Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

Breaking News 3, आर्थिक, समाचार
काठमाडौं, असार २३ गते । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १८५ तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । रासस...
मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

मालपोत कर्मचारीसहित १३ जना दोषी ठहर

Breaking News 2, समाचार
काठमाडौं, असार २३ गते । जिल्ला अदालत सुर्खेतले जग्गाधनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ (क) कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद–बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गर्नुभएको थियो । जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप सावद, कम्प्युटर शाखामा कार्यरत गणेश विक, खरिदार रजिष्ट्रेशन कृष्णबहादुर थापा, दीपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा नामसारी फाँटका तीर्थराज महतारा, वीरेन्द्रनगर–१२ तत्कालीन कार्यवाहक अध्यक्ष रामकुमार दर्लामी, वडा सचिव उत्तम अधिकारी र सुनि...
हावाहुरीले मकैबाली नष्ट गर्दा खोटाङमा चार करोडको क्षति

हावाहुरीले मकैबाली नष्ट गर्दा खोटाङमा चार करोडको क्षति

Breaking News 3, समाचार
काठमाडौं, असार २३ गते । यही असार १७ गते राति वर्षासँगै चलेको हावाहुरीले करिब रु चार करोड मूल्यको मकैबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्रले दिएको तथ्याङ्कानुसार ३३० दशमलव ०५ हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा रु तीन करोड ८६ लाख ६८ हजार ८३० बराबरको क्षति भएको हो । लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको मकैका बोट हावाहुरीले नष्ट गर्दा करिब ३३६ दशमलव २५ मेट्रिकटन मकैको दाना क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो । “हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमा ठूलो क्षति गरेको छ”, उहाँले भन्नुभयो, “मकैबालीमा भएको क्षतिको विवरण सङ्कलन गरेर राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरेका छौँ ।” रातको समयमा चलेको हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले लगाएको मकैबालीमा क्षति गरेको कृषि ज्ञा...
दुर्घटना न्युनिकरण गर्न गााईघाट यातायात र ट्राफिक कार्यालयको संयुक्त अनुगमन, २१ सवारी कार्वाहीमा, तस्विर सहित

दुर्घटना न्युनिकरण गर्न गााईघाट यातायात र ट्राफिक कार्यालयको संयुक्त अनुगमन, २१ सवारी कार्वाहीमा, तस्विर सहित

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २३ यातायात व्यवस्था सेवा कार्यालय गाईघाट र जिल्ला ट्राफिक कार्यालय उदयपुरले बिहिबार संयुक्त रुपमा सवारी अनुगमन गरेको छ । दुर्घटना न्युनिकरण र चालकहरुलाई सचेत गराउने भन्दै संञ्चारकर्मीहरुको समेत उपस्थितिमा कडाईका साथ सवारी अनुगमन गरिएको हो । सवारी चाप र अव्यवस्थीत बाटोघाटोमा हुने अत्यादिक दुर्घटनाको अवस्थालाई मध्यनजर गरी यसलाई न्युनिकरण पार्दै सचेत गराउन अनुगमन गरिएको कार्यालय प्रमुख श्याम वहादुर लिम्वुले बताउनुभयो । लिम्वुका अनुसार अनुगमनको क्रममा चालकहरुलाई दुर्घटनाबारे सचेत समेत गराईएको जनाउनुभयो । कतिपय चालकहरुले सवारी निति नियम तथा ट्राफिक नियम समेत नजानेको र कतिपयले भने नियम मिचेर हिडिरेको अवस्थामा फेलापरेको लिम्वुले बताउनुभयो । त्यस्ता अवस्थामा फेला परेका नबुझेका व्यक्तिहरुलाई बुझाएर छाडिएको र नियम मिच्नेहरुलाई कार्वाहीको दायरमा ल्याईएको उहाँले बताउनुभयो । ...
चट्याङ लागेर १४ रोपाहार घाइते

चट्याङ लागेर १४ रोपाहार घाइते

Breaking News 1, समाचार
काठमाडौं, असार २३ गते । चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् । कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए । सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ । रासस...
सञ्चारकर्मी सहकारीले चार पत्रकार सम्मान  गर्ने  

सञ्चारकर्मी सहकारीले चार पत्रकार सम्मान  गर्ने  

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २३ गते । सञ्चारकर्मी   सञ्चार सहकारी संस्था विराटनगरले चार पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले  शिक्षक मासिक(काठमाडौं) का सम्पादक राजेन्द्र दाहाल, नेपाल टेलिभिजन  विराटनगर सम्वाददाता मोहन मानन्धर, उद्घोष दैनिकका सम्वाददाता बाबुराम भण्डारी र मकालु टेलिभिजनकी सम्वाददाता उषा सर्दारलाई  सम्मानित एवम् पुरस्कृत गर्ने भएको हो  । उनीहरुलाई सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको एघारौं स्थापना दिवसको अवसर पारेर सम्मान गर्न लागेको हो । दाहाल यसै वर्ष स्थापित तोरेन्द्र-इन्दिरा प्रधान प्रेस स्वतन्त्रता सम्मानबाट सम्मानित हुने भएका हुन् । डा संझना प्रधानले आफ्ना बुबा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र आमा इन्दिरा प्रधानको नाममा राखेको सो पुरस्कारको राशि ५१ हजार छ । मानन्धर २०७५ सालदेखि  प्रदान गर्न सुरु गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित ...
उदयपुरका दुई वालिका सुनकोशीमा बेपत्ता

उदयपुरका दुई वालिका सुनकोशीमा बेपत्ता

Breaking News 1
पूर्णपुष्टि, असार २२ उदयपुरमा आज सुनकोशीले बगाएर दुई बालीका बेपत्ता बनाएको छ । त्रियुगा नगरपालिका १४ साउनेकी १३ वर्षिया विपना राई र १२ वर्षिया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुुर मगरले बताउनुभयो । वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउसो करिब २ बजेको समयमा उनीहरुलाई बगाएको हो । दिउसो पौडी खेल्ने क्रममा उनीहरुलाई कोशीले बगाएको थियो । बालिकाहरु गाईबस्तु चराउन गएको बेला गर्मीले पौडि खेल्न कोशी पसेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजी कार्य भइरहेको छ । परिवार, गाउँले र प्रहरीले खोजी कार्य गरेपनि साँझ अबेरसम्म फेला परेको छैन । आज रात परेपछि खोजी स्थगित गरी भोली खोजिने भएको छ । कोशीको नाकाहरुमा भने प्रहरी तैनाथ राखिएको एसपी बोहराले बताउनुभयो । ध्चष्तभ तय द्यजयतचबव च्बष्...
त्रियुगा नदीमा अबैध उत्खनन

त्रियुगा नदीमा अबैध उत्खनन

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २२ बर्खाको समयमा जोखिम रहने खोला नालालाई बचाउने अभियानमा लाग्नु पर्ने अवस्थामा त्रियुगा नदीमा भने अबैद्ध उत्खनन भैरहेको छ । सरकारले खोला उत्खननमा रोक लगाईरहेको अवस्था रहेपनि उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीमा भने उत्खनन भैरहेको छ । यसरी खुलेआम भैरहेको उत्खनन्मा सम्बन्धित निकायहरुले कुनै ध्यान दिएको अवस्था छैन् । त्यस ठाउँमा गैरकानुनी रुपमा वालुवा, ढुँगा तथा ग्रावेल उत्खनन नरोकीएको स्थानीयहरुले जनाए । देउरीबाट सिँधै तल खोलामा वालुवा तथा ढुङ्गा निकाल्ने काम भैरहेको अवस्थामा पनि सम्बन्धित निकायहरु आँखा फुकालेर हेर्न सिवाय केहि कानुनी कार्वाही तर्फ लागेको छैन् । त्यस स्थान बाट दैनिक रुपमा ५ वडा बढी ट्याक्टरले खोलाका सामाग्री उत्खनन गरिरहेको अवस्था छ । दिनडाहडै खोला उत्खनन भैरहँदा नजिकैको प्रहरी र सम्बन्धित निकायहरु चुपचाप रहेको छ । खोला उत्खननलाई सम्बन्धित निकायहरुले ...
त्रियुगा माध्यमिक विद्यालय गाईघाटमा पनि वस सेवा संञ्चालन

त्रियुगा माध्यमिक विद्यालय गाईघाटमा पनि वस सेवा संञ्चालन

Breaking News 1, शिक्षा, समाचार
पूर्णपुष्टि, असार २२ जिल्लाकै पुरानो विद्यालय त्रियुगा माविमा पनि वस सेवा संञ्चालन भएको छ । सरकारी विद्यालय त्रियुगा नमुना मावि गाईघाटलाई भारतीय दुवासले बस उपलब्ध गराए सँगै वस सेवा संञ्चालन भएको हो । विद्यालयलयलाई मंगलबार नेपाल सरकारको परराष्ट्र मन्त्री डा. नारायण खड्काले बसको साँचो प्रदान गरी सेवा संञ्चालनलाई विस्तार गरेको हो । यस विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम बाट पठनपाठ गराईँदै आईएको अवस्था छ । सरकारीमै नेपाली तथा अंग्रेजी माध्यमबाट राम्रो पठनपाठन सुरु भएपछि विद्यार्थीहरुको चाप बढेको विद्यालयका प्रध्यापक सुवास बिष्टले बताउनुभयो । यसरी बिद्यार्थीहरुको चाप सँगै टाढा बाट आउने विद्यार्थीहरु समेत रहेको भन्दै यस वस सेवाले त्यस्ता विद्यार्थीहरुलाई सेवा दिने जनाए । नगरपालिकाका बिभिन्न ठाउँ लालपत्ता, कालिखोला, चुहाडे, जलजले लगायत टाढा बाट आउने विद्यार्थीहरुलाई वसले सहज सेवा दि...
बर्षाले भत्काएका ताप्लीका सडकहरु मर्मतपछि पून : सुचारु

बर्षाले भत्काएका ताप्लीका सडकहरु मर्मतपछि पून : सुचारु

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २१ ताप्लीमा बर्खाले समस्या बनाएको सडक पून : सुचारु अवस्थामा पुगेको छ । ताप्ली अध्यक्ष ढुँगराज बिक आफै फिल्डमा खटी सडक मर्मतको कामलाई प्राथामिकता दिईएका थिए । बर्खाले पालिकाको बिभिन्न गाउँ रुपाटार कुमालटार, डडुवा, मादले जोड्ने अबरुद्ध सडकक जिर्ण अवस्थामा रहेका थिए । अत्यावश्यक सडक मर्मतपछि सुचारु भएसँगै पालिकाको अन्य अबरुद्ध सडकहरु समेत तत्काल खोल्ने काम अघि बढ्ने अध्यक्ष बिकले जनाउनुभयो । बाटोनै समस्या भएपछि पालिकावासीहरुलाई समस्या परेका थिए । दैनिक ढुवानी र आवतजावतलाई मध्यनजर गरी तत्काल बाटो संञ्चालनमा ल्याइएको अध्यक्ष बिकले जनाउनुभयो ।...