Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

खोटाङमा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा

खोटाङमा ठेकेदारको लापरवाही : करोडौँको योजना पहिराका जोखिममा

Breaking News 3, समाचार
काठमाडौं, असार २१ गते । ठेकेदार कम्पनीको लापरवाहीले खोटाङमा सञ्चालित विभिन्न विकासे योजना सामान्य वर्षामै पहिराको जोखिममा परेको छ । खोटाङमा सञ्चालित कतिपय योजना निर्माण सम्पन्न नहुँदै तथा कतिपय निर्माण सम्पन्न भएर सञ्चालनमा आएको केही दिन नबित्दै वर्षाको पानीले भत्किन थालेको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारको रत्नपार्कमा निर्माण गरिएको ‘सपिङ कम्प्लेक्स’ र ‘चिल्ड्रेन पार्क’को पर्खाल र मैदान सामान्य वर्षामै भासिएको छ । निर्माणस्थल सम्याउँदा फालिएको माटो भरेर पर्खाल उठाइएका कारण चिल्ड्रेन पार्कको पर्खाल र मैदान यही असार १७ गते राति भासिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नगरपालिकासँगको साझेदारीमा रु चार करोड ३७ लाख ८४ हजार ७५१ को लागतमा सपिङ कम्प्लेक्स र चिल्ड्रेन पार्कको मैदान निर्माण गरेको थियो । गत फागुन ३ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालि...
कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात

कृषिजन्य वस्तु : निर्यातभन्दा बढी आयात

Breaking News 2, समाचार
काठमाडौं, असार २१ गते । पूर्वीनाका काँकडभिट्टा भएर कृषिजन्य वस्तुको निर्यातभन्दा आयात वढी भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा सो नाका भएर रु आठ अर्ब ६७ करोड २० लाख ६० हजार बराबरको कृषिजन्य वस्तुको आयात भएको छ भने रु सात अर्ब ४१ करोड ८९ लाख तीन हजार बराबरको वस्तुको निर्यात भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले जनाएको छ । सबैभन्दा बढी रु तीन अर्ब ९५ करोड ९६ लाख ४० हजार बराबरको ८०० मेट्रिक टन अलैँची निर्यात भएको छ । कार्यक्रममा नेपालमा उत्पादित अलैँची भारत, बङ्गलादेश र रसिया निर्यात भएको कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले जानकारी दिनुभयो । उहाँले यो नाका भएर दोस्रोमा चिया, तेस्रोमा मुसुरो दाल, अम्लिसो, अदुवा, जडीबुटीजन्य पदार्थ, प्लाइउड, तोरीको पिना, वन लसुन बढी मात्रामा निर्यात भएको बताउनुभयो । संरक्षण अधिकृत साहुका अनुसार आयात हुनेमा सबैभन्दा बढी भटमासको सोय...
लागुऔषध ट्याब्लेटसहित २ जना पक्राउ

लागुऔषध ट्याब्लेटसहित २ जना पक्राउ

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २१ गते । मोरङका तीन छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ट्याब्लेटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतिय बजारबाट नेपाल तर्फ आउँदै गरेका पथरी शनिश्चरे नगरपालिका–१ का ४४ बर्षीय भानु याङदेनलाई सोमवार दिउँसो लागुऔषधसहित पक्राउ गरेको हो । याङदेनको साथबाट प्रहरीले लुपिजेसिक ७० एम्पुल, फेनारगन ६० एम्पुल, डाईजोपाम ७० एम्पुल र एभिल ७० एम्पुल बरामद गरेको हो । यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान – ११ का ३८ वर्षीय राजु घिमिरेलाई विभिन्न किसिमका लागुऔषध ट्याब्लेटसहित पक्राउ गरेको छ । घिमिरेको साथबाट प्रहरीले लुपिजेशिक–२० एम्पुल, एभिल–२० एम्पुल, डाईजेल्याब–२० एम्पुल र फेनरागन–२० एम्पुल बरामद गरेको थियो । यसरी लागुऔषधसहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट ...
करेन्ट लागी घाईते कृष्टिनाको उपचारको माग गर्दै गाईघाट प्राधिकरणलाई ज्ञापन पत्र

करेन्ट लागी घाईते कृष्टिनाको उपचारको माग गर्दै गाईघाट प्राधिकरणलाई ज्ञापन पत्र

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २१ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले विद्युत प्राधिकरणलाई सोमवार एक ज्ञापन पत्र बुझाएको छ । करेन्ट लागी घाईते भएकी त्रियुगा नगरपालिका ३ मोतिगडाकी कृष्टिनाको उपचार र भविष्य ग्यारेन्टीको माग गर्दै संगठनले विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र गाईघाटलाई ज्ञापन पत्र बुझाएको छ । संगठनका अध्यक्ष सिताराम राउत सहितको टोलीले प्राधिकरणमै गई ज्ञापन पत्र बुझाएको हो । गाईघाट शाखा प्राधिकरणको चरम लापर्वाहीका कारण कृष्टिनालाई करेन्ट लागेको र यसको उपचार भविष्यको ग्यारेन्टी प्राधिकरणले नै लिनु पर्ने विज्ञाप्तीमा उल्लेख छ । गाईघाट बाट मोतिगडा हुँदै जोगिदह फत्तेपुर तर्फ लगिएको ११ हजार भोल्टेजको लाईनले घरको छतमा खेलिरहेको अवस्थामा कृष्टिनालाई करेन्ट लागेको थियो । यसरी चरम लापर्वाहीले लाईन र तार जथाभावी छोड्ने ठेकेदार, स्वीकृत गर्ने कर्मचारी सवैलाई कार्व...
समन्वय समितिको कार्याकाल सकिए लगत्तै पुरानो पेशा टेलरिङमै फर्किए जितेन्द्रमान

समन्वय समितिको कार्याकाल सकिए लगत्तै पुरानो पेशा टेलरिङमै फर्किए जितेन्द्रमान

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २० सार्वजानिक पद सम्हालेर कार्यकाल सकिए पछि दाङका जितेन्द्रमान नेपाली आफ्नै पुरानो काममा फर्किएका छन् । उनि आफ्नै पुरानो र पद भन्दा साधारण पेशामा फर्किए सँगै उदाहरणीय व्यक्तिको रुपमा समेत परिचित बनेका छन् । उनि २०७४ सालमा अघि जिल्ला समन्वय समिति दाङका प्रमुख बनेका थिए । नेपाली नेकपा एमाले बाट दाङका समन्वय प्रमुखमा निर्वाचित बनी ५ बर्ष पद सम्हालेका व्यक्ति हुन् । अहिले आफ्नो कार्याकाल पुरा गरी पुरानै पेशामा आवद्ध बनेका छन् । काममा फर्किए सँगै जितेन्द्र फरक मात्रै हैन उदाहरणीय व्यक्ति समेत बनेका छन् । राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त मानिसहरु श्रममा फर्किन रुचाउँदैनन् । तर उनि यसै कारण फरक भइदिए । जितेन्द्रमान एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य पनि हुन् । तर राजनीतिसँगै टेलरिङ पेशालाई निरन्तरता दिएका छन् । राजनिति गरेर मात्र पेट भरिन्न क...
नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

नोबेल र केएमसीले खेलाडीहरुलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २० गते । विराटनगर, २० असार । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पीकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् । खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पीक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् । प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्...
प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधनसहित चालक नियन्त्रणमा

प्राकृतिक दोहनमा संलग्न ९ वटा सवारी साधनसहित चालक नियन्त्रणमा

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २० गते । मोरङमा अवैधरुपमा प्राकृतिक दोहनमा संलग्न नौं वटा सवारी साधनसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको केराबारी–८ स्थित रहेको खदम खोला, केराबारी–७ स्थित रहेको मुगु खोला, सुन्दरहरैचा–५ स्थित रहेको बुढीखोला र बेलबारी–२ स्थित रहेको लोहन्द्रा खोलाबाट अवैधरुपमा गिटि, बालुवा उत्खनन् गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सवारी र चालकलाई नियन्त्रणमा लिएको हो । टिफर ४ वटा, ट्रयाक्टर ४ वटा, एउटा जेसिवि र तीनका चालकसहित नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नियन्त्रणमा लिईएका नौं वटै सवारी साधनसहित चालकहरुलाई आवश्यक कारवाहीको लागि बेलवारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।...
ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

Breaking News 3, समाचार
काठमाडौं, असार २० गते । नेपालमा पहिलो पटक कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ प्रजातिको फेला परेको छ । काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालको प्रयोगशाला गरिएको अणुवाङ्शिक (जीन सिक्वेन्सिङ) अध्ययनमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला परेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिनुभयो । उहाँका अनुसार देखिएको सङ्क्रमणमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति (द्यब्छ’) हो । निर्देशक दासले नयाँ प्रजातिको भेरियन्टबारे अध्ययन गरिरहेको बताउनुभयो । “हामीलाई पनि हिजो धुलिखेल अस्पतालबाट ओमिक्रोनको नयाँ प्रजातिका बारेमा जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “कुन बिरामीमा ओमिक्रोनको नयाँ प्रजाति भेटिएको भन्नेबारमा हामीले अध्ययन गरिरहेका छौँ ।” नेपालमा यसभन्दाअघि ओमिक्रोनको द्यब्द्द प्रजातिको भेरियन्ट भेटिएको थियो । महाशाखाले पनि राष्ट्रिय जनस्वास्...
कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

कालोपत्र गरेको दुई महिनामै भत्कियो सडक

Breaking News 3, समाचार
काठमाडौं, असार २० गते । भत्केर वर्षामा हिलाम्ये र हिउँदमा धुलाम्ये हुँदै आएको सडक निर्माणका लागि ठेक्का भएको सात वर्षपछि कालोपत्र भयो । कालोपत्र भएको दुई महिनापछि कतै सडक आफैँ भत्किन थाल्यो भने कतै भने पाइप, ढल एवं नेपाल टेलिकमको तार भूमिगत गर्न खन्न थाल्दा भत्कियो । यस्तो दृश्य अहिले जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकको गोकर्ण–नयाँपाटी खण्डमा देखिन्छ । कालोपत्र भएको दुई महिनामै कतै भत्कने र कतै भत्काइएको देख्दा नेपालको विकासको दुर्दशा हेरेर बसिरहन परेको स्थानीय ईश्वर श्रेष्ठ बताउनुहुन्छ । सडक ठेक्का भएको सात वर्षसम्म खानेपानीको पाइप नबिच्छ्याउने र तार भूमिगत नगर्ने तर सडक कालोपत्र हुनेबित्तिकै यी काम थालिएको छ । कालोपत्र भएको सडक दुई महिनामै भत्कँदा फेरि खाल्डाखुल्डी हुने, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको छ । यो समस्याबाट एक दशकसम्म दुःख पाएका स्थानीयवासी र यात्रु फेरि समस्यामा प...
झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए

झापामा मानव र वन्यजन्तु द्वन्द्वबाट ५२ जनाले ज्यान गुमाए

Breaking News 3, समाचार
काठमाडौं, असार २० गते । झापामा २०६४ सालदेखि हालसम्म मानव र वन्यजन्तु द्वन्द्वका कारण ५२ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ४७ नेपालीे र पाँच भारतीय नागरिक छन् । वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि झापाली नागरिकले विगतदेखि आवाज उठाइरहेको भए पनि यसको ठोस योजना बन्न नसकेको प्रदेश नं १ प्रदेशसभा सदस्य एकराज कार्कीले बताउनुभयो । भारतबाट हुलका हुल आउने जङ्गली हात्ती झापाको बहुण्डाँगी क्षेत्रमा प्रवेश गरी मानवबस्ती, किसानको बालीनाली सखाप पार्नुका साथै मानवजीवन नै खतरामा पर्ने गरेको उहाँले जानकारी दिनुभयो । जिल्लामा हात्ती आतङ्क छ र योसँगै अहिले किसान रासायनिक मलको मार खेपिरहेका छन् । झापामा केही वर्ष पहिले बाहुण्डाँगीमा मेची नदीको पश्चिमतर्फ फ्रेन्सी तार लगाइयो, यसले गर्दा केही वर्षसम्म हात्ती प्रवेशमा नियन्त्रण भए पनि चोरी, तस्करीका कारण फेन्सी तार छैन र अहिले निर्वाधरुपमा हात्ती प...