Monday, July 6News That Matters

Month: ३ वर्ष अगाडि

उप-मेयर गोल्डकप : नमो बुद्ध युथ क्लब सप्तरी सोमिफाइनलमा प्रवेश

उप-मेयर गोल्डकप : नमो बुद्ध युथ क्लब सप्तरी सोमिफाइनलमा प्रवेश

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख १७ । उदयपुरको गाईघाट थरुहट रंगशालामा जारी उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगितामा नमो बुद्ध युथ क्लब सप्तरी सोमिफाइनलमा प्रवेश प्रवेश गरेको छ । आईतवार भएको खेलमा सप्तरीले हेटौडा एकेडेमी फुटबल क्लव विरुद्ध १को विरुद्ध २ गोल गर्दै आफ्नो सेमिफाइनलको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सप्तरीका तर्फबाट जर्सि नं.१० का खेलाडि पूर्णिमा राईले पहिलो हाफको २५ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै खेलको अग्रता लिएको थियो । यस्तै खेलको ४०औँ मिनेटको प्रतिस्पर्धात्मक खेलमा सप्तरीका जर्सि नम्बर ११का खेलाडि ईमा राईले ठुलो डिबक्स बाहिरबाट प्रहार गरेका उत्कृष्ट गोलले टिमका लागि थप अग्रता बनेको हो । पहिलो हाफको सुन्य समय सम्मपनि हेटैडाको तर्फबाट कुनै पनि गोल हुन सकेनन् । यस्तै दोस्रो हाफको २० मिनेटमै हेटैडाको तर्फबाट जर्सि नं. १० का खेलाडि बिनिसाले प्रहार गरेका बललाई सप्तरीका गोलरक्षकल...
दुर्घटना नियन्त्रण सहयोगका लागि ट्राफिक प्रहरीलाई १५ थान स्टेन बोर्ड प्रदान

दुर्घटना नियन्त्रण सहयोगका लागि ट्राफिक प्रहरीलाई १५ थान स्टेन बोर्ड प्रदान

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १७ । उदयपुरको सदरमुकाम गाईघाटमा ट्राफिक व्यवस्थापनका लागि त्रियुगा नगरपालिका वडा नं.११ ले १५ थान ट्राफिक स्टेन बोर्ड प्रदान गरेको छ । आईतवार वडाअध्यक्ष सुमन्त कोईरालाले बजार क्षेत्रमा अव्यवस्थित सवारी पार्कीङका कारण सडक दुर्घटना भएको भन्दै व्यवस्थित पार्न बोर्ड प्रदान गरेको हो । लापर्वाही पार्किङले सडक दुर्घट्ना मात्र नभै सडक समेत दुर्गधित देखिएको अध्यक्ष कोईरालाले जनाए । पछिल्लो समय गाईघाटको मेन चोक लगायत मानविय भिँडभाँड हुने आसपासका चौकहरुमा सडक अतिक्रमण गरी सर्वसाधरणहरुले सवारी साधन पार्किङ गर्दै आएपछि ट्राफिक प्रहरीले बजार क्षेत्रका भिँडभाँड स्थानहरुमा सचेतना मुलक बोर्ड सवारी रोक्न निषेध छ,सवारी पार्किङ्ग निषेध,बजार एरिया अधिकतम गति राख्दै आएको अवस्था छ । बढ्दो सावरी चापलाई नियन्त्रण गर्नको लागि बैंक लाईनमा एक तर्फ पार्किङ गर्न पाईने र अर्को तर्फ पार्किङ निषेध ग...
त्रिनपा ४ बगाहामा आर्गानिक मल उत्पादन सुरु

त्रिनपा ४ बगाहामा आर्गानिक मल उत्पादन सुरु

Breaking News 1, समाचार
पूर्णपुष्टि, वैशाख १६ । त्रियुगा नगरपालिका ४ बगाहामा स्थानीय उद्योगबाटै आर्गानिक मल उत्पान सुरु भएको छ । हाम्रो भुमि आर्गानिक मल तथा कृषि सामाग्री उद्योगले मल उत्पादन सुरु गरेको हो । “कृषकको उद्धार माटोको सुधार” भन्ने मुख्य नाराका साथ उद्योगले बिभिन्न प्रकारका मल उत्पादन सहित कृष सामाग्रीहरु समेत सेवा थालेको हो । उद्योगले आर्गानिक मल जुतो, पोटासियन, माईक्रोन्युटियन र कल्चर गरी ४ ओटा मुख्य वस्तुबाट उत्पादन गरेको छ । उद्योग संञ्चालक मन कुमार राईका अनुसार स्थानीय स्तरकै सामाग्रीहरुबाट मल उत्पादन भएकाले मलको गुणस्तरमा संका नरहेको जनाए । बिषेशगरी स्थानीय कृषकहरुको गाई भैँसी गोबर र बाख्रा बड्कुङलाबाट मल उत्पादन गरिएको राईले जनाए । यो सँगै उद्योगले कृषि तालिम, माटो परिक्षण, आर्गानिक बिषदी, गोठ चुन, पोल्ट्री चुन, माछा चुन र बिभिन्न कृषि सामाग्रीहरु समेतको सेवा पनि उपलब्ध गराएको छ । उद्योगका प्र...
कटारीमा शलेस युवा समुहद्धारा सञ्चालित नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न

कटारीमा शलेस युवा समुहद्धारा सञ्चालित नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १७ । जिल्लाको कटारी नगरपालिकामा आज नि : शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । कटारी ५ को शलेस युवा समुहले भिन्न क्षमता भएका र जेष्ठ नागरिक सम्मान सहित स्वास्थ्य शिविरको आयोजना गरेको थियो । जसमा कटारी आँखा अस्पत्ताल , जनता साझा पोलिक्लिनिक ,फिजियोथेरापी एण्ड रिह्यावीटेसन सेन्टर , लुपिला हेल्थ , स्प्रीङ्ग ईन्टिच्युट , र आरुष सप्लायर्षको सहयोगमा शिविर आयोजना गरिएको अध्यक्ष देवन थापाले जानकारी दिए । उनका अनुसार १ सय १८ जनाले स्वास्थ्य शिविरमा सेवा लिएका छन् । विभिन्न व्यक्तिहरुको समेत सहयोगमा सम्पन्न शिविरमा निशुल्क आँखा , सुगर , रक्तचाप , तथा फिजियोथेरापी सेवा दिईएको थियो । निशुल्क स्वास्थ्य जाँच गर्न पाएपछी सेवा लिएकाहरुले खुसी व्यक्त गरेका छन् ।...
कटारीमा विद्यार्थीहरुलाई नि : शुल्क पाठ्यपुस्तक सहित पोशाक वितरण

कटारीमा विद्यार्थीहरुलाई नि : शुल्क पाठ्यपुस्तक सहित पोशाक वितरण

Breaking News 3, समाचार
पूर्णपुष्टि, बैशाख १७ । उदयपुरको कटारी नगरपालिका ३ बलियास्थित मंगल परोपकार आधारभूत विद्यालयले विद्यार्थीहरुलाई निशुल्क पाठ्यपुस्तक सहित पोशाक वितरण गरेको छ । ईटहरीको श्री मुक्तीनाथ सामुदायिक टोल विकास संस्थाको फडिन्द्र पौडेल स्मृती अक्षयकोषबाट वालबालिकाहरुलाई निशुल्क पाठ्यपुस्तक सहित पोशाक वितरण गरिएको हो । कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले बालबालिका पाठ्यपुस्तक सहित पोशाक प्रदान गर्दै विद्यालयलाई तत्कालै नगरपालिकाबाट संञ्चालन अनुमति दिने बताएका छन् । उनका अनुसार आवश्यक प्रकृयाका बारेमा छलफल गरी विद्यालयलाई अनुमती दिईने छ । हाल कक्षा १ सम्म संञ्चालित विद्यालयमा अधिकाँस विपन्न परिवारका ५४ जना वालवालिकाहरुले निशुल्क अध्ययन गर्दै आएको प्रधानाध्यापक ओमप्रसाद ढुंगेलले बताउनुभयो । ४ वर्ष अघि श्री कृष्ण प्रणामी मन्दीर वलियाको सहकार्यमा वृद्धाश्रमसँगै वालवालिकाहरुलाई निशुल्क अध्ययनका ...
रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १७ । स्पानिस ला लिगा लिग लिडर बार्सिलोनाले रियल बेटिसलाई सहजै हराएको छ । घरेलु मैदान नोउ क्याम्पमा शनिबार राती भएको खेलमा बेटिसलाई बार्सिलोनाले ०–४ गोल अन्तरमा जित हासिल गरेको छ । बर्सिलोनालाई जित दिलाउन आन्द्रेज क्रिस्टेनसेनले १४औं, रोबर्ट लेवान्डोस्कीले ३६औं र राफिन्हाले ३९ औं मिनेटमा गोल गरेका थिए भने एक बेटिसबाट गोल उपहार पाएको थियो । बेटिसका गुइडो रोड्रिगेजले ८२औं मिनेटमा आत्मघाती गोल गरेका थिए । बार्सिलोनाको लागी लामिन यामालले सबैभन्दा कम उमेरमा खेल्ने खेलाडीको किर्तिमान बनेका छन् । बार्सा एकेडेमी प्रडक्ट यामाल ८४औं मिनेटमा गावीको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् । उनले १५ वर्ष २९० दिनको हुँदा बार्सिलोनाका लागि खेल्दै कीर्तिमान बनाए । यसअघि बार्सिलोनाका लागि खेल्ने सबैभन्दा कम उमेरको कीर्तिमान अंशु फातीको नाममा थियो । यस्तै यामाल ला लिगामा डेब्य...
त्रियुगा नमुना मा.वि गाईघाटको शिक्षक अविभावक संघको अध्यक्षमा लोकबहादुर तामाङ बिजयी

त्रियुगा नमुना मा.वि गाईघाटको शिक्षक अविभावक संघको अध्यक्षमा लोकबहादुर तामाङ बिजयी

Breaking News 1, समाचार
पूर्णपुष्टि,वैशाख १७ । त्रियुगा नमुना मा.वि. गाईघाटको शिक्षक अविभावक संघको अध्यक्षमा लोकबहादुर तामाङ बिजयी भएका छन् । तामाङले आफ्नो प्रतिद्धन्दी भन्दा ३७ मत बढी ल्याएर अध्यक्ष पदमा निर्वाचित भएको हो । उनले जम्मा २३८ मत ल्याएका थिए भने उनका प्रतिद्धन्दी सुवास विश्वकर्माले २ सय १ मत प्राप्त गरेका थिए । यता फुटबल चुनाव चिन्ह नवराज घिमिरेले भने ११३ मत मात्र प्राप्त गरे । उक्त चुनाव शनिवार विहान ७ त्रि.मा.वि गाईघाटको प्राङगनमा सम्पन्न भएका थिए ।...
उप-मेयर गोल्डकप सुरु : उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब बिजयी

उप-मेयर गोल्डकप सुरु : उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब बिजयी

Breaking News 1, खेलकुद, समाचार
पूर्णपुष्टि,वैशाख १६ । उदयपुरको गाईघाटमा उम–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब सुनसरीले बिजयी सुरुवात गरेको हो । गाईघाटको थरुहट रंगशालामा शनिवार भएको खेलमा एभरेष्ट क्लबले बागमती युवा क्लव(सर्लाही)लाई टाइब्रेकरमा ३–१ गोलमा पराजित गदैँ सुनसरीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरको छ । निर्धारित समय सम्मा पनि दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो । प्रतियोगितको टाइब्रेकर खेलमा सुनसरीको तर्फबाट टिम कप्तान जर्सि नं.५का सरिता राई,जर्सि नं.१५का आशिका मगर र जर्सि नं. १७का अन्जना राईले गोल गरे भने रेजिना श्रेष्ठको फित्तलो प्रहरलाई विपक्षी टिका गोल रक्षकले सजिलै रोकिदिएका थिए । यस्तै सर्लाहीका लागि जर्सि नं.३ का खेलाडि मंदिरा राईले मात्र गोल गरेका थिए भने बिष्णु बल,अस्मीता बैध र टिम कप्तान सम...
उपाधिको लागी नेपालले युएईसँग खेल्ने

उपाधिको लागी नेपालले युएईसँग खेल्ने

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ एसीसी मेन्स प्रिमियर कपको उपाधिका लागी नेपाल र युएईबिच प्रतिष्पर्धा हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बर्षाले प्रभावित सेमिफाईनल खेलमा कुवेतलाई पछि पार्दै नेपालले फाईनलमा स्थान बनाएको छ । वर्षाले प्रभावित बनेको सेमिफाईनल खेल ४२ ओभरमा खेलाईएको थियो । जसमा टस हार्दै पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाउँदै २८० रन बनाएको थियो भने कुवेतले डक्वर्थ लुइस सिस्टमको आधारमा २८२ रनको लक्ष्य पाएको थियो । २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा बर्षा सुरु हुन थालेपछि खेल रद्द गर्नुपरेको थियो । मुलपानी मैदानमा ओमान र युएईबिच भएको सेमिफाईनल खेल पनि बर्षाका कारण डिएलएस मेथड गर्नु परेको थियो । जसमा यूएईले ओमानमाथि २ रनको जित निकाल्दै फाईनलमा स्थान बनाएको हो । पहिले ब्याटिङ गरेको युएईले ४ बल खेल्न बाँकी छदा अलआउट हुदैँ २३६ रन बनाएर...
कुवेतले ८ ओभरमा ६ विकेट गुमायो

कुवेतले ८ ओभरमा ६ विकेट गुमायो

Breaking News 2, खेलकुद, समाचार
पूर्णपुष्टि, बैशाख १६ । एसीसी मेन्स प्रिमियर लिगको सेमिफाईनलमा नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कुवेतविरुद्ध बलिङ गरेको नेपालको लागी करन केसी एक्लैले ५ लिएका छन् भने सोमपाल कामीले एक विकेट लिए । केसीले ०.४ ओभरमा रन बिहिन बनाउँदै अड्नान एड्रिसको विकेट लिएका थिए भने त्यसपछि बलिङ गर्न आएका सोमपाल कामीले १.२ ओभरमा पर्विन्दर कुमारको विकेट लिएका हुन् । उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो । तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले मिट भास्वरलाई ललित राजवंशीबाट क्याच गराए । केसीले ६.३ ओभरमा सिराज खानको चौथो विकेट लिए भने आठौं ओभरमा मोहम्मद आस्लमको पाँचौं विकेट लिएका हुन् । कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्र बनाएको छ । अहिले पानी परेकाले खेल रोकिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ...