Wednesday, August 5News That Matters

Month: ३ वर्ष अगाडि

उदयपुरमा पनि ६६औँ राष्ट्रिय सहकारी दिवस मनाईयो

उदयपुरमा पनि ६६औँ राष्ट्रिय सहकारी दिवस मनाईयो

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २० । ‘सहकारीको दिगोपन स्वनियमन र सुशासन’ भन्ने मुल नाराका साथ उदयपुरको गाईघाटमा ६६ औँ सहकारी दिवस भव्यताका साथ नाइएको छ । सोमबार त्रियुगा नगरपालिका सहकारी तथा उद्यम शाखाको आयोजनामा सहकारी अभियन्ता, सहकारीकर्मी तथा विभिन्न सहकारी संघ संस्था र तिनका छाता संगठनहरुले विशेष कार्यक्रम गरी सहकारी दिवस मनाइएको हो । चितवनमा २०१३ साल चैत्र २० गते बखानपुर ऋण सहकारी समिति स्थापना भएको थियो । सोहि सहकारीको स्मरणमा उदयपुरका बिभिन्न सहकारी संस्थाहरुले र्याली साथै विभिन्न नारा सहितको र्याली निकालेका थिए । करिव १५० जना भन्दा बढिको संख्यामा देखिएको र्यालीले गाईघाटको मुख्य चोक परिक्रमा गर्दै नगरपालिकामा आई कोण सभामा परिणत भएको हो । दिवसको सन्दर्भमा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी सम्मेलन आयोजना गर्दैछ। यति चैत २३ गतेदेखि २५ गतेसम्म संचालन हुने सम्मेलनमा देशभरका सहकारी संस्थ...
दुई पटकको उपाधी विजेता वेस्ट इन्डिजले विश्वकपका लागी १० देशसँग छनोट खेल्ने

दुई पटकको उपाधी विजेता वेस्ट इन्डिजले विश्वकपका लागी १० देशसँग छनोट खेल्ने

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि, चैत्र २० दुई पटकको उपाधी विजेता वेस्ट इन्डिजले विश्वकपका लागी १० देशसँग छनोट खेल खेल्नु पर्ने भएको छ । सन् १९७५ र १९७९ को विश्वकप विजेता वेस्ट इन्डिजले अब विश्वकपमा स्थान बनाउन १० देशसँग छनोट खेल खेल्दै शिर्ष दुईमा स्थान बनाउनु पर्नेछ । विश्वकपको छनोटको रुपमा रहेको आइसिसी विश्वकप सुपर लिगमा आईतबार दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय सिरिजमा नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्दै आठौ स्थानमा उक्लिदैँ छनोट हुने सम्भावना बलियो बनाएको छ भने वेस्ट इन्डिजले भने छनोट खेल खेल्नु पर्ने भएको छ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ भारतमा हुने विश्वकपको लागी सुपर लिगका शीर्ष आठ टिम छनोट हुने प्रावधान रहेकोले दक्षिण अफ्रिकाको सम्भावना बलियो भएको हो । विश्वकप २०२३ मा आयोजक भारतसहित सुपर लिगको शीर्ष टिम न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान गरी सात ...
गाईघाट दिक्तेल सडक क्षेत्रबाट सवारी साधनमा घाँस दाउँरा ल्यायमा कार्वाही

गाईघाट दिक्तेल सडक क्षेत्रबाट सवारी साधनमा घाँस दाउँरा ल्यायमा कार्वाही

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र २० । श्री नवउदय सामुदायिक वन उपभोक्ता समुहले गाईघाट दिक्तेल सडक क्षेत्रबाट सवारी साधनमा घाँस दाउँरा ल्यायमा वन कानुन अनुसार कार्वाही गर्ने भएको छ । गत शुक्रवार उपभोक्ता समिति साथै विभिन्न सरोकारवाला निकायहरु साथै टोल विकास सस्थका प्रतिनिधिहरुसंग बसेको संयुक्त बैठकबाट यो निर्णय पारित गरिएको हो । त्रियुगा नगरपालिका १०–११ बरुवाधारमा अवस्थित श्री नवउदय सामुदायिक वनका उपभोक्ताहरुले आईतवार,मंगलवार र विहीवार गरी हप्तामा तीन घाँस काट्ना पाउँने निर्णय गरेको छ । त्यसतै हप्ताको प्रत्यक शनिवार एक दिन भने दाउँरा दिने भनी निर्णय गरिएको छ ।...
छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगिताको उपाधि उमेशलाई

छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगिताको उपाधि उमेशलाई

समाचार
पूर्णपुष्टि,चैत्र २० । छैटौँ भोजपुर ट्रेलरेस प्रतियोगिताको उपाधि उमेश कुलुङ राई भएको छ । विश्व चर्चित अल्ट्रा धाविका मिरा राईको सम्मान तथा नया खेलाडीहरुको उत्पादन गर्ने उदेश्यका साथ आयोजना गरिएको ५० किलो मिटर दौडमा राईले उपाधि हात पारेको हो । मिराको सम्मान स्वरुप उनकै जन्मस्थल सानोदुम्मामा भएको दौडमा उमेश कुलुङ राईले ६ भण्टा २ मिनेटमा पार गरी प्रथम बन्न सफल भएका छन् । यस्तै रेसमा क्रमश तेह्रथुमका सरोज राई, सोलुखुम्बुका सुमन कुलुङ राई, ताप्लेजुङका दिपक राई, सोलुखुम्बुका प्रशन राई, रुकुमका दुर्गराज बुढा र संखुवासभाका सन्देश राइदोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौ बनेका हुन् । यस्तै महिला तर्फ भोजपुर षडानन्द नगरपालिकाकी अनिता राईले ७ घण्टा ५४ मिनेमा दुरी पार गरी प्रथम भएकी छिन् । यस्तै सिन्धुपाल्चोककी नितु तामाङले ८ घण्टा २६ मिनेटमा पार गरी दोस्रो र भोजपुरकी जुलीन राईले ८ घण्टा ३० ...
सहिद देमनागारायण गोल्ड कप : गाईघाट फुटबल क्लव सेमी फाइनलमा प्रवेश

सहिद देमनागारायण गोल्ड कप : गाईघाट फुटबल क्लव सेमी फाइनलमा प्रवेश

Breaking News 3, खेलकुद, समाचार
पूर्णपुष्टि,चैत्र २० । सिरहामा जारी सहिद हेम नारायण स्मृति अन्तराष्ट्रिय गोल्ड कप फुटबल प्रतियोगिताको सेमी फाईनलमा गाईघाट फुटबल क्लव प्रवेश गरेको छ । आईतवार भएको प्रतियोगितामा छिमेकी मुलुक भारतको बनारसका काम्ख्या स्पोटिङ्ग क्लवलाई ट्राईवेकरमा हराउँदै गाईघाट फुटवल क्लवले सेमी फाइनलमा प्रवेश पाएको हो । क्वाटरफाइनल खेल चलिरहँदा बनारसको तर्फबाट पहिलो हाफको २४औँ मिनेटमा जर्सि नम्बर ८ का राहुलले पहिलो गोल गर्दै अग्रता लिएको थियो । त्यस्तै प्रतियोगिताको दोस्रो खेलको ३औ मिनेटमा गाईघाट फुटबल क्लवका जर्सि नम्बर ११का खेलाडि दिपक मगरले उत्कृष्ट गोल गर्दै खेललाई बरावरीमा ल्याएको थिए । त्यस लगतै गाईघाटकै तर्फबाट पेनाल्टि पाएका जर्सि नम्बर ८ का देवराज चौधरीले पेनाल्टिलाई सहि सदुपयोग गर्दै सहजै विपक्षिपोसको जाली चुमाउँन सफल भएका थियो । लगातार गाईघाटका लागि जर्सी नम्बर ७ का अन्जन हमालले आर्को गोल गर्द...
वैज्ञानिकहरुले बिरुवा रोएको आवाज रेकर्ड गरे, पानीको थोपा पानीमा पर्दाजस्तो आवाज निकाल्यो

वैज्ञानिकहरुले बिरुवा रोएको आवाज रेकर्ड गरे, पानीको थोपा पानीमा पर्दाजस्तो आवाज निकाल्यो

रोचक, समाचार
पूर्णपुष्टि,चैत्र २० । वैज्ञानिकहरुले सुखखा र चोट पुगेको अवस्थामा विरुवा रोएको आवाज रेकर्ड गरेका छन् । बिरुवा तनावमा हुँदा पानीको थोपा पानीमा पर्दाजस्तै आवाज निकाल्ने अनुसन्धानकर्ताहरूको दाबी छ । यसलाई उनीहरूले ‘पपिङ’ भनेका छन् । अनुसन्धानकर्ताहरूका अनुसार निर्जलीकरण र चोट पुग्दा बिरुवा तनावको स्थितिमा पुग्ने र त्यसबेला विशेष किसिमको आवाज निकाल्ने गर्छन् । मानिसहरू तनाव हुँदा झर्किने रूने गरेझैं विरुवा पनि तनावको स्थितिमा रूने उनीहरूको जिकिर छ । रुनका लागि मुखमात्रै आवश्यकता नपर्ने ठहर भएको न्युयोर्क टाइम्सले समाचार लेखेको छ । तनावको स्थितिमा रहने बिरुवाबाट आउने आवाज प्रस्टै सुन्न सकिने वैज्ञानिकहरूको दाबी छ। यो दाबी गत बिहीबार ‘सेल’ नामक जर्नलमा प्रकाशित भएको थियो । इजरायलको तेल अविव विश्वविद्यालयका जीव विज्ञानकर्मी लिअच अदानीका अनुसार बिरुवाहरूले माहुरीलगायत अन्य जीवहरूसँग पनि अन्त...
उदयपुरको बेलकामा तीन महिने ढाका बुनाई तालिम

उदयपुरको बेलकामा तीन महिने ढाका बुनाई तालिम

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र २० । उदयपुरको बेलका नगरपालका वडा नं.२,मा महिला उद्यमशिलता विकासका लागि तीन महिने ढाका बुनाई सम्बन्धि तालिम सुरु गरिएको छ । वडा नं.२ बानडाँडा स्थित रेडक्रसको भवनमा गत आईतवार १२ गते देखि सुरु भएको तालिम आगामी असारको १२ गते सम्म हुने भएको हो । तालिममा विशेष गरी महिलाहरुलाई लक्षित गर्दै बेलका नगरपालिका अन्र्तगत महिला तथा बालबालिका शाखा गरीबी निवारणका लागी लघु उद्यम (मेड्पा) कार्यक्रम मार्फत उनीहरुलाई तालिम प्रदान गरिएको हो । महिला उद्यमशिलता बिकासका लागी संचालन गरिएको सिपमुलक तालिममा त्यसक्षेत्रका १४ जना महिलाहरुको सहभागिता रहेको बेलका नगरपालिकाका उद्यम बिकास शाखाका भरत कुमार दाहालले जानकारी दिनुभयो । ढाका बुनाई सम्बन्धि सिपमुलक तालिम पछि महिलाहरु आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गर्दै नगरप्रमुख अशोक कार्कीले उत्पादित सामाग्रीहरुको बजारीकरणका लागी समेत नगरपालिका...
कटारीमा २५ बुँदे माग सहित किसानहरुले ज्ञापन पत्र बुझाईयो

कटारीमा २५ बुँदे माग सहित किसानहरुले ज्ञापन पत्र बुझाईयो

Breaking News 3, समाचार
पूर्णपुष्टि,चैत्र २० । उदयपुरको कटारी नगरपालिकाका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द) कटारीले किसानसँग सम्बन्धित बिभिन्न २५ बुँदे माग सहित प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आईतवार महासंघका कटारी संयोजक ठाकुरप्रसाद पौड्याल हस्ताक्षरित ज्ञापन पत्र कटारी नगरपालिकाका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ मार्फत स्थानीय कृषकहरुले बुझाएको हो । ज्ञपान पत्रमा कृषी क्षेत्रका आधारभूत समस्याहरु बारे मूख्यमन्त्रीको गम्भिर ध्यानाकर्षण गराउँदै समग्र कृषि क्षेत्रमा नीति कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्न माग गरिएको छ । जसमा ६ किसान संगठनले गएको गत साउन १४ गते प्रधानमन्त्रीलाई पेश गरेको ५९ सुत्रीय माग यथासिघ्र पुरा गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी किसानलाई आवश्यक गुणस्तरीय विउ ,मल, सिंचाई सुविधा लगायतको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ । महासंघ नेकपा माओवादी केन्द्र निकट किसानहरुको...
ताप्लीमा सुनकोशी लिफ्टिङ आयोजनाको काम धमाधम हुँदै

ताप्लीमा सुनकोशी लिफ्टिङ आयोजनाको काम धमाधम हुँदै

Breaking News 1, समाचार
पूर्णपुष्टि,चैत्र १९ । उदयपुरको ताप्ली गाउँपालिकामा सुनकोशी लिफ्टिङ खानेपानी आयोजनाको काम धमाधम सुरु भएको छ । नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगरले डेढ अर्ब रुपियाँभन्दा बढीको लागतमा आयोजना निर्माण सुरु गरेको हो । यस आयोजनाले ताप्ली,रौतामाई र लिम्चुङ्बुङ गाउँपालिका समेतलाई समेट्ने छ । ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार आयोजना कार्यालय विराटनगरले निर्माण गर्न लागेको आयोजनाको स्किम २ अन्तर्गत ताप्लीका विभिन्न स्थानमा रिजर्भ ट्याङ्की निमार्ण गरिने छ । पाईपका लागी नाला खन्ने,गार्ड हाउस निमार्ण गर्ने र पाईपहरु ल्याउने काम भईरहेको छ । आयोजनाबाट तिन ओटै गाउँपालिकाका ६ हजार हजार भन्दा बढी घरधुरीले पानि पाउने छन् । उक्त आयोजना १ अर्ब ५८ करोड ९६ लाखमा आगामी २०८२ सालसम्म आयोजनाको काम सक्ने सम्झौता रहेको छ । आयोजन...
रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरुद्ध सर्वोच्चमा रिट

राजनीति, समाचार
पूर्णपुष्टि,चैत्र १९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महा–न्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलका अनुसार आईतबार युवराज सफलले महान्यायाधिवक्ता निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका हुन् । चैत ६ गते महान्यायाधिवक्ता दिनमणि पोखरेलले लामिछानेविरूद्ध राहदानी दुरूपयोगमा मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यसअघि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटनले लामिछानेविरूद्ध मुद्दा चलाउन आवश्यक नभएको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा बुझाएका थिए ।...