Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

आज विश्व अटिजम जागरुकता दिवस

आज विश्व अटिजम जागरुकता दिवस

समाचार
पूर्णपुष्टि,चैत्र १९ । आज अटिजम जागरुकता दिवस विश्वभर मनाइँदैछ । अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिंदै संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष अप्रिल २ तारिखमा यो दिवस मनाइने गरिन्छ । यस दिवसमा अटिजमको क्षेत्रमा काम गरिरहेको अटिजम नेपाल केयर सोसाइटीले विशेष कार्यक्रमको आयोजना गर्दै आएको छ । सोसाइटीका अनुसार नेपालमा अटिजमबाट गुज्रिरहेकाको यकिन तथ्यांक छैन । विश्वमा यसको संख्या भने अढाईदेखि तीन लाख सम्म रहेको बताइन्छ । अटिजमको लक्षणहरु प्रायः जन्म भएको तीन बर्ष भित्रनै बच्चाहरुमा देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डीसअर्डरका रुपमा लिइने यो स्वास्थ्य समस्याको खतर केटी भन्दा केटाहरुमा चार गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरुमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसंग निरन्तर परामर्शमा रहे अटिजमको...
असारी खानेपानी तथा सरसफाई उ.स.को तेश्रो बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा पुःन खड्का चयन

असारी खानेपानी तथा सरसफाई उ.स.को तेश्रो बार्षिक साधारण सभा सम्पन्न,अध्यक्षमा पुःन खड्का चयन

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र १८ । असारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार त्रियुगा नगरपालिका वडा नम्बर १३मा अवस्थित पुरानो असारी सामुदायिक बन भवनमा सम्पन्न साधारण सभाले लिल बहादुर खड्का सहितको कार्यसमितिलाई पुर्णता दिएको हो । कार्यक्रममा उपस्थित उपभोक्ताहरुले उपाध्यक्ष राजन कुमार बस्नेत, कोषाध्यक्ष फुल कुमारी अधिकारी र सचिव हरि प्रसाद राउतलाई तालिले स्वागत गर्दै प्रस्तुत निर्णयमा सहमति जनाएका थिए । यता सदस्यहरुमा क्रमस मदनराज रेग्मी,डिल्लीसेर राई,राम बहादुर नेपाली, उर्मिला देवी राई, रविलाल चौधरी, लाल बहादुर सार्की र उर्मिला थापा रहेका छन् । असारी क्षेत्रको बिभिन्न टोल बिकास गरी १४ सय घर घुरी रहेका छन् ती मध्य २८४ घर धुरीले प्रत्यक्ष स्वच्छ खानेपानीको सेवा पाईरहको अध्यक्ष लिल बहादुर खड्काले बताउनुभयो । खड्काका अनुसार आफु २०७८ बैसाख महिनामा यस ...
उदयपुरको बेलकामा लिफ्टिङ खानेपानी आयोजना उद्घाटन

उदयपुरको बेलकामा लिफ्टिङ खानेपानी आयोजना उद्घाटन

Breaking News 2, समाचार
पूर्णपुष्टि,चैत्र १८ । उदयपुपरको बेलका नगरपालिका ८, खसटोलमा अवस्थित साप्ला खोला ग्रामिण सौर्य खानेपानी आयोजनाको उद्घाटन गरिएको छ । नेपाल सरकार उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय अन्र्तगत वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र (AEPS) र जर्मन सहयोग नियोग अन्तरगत KFW को ७० प्रतिशत र बेलका नगरपालिकाको ३० प्रतिशत लागत सहभागितामा लिफ्टिङ खानेपानी आयोजनाको निमार्ण सम्पन्न भएको हो । शुक्रबार नगरप्रमुख अशोक कार्की, जर्मनीको काठमाण्डौ स्थित राजदुतावासका Deputy head of mission Dr. Stephen Russek र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकालले संयुक्त रुपमा आयोजनाको उद्घाटन गर्नुभएको थियो । उक्त खानेपानी आयोजनामा कुल १ करोड ६१ लाखको लागतमा साप्ला खोलाको पानी सोलार प्रबिधिबाट लिफ्टिङ गरि बस्तिस्तरमा पुर्‍याईएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले खानेप...
रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

रसुवागढी नाका आजदेखि पूर्ण सञ्चालन

समाचार
पूर्णपुष्टि,चैत्र १८ । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए । आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ । केरुङ जान सीमा पास नवीकरण तथा नयाँ बनाउन आज शनिबार पनि अध्यागमन कार्यालय खुला गरिएको छ ।...
आजको मौसम : अधिकांश भूभागमा चट्याङसहित वर्षा,आगामी तीन दिनको मौसम

आजको मौसम : अधिकांश भूभागमा चट्याङसहित वर्षा,आगामी तीन दिनको मौसम

समाचार
पूर्णपुष्टि,चैत्र १८ । केही दिनयता देशका अधिकांश भू–भागहरुमा हल्का वर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसाल आज बिहान देखि देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान छ । दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ । महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तो छ आगामी तीन दिनको मौसम चैत १८ गते शनिबार दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। रातीː देशभर ...
टायर पन्चर हुँदा कार दुर्घटनामा परी एक जनाको मृत्यु, तीन घाइते

टायर पन्चर हुँदा कार दुर्घटनामा परी एक जनाको मृत्यु, तीन घाइते

समाचार
पूर्णपुष्टि,चैत्र १८ । सप्तरीको हनुमाननगर कंकालिनीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–१ कंकालिनी मन्दिर र कोशी ब्यारेजको बीचमा टायर पन्चर भएर अनियन्त्रित भई कार दुर्घटना भएको हो । दुर्घटनामा सुनसरी इनरुवा नगरपालिका–५ का ६५ वर्षीय लीलाबहादुर कार्कीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा अरू तीन जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएका तीन जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।...
आज अप्रिल १ अर्थात विश्व मूर्ख दिवस

आज अप्रिल १ अर्थात विश्व मूर्ख दिवस

समाचार
पूर्णपुष्टि,चैत्र १८ । नेपाली पात्रो अनुसार आज विश्व मूर्ख दिवसलाई सामान्यतया अप्रिल फूल भनेर बुझिन्छ । यो अप्रिल फूल किन मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैन् । बोस्टन यूनिभरसिटीका प्राध्यापक जोसेफ बस्किनका अनुसार रोमन राज्यमा कन्सटेनटाईनको शासन रहेका वेला, आजकै दिनमा कैदी एवं अपराधीरुलाई एक दिनका लागी राज्य चलाउन दिइएको थियो । यसै दिनको संभmनामा हरेक वर्ष अप्रिल फूल अर्थात् मूर्ख दिवस विश्वभरि मनाउन थालिएको मान्यता छ । लगभग यसै समय आसपासमा हिन्दु चन्द्र क्यालेन्डर मा होली, ज्वीस अर्थात् यहुदीहरूको क्यालेन्डर मा पुरीम र रोमनहरूको क्यालेन्डर मा अतीस पर्व पर्दछन् । मार्चको मध्य वाट र अप्रिलको प्रथम साता बिचमा यी पर्वहरू पर्ने गर्दछन् । इतिहास र चलनहरू नियाल्ने हो भने अप्रिल फूलले सन् १७०० पछाडि विश्वव्यापी रूप लियो जब अङ्ग्रेजी हास्य लेखक अनि कलाकारहरूले यसलाई अभिव्यक्त अनि आआफ...