका र कटारी नगरपालिका क्षेत्र...