Monday, April 20News That Matters

Month: ४ वर्ष अगाडि

उदयपुरका एसपी वोहोराको सरुवा, को आए नयाँ एसपी ?

उदयपुरका एसपी वोहोराको सरुवा, को आए नयाँ एसपी ?

Breaking News 1, समाचार
पूर्णपुष्टि, साउन १५ उदयपुरका प्रहरी प्रमुख एसपी सुवास चन्द्र वोहोराको सरुवा भएको छ । बोहोराको उदयपुरबाट प्रहरी प्रशासन सिंहदरबारमा सरुवा भएको छ । बोहोराले उदयपुरमा एक बर्ष भन्दा बढी जिम्मेवारी सम्हाले । आइतबार गरिएको काज सरुवा अनुसार एसपी बोहोराको ठाउँमा उदयपुरमा नयाँ एसपी ज्ञानेन्द्रप्रसाद फुयाँल आउने भएका छन् । उदयपुर सहित सुनसरी, इलामा र नुवाकोटका प्रहरी प्रमुखहरुको समेत सरुवा भएको छ ।...
मुकुर्ची स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण

मुकुर्ची स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण

Breaking News 1, समाचार, स्वास्थ्य
पूर्णपुष्टि, साउन १५ नेपाल घरेलु तथा साना उद्योग माहासंघको समन्वय तथा नेपल चिन कार्यकारी परिषद्को सहयोगमा मुकुर्ची स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । शनिवार स्वास्थ्य चौकी व्यवस्थापनकाका अध्यक्ष तथा वडाअध्यक्ष मनोजक कुमार मगर र स्वास्थ्य चौकी प्रमुख सरोज कुमार यादवलाई स्वास्थ्य सामाग्री उपलब्ध गराईएको हो । पछिल्लो समय कोरोना बढ्ने संकेतले स्वस्थ्य सामाग्रीहरु वितरण गरिएको माहासंघका जिल्ला अध्यक्ष मधुकर थापाले बताउनुभयो । सुरक्षाकर्मीहरु सुरक्षित भएमात्र विरामीलाई उपचार सम्भव रहने भन्दै सामाग्री वितरण गरिएको हो । सामाग्री रौतामाई गाउँपालिकाका अध्यक्ष विरेन्द्र मगरले स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो उक्त कार्यक्रममा माहासंघका केन्द्रीय माहासचिव डम्वर प्रसाद रेग्मी, केन्द्रीय सदस्य भरत थापा, जिल्ला अध्यक्ष मधुकर थापा, केन्द्रीय प्रतिनिधि तेज नारायण शेर्पा, प्रदे...
५०० वर्ष पुरानो राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी

५०० वर्ष पुरानो राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १५ म्याग्दीको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले चासो लिएका हसनु । ज्यामरुककोटस्थित अर्जुन माविका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रबारदेखि राजकुवाको मर्मत तथा सरसफाइको काम भइरहेको छ । स्थानीयवासी सहभागी भई राजकुवाको मर्मत तथा सरसफाइ गरेपछि ऐतिहासिक विरासत मानिएको सो कुवाले पुनर्जीवन पाएको छ । स्थानीयवासीले श्रमदान गरेर कुवा संरक्षण र सरसफाइ गरेका छन् ।सोह्रौँ शताब्दीको अन्त्यतिर तत्कालीन पर्वत राज्यअन्तर्गतको ज्यामरुककोट राज्यका राजा भर्तिवम मल्लले पानी खाने गरेको सो कुवा जीर्ण अवस्थामा पुगेको थियो । ऐतिहासिक, सामरिक, पुरातात्विक, जैविक, धार्मिक र प्राकृतिक दृष्टिक...
झापामा एम्बुलेन्सको ठक्करबाट युवकको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट युवकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १५ झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको आज मृत्यु भएको छ । यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।उहाँका अनुसार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा–कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नं को एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १–०१–०१५ प २१४८ नं को स्कुटीलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा स्कुटी चालक झापा–६ का राजेश र सोही स्कुटीमा पछाडि सवार उनकी श्रीमती २० वर्षीया सर्मिला कार्की घाइते भएकी थिइन् । घाइते उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेकामा थप उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रवक्ता थापाले बताउनुभयो । एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड–१० क...
सघन उपचार नपाउँदा प्रधानाध्यापकको मृत्यु

सघन उपचार नपाउँदा प्रधानाध्यापकको मृत्यु

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १५ सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ । सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन् ।श्रेष्ठ बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक हुनुहुन्थ्यो । करिब मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पु¥याएका थिए । गम्भीर अवस्थाका श्रेष्ठलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक भएको केन्द्रका प्राविधिकले बताएपछि जनकपुर पु¥याइएको थियो । झुल (मच्छरदानी) नलगाई सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमै डसेको थियो । गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भ्यान्टिलेटरमा सघन उपचारको आवश्यकता दर्शाउ...
नेपालीको परम्परा साउन १५ खिर खाएर मनाइँदै

नेपालीको परम्परा साउन १५ खिर खाएर मनाइँदै

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १५ साउन १५ गते आज नेपालीले खिर खाएर मनाउँदै छन् । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई फाइदा गर्ने भएकाले खिर खाने गरिएको हो ।दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देवकार्यमा पनि महत्वपूर्ण वस्तुका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाए...
ब्रेक फेल हुँदा जिप दुर्घटना, एकको मृत्यु चालक घाईते

ब्रेक फेल हुँदा जिप दुर्घटना, एकको मृत्यु चालक घाईते

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १५ सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा आज विहान दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।उहाँले जिपको बे्रक फेल भएर दुर्घटना भएको हुनसक्ने बताउनुभयो । जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जिपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ । (रासस)...
मङ्गलबारसम्म वर्षाको सम्भावना

मङ्गलबारसम्म वर्षाको सम्भावना

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १५ आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले बताउनुभयो ।उहाँका अनुसार प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेको छ भने पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको छ । यी तीन दिन पूर्वमा मनसुन बढी सक्रिय हुने सम्भावना रहेको बताइएको छ । विभागले देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थान...
छुरा प्रहार गरी पाँच लाख लुटपाटको नाटक रच्ने आफैँ फन्दामा

छुरा प्रहार गरी पाँच लाख लुटपाटको नाटक रच्ने आफैँ फन्दामा

Breaking News 3, समाचार
काठमाण्डौँ, साउन १५ आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन् । जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन् । ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् । “लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ”, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले भन्नुभयो, “लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दैछौँ ।” अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको रु पाँच लाख नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेका प्रहरी अनुसन्धानबाट खुलेको हो । चौधरी...
खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प, उदयपुरमा पनि धक्का

खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प, उदयपुरमा पनि धक्का

Breaking News 1, समाचार
पूणर्पुष्टि, साउन १५ उदयपुरमा पनि विहान भुकम्पक धक्का महसुस भएको छ । छिमेकी जिल्ला खोटाङमा ६ म्याग्नेच्युडको भूकम्प जाँदै गर्दा उदयपुरमा पनि ठुल्लो धक्काको महसुस भएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार खोटाङको हलेसी आसपास केन्द्र विन्दु बनाएर आइतबार बिहान ८ बजे भुकम्प गएको हो । खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।...