Monday, July 6News That Matters

Month: ४ वर्ष अगाडि

बालविवाह रोक्न किशोरी परिचालन

बालविवाह रोक्न किशोरी परिचालन

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २४ हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गर्नुभएको छ । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भन्नुभयो । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ”, उहाँले भन्नुभयो । बालविवाह रोक्नका लागि बालिका आफँै सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुुरु गरिएको उहाँको भनाइ छ । बालविवाह किन गर्न हुँदैन रु गर्दा कस्ता समस्या हुन सक्छन् रु भन्नेबारे उनीहरु आफैँ सचेत हुन आवश्यक रहेकाले कार्यक्र...
हर्क साम्पाङको उद्घोष : मेयरलाई भनेर किनिएको स्कार्पियो बेचेर बाटो टाल्ने रोलर मेसिन किन्ने

हर्क साम्पाङको उद्घोष : मेयरलाई भनेर किनिएको स्कार्पियो बेचेर बाटो टाल्ने रोलर मेसिन किन्ने

Breaking News 1
पूर्णपुष्टि, असार २४ धरानका मेयर हर्क साम्पाङले मेयरको सुविधाका लागि किनिएको स्कार्पियो बेचेर सडकको खाल्डोहरु टाल्ने रोलर मेसिन किन्ने जनाएको छ । उनले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त कुरा उल्लेख गरेका छन् । मेयरको सुविधाको अधिकार भित्र पर्ने उक्त गाडीको पैसाबाट साम्पाङले धरानको खाल्डाखुल्डी टाल्ने मेसिन किन्न उल्लेख गरेका छन् । उनले यो कुरा कार्यापालिकाको बैठकले पनि ताली बजाएर अनुमोदन गरिसकेको जनाए । साम्पाङ अझैपनि आप्mनै व्यक्तिगत मोटर साईकल चढेर जनताको काम गरिरहेको छ । उनले फेसवुकमा यस्तो लेखेका छन्” मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने बिचार छ मेरो आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ जय धरान...
उदयपुरमा किसानलाई भैंसी वितरण

उदयपुरमा किसानलाई भैंसी वितरण

Breaking News 2, आर्थिक, समाचार
पूर्णपुष्टि, असार २३ गते । उदयपुरमा किसानलाई भैँसी वितरण गरिएको छ । जिल्लाको त्रियुगा नगरपालिका–१६ को सुकौरामा किसानहरुलाई व्यवसायिकतातर्फ अगाडी बढाउने भन्दै भैँसी प्रदान गरिएको हो । संघीय सरकार अन्तर्गत पशु सेवा विभागको ससर्त अनुदान अन्तर्गत स्थानीय कृषकलाई १२ वटा लैनो भैँसी हस्तान्तरण गरेको सो वडाका वडाध्यक्ष मानबहादुर राईले जानकारी दिए । संघीय सरकार र त्रियुगा नगरपालिकाको संयुक्त प्रयासमा एघार थान दुध बोक्ने क्यानसमेत वितरण गरिएको छ । यस्तै, सोही स्थानमै आज एकदिने पशु शिविरसमेत सञ्चालन गरिएको छ । सो वडाले “एक घर एक भैँसी खाउ दूध नखाउ रक्सी” भन्ने नाराका साथ दूध उत्पादन प्रवर्दनमा विगतका वर्षदेखी लागिरहेको छ । ज्योति महिला सहकारी संस्था र त्रियुगा नगरपालिका पशुसेवा शाखाको आयोजनामा तथा त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईको प्रमुख अध्यक्षता र वडाअध्यक्ष मान वहादुर राईको बिषेश आथि...
सुनकोशीले बगाएका उदयपुरको दुई बालिका अझै भेटिएनन्

सुनकोशीले बगाएका उदयपुरको दुई बालिका अझै भेटिएनन्

Breaking News 1, समाचार
पूर्णपुष्टि, असार २३ गते । उदयपुरमा बुधवार सुनकोशीले बगाएको दुई बालिका अझै फेला परेको छैन । जिल्लाको त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुर मगरले बताउनुभयो । वडाध्यक्ष मगरका अनुसार सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई बगाएको हो । दिउसो पौडी खेल्ने क्रममा उनीहरुलाई कोशीले बगाएको थियो । बालिकाहरु गाईवस्तु चराउन गएको बेला गर्मीले पौडि खेल्न कोशी पसेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजी कार्य भइरहेको छ । परिवार, गाउँले र प्रहरीले खोजी कार्य गरेपनि अझै ती बालिकाहरु फेला परेको छैन । हिजो रात परेपछि खोजी स्थगित गरी आज पनि खोजी कार्य जारी रहेको छ । कोशीमा पानीको वाहाव बढेसँगै खोजी कार्य प्रभावित भएको प्रहरीले जनाएको छ । कोशीको नाकाहरुमा भने प्रहरी त...
खोटाङमा दलित महिला सदस्य मृत फेला

खोटाङमा दलित महिला सदस्य मृत फेला

Breaking News 3, समाचार
काठमाडौं, असार २३ गते । रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी दलित महिला सदस्य ३० वर्षीया मेनुजा विश्वकर्मा मृत फेला पर्नुभएको छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा निर्वाचित विश्वकर्मा आज बिहान मृत फेला पर्नुभएको हो । माइतीतर्फका हजुरबुवाको मृत्यु भएपछि मङ्गलबार माइतीघर पुगेकी उहाँ झुण्डिएको अवस्थामा मृत फेला परेको गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले बताउनुभयो । मेनुजा ७२० मत ल्याएर दलित महिला सदस्यमा दोस्रोपटक विजयी हुनुभएको थियो । स्नातक तह उत्तीर्ण गर्नुभएकी उहाँ गाउँ कार्यपालिका सदस्यमा पनि विजयी हुनुभएको थियो । नेपाली कांग्रेस लामीडाँडाका वडा सभापतिसमेत रहनुभएकी मेनुजाका दुई छोरी छन् । उहाँका श्रीमान् भूपेन्द्र वैदेशिक रोजगारीका सिलसिलामा दुबई रहनुभएको पारिवारिक स्रोतले जनाएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्...
किसानलाई भैँसी वितरण

किसानलाई भैँसी वितरण

Breaking News 3, समाचार
काठमाडौं, असार २३ गते । किसानलाई दूध एवं मासुमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गरी आम्दानी बढाउन सुनसरीको कोसी गाउँपालिकाले भैँसी वितरण थालेको छ । साथै पालिकाले दूध सङ्कलन केन्द्रको स्थापना गरी बजारीकरणको समेत व्यवस्था गर्ने भएको छ । प्रधानमन्त्री आधुनिक कृषि परियोजनामार्फत भैँसी ब्लक विकास समन्वय समिति कोसी सुनसरी तथा भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवा सुनसरीले संयुक्त रुपमा भैँसी, चापाकटर मेसिन(कुट्टि काट्ने), भेटनरी औषधि र दूध सङ्कलन केन्द्रमा अनुदान उपलव्ध गराएको छ । उक्त पालिकाको वडा नं १, २, ३, ४, ५, ६ र ७ का किसाननलाई भैँसी ३५ , गोठ सुधार ४२, चापाकटर ४२ र दूध सङ्कलन केन्द्रमा एकमा अनुदान उपलव्ध गराइएको छ । चापा कटरमा रु ३६ हजार, भैँसीमा रु ६० हजार, गोठ सुधारमा रु ४० देखि ६० हजार र दूध सङ्कलन केन्द्रमा रु १२ लाख गरी जम्मा कार्यक्रमको अनुदान रु ७० लाख र किसानको रु ७० ...
विराटनगर बसपार्कको प्रतीक्षालयमा एक पुरुष मृत फेला

विराटनगर बसपार्कको प्रतीक्षालयमा एक पुरुष मृत फेला

Breaking News 3, समाचार
पूर्णपुष्टि, असार २३ गते । विराटनगर बसपार्कको प्रतीक्षालयमा एकजना पुरुषको शव फेला परेको छ । विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा आज बिहान पुरुषको शव फेला परेको हो । बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेको पुरुषको उमेर करीब ५०/५५ वर्ष रहेको प्रहरीले जनाएको छ । उनी बुधवार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए । शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको यद्धपी शवको पहिचान भने खुल्न नसकेको उनले बताए । मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।...
उदयपुरमा चट्याङ लागि घाइते चौधरीको मृत्यु

उदयपुरमा चट्याङ लागि घाइते चौधरीको मृत्यु

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २३ गते । उदयपुरमा मंगलबार बेलुका साँझ ५ बजेतिर परेको चट्याङले एक युवको उपचारको क्रममा ज्यान गएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिका–५ शिवाइका २६ वर्षीय रोशन चौधरीको ज्यान गएको हो । चट्याङ लागि घाइते भएका चौधरीको उपचारको क्रममा सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । खेतबारीमा काम गरिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर घाइते भएको थियो । चौधरीको शव नगर अस्पताल बेल्टारमा पोष्टमार्टम गरि परिवारले बुझाउने प्रहरीले जनाएको छ ।...
सौन्दर्यशास्त्र र मन्धुम बिषयक काठमाण्डौँमा २ दिने कार्यशाला गोष्ठी सम्पन्न

सौन्दर्यशास्त्र र मन्धुम बिषयक काठमाण्डौँमा २ दिने कार्यशाला गोष्ठी सम्पन्न

Breaking News 2, समाचार
पूर्णपुष्टि, असार २३ सौन्दर्यशास्त्र तथा मन्धुम बिषयक दुई दिने कार्यशाला गोष्ठी काठमाण्डौँमा बुधबार सम्पन्न भएको छ । किराँत चलचित्रकर्मी संघ केन्द्रीय कार्यालय ललितपुरको आयोजना तथा चलचित्र विकास बोर्ड आदिवासी जनजाति मातृभाषी प्रवद्र्धन समितिको सहयोगमा दुईदिने गोष्ठी सफलताका साथ सम्पन्न भएको हो । मन्धुम किराँत समुदायहरुको सभ्यतालाई एकीकृत गर्ने एक महत्वपूर्ण माध्यम हो । मुन्धुममा किराँतीहरुको संस्कार, संस्कृति, रितिरिवाज, भाषा, पितृ पुजा, सुम्नीमा पारुहाङ लगायतका सभ्यताहरु जोडिएका हुन्छन् । यी सभ्यताहरुको संरक्षण र प्रवद्र्धनमा जोड दिन २ दिने कार्याशला गोष्ठीको आयोजना गरिएको संघका केन्द्रीय अध्यक्ष केशव राईले बताउनुभयो । किराँतीहरुमा शरिरको बनावटलाई कसरी सौन्दर्यतामा जोड्ने र यीनिहरुको शारिरीक सौन्दर्यताको क्षमतालाई कसरी अभिबृद्धि गर्दै सभ्यता सँग जोड्ने भन्ने बिषयमा दुई दिन बृहत छलफल भ...
सडकमा पानीको दह !

सडकमा पानीको दह !

Breaking News 2, समाचार
काठमाडौं, असार २३ गते । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर कालोपत्रको काम थाँती राख्दा दैनिक हजारौँ सवारी एवं पैदलयात्रुले सास्ती भोग्नुपरेको छ । हप्तौँदेखि सडक किनारमा ग्राभेल पनि थुपारिएको छ । ग्राभेल हालेर सडक नबनाउँदा पैदलयात्रामा कठिनाइ भएको स्थानीयवासी राजेन्द्र चालिसेले गुनासो गर्नुभयो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कामका लागि उपयोग भएको सडक हेर्ने जिम्मा पाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय र निर्माण व्यवसायीले बेलैमा काम गर्न ध्यान नदिँदा यात्रु मर्कामा परे...