उदयपुरमा विद्युत प्राधिकरणको चरम लापारवाही
पूर्णपुष्टि, अषार १७
उदयपुरमा विद्युत प्राधिकरणले चरम लापरवाही गरेको भेटिएको छ । त्रियुगा नगरपालिका ३ मोतिगडाबाट फत्तेपुरतिर लगेको एघार हजार भोल्टेजको नाङ्गो तार घरको छतबाट लगेको छ ।
मोतीगडाका सन्तोष बरालको घरको छतमै टसाएर तार लग्दा सोही घरमा ठेरा गरी बस्ने भरत दाहालकी छोरी कृष्टिना दाहाललाई करेन्ट लागी गम्भिर घाईते भएकी छिन । विद्युत प्राधिकरणले घरको छतमा टसाएर हाईभोल्डेजको तार लगेको कारण बालिकालाई करेन्ट लागेको स्थानियले बताए । हिजो अषार १६ गते छतमा खेल्ने क्रममा हाईभोल्डेजको तारमा छुदा कृष्टिना गम्भिर घाईते भएकी छिन ।
उदयपुर जिल्ला अस्पतामा उपचार हुन नसकेपछी उनलाई थप उपचारको लागी काठमाण्डौ लगिएको छ । करेन्ट लागी घाईते भएकी कृष्टिनाको दाहिनेहात काट्नुपर्ने डाक्टरले बताएको परिवारले जनाएको छ ।
...





