Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

खोटाङमा साग पदक बिजेता सात खेलाडी पुरस्कृत

खोटाङमा साग पदक बिजेता सात खेलाडी पुरस्कृत

Breaking News 2, खेलकुद, समाचार
ओटाङ, असार २२ तेह्रौँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई खोटाङमा पुरस्कृत गरिएको छ । दिक्तेलमा मङ्गलबारदेखि सुरु भएको किराँत राई खेलकुद सङ्घको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा सागमा पदक जित्ने सात खेलाडीलाई नगदसहित सम्मान गरिएको हो । दिक्तेलस्थित बहुउद्देश्यीय कभर्डहलमा भएको कार्यक्रममा साग प्रतियोगिताका स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही रु १० हजारसहित सम्मान गरिएको आयोजक किराँत राई खेलकुद सङ्घका अध्यक्ष महेन्द्रकुमार राईले जानकारी दिनुभयो । सङ्घले १३औँ सागमा तेक्वान्दोमा स्वर्ण जित्ने सुशीला राई ९सुनसरी० तथा उसुमा कास्य प्राप्त गर्ने अशोक खालिङ राई ९इलाम०, स्क्वासमा कास्य पाउने भावना सुनुवार ९रामेछाप०, आर्चरीका टोली व्यवस्थापक मीनाकुमारी राई ९उदयपुर०, बक्सिङका टोली व्यवस्थापक प्रमिला राई (झापा) र १२औँ स...
ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्यधिक

ग्रामीण क्षेत्रका महिलामा आङ खस्ने समस्या अत्यधिक

Breaking News 1
बर्दिया, असार २२ बर्दियाका ग्रामीण क्षेत्रका अधिकांश महिलामा आङ ९पाठेघर० खस्ने समस्या देखापरेको छ । गुलरिया नगरपालिकाले १२ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा उक्त अवस्था जानकारीमा आएको हो । गुलरिया स्वास्थ्य शाखाका सिनियर अनमी विष्णु सापकोटाका अनुसार शिविरमा झडै ६०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । दश महिलाको पाठेघरमा रिङ राखिको उहाँले बताउनुभयो । जाँच गर्दा ४० वर्ष उमेर नाघेका महिलामा आङ खस्ने समस्या पाइएको छ । पाठेघर खस्ने रोगबाट पीडित महिलामध्ये एक चौथाइको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको सापकोटाले बताउनुभयो । विशेषतः थारू, दलित, मधेसी र सीमान्तकृत समुदायका महिला उक्त रोगबाट बढी पीडित रहेको सापकोटा बताउनुहुन्छ । केही महिनाअघि कार्यालयले आङ खस्ने रोगबाट पीडितमध्ये संवेदनशील अवस्थाका १५ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो । कम उमेरमा विवाह गरेका, असुरक्षितरूपमा ...
हत्यामा संलग्न चार जनालाई आजीवन कारवास

हत्यामा संलग्न चार जनालाई आजीवन कारवास

Breaking News 3, समाचार
काठमाडौं, असार २१ गते । जिल्ला अदालत सङ्खुवासभाले मादी हत्या प्रकरणमा संलग्न पाँचमध्ये चार जनालार्ई आजीवन कारावासको फैसला सुनाएको छ । जिल्ला अदालत सङ्खुवासभाले एकै परिवारका ६ जनाको हत्यामा संलग्न चार जनालाई आजीवन र एक जनालाई २५ वर्षको दुई तिहाइ कारावास फैसला सुनाएको हो । विसं २०७८ भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । जिल्ला अदालतका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले एकै परिवारका ६ जनाको हत्यामा संलग्न पाँच जनालाई कसुरदार ठहर गर्दै सोमबार फैसला सुनाएको जिल्ला अदालतका श्रेस्तेदार केदारप्रसद गौतमले जानकारी दिनुभयो । हत्यामा संलग्न मादी –१ का २८ वर्षीय लोकबहादुर कार्की, ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्कीलाई आजीवन कारवास र १७ वर्षीय नरेश कार्कीलाई भने २५ वर्षको...
बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गर्ने धामी पक्राउ

Breaking News 3, समाचार
पूर्णपुष्टि, आसर २२ गते । बोक्सीको आरोप लगाई महिलामाथि कुटपिट गरेको अभियोगमा संखुवासभाबाट एक जना पक्राउ परेको छ । ३४ वर्षीया महिलालाई बोक्सीको आरोप लागाई कुटपिट गरेको अभियोगमा धर्मदेवी नगरपालिका–२ तामाफोक बस्ने ३७ वर्षीय मोहन बहादुर कार्की पक्राउ परेको हो । झारफुक गर्न गएकी ती महिलालाई असार १४ गते बोक्सीको आरोप लगाई धामी कार्कीले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट उनी घाइते भएको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो । घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
सिमलको रुखले रोकिएको सडक निर्माण

सिमलको रुखले रोकिएको सडक निर्माण

Breaking News 3, समाचार
काठमाडौं, असार २१ गते । विसं२०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै छ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा चार लेनको ८०० मिटर पक्की पुल छ । पारी दोधारातर्फ साढे ८०० मिटर छ लेनको सडक बन्नाका साथै वारि भीमदत्तको तटीयक्षेत्र हँुदै उत्तर गड्डाचौकीसम्म पाँच किलोमिटर पहुँच मार्ग बन्ने भएपछि यस क्षेत्रमा विकासले मुहार पनि फेरेको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा दुई वटा सिमलको रुख हटाउन नसक्दा भने निर्माण चार वर्षभन्दा बढी समय गुजार्नुप¥योे । पहुँच मार्गमा पर्ने दुई वटा सिमलका रुख हटाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत प्रक्रिया अघि बढाइएको वर्षपछि मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय भएको छ ।“ विभागीय मन्त्रालयमा धेरै पटक सिमलको रुख कटाउने विषयमा परिपत्र ग¥यौँ,...
काठमाडौँमा थप दुई जनामा हैजा

काठमाडौँमा थप दुई जनामा हैजा

Breaking News 3, समाचार
काठमाडौं, असार २१ गते । काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिनुभयो । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उहाँका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उहाँले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताउनुभयो । हैजा तथा झाडापखाला रोगबाट बच्नका लागि उमालेको वा क्लोरिन झोल हालेर शुद्धिकरण गरिएको पानी मात्र पिउन आग्रह गरिएको छ । खाना बनाउनु अघि र पछि, दिसापिसाब गरेपछि र फोहर चलाएपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्दछ । यस्तै, खानेपानी सधैँ सफा भाँडोले छोप्न, खानेकुरा राम्ररी पकाएर खान, सडेगलेको, बासी र झिँगा...
रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो

रामेछाप बस दुर्घटना अपडेट : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो

Breaking News 2, समाचार
काठमाडौं, असार २१ गते । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ । रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासि भिरमा खसेर तल्लो सडकमा बजारिँदा नौ यात्रुको ज्यान गयो । दुर्घटनाको यकिन कारण त खुलिसकेको छैन तर प्रारम्भिक अनुसन्धानबाट भने बसको अवस्था ठिक नभएको भन्ने खुलेको छ । सुनापाती गाउँपालिकाका अध्यक्ष ठूलोकान्छा तामाङका अनुसार उक्त गाडी अघिल्लो दिन पनि ब्रेक फेल भएको भनेर सामान्य कसकास गरेर यात्रु बोक्न तयार पारिएको थियो । तर बसको अवस्था राम्ररी जाँच नहुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान छ । आज बिहान झन्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गर...
वर्षातले उदयपुरमा विद्युत्का पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

वर्षातले उदयपुरमा विद्युत्का पोल ढालेपछि त्रियुगा र चौदण्डीगढी नगरक्षेत्र अन्धकार

Breaking News 1, समाचार
काठमाडौं, असार २१ गते । जिल्लाकोे त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रमा गत शनिबार आएको बाढीले विद्युत्का पोल ढालेपछि ती नगर क्षेत्र सहित अन्य गाउँ अन्धकारमय बन्न पुगेका छन् । त्रियुगा –२ लुहालेखोलामा आएको बाढीले विद्युत् पोल ढालेपछि अहिले नगरको वडा नं १ जोगीदह, २ को खैजनपुर र ३ को मोतीगडा, चाप, भुल्के गाउँ अन्धकारमय बन्न पुगेका छन् । भुल्केका स्थानीय ईश्वरीप्रसाद भट्टराईले पटक–पटक विद्युत् प्राधिकरणलाई ध्यानकर्षण गराउँदा पनि अहिलेसम्म पोल मरतमत नभएको बताउनुभयो । शनिबारकै वर्षाको कारण बाढीले चौदण्डीगढी –१ र २ तथा ५, ९ र १० वडा जोड्ने विद्युत् पोल ढालेको थियो । चौनपा–२ रानीवासका स्थानीय तेजेन्द्र कार्की भन्नुहुन्छ, “चार दिनदेखि निरन्तर अन्धकारमा बस्दै आएका छौँ, विद्युत् प्राधिकरणलाई पटक–पटक पोल मर्मत गर्न अनुरोधसमेत गरेका छौँ तर अहिलेसम्म बिजुली बलेको छैन ।” विद्युत् प्राधिकरण गाई...
रामेछाप बस दुर्घटना : ९ जनाको मृत्यु, २३ घाइते

रामेछाप बस दुर्घटना : ९ जनाको मृत्यु, २३ घाइते

Breaking News 3, समाचार
काठमाडौं, असार २१ गते । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ । उक्त दुर्घटनामा अन्य २३ यात्रु घाइते भएको रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले राससलाई जानकारी दिनुभयो । आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रजिअ पहाडीले जानकारी दिनुभयो । बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ । उहाँका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन । अहिले उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ । रासस...
तेह्रथुम ‘ढाकाको राजधानी’

तेह्रथुम ‘ढाकाको राजधानी’

Breaking News 3, समाचार
काठमाडौं, असार २१ गते । तेह्रथुम जिल्ला ‘ढाकाको राजधानी’ घोषित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र म्याङलुङ नगरपालिकाले सोमबार तेह्रथुमको म्याङलुङमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा गरिएको हो । विशेषतः लिम्बू समुदायले अत्यधिक मात्रामा उत्पादन गर्ने ढाका पछिल्लो समय जिल्लाको आम्दानीको एक मुख्य स्रोत रहेको थियो । ‘तेह्रथुमे ढाका’को नामले यहाँ उत्पादित ढाका कपडाले बजारसमेत लिइरहेको थियो । ढाका उत्पादनलाई बढाइ उद्योगका रूपमा विकसित गर्दै लैजान, ढाका कपडा बुन्ने सीप र कलालाई प्रचार–प्रसार गर्न, व्यावसायीकरण र विविधिकरण गर्न तथा तेह्रथुमको ढाकाको विशेष पहिचान स्थापित गर्न जिल्लालाई ढाकाको राजधानी घोषणा गरिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गर्नुभयो । म्याङल...