१६ नं वडा सुकौरा र बेङ्रीका १० व्यवसायीक कृषकलाई भैँसी वितरण
पूर्णपुष्टि, असार २० गते ।
“एक घर एक भैँसी, खाऔँ दुध नखाऔँ रक्सी” भन्ने नाराका साथ त्रियुगा नगरपालिका १६ नं वडाले व्यवसायीक कृषकहरुलाई दुहुनो भैँसी वितरण गरेको छ । वडाको सुकौरा र बेङ्रीमा रहेको व्यवसायीक भैँसी पालनमा आबद्ध १० घर परिवारलाई दुहुनो भैँसी वितरण गरिएको वडाअध्यक्ष मान वहादुर राईले जनाउनुभयो । आईतबार वडाअध्यक्ष राईसहित जिल्ला समन्वय समिति सदस्य गोमा कार्की, वडा सचिव महेस खनाल र अन्य वडा सदस्य सहितका जनप्रतिनिधिहरु र ना.प.स्वा.पा दिनेश प्रसाद पोखरेल कृषि तथा पशु प्राविधिकहरु को उपस्थितिमा भैँसि वितरण गरिएको हो ।
अध्यक्ष राईका अनुसार वडाको आर्थिक बर्ष ०७८/०७९ को वडागत बार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार गत आर्थिक बर्ष देखीनै यो कार्यक्रम संञ्चालनमा आएको जनाउनुभयो । यस भैँसी वितरण अभियान बिषेशगरी वैदेशिक रोजगार बाट फेर्केका युवा, विपन्न तथा आर्थिक अवस्था कमजोर परिवार र बेर...









