Monday, April 20News That Matters

Month: ४ वर्ष अगाडि

खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैँजू चयन

खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः सैँजू चयन

Breaking News 3, समाचार
काठमाडौं, असार १९ गते खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि नूरकाजी सैँजू चयन हुनुभएको छ । एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा भएको प्रथम साधारणसभा तथा अधिवेशनले सैँजूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । एकेडेमीको वरिष्ठ उपाध्यक्षमा भीम राई, उपाध्यक्षमा भीषण राई, कृष्णकुमार श्रेष्ठ, सुवास श्रेष्ठ, महासचिवमा शैलेन्द्र बजिमय, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा रोशेष श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरूमा रसा प्रदान, सुचन राई, रोशन राई, अशोक केसी, रुपेश बजिमय र सन्तोष जोशी रहनुभएको छ । तीन जना सदस्यलाई भने जिल्ला कार्यसमितिको पहिलो बैठकले मनोनित गरेर ल्याउने जनाइएको छ । एकेडेमीको प्रथम साधारणसभा तथा अधिवेशन दिक...
एउटा यस्तो पास्नी !

एउटा यस्तो पास्नी !

Breaking News 3, समाचार
काठमाण्डौँ, अषार १८ अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा धेरै पहिलेदेखि चल्दै आएको छ । यद्यपि कतिपय संस्कारहरूलाई अहिले आएर आधुनिकतामा ढालिएको छ र कतै–कतै यसलाई ‘कमर्सियल’ बनाउने पनि गरिएको पाइन्छ । तर आज भक्तपुरको चाँगुनारायणमा गरिएको एउटा अन्नप्राशन भने निकै भावनात्मक र नौलो प्रकारको थियो । चाँगुनारायण–४ मा अवस्थित तुलसालय आश्रममा छ महिनाकी स्तुतिको पास्नीमा उपस्थित सबै अतिथिहरूले उनको अवस्थाका बारेमा बताइरहँदा निकै भावुक भएका थिए । स्तुति उनकी आमाकी सातौँ छोरी हुन्, तर गत पुसमा उनलाई जन्म दिएको पाँच मिनेटमा नै आमा गौरा छत्यालको निधन भएको थियो । बुवा असक्त, आमाको निधन । स्तुतिका दिदीहरु सबै १३ वर्ष मुनिका । यसरी असहाय बनेकी २० दिनकी स्तुतिलाई तुलसालय हरिहर फाउण्डेशनले उद्धार गरी लालनपालन...
चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

Breaking News 3, समाचार
काठमाण्डौँ, अषार १८ न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्याङ्क । न औषधि नै हुने, न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ । एकातिर विदेशी मुद्रा सञ्चिति घट्दो छ भने अर्कातर्फ यस्ता अनावश्यक वस्तुको आयात बढ्दो छ । मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता अनावश्यक र विलाशिताका वस्तुको आयातमा अर्बौं रकम बाहिरिरहेको तथ्याङ्क समयसमयमा सार्वजनिक हुने गरेको छ । खेतबारीमा सहजै उत्पादन गर्न सकिने वस्तुदेखि ...
प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

प्रधानसेनापतिद्वारा संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण

Breaking News 2, समाचार
काठमाण्डौँ, अषार १८ संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ । शर्माले मुख्यालयस्थित राष्ट्रसङ्घका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट तथा छलफल गरी दुई पक्षीय आपसी हित र पारस्परिक सम्बन्ध एवं युएन मिसनका विविध पक्षका बारेमा छलफल गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँले त्यहाँको सैन्य मामला कार्यालयका सैन्य सल्लाहकार बिरामे दिओप, शान्ति स्थापना कार्यसञ्चालन विभागका उपमहासचिव जाँ पिये लाक्रोइ, कार्य सञ्चालन सहायता विभागका उपमहासचिव अतुल खारे र राजनीतिक तथा शान्ति निर्माण मामिलाका उपमहासचिव रोजÞमेरी डिकार्लोसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानसेनापति शर्मा यही असार ४ देखि ८ गतेसम्म लेवनान तथा असार ९ र १० गते सिरियास्थित शान्ति मिसन क्षेत्रको भ...
गाईघाटका पसल डुबानमा, लाखको क्षति

गाईघाटका पसल डुबानमा, लाखको क्षति

Breaking News 1, समाचार
काठमाण्डौँ, अषार १८ गएराति परेको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको सदरमुकामस्थित गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् । निरन्तर वर्षाका कारण बजार क्षेत्र र घर डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य बस्तु सबै नष्ट भएर पचासौँ लाखभन्दा बढीको सामान क्षति भएको स्थानीय व्यापारीले बताएका छन् । गाईघाट बजार असारी लाइन क्षेत्रका एक पसल सञ्चालक तीलक खड्काका अनुसार शुक्रबार साँझदेखि परेको भीषण वर्षाको कारण गएराति आफूहरुको टोलसहित पसल र घर डुबानमा परेको र आफ्नो पसल डुब्दा दशौँ लाखको उपभोग्य बस्तु नष्ट भएको छ ।मुख्य गरेर गाईघाट बजार क्षेत्रको शान्तिनगर टोल, ज्योति टोल, प्रतिभाटोल र मुख्य बजार क्षेत्रको पुरानो बसपार्क क्षेत्र तथा पिलचौक र सङ्गमटोलका अधिकांश घर र पसल डुबानमा पर्दा पसलमा राखिएका अधिकांश उपभोग्य बस्तु नष्ट हुन पुगेको अर्का पसल सञ्चालक दीप...
घाँस काट्न गएकी महिला बाघको आक्रमबाट गम्भिर

घाँस काट्न गएकी महिला बाघको आक्रमबाट गम्भिर

Breaking News 3, समाचार
काठमाण्डौँ, अषार १८ बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा स्थानीय ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते गुरुङको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको छ । (रासस)...
तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

तरकारीको मूल्य वृद्धि, उपभोक्ता मारमा

Breaking News 2, समाचार
काठमाण्डौँ, अषार १८ पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पु¥याएको छ । मूल्य वृद्धिसँगै कमजोर आर्थिक अवस्था भएका विपन्न परिवारलाई साँझ बिहान पकाएर खानुपर्ने तरकारीको जोहो कसरी गर्ने भन्ने चिन्ता बढेको छ । खाने तेलको मूल्य महिनैपिच्छे वृद्धि भइरहेको छ । दुई महिनाअघि प्रतिलिटर रु ३५० मूल्य रहेको यो तेलको मूल्य हाल रु ३६० पुगेको छ । तोरी पर्याप्त मात्रामा नपाउँदा बढेको तोरीको मूल्यसँगै तेलको मूल्य पनि वृद्धि गर्नुपरेको तेल उत्पादक व्यापारीको भनाइ छ । दुई महिना अघिसम्म प्रतिकिलो रु ६० देखि रु ७० पर्ने गेलभेँडाको मूल्य बढेर अहिले रु १६० पुगेको छ । यसैगरी प्रतिकिलो भिन्डी रु ७०, काउली रु ९०, रायो रु १००, घिउसिमी रु ७०, तनेबोडी रु १०० नयाँ आलु रु ६०, पुरानो आलु रु ३५ पुगेको छ । प्रतिकिलो हर...
पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

पाँचथरमा पहिराले घर बगाउँदा तीन जना बेपत्ता

Breaking News 3, समाचार
काठमाण्डौँ, अषार १८ अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने पहिरोमा उछिट्टिएर बाँच्न सफल भएका छन् । शुक्रबार राति पहिरो झरेर ढुङ्गा, माटोले बनेको रुपलालको घर तथा गोठ बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा रहेको प्रहरीचौकी सिदिनको टोली घटनाको जानकारी पाउनासाथ घटनास्थल पुगेको थियो । उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो । तर, बिहानसम्म बेपत्ता फे...
खोलामा बेपत्ता भएका बालकको शव फेला

खोलामा बेपत्ता भएका बालकको शव फेला

Breaking News 3, समाचार
काठमाण्डौँ, अषार १७ कैलारी गाउँपालिका–६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ । धनगढी उपमहानगरपालिका–१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो । बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । मृतक बालक यही असार १५ गते कैलारी–६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए । (रासस)...
उदयपुरमा बालि तथा पशु पन्छी घुम्ती विमा सेवा बारे छलफल

उदयपुरमा बालि तथा पशु पन्छी घुम्ती विमा सेवा बारे छलफल

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार १७ उदयपुरमा बालि तथा पशुपन्छी घुम्ती सेवा बारे स्थानीय सरकार र प्राविधिकहरु तथा किसानहरु सँग छलफल भएको छ । जिल्लाको चौदण्डीगढी, कटारी र बेलका त्रियुगा गरी चार नगरपालिकाहरुमा जनप्रतिनिधि प्राविधिक तथा किसानहरु सँग विमा वारे छलफल भएको हो । मेयर तथा वडाअध्यक्षहरुको भेलामा बालि तथा पशु पन्छी विमा बारे अन्तरक्रिया तथा छलफल गरिएको लुम्वीनी जनरल इन्स्योरेन्स केन्द्रीय कार्यालय कृषि बिभागका प्रमुख कुशव वरालले बताउनुभयो । नेपाल सरकारले ८० प्रतिशत अनुदानमा विमा गराईरहेको अवस्थामा बाँकी २० प्रतिशत किसानहरुले लगानी गर्नु पर्ने अवस्था छ ।२० प्रतिशत पनि स्थानीय सरकारले लगानी गरिदएमा किसानलाई सुन्य प्रतिशतमा बालि तथा पशु पन्छी विमा गराउन सकिने वराले बताउनुभयो । वरालका अनुसार २० प्रतिशत पनि किसानहरुलाई स्थानीय सरकारले सहयोग गरी दिन माग सहित छलफल भएको जनाएको छ । किसानलाई सौलियत रु...