Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा वृद्धि

समाचार
पूर्णपुष्टि,चैत्र १९ । नेप्से परिसूचक सातामा कारोबा हुने पहिलो दिन सेयर बजार २० अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५-७५ विन्दुमा पुगेको छ । यसअघि गत साताको अन्तिम कारोबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो यसैगरी, नेप्से सूचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८९ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दा बढीको कारोबार गरेको छ । दोस्रो स्थानमा रहेको शिवम सिमेन्ट कम्प...
रौतहटमा मेयरको सट्टामा एसईई दिने मेयरको ज्वाई पक्राउ

रौतहटमा मेयरको सट्टामा एसईई दिने मेयरको ज्वाई पक्राउ

समाचार
पूर्णपुष्टि, चैत्र १९ । रौताहटमा मेयरको सट्टामा एसईई दिंदै मेयरको ज्वाईलाई पक्राउ परेको छ । रौताहटको मौलापुर नगरपालिकाको लक्ष्मीनियाँ मा।विमा एसइई परिक्षा दिदैँ गर्दा गरुडा–६ पोठियाहीका कमल साह पक्राउ गरेको हो । उनि नियमिततर्फ सिम्बोल नं। ३५०३७२८ रहेका देवाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको सट्टामा एसईई परिक्षा दिदैँ गर्दा पक्राउ परेका हुन् । परिक्षा चलिरहेको बेला विद्यार्थीमाथि शंकालागी चेकजाँच गर्दा शाहलाई अनुगमन टोलीले पक्राउ गरेको हो । पक्राउ परेका शाह मेयरको ज्वाई साथै इन्जिनियर रहेको प्रहरीले जनाएको छ । पक्राउ परेको विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।...
जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

जसपाले हटायो परिपत्रमा उल्लेख भएको कोशी प्रदेश शब्द, हाललाई प्रदेश नं १ नै मान्ने निर्णय

Breaking News 1, राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १९ । जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं १ को नाम पहिचान सँग सम्बन्धित नै हुनु पर्ने माग राखेका छन् । प्रदेश नं १ मा जनताको माग विपरिद नामाकरण गरिएको कोशी प्रदेश पहिचानको आधारमा हुनु पर्ने पार्टीले जनाएको छ । मिति २०७९÷१२÷१ गते पार्टीबाट पठाईएको परिपत्रमा संयोगबस कोशी शब्द उल्लेख हुन गएको हुँदा त्यसलाई सच्चाएर हाललाई प्रदेश नं १ नै प्रयोग गर्ने र पछि नाम परिवर्तन भएको खण्डमा परिवर्तित नाम प्रयोग गर्ने जानकारी गराईन्छ, पार्टीको एक पत्रमा भनिएको छ । पार्टीले पहिल्यै पनि कोशी प्रदेश नामाकरण जनताहरुको माग विपरिद भएको भन्दै प्रेस विज्ञाप्ती मार्फत यसलाई सच्याउन अनुरोध गरेका थिए । प्रदेश १ को नामाकरण कोशी राखिएको प्रति असहमति जनाएको र जनताले प्रदेश नं १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामाकरण हुनु पर्दछ भन्ने माग र आन्दोलनलाई यथोचित रुपमा सम्बोधन गर्न र गराउन सर...
प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीले लिईन् सपथ

प्रतिनिधि सभा सदस्य मञ्जु अन्सारीले लिईन् सपथ

राजनीति, समाचार
पूर्णपुष्टि, चैत्र १९ । जनता समाजवादी पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा (अन्सारी) ले शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा उनलाई शपथ ग्रहण गराएका हुन् । समानुपातिक निर्वाचनबाट सांसद बनेका रहमानको निधनपछि उनको स्थान लिएकी अन्सारीले आज सपथ लिएकी हुन् । उनि सप्तरी निवासी हुन् । २०७९ सालको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको मुस्लिम क्लस्टरको क्रमसंख्या २ मा उनको नाम समावेश थियो ।...
‘मेरो भ्वाइस यूनिभर्स’मा दीप श्रेष्ठको इन्ट्री, सन्दीप र रिमाले होस्ट गर्ने

‘मेरो भ्वाइस यूनिभर्स’मा दीप श्रेष्ठको इन्ट्री, सन्दीप र रिमाले होस्ट गर्ने

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र १९ । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजनामा गर्न लागेको रियालिटी शो ुमेरो भ्वाइस युनिभर्सु को निर्णायकमा गायक दीप श्रेष्ठ भित्रिएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउन्डेशनका केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीले निर्णायकमा दीप श्रेष्ठ भित्रिएको जानकारी दिए। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ नेपाल टेलिभिजन र एनटिभी प्लसबाट प्रसारण हुनेछ। यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन् । इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरूलाई समावेश गर्दै ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन गरिरहेको छ । यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, सुरेश अधिकारी, अन्जु पन्त र सुजता बर्मा निर्णायकको रूपमा छन्। यस्तै कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्री र रीमा विश्वकर्माले ...
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड त्रि.वि अस्पतालमा

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड त्रि.वि अस्पतालमा

समाचार
पूर्णपुष्टि,चैत्र १९ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत राष्ट्रपति राम चन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेका छन् । आईतबार बिहान प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिदैँ स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार अस्पताल भर्ना भएका थिए ।...
सोलुको खुम्बु क्षेत्रमा सेताम्मे हिउँ

सोलुको खुम्बु क्षेत्रमा सेताम्मे हिउँ

समाचार
पूर्णपुष्टि,चैत्र १९ । पछिल्लो शुक्रवारदेखि खोलुखुम्बुको खुम्बु क्षेत्रमा हिउँले गाउँ बस्तिनै ढकमक्क देखिन्छ । गत एक हप्ता देखि यतात्यस क्षेत्रमा निरन्तर हिमपात बढी रहेको छ । शनिवार हिजो दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किएको छ । हिउँमा रमाउने पर्यटकहरु बिहानैदेखि हिउँ खेल्न निस्किएका छन्। लामो समयपछि हिमपात भएका कारण खुम्बुका होटल, व्यवसायी र स्थानीयसहित पर्यटक उत्साहित भएका छन् । नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले बताउनु भयो । हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।...
सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

सरकार र मिटरब्याज पीडितबीच पाँच बुँदे सहमति

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र १९ । राजधानी काढमाण्डौँ पुगेको मिटरव्याज पीडित र सरकारबीच पाँच बुँदे सहमति भएको छ । शनिवार गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको संयोतकत्वमा बनेको कार्यदलले गरेको सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्ने सहभमति भएको गृह मन्त्रालयका सहप्रवक्ता एवं‌ उपसचिव दिलकुमार तामाङले जानकारी दिए। यस्तै मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ। ‘मिटरब्याजीहरुले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुक र कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढंगले शोषण समेत गर्ने गरेको गुनासो रहेकोले मिटरब्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भए पश्चात बस्ने नेपाल सरकार, मन्त्र...
भ्वाइस किड्स नेपालको व्लाइन्ट राउण्ड सकियो,ब्याटल राउण्ड अर्को सातादेखि

भ्वाइस किड्स नेपालको व्लाइन्ट राउण्ड सकियो,ब्याटल राउण्ड अर्को सातादेखि

मनोरञ्जन, समाचार
पूर्णपुष्टि,चैत्र १९ । द भ्वाइस किड्सको नेपालको ब्लाइण्ड अडिसन पुरा भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रत्येक शुक्रबार र शनिबार राती ८ बजे प्रसारण हुँदै आएको ब्लाइण्ड अडिसन राउन्ड शनिबार सम्पन्न भएको हो । टेलिभिजन रियालिटी शो आगामी सातादेखि ब्याटल राउण्ड सुरु हुनेछ र यसका लागि प्रतिस्पर्धीको समीकरण तयार भएको छ । चारजना कोचमा १२–१२ जना प्रतिस्पर्धी अटाएका छन् । ट्यालेन्ट प्रतिस्पर्धी छानिएकाले ब्याटल राउण्डै अझै रोचक हुने अनुमान गरिएको छ । शोको कोचमा प्रमोद खरेल, मिलन नेवार, सुशान्त केसी र प्रविशा अधिकारी छन् ।...
पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

समाचार
पूर्णपुष्टि,चैत्र १९ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । शनिबार अप्रिल १ मा पठाएको नयाँ मूल्यअनुसार डिजेल, पेट्रोलको मूल्य घटेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा एक रुपियाँ ७४ पैसा र डिजेलमा छ रुपियाँ ८२ पैसा मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । हाल नेपाली बजारमा पेट्रोलको खुला बिक्री मूल्य प्रतिलिटर १७८ रुपियाँ र डिजेलको १७५ रुपियाँ कायम छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गए पनि सो अनुपातमा स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगमलाई पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेलमा प्रतिलिटर १५ रुपियाँ नाफा रहेको छ । खपत कम हुनुले गर्दा पेट्रोलियम पदार्थ रिफाइनरी गर्ने कम्पनीहरूको लागतमा पनि कमी आएकाले नेपाल आउने पेट्रोलियम पदार्थको पनि मूल्य घटेको निगमले जनाएको छ । निगमले पछिल्लो समय पेट्रोलियम पदार्थ खरिदबाप...