उदयपुरको सबै पालिकाले ल्यायो बजेट : कस्को कति ?
पूर्णपुष्टि, असार ११ । उदयपुरको ८ वटै स्थानिय तहले आगामी वर्ष २०८२÷०८३ को लागी बजेट प्रस्तुत गरिसकेको छ । चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको मध्ये बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाले असार ९ गते बजेट ल्याएको थियो भने त्रियुगा नगरपालिका, कटारी नगरपालिका, उदयपुरगढी, ताप्ली, लिम्चुङ्बुङ र रौतामाई गाउँपालिकाले १० गते बजेट ल्याएको हो ।
उदयपुरको पालिकाहरु मध्ये सबैभन्दा धेरै बजेट त्रियुगा नगरपालिकाले ल्याएको छ । त्रियुगाले १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार बजेट ल्याएको छ । दोस्रोमा चौदण्डिगढी नगरपालिकाले १ अर्ब १३ करोड ३५ लाख ४१ हजार ६२ रुपैयाँको बजेट ल्याएको छ ।
तेस्रोमा कटारी नगरपालिकाले ८७ करोड ६५ लाख ३ हजार ४ सय ३९ रुपैयाँको बजेट ल्याएको छ । चौथोमा बेलका नगरपालिकाले ७७ करोड २६ लाख ४१ हजार बजेट ल्याएको छ ।
आठै पालिकामध्ये पाँचौँ र गाउँपालिकातर्फ पहिलो उदयपुरगढी परेको छ । उद...







